8th April | 2020 | Wednesday | 10:40:15 AM

विद्युत् महसुल तोक्न सार्वजनिक सुनुवाइ

हिमालय टाइम्स   POSTED ON : चैत्र ६, २०७६ (१०:२१ AM)

विद्युत् महसुल तोक्न सार्वजनिक सुनुवाइ

काठमाडौं । विद्युत् नियमन आयोगले उपभोक्तालाई विद्युत् निर्धारणका लागि सार्वजनिक सुनुवाइ गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रस्ताव गरेको विद्युत् महसुलदर तोक्न आयोगले उपभोक्ताको राय, सुझाव लिने भएको हो । आयोगले बुधबार पत्रकार सम्मलेन गर्दै महसुल तोक्नका लागि सर्वसाधारणबाट विभिन्न सामाजिक सञ्जालबाट सुझाव माग गरिएको जनाएको छ । नेपालमै पहिलोपटक सूचना प्रविधि (इहियरिङ) समेतको माध्ययमबाट सार्वजनिक सनवाइ आयोजना गरी वितरण अनुमति प्राप्त संस्थाको उपभोक्ता महसुल प्रस्ताव उपर प्रतिक्रिया लिने आयोगले जनाएको छ । प्राधिकरणको प्रस्तावको अध्ययन गरी आफ्नो राय, सुझाव तथा प्रतिक्रिया प्रदान गर्न ग्राहकवर्ग, उपभोक्ता हित संरक्षणसम्बन्धी संस्था, जनप्रतिनिधि, सञ्चारमाध्यमका प्रतिनिधि तथा सरोकारवालालाई आहृवानसमेत गरेको छ । 

आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले आयोगले अत्याधुनिक प्रविधिको प्रयोगद्वारा मेचीदेखि महाकालीसम्मका मात्र नभई विदेशमा कार्यरत नेपालीले समेत श्रव्य–दृश्यमार्फत राय दिन सक्ने बताए । सर्वसाधारण उपभोक्तालाई मर्का नपर्ने गरी महसुल तोक्न उपभोक्ताबाटै प्रतिक्रिया माग गरिएको उनले बताए । आयोगले चैत १४, १६ र १७ गते सार्वजनिक सुनुवाइ गर्ने भएको हो । आयोगले आधुनिक प्रविधिबाट प्रतिक्रिया दिन इच्छुक सरोकारवालाले सार्वजनिक सनवाइ हुने दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मोबाइल नम्बर ९८४७३४००३८ वा ९८४७३४००४३ वा ९८४७३४००४५ मा फोन गरी वा सोही मोबाइल नम्बरको भाइबर वा प्रतिक्रिया दिन सक्ने उल्लेख गरेको छ ।


Views: 68