3rd July | 2020 | Friday | 2:58:56 AM

८ महिनामा ९ खर्बभन्दा बढीको आयात

हिमालय टाइम्स   POSTED ON : चैत्र १०, २०७६ (१०:४० AM)

८ महिनामा ९ खर्बभन्दा बढीको आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७६÷७७ को ८ महिना अर्थात् फागुनसम्ममा आयात २.६२ प्रतिशतले घटेको छ । आर्थिक वर्ष २०७५÷७६ को तुलनामा २.६२ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ । विभागले पछिल्लोपटक सार्वजनिक गरेको तथ्यांकअअनुसार चालु आवको ८ महिनामा कुल ९ खर्ब २४ अर्ब २४ करोड २६ लाख ३५ हजार बराबरको आयात भएको छ, जुन गत आवको तुलनामा करिब २५ अर्बले कमी हो । आव २०७५÷७६ को सोही अवधिमा कुल ९ खर्ब ४९ अर्ब १० करोड ९८ लाख २८ हजारको आयात भएको थियो । सोही अवधिमा कुल ७४ अर्ब ९० करोड ७९ लाख ४६ हजार बराबरको निर्यात भएको छ । आव २०७५÷७६ का तुलनामा निर्यात कुल २२.३५ प्रतिशतले बढेको छ । सो आवमा कुल ६१ अर्ब २२ करोड ४२ लाख ८९ हजार बराबरको निर्यात भएको थियो । कुल व्यापार ९ खर्ब ९९ अर्ब १५ करोड पाँच लाख ८१ हजार बराबर भएको छ । गत आवमा भने १० खर्ब १० अर्ब ३३ करोड ४१ लाख १८ हजार बराबरको व्यापार भएको थियो ।


Views: 125