29th May | 2020 | Friday | 4:54:28 PM

नवनियुक्त गभर्नरद्वारा सपथ, वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न कार्यदल गठन

हिमालय टाइम्स   POSTED ON : चैत्र २५, २०७६ (४:०२ PM)

नवनियुक्त गभर्नरद्वारा सपथ, वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पद तथा गोपनियताको शपथ लिनुभएको छ । उहाँले मंगलबार नै पदबहालीसमेत गर्नुभएको छ । सर्वोच्च अदालतमा आयोजित सपथ ग्रहण कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नवनियुक्त गभर्नर अधिकारलाई पद तथा गोपनियताको सपथ गराउनुभएको हो । नवनियुक्त गभर्नर अधिकारीले सपथलगत्तै पदबहाली गर्नुभयो । सपथपछि केन्द्रीय बैंकको कार्यालय बालुवाटार पुगेर उहाँले पदबहाली गर्नुभएको हो ।
पदवाहाली लगत्तै उहाँले कोरोनाका कारण नेपालको वित्तीय क्षेत्रमा परेको असर अध्ययन गर्न कार्यदल गठन गर्नुभएको छ । कार्यदलमा रहने सदस्यका बारेमा भने केन्द्रीय बैंकले केही बताएको छैन ।
निजी क्षेत्रसँग असाध्यै नजिक रहेर काम गरेर आएको जानकारी दिँदै उहाँले आफू निजी क्षेत्रमैत्री भएर नै काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यदलले समग्र अर्थतन्त्रको अवस्थामा कस्तो प्रभाव पर्छ भनेर अध्ययन प्रतिवेदन तयार पारेर कार्यान्वयनका लागि सुझाउने नवनियुक्त गभर्नर अधिकारीले बताउनु भयो ।
कोरोनाका कारण अहिले सबै क्षेत्र चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले विगतमा अर्थतन्त्रको एउटा क्षेत्रमा समस्या आउँदा अर्को क्षेत्रले सहयोग गर्ने स्थिति रहे पनि हाल त्यस्तो नभएकाले सोचविचार गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

Views: 102