8th July | 2020 | Wednesday | 8:08:09 AM

आगामी आर्थिक वर्षको बजेट आज

हिमालय टाइम्स   POSTED ON : जेठ १५, २०७७ (९:४४ AM)

आगामी आर्थिक वर्षको बजेट आज

काठमाडौं । सरकारले संघीय संसदमा बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्ष २०७७-७८ को बजेट प्रस्तुत गर्दैछ । संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट पेश गर्दै हुनुहुन्छ । कोरोना भाइरसले अर्थतन्त्र, रोजगारी, व्यवसाय र अन्य क्षेत्रमा पु-याएको नोक्सानीलाई थेग्ने गरी कृषिलाई प्रोत्साहन गर्ने बजेट सरकारले ल्याउने बताइएको छ । सरकारले कृषिमा आधुनिकीकरण, बजार प्रवन्ध, सहुलियत ऋण लगायतलाई प्रोत्साहन गर्ने गरी बजेट ल्याउन लागेको हो । कृषि उत्पादन बढाउन तराई मधेशका जिल्लामा सिँचाइमा पनि ध्यान केन्द्रित गरिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

समृद्ध तराई मधेश सिँचाइ कार्यक्रमअनुसार पाँच हजार स्यालो ट्युबेल र २४७ डिप बोरिङ जडान गरेर कूल २२ हजार ३८० हेक्टरमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ । पहाडी क्षेत्रमा नदीबाट पानी तानेर सिँचाइ पु-याउने कार्यक्रमलाई प्राथमकितामा राखिएको छ । यस अतिरिक्त प्राकृतिक तथा मानव निर्मित तालको पानीलाई सिँचाइमा प्रयोग गर्ने गरी व्यवस्था मिलाउने योजना पनि बनाइएको छ । 

सिंचाइ सुविधा बढाउने उद्देश्यले नै तमोर चिसाङ नदी पथान्तरण आयोजनालाई सरकारले प्राथमिकता दिएको छ । सो आयोजनाबाट सुनसरी र झापाको एक लाख दुई हजार ८०० हेक्टरमा सिँचाइ सुविधा पु¥याउने र २९८ मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य छ । यस्तै, माडी दाङ नदी पथान्तरण आयोजनाबाट ४० हजार २०० हेक्टरमा सिँचाइ सुविधाका अलावा ९० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।

यस्तै, कालीगण्डकी तिनाउ डाइभर्सन आयोजनाबाट एक लाख सात हजार ६०० हेक्टरमा सिँचाइ तथा १२७ मेगावाट विद्युत् उत्पादन गर्ने तथा सुनकोशी मरिन डाइभर्सन आयोजनाको स्रोत सुनिश्चित गरी प्रारम्भिकरुपमा काम थालेको सरकारले आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्ने सं्रोतले जनाएको छ ।


Views: 115

सम्बन्धित सामग्री: