Date:2017/08/18 |Friday

क्रान्ति र पार्टी विघटनका सवाल

Posted on: August 09, 2017 | views: 22 | एम.एल. नेपाली

नेपाली समाजको क्रान्तिकारी चरित्र निर्माण र समाजमा त्यसको निर्मम प्रयोगबारे विश्लेषण गर्दा र त्यसलाई मालेमावादको दार्शनिक कोणबाट हेर्दा नेपालमा निरन्तर क्रान्तिका लागि लडिरहने एक सचेत क्रान्तिकारी जुझारु वर्ग जन्मिसकेको रहेनछ भन्न सकिन्छ । माक्र्सवादी विश्वदृष्टिकोणमा संसारलाई चिन्ने, व्याख्या गर्ने मात्र होइन इतिहासलाई बदल्ने वर्गीय विचारधारा नै हो । त्यो ठोसरूपमा क्रान्तिका महान् अभियानमा पनि लागू भएको देख्दैनौं हामीले । यसको अर्थ क्रान्तिको आमरूपान्तरणमा पूर्णरूपमा लागू हुन नसकेको समाजलाई बदल्ने विचारधाराले जित्न नसकेको भन्न सकिन्छ । माक्र्सवादलाई समाजको वर्गीय चरित्र र वर्गीय अन्तरविरोध बुभ्mने र यसलाई बदल्ने विधिका रूपमा ग्रहण गर्ने धारबाट बुभ्mन जरुरी हुन्छ । ठोसरूपमा माक्र्सवादलाई सफल प्रयोग रुसमा लेनिनपछि माओले चीनमा सही ढङ्गले समाजलाई फेर्ने सवाल नौलो जनवादी क्रान्ति र सांस्कृतिक क्रान्तिको महान् अभियानले क्रान्तिको लक्ष्य सम्पन्न गरेको कुरा साँचो हो । 

नौलो जनवादी क्रान्तिका सफल प्रयोगकर्ता माओ त्से तुङ तेस्रो विश्वको गरिब मुलुकका लागि क्रान्तिकारी जनयुद्ध, जनआन्दोलनको सञ्चालकका प्रेरक शक्ति हुनुभयो । खासगरी नौलो जनवादी क्रान्तिपछि आप्mनै पार्टीभित्र भीषण साँस्कृतिक क्रान्ति चालु गरेर संशोधनवादलाई रोक्न एउटा सशक्त अभियान प्रस्तुत गर्नुभयो, माओले । माओको नेतृत्वमा चालु चिनियाँ सांस्कृतिक क्रान्ति एउटा पछौटे प्रतिक्रियावादीधारका विरुद्ध एक ठूलो युद्ध थियो । यसले समाजमा ठूलो उथलपुथल ल्याएको थियो । यद्यपि माओको मृत्युपछि चीनमा देङ चाओ पिङको राजनीतिक सत्ताले त्यहाँ बजार समाजवादको नीति लागू गरेर माक्र्सवादको प्रयोग गरेको पाउँछौं । चीनले अहिले विश्व बजारमा पुँजीवादको उच्च विकास गरेर महाशक्ति राष्ट्र बन्ने प्रतिस्पर्धामा छ । अब हामीले माक्र्सवादी कोणबाट त्यसको पनि ठोस अध्ययन गर्नु जरुरी छ । 

त्यस्तै सोभियत समाजवादको उत्थान र पतनको विषयमा गम्भीर अध्ययन गर्न जरुरी छ । कार्ल माक्र्स आम श्रमजीवी वर्गको मुक्तिको शंखघोष गर्ने महान् विचारक दार्शनिक हुनुहुन्थ्यो । त्यस्तै लेनिन प्रथमपटक विश्वमा समाजवादी क्रान्ति गर्ने अक्टुबर क्रान्तिका अजय नेता हुनुहुन्थ्यो । माओ अर्धसामन्ती अर्धऔपनिवेशिक मुलुकमा नौलो जनवादी क्रान्तिको सफल प्रयोग गर्ने, गरिब, मजदुर, किसानलाई स्वतन्त्रता दिने क्रान्तिकारी योद्धा हुनुहुन्थ्यो ।

दश वर्षको महान् जनयुद्धमा नेपालको नौलो जनवादी क्रान्तिको आप्mनै मौलिक प्रयोग भएको थियो । तर नौलो जनवादी क्रान्तिमा पूर्ण युद्ध जितेर सर्वहारा वर्गले युद्धको विजयबाट सत्तामा आप्mनो सबै वर्चश्व (टोटल हेजेमोनी) स्थापित गर्न सकेको अवस्था होइन । माओवादीको दस वर्षको महान् जनयुद्धको उत्कर्षलाई पूर्व सोभियत संघ, चीन, क्युवाजस्तो विजय हासिल गरेको अवस्था थिएन । क्रान्ति त्यतिबेलाको अग्रगामी वर्ग वुर्जुवा वर्गसँग सम्झौता गरेर सामन्तवादको राज्यसत्ता राजतन्त्र अन्त्य गरी माओवादीको क्रान्तिको अभियान सकिएको थियो । अहिले माओवादीले दश वर्षको क्रान्तिलाई फेरि संसदीय बुर्जुवा व्यवस्थालाई थोरै परिमार्जन गरेर आफू पूर्व माओवादी क्रान्तिकारी भएको इतिहासमा आप्mनो नाम राखेर जनताको त्याग र बलिदानको क्रान्तिलाई अहिले त्यसै टुंग्याएको देखिन्छ । 

अहिलेको राज्य व्यवस्था बहुदलीय संसदीय राजनीतिक व्यवस्था हो । त्योभन्दा थप जनवादी राज्य व्यवस्थाको चरित्र ओगटेको अहिलेको संविधानमा उल्लेख भएको देखिँदैन । सुधारका दृष्टिले दलित, उत्पीडित, महिला, जनजाति मधेसी जनताको सवालमा, समावेशी समानुपातिक सवालहरू आधारभूतरूपमा स्थापित भएको पाउँछांै ।

मालेमावादको महान् दर्शनको भीषण दीर्घकालीन जनयुद्धको उद्देश्य समाजमा सर्वहारा वर्गको नेतृत्वमा आमरूपान्तरणको राज्य व्यवस्था सृजना गर्ने र नौलो जनवादी क्रान्ति पूरा गर्ने मुख्य क्रान्तिको लक्ष्य थियो । तर त्यो क्रान्तिको महान् उपलब्धि प्राप्त गर्न सकिएन । अहिले हिजोको क्रान्तिको उपलब्धिको रक्षा गर्दै भावि क्रान्तिका कार्यदिशा निर्माण गर्दै अघि बढ्नु जरुरी भएको छ । 

अहिले नेपाली समाज क्रान्तिको त्यही वस्तुगत अवस्था खोजेर पाउन सकिँदैन तर क्रान्तिको आधारभूमि हामी आफैंले तयार गर्दै त्यही क्रान्तिको चेतनास्तरबाट नेपाली समाजवादी क्रान्तिलाई अग्रता दिनु आवश्यक छ । अहिले क्रान्तिका बाँकी कार्यभार पूरा गर्न ठोस कार्यदिशा निर्माण गर्न जरुरी भइसकेको छ । मालेमावादको विश्वदृष्टिकोणले श्रमजीवी वर्गको मुक्तिका लागि ठोस आधारभूत संस्कृति बनाउने हो, त्यसमा खेल्ने हो । समाज विज्ञानको नियमअनुसार पुरानो पछौटे प्रतिक्रियावादी समाजको संरचना ध्वस्त गर्ने हो । त्यसको ठाउँमा नयाँले स्थान लिनु स्वाभाविक हो । 

राजनीतिक पार्टीभित्रका अवैज्ञानिक प्रतिक्रियावादी धारहरू पनि क्रमशः विलय भएर जाने हो । यदि त्यो सहजरूपमा जान सक्दैन भने ती संरचनालाई विघटन गरेर विस्थापित गर्नुपर्ने हुन्छ । समाजमा क्रान्तिप्रति महान् सोच राख्नेहरू क्रान्तिकारी वर्गले मुक्ति युद्धका विचार दर्शन बोकेर अन्यायपूर्ण राजनीतिक, आर्थिक, सामाजिक संस्कृतिलाई बदल्ने अभ्यासबाट अघि बढेका हुन्छन् । मध्यस्तरको सोच बोकेकाहरूले ढुलमुले विचार प्रवृत्ति बोकेर सीमित जीवनको वरिपरि यथास्थितिको धारमा उभिरहेको हुन्छ । यो ढुलमुले वर्गले आफूलाई सीमित जीवन व्यवहारमा रमाउने, त्यसैमा अल्झिएर आफ्नो सुन्दर जीवन व्यतित गरिरहेको हुन्छ । अर्को वर्गीयरूपले उच्च ठान्ने इलिट वर्ग प्रतिक्रियावादी सोचबाट रमाइरहेको हुन्छ । उसको निम्न कोटीको सोचले समाजको बदलाव वा गति प्रक्रियालाई अवरोध गरिरहेको हुन्छ । त्यो क्रान्ति र परिवर्तनको विरुद्ध लागिरहेको हुन्छ । हामी नेपाली समाजका यी तीन विचार बोकेको वर्ग चरित्रबाट धेरै कुरा थाहा पाउन सक्छांै । यसबाट हामीले कस्तो जिन्दगी जीउने कोसिस गरेका छांै, कस्तो समाजको सेवा गर्न खोजेका छौं, कसको प्रतिनिधित्व गर्छौं भन्ने कुरा थाहा लाग्छ । क्रान्तिकारी पार्टी विचार बोकेको भन्छांै हामी तर नाम, पद, प्रतिष्ठा सुख भोगमा हामी हाम्रो नैतिक चरित्र बेचिरहेका हुन्छौं भने यो व्यवहारले माक्र्स, लेनिन, माओ तथा अन्य महान् व्यक्तित्व जस्तै जीवन जीउने अमर आदर्शको व्यक्तित्व नेपाली क्रान्तिले बनाउन सक्ने अवस्था आउनै सक्दैन । 

माओले सर्वहारा सांस्कृतिक क्रान्तिलाई निरन्तर क्रान्तिको आधार बनाएर अघि बढेको अवस्था थियो । पार्टीमा रहने नेतृत्वदायी वर्ग तथा त्यसको नोकरशाही प्रवृत्तिबाट हुने दमन शोषण र अत्याचारबाट पार्टीलाई स्वतन्त्र राख्ने कुरामा संघर्ष माओले गर्नुभएको थियो । सारमा, माओले पार्टीको क्रान्तिको संस्थागत ढाँचालाई नयाँ स्वरूपमा स्थापित गर्ने प्रयास गर्नु भएको थियो । माओले आफैं पार्टीभित्र रहेको फौजी तानाशाही प्रवृत्तिविरुद्ध बोल्दै पार्टीविरुद्ध जनताको सर्वोच्चताको प्रश्नलाई उठाउनुभयो । पार्टीको भूमिकालाई घटाउने, जनताको भूमिकालाई बढाउने कुरामा माओले महान् पहलकदमी लिनुभएको थियो । माओले पार्टीलाई सर्वोच्च बनाउने काम गर्नुभएन । बरु यसलाई जनदिशामा (मास लाइन) मा विकास गर्नुभयो । माओले आप्mनै पार्टीको अराजक, अव्यावहारिक संगठनलाई ध्वस्त गर्न सन् १९६५ देखि १९६६ को समयको सांस्कृतिक क्रान्तिको बेला लाल रक्षक  (रेड गार्ड ) समेत प्रयोग गर्नुभएको थियो । 

चीनमा माओबाट नयाँ जनमुक्ति सेना, नयाँ क्रान्तिकारी गतिविधिका लागि खटाइएको थियो, जसले खटाइएको इलाकामा राज्यको, पार्टीको शक्ति प्राप्त गर्न भनिएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीलाई मुलुकमा शासन गर्ने पार्टी शासक वर्गको रूपमा नरहने बरु जनताको सेवक र जिम्मेवार बन्ने पार्टीको रूपमा विकास गरिएको थियो । 

माओको सांस्कृतिक क्रान्तिको सार भनेको नै पार्टीभित्र रहेको नोकरशाही र ठालु शासक वर्गीय प्रवृत्तिलाई ध्वस्त गर्नु नै थियो । पार्टी सदस्यले जनताको हितमा विशेष स्थितिलाई समेत हेरेर पार्टीको आदेश पनि तोड्न सक्ने जुझारूपन र आत्मबलको विकास गराइएको थियो । जनताको क्रान्तिमा बाधा हाल्ने विशेषज्ञको विशेष ज्ञानलाई पनि तोड्नुपर्ने शक्ति निर्माण गरिएको थियो । चीनमा त्यो बेला अर्धऔपनिवेशिक र अर्धसामन्ती अवस्था थियो । पछौटे चिन्तन र अनुत्पादक सास्कृतिक चेतना, रुढीवादी सोच बोकेको समाज थियो । समाजमा दक्ष मजदुर र सीपले खारिएका जनताको शक्ति बनिसकेको थिएन । यो कुरा बुझेर माओले सांस्कृतिक क्रान्तिको बेला शिक्षित युवालाई गाउँमा पठाउनुभयो । त्यहाँ उनीहरूले जनतालाई सिकाउने होइन बरु गरिब तथा निम्न मध्यम वर्गीय जीवनशैली बोकेका जनताबाट जीवन चलाउने सचेत व्यवहार र विचार सिक्न पठाइएको थियो । यसबाट पार्टीमा देखिएको संशोधनवादलाई रोक्न र विरोध गर्न सकिने आधार निर्माण गर्न सफल भएको थियो । चिनियाँ किसानले यी युवालाई खेती सिकाउने काम मात्र नगरी वर्गीय शिक्षा दिने काम पनि गरेका थिए । किसानको जिम्मेवारी शहरीया बुद्धिजीवी वर्गलाई वर्गीयरूपले शिक्षित बनाई आफ्नो अधिकारप्रति जुझारुपूर्वक लड्न सक्ने बनाइएको थियो ।

यिनै दर्शनका आधारमा नेपालमा नेकपा माओवादी केन्द्रको पार्टीको हालत पनि छताछुल्ल भएको कुरा ठानी पार्टी अध्यक्ष प्रचण्डले पार्टी बैठकमा पार्टी विघटनको चेतावनी दिएका छन् । तर त्यसलाई कार्यान्वयन गर्ने हैसियत उनीमा छैन । प्रचण्डले माओको शिक्षा ग्रहण गरेर जनयुद्ध हाँकेको त हो, तर अहिले पार्टी बचाउन महान् अभियान चाल्ने ताकत खर्चिन सक्ने मनोबल बनि नसकेको प्रतीत हुन्छ । प्रचण्डको विचार त बढी बेजोड थियो । क्रान्तिकारी लक्ष्यलाई राम्ररी पक्रेर क्रान्तिको अन्तिमसम्म लड्ने साहस थियो त्यो बेला । तर त्यो वस्तुगत अवस्था अहिले उनमा देखिएको छैन । अब प्रचण्ड, बादल, प्रकाश सबै नेताहरूले माथि प्रस्तुत गरिएका माओका दर्शनलाई पछ्याएर माओवादी पार्टी विघटन गरेर विप्लव, वैद्य, बाबुरामसमेतलाई ल्याएर शक्तिशाली एकीकृत नयाँ कम्युनिस्ट पार्टी निर्माण गर्न सक्नुपर्छ । अहिले माओवादीहरू विचारले, व्यवहारले विचलित र विभाजित भएर रहेको अवस्थालाई चिरेर एकजुट हुने आधार निर्माण गर्नै पर्छ । यसबाट पार्टीको नेताहरूको एकाधिकार घटाई जनताको भूमिका विस्तार गर्ने आधार निर्माण गर्नुपर्छ । पार्टीका नोकरशाहीतन्त्र, विज्ञसँगको पकडबाट जनतालाई मुक्त गर्ने क्रान्तिकारी विचारबाट एकताबद्ध गर्दै क्रान्ति पूरा गर्नुपर्ने अनिवार्यता छ, माओवादीमा ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं