8th April | 2020 | Wednesday | 10:29:56 AM

कोरोनाको कहर – रामेछापको पोल्ट्री व्यवसाय संकटमा

बद्री नयाँघरे   POSTED ON : चैत्र ७, २०७६ (५:४६ PM)

 कोरोनाको कहर – रामेछापको पोल्ट्री व्यवसाय संकटमा

रामेछाप  । देशभर कोरोना भाइरसको त्राससंगै ब्यापार ब्यावसायमा आएको  गिरावट  बढी रहेको बेला जिल्लाको पोल्टी«  ब्यवसाय संकटमा छन् । कोरोनाको हल्लासंगै आफ्नो फर्ममा उत्पादित चल्ला र मासु विक्री हुन छाडेपछि ब्यवसाय संकटमा परको हो । 

जिल्लामा एउटा ह्याचरी उद्योग र दजनांैको संख्यामा पोल्ट्री फर्म संचालनमा रहेका छन् । यसरी  संचालित सबै फर्म ऋणका भरमा चल्दै आएका र ब्यवसायमा गिरावट आएपछि  आफुहरुलाई ऋणको ब्याज तिर्न समेत समस्या भएको व्यवसायी गुनासो रहेको छ ।  कोरोनाको हल्लासंगै कुखुराको मासु र चल्ला विक्री हुन छाडेपछि आफुहरुको ब्यवसाय चौपट भएको नेसनल पोल्ट्री फर्म वितिटारका संचालक रुद्र श्रेष्ठले गुनासो गरे  । उनले भने–कहिले भुकम्प, कहिले भारतीय नाकाबन्दी कहिले कोरोनाको संभावित संक्रमण आदीको हल्लानैसाय चौपट भएको छ ।

कुखुराको मासु तथा अण्डाको माग बढेसंगै त्यस खालको ब्यावसायबाट राम्रो आम्दानी हुन  थालेपछि पछिल्लो समयमा पोल्ट्री ब्यवसाय तर्फ युवाहरु आर्कषित हुँदै आएका थिए । जसका कारण सबैजसो पोल्टी फर्म, दाना उद्योग र दानाको पसल समेत युवाहरुको बर्चस्वमा संचालित रहेको छ ।   

संभावित कोरोना संक्रमणको हल्ला संगै बैकहरुले आफुहरुलाई ब्याज असुलीमासमेत कडाई गरेको गुनासो गरेका छन् । क्रण लिएर ब्यवसायमा निर्भर बनेका ब्यवसायीहरुको अवस्थालाई सरकारले वास्ता नगरेको उनीहरुको गुनासो छ । 

मन्थली र रामेछापको बजारमा अहिले कुखुराको मासुको मुल्य प्रति केजी ३ सय ८० छ । तर मासुको खपतनै नभएपछि त निर्धारित मुल्यले मात्र धान्ने अवस्था नआएको उनीहरुले बताए ।  मासु र चल्लाको बजारमा आएको भारी गिरावट आएसंगै संचालकहरुले धमाधमा जिउँदा चल्ला खाडलमा हालेर  गाँड्न थालेका छन् । जसको प्रमाण स्वरुप रामेछाप नगरपालिका ८ विटारमा रहेको नेशनल पोल्ट्री फर्मले शुक्रबार मात्र एकहजार ५ सय ओटा चल्ला खाडलमा हालेको थियो ।



Views: 76