Date:2017/11/23 |Thursday

राष्ट्रियताको भ्रमपूर्ण प्रचार

Posted on: July 16, 2017 | views: 142 | इन्द्रबहादुर बराल

नेपालको समसामयिक राजनीतिमा ‘राष्ट्रियता’ शब्दको व्यापक प्रयोग भएको छ । यो राष्ट्रियता शब्दको सही र वास्तविक व्याख्याले होइन, अपितु भ्रम र चुनावमुखी प्रचारले यसप्रति निकै प्रभाव जमाएको देखिँदै आएको छ । हालै सम्पन्न स्थानीय तहको पहिलो र दोस्रो चुनावमा अप्रत्याशित परिणामबाट नेकपा एमाले निकै उत्साहित हुँदै राष्ट्रवादको नारालाई उग्र र आक्रमकरूपमा उचाल्दै आफू पनि सोही रूपमा प्रस्तुत हुँदै गरेको छ । तर राष्ट्रवाद वा राष्ट्रियताको जननी नेपाली कांग्रेस भने यस विषयमा निरपेक्ष देखिनुले एमाले झनै हाँसिएको हो भन्न सकिन्छ । 

नेपाली कांग्रेसको जन्म नै राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श सिद्धान्त तथा विचारबाट भएको तथ्य सबैलाई विदितै भएको विषय हो । यसर्थ राष्ट्रियताको अर्थ भारतको विरोध गर्नु र मधेसी जनताको धज्जी उडाउनुमात्रै होइन भन्ने सबैले बुझ्नु आवश्यक छ । त्योभन्दा पनि माथि उठेर हे¥यौं भने वास्तविकता स्पष्टरूपमा बोध हुन्छ । राष्ट्रियताको मूलभूत तŒव भनेको भूगोल र त्यस भूगोलमा बसोबास गर्ने जनसंख्या (मानिस) हुन् भने जनसंख्याको धर्म, भाषा, संस्कृति, प्राकृतिक स्रोतसाधन, इतिहास आदिको सम्मिश्रण वा साझा भावना नै राष्ट्रियता हो । त्यही सम्मिश्रणयुक्त सामूहिक भावनाको विचार र दृष्टिकोण नै राष्ट्रवाद हो । त्यसकारण वाद बन्नका लागि प्रष्ट विचार र दृष्टिकोण आवश्यक हुन्छ । त्यसैले यस्ता गम्भीर विषयलाई क्षणिक राजनीतिक स्वार्थका लागि गलत र भ्रामक किसिमबाट प्रचार गरिनुले मुलुकको राष्ट्रियता खतरामा पर्न सक्छ । यो संवेदनशीलतालाई समयमै हरेक नेपालीजनले बुझ्न आवश्यक छ । 

राष्ट्रियतालाई एउटा कुनै खास पार्टीको निहित स्वार्थका लागि गरिने भ्रामाक प्रचारले अरू सबै राजनीतिक दलहरू अराष्ट्रिय हुन सक्तैनन् । सत्ताप्राप्ति वा प्राप्त सत्तामा टिकिरहने अभिष्ट पूरा गर्न गरिने दोषपूर्ण प्रचारदेखि सबैले सावधान हुनैपर्छ । पञ्चायत टिकाउन पञ्चहरू राष्ट्रियताको मुद्दालाई निजी पुँजी बनाउने गर्दथे । त्यसैको सिको गर्दै आज नेकपा एमाले पनि आफूमात्रै राष्ट्रियताको पहरेदार ठानिरहेको छ । यस्ता गलत र भ्रामक प्रचारबाजीले राष्ट्रियताको रक्षा हुनसक्तैन । कुनै पनि हालतमा सक्तैन । हिमालमा बस्दै आएका हिमालीदेखि पहाडमा बस्ने पहाडीया हुन् या मधेसमा बस्ने मधेसी समुदाय, यी सबै एकै ठाउँमा सम्मिलित हुनु नै राष्ट्रियता हो । जबसम्म हिमाल, पहाड र मधेसलाई एउटै धागोमा बाँध्न सकिँदैन, तबसम्म हाम्रो राष्ट्रियता सोचेजस्तो बलियो हुँदैन ।

संविधान जारी गर्दाका बखतदेखि नै केही मधेसीमा असन्तोष व्याप्त रहँदै आएको छ । त्यो असन्तोषको झिल्कालाई समयमै निभाउन सकिएन भने भविष्यको कुनै कालखण्डमा भयावह भएर उत्पन्न हुनसक्छ । त्यसैले संविधान जारीपछि देखापरेका असन्तोष र आक्रोशलाई मिलाएर लानुपर्छ भन्ने भनाइलाई राष्ट्रियताविरोधी भनी चित्रण गर्नु भ्रमपूर्ण प्रचार हो । कुनै पनि कुराको सकारात्मक समाधानभन्दा नकारात्मक टिप्पणीले लोकप्रियता बढेको महसुस गर्दै आएको एमालेका नेताहरूले यसैलाई क्यास गर्दै आएका छन् । फलतः हरपल उनीहरू नकारात्मक प्रचारमा लागेका देखिन्छन् । आफ्नो लोकप्रियतालाई ध्यानमा राख्दै राष्ट्रियताजस्तो संवेदनशील विषयलाई पेवा बनाउनु तिनले एकमात्र अभिष्ट ठानेका छन् । त्यसकारण राष्ट्रियता प्रजातन्त्र र सामाजवादको आदर्श बोकेको पार्टी नेपाली कांग्रेस राष्ट्रियताको यति धेरै गलत र भ्रामक प्रचार हुँदासमेत मौन रहनु र कुनै पनि किसिमको विचार बाहिर नल्याउनु, दुर्भाग्य हो । 

सिद्धान्ततः भन्ने हो भने, अन्तर्राष्ट्रियवादको वकालतबाट जन्मेका पार्टी जसले सारा संसारका मजुदर एक होआंै भन्ने गर्दथे, आज तिनै राष्ट्रियवादको चर्को रूपमा बहस पैरवी गरिरहेका छन् । तर जुन पार्टी (नेपाली कांग्रेस) राष्ट्रियताका लागि जन्मे हुर्र्केको छ, उसैलाई अराष्ट्रियको पगरी गुथाउने प्रयत्न भइरहेको छ । त्यसैले समय अब राष्ट्रियताको बहस पैरवीलाई तीव्रता दिनुपर्ने देखिन्छ । के एमालेले भनेजस्तै मधेस र मधेसीको विरोध गर्नु राष्ट्रियता हो ? के यही नै राष्ट्रवाद हो ? के नेपालको स्वतन्त्रता, स्वाभिमान, स्वाधीनता, सार्वभौमिकता र राष्ट्रिय अखण्डतालाई अश्रुण राख्दै छिमेकी देशहरूसँगको मित्रवत् सम्बन्धलाई बिगार्न हुन्न भन्नु अराष्ट्रिय कुरा हुन् ? सम्बन्ध बिगार्न जति सजिलो हुन्छ, त्यति नै बिग्रेको सम्बन्ध सुधार्न गाह्रो हुन्छ, होइन र ? सबैभन्दा उग्र र अन्धराष्ट्रवादी बन्ने दौडमा नेकपा एमालेले त्यसैबाट आफ्नो फलिफाप ठानेको छ, सायद । छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई अझै उच्च बनाइराख्नुको सट्टा बिगार्न उद्दत हुनु अत्यन्त दुःखद् कुरा हो । नेकपा एमालेजनमा अहिले त्यही देखिरहेको छ । जति सक्दो छिमेकीको विरोध ग¥यो अनि त्यति नै बढी राष्ट्रवादी कहलियो । 

नेपालजस्तो गरिब मुलुकका गरिब जनतालाई मीठामीठा सपना बाँडेर सत्ताको आरोहण गर्न भ¥याङ बनाउन खप्पिस एमाले एक हद्सम्म सफल देखिएको छ । भारतको चाकरी गर्दा हुन्छ वा विरोध, जे गर्दा फाइदा लिन सकिन्छ त्यहि गर्ने एमाले अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चरित्रका विषयमा राजनीतिप्रति सामान्य चासो राख्ने कसलाई थाहा छैन ?

यही सन्दर्भमा राजनीति भनेको सधै झुट र असत्य गर्ने वा बोल्ने होइन, आफ्ना नीति र कार्यक्रममार्फत जनतालाई विश्वास लिनु हो । यदि एउटा झुट र असत्यलाई अर्को झुट र असत्यले ढाकछोप गर्दै गयो भने भन्न सकिँदैन, त्यसले मुलुकलाई कहाँ पु¥याउँछ । त्यसैले जुनबेला जे बोल्दा र भन्दा राजनीतिक लाभ हुन्छ त्यही गर्नुमा क्षणिक राहत त मिल्ला, तर देशको दीर्घकालीन हित गर्न सक्तैन । यसर्थ राष्ट्रियता र राष्ट्रवाद जस्तो गम्भीर र संवेदनशील विषयमाथिको भ्रामक र झुट प्रचारको प्रतिवाद आवश्यक छ । 

के हो राष्ट्रियता ? के हो राष्ट्रवाद ? यसको व्यापक तर यथार्थ बहस र छलफल चलाउन जरुरी भइसकेको छ । विभेद गरेर राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श, सिद्धान्त र विचारबाट जन्मेको पार्टी नेपाल कांग्रेस अझै बढी गम्भीर र संवेदशील भई राष्ट्रियताको व्याख्या, विश्लेषण र परिभाषित गराउनमा सक्रियताका साथ लाग्न ढिला गर्नु हुँदैन । राष्ट्रियताका साथ साथै प्रजातान्त्रिक समाजवादजस्तो सुन्दर विचार र दृष्टिकोणले स्थापित पार्टी नेपाली कांग्रेस दुनियाको कुनै पनि प्रगतिशील पार्टीभन्दा कम छैन । नेपाली कांग्रेसले मन खुम्च्याउनुपर्ने कुनै कारण नै छैन, यस मानेमा छैन कि यसले नेपालको संविधान २०७२ जारी गर्दा सभ्यका हरेक क्रान्तिको अगुवाइ गरेको छ । राष्ट्रियता मजबुत बनाउन २०१६ सालको प्रथम जननिर्वाचित सरकारले सबैभन्दा पहिले नेपाली जनतालाई रैतीबाट जनता बनाउको हो । जनताको चेतना अभिवृद्ध गर्न पहिलो आवश्यकता थियो शिक्षा, त्यसैले जनताको छोराछोरीलाई पढ्न पाउने अधिकारको सुनिश्चिता गरेको थियो, गाउँगाउँमा विद्यालय स्थापना गरेर । राजा रजौटा र विर्ता उन्मूलन अनि वन जंगलको राष्ट्रियकरणले जनतालाई राज्यको स्रोतसाधनमा पहुँच पु¥याएको थियो । यित भए इतिहासका पानामा थन्किएका महŒवपूर्ण उपलब्धिहरू । जसको कुनै बखान नै छैन, यहाँ । पछिल्ला जनसरोकारका विषयमध्ये कमैयामुखी, मोहीलाई ५० प्रतिशत जग्गाको हक कायम, दलित, मलिहा, मधेसी, अन्य संख्यका तथा सीमान्तकृतहरूको उत्थानका लागि गरिएका उपलब्धिपूर्ण कार्यको कुनै चर्चा नै छैन यहाँ । समावेसी लोकतन्त्र, कर्णाली दलित, महिला, जनजाति, मधेसीको पहिलो प्रयोग पनि कांग्रेसले नै गरेको थियो । जसको कुनै प्रचार गरिएको थिएन । मानवअधिकारको रक्षार्थ मानवअधिकार आयोगदेखि आदिवासी जनजाति प्रतिष्ठान जस्ताको स्थापनाले सबै क्षेत्रवर्गको उत्थानमा बल पु¥याएको छ । तर यहाँ झिनामसिना उपलब्धिले माथिका महान् उपलब्धिलाई हत्केलाले छेक्क प्रपञ्च गरिरहिएको छ । यस कार्यमा स्वयं नेपाली कांग्रेस पनि आन्तरिक बिग्रहमा फसेर उपलब्धिपूर्ण कार्यका सन्देश जनतासम्म पु¥याउन नसक्दा राष्ट्रियताको भ्रम पूर्ण प्रचारकलाई बल पुग्न गएको हो किजस्तो देखिँदै आएको छ । यो यथार्थ पनि हो । तसर्थ राष्ट्रियताको तथ्यपरक व्याख्या विश्लेषणबाट र बहस आवश्यक महसुस गरिँदै छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं