Date:2017/08/18 |Friday

‘मूर्ति पूजन’

Posted on: August 02, 2017 | views: 58 | विनिसा केसी

 सबै धर्मले ईश्वरको प्रभुत्व स्वीकार गरेको छ र सबै धर्मले अलौकिक शक्तिद्वारा नै यो संसार सञ्चालित छ भन्ने कुरामा गहिरो विश्वास गरेको छ । सबैले धर्मलाई अलगअलग कोणबाट परिभाषित गरेका छन् र फरकफरक तरिकाबाट ईश्वरलाई स्वीकार गरेका छन् । हिन्दू मुस्लिम सिख ईशाई यहुदी सबैले ईश्वरको महिमा गाउँछन् । तर सबै आआफ्नै धर्म ग्रन्थको अधिनमा रहेर सत्यबाट विमुख पनि छन् । 

 ‘ईश्वर’ अर्थात (परमात्मा जो अदृश्य हुनुहुन्छ) कसैले पनि देख्न सकिँदैन । अझ प्रस्टसँग भन्नु पर्दा अगोचर हुनुहुन्छ र शरीरधारी मानव एउटा आत्मा मात्रै हो । परमात्मा जन्म र मृत्युको सर्जक हुनु हुन्छ र आत्माहरू जन्म र मृत्युको बन्धन भित्र छन् । जब मानवको मृत्यु हुन्छ अनि आत्म परम आत्माको नजिक पुग्ने प्रयासरत हुन्छ । तर परमात्मामा समाहित हुनलाई दिव्य आत्मा हुनुपर्छ । परमात्मामा समाहित हुनु भनेको मोक्ष प्राप्त गर्नु हो । परमात्मामा समाहित हुन नसकेका आत्माहरू हजारौंहजार लाखांैलाख वर्षसम्म परमात्मामा समाहित हुने प्रयास गरिरहन्छन् र यसैबीचमा कयौं जन्म लिन्छन् र मृत्युवरण पनि गर्छन् यो सत्य हो । तर मानवले हरेक जन्ममा आफ्नो पहिलो जन्मको ज्ञान राख्न सक्दैन । किनकि आत्मले शरीरलाई सञ्चालन मात्रै गर्छ । कुनै कुराको ज्ञान राख्दैन । यो एउटा ऊर्जा र शक्ति मात्रै हो । यो जून शरीरमा प्रवेश गर्छ त्यसलाई सक्रिय बनाउँछ र जुन शरीरलाई छोड्छ त्यो निष्क्रिय हुन्छ ।

यसरी नै परमात्माले पनि धर्म र पापको ज्ञान दिन शरीरमा अवतरण हुनुपर्छ । किनकि शरीरविनाको अगोचर आत्मा बोल्न सक्दैन । यो सत्यको उदाहरण हामी गीताबाट बुझ्न सक्छांै । शरीर नाशवान छ तर आत्मा अजर र अमर छ अर्थात आत्माको अन्त्य हुँदैन भनेर प्रस्ट पारिएको छ । जबजब दिव्य आत्माहरूलाई दर्शन र ज्ञान दिन परमात्माले शरीर धारण गर्नुभयो । अनि अलगअलग नामले लोकमा ईश्वरलाई भगवान् भनेर पूजा गरियो । कहिले शिवको रूपमा, कहिले नारायणको रूपमा कहिले रामको रूपमा कहिले कृष्णको रूपमा । हामीले परम आत्माको शरीर अवतरणपिच्छे नै फरकफरक नाम दियौं र पूजा ग¥यौं । तर यथार्थ यही हो कि यी परमात्माको अलगअलग शरीर थिए र अलगअलग उद्देश्य थिए । तर वास्तविकतालाई नियालेर हेर्ने हो भने परमात्मा एउटै थिए । उनको अवतरणको शरीर मात्रै फरक थियो अनि फरक शरीर मुताविक परमात्माको उद्देश्य पनि फरक थियो ।

यसरी हेर्दा यो ज्ञात हुन्छ कि मानवले अघिल्लो जन्मको ज्ञान राख्न नसक्नु पनि शरीरकै कारण हो । आज जो सुकैले जे भने पनि जसरी व्याख्या गरे पनि हिन्दूले गर्ने मूर्ति पूजनको आधार ईश्वर प्राप्तिको धरातलमा सत्य रहेको छ । दिव्य आत्माहरूले परमात्माको दर्शन पाउँदा जुन रूपमा पाए त्यही रूपलाई भगवान् भनेर पूजा गरियो र गरिरहेका छौं । कसैले मूर्ति पूजनलाई गलत भन्छ भने त्यसले ईश्वरको परम शक्तिको अवहेलना र परमात्माको संसार सञ्चालनको प्रक्रियाको उपेक्षा मात्रै गरिरहेको छ ।

मानव एउटा सामान्य आत्मा भएर यति धेरै गर्न सोच्न सक्छ भने परमात्मा ईश्वरले कयौं रूपमा आफूलाई अवतरित गर्नु कुनै अचम्मको कुरा र असत्य हुन सक्दैन । त्यसैले हिन्दूको ईश्वर भगवान् र मन्दिर सबै सत्यमा समाहित छन् ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं