Date:2017/12/15 |Friday

द्विदेशीय र द्विपक्षीय व्यापार प्रवद्र्धन

Posted on: August 13, 2017 | views: 71 | डा. सुमनकुमार रेग्मी

व्यापार प्रवद्र्धन मुद्दासहित द्विपक्षीय एवं द्विदेशीय आर्थिक तथा सांस्कृतिक सहयोगका विषयवस्तुमा बेला–बेलामा विभिन्न देशमा बैठक बस्दै आएको सबैलाई थाहा भएको विषय हो । यस सम्बन्धमा बेलाबेलामा विभिन्न देशसँग द्विपक्षीय आर्थिक तथा व्यापार, लगानी, सांस्कृतिक सहयोग आदिका विषयमा आयोग बन्दै आएको देखिन्छ । यस्ता आयोगका काम–कारबाहीमा भने सुस्त गति रहँदै आएको छ । यस्ता आयोगले आर्थिक सहयोग, व्यापार, कृषि, जलस्रोत, सिंचाइ, संस्कृति, सञ्चार, सेवा, विज्ञान र प्रविधि, पर्यटन आदि विषयमा छुँदै आएको पनि पाइएको छ । विश्वका विभिन्न देशसँग यस्ता विषयहरूमा द्विदेशीय सम्बन्ध बढाएमा दुवै देशका जनता लाभान्वित हुने विषयमा कसैको दुईमत रहन्न । 

नेपालका कफी, चिया, अलंैची अदुवा आदि कृषि र छालाका वस्तुलगायत अरू गैरकृषि वस्तुहरू द्विपक्षीय आर्थिक आयोग बनेका देशमा सम्भावित बजार स्थल हुन सक्छन् । यस्ता द्विपक्षीय सम्झौता आयोग भएका देशहरूसँग निजी क्षेत्रका व्यापारी–उद्यमीबीच दुवै पक्षीय देशहरूका व्यापार तथा उद्योगहरूका साहासी कदमहरू हुन सक्छन् । यस्ता आयोग र सम्झौताबाट सार्क र बिमस्टेकजस्ता संघहरूका आर्थिक क्रियाकलाप बढाउन सकिन्छ । यस्ता आयोग भएका देशसँग पटकपटक बैठक बसेको देखिन्छ भने कुनै देशसँग त आयोग तथा सम्झौता भएपछि कहिल्यै बैठक बसेको पनि पाइँदैन । द्विदेशीय आर्थिक आयोग तथा सम्झौता भएको बेला वार्षिकरूपमा बैठक बस्ने भनिएको हुन्छ । 

नेपालमा विभिन्न समयमा भएका द्विपक्षीय आर्थिक आयोग तथा सम्झौतापश्चात् भएका विभिन्न देशहरूसँगको आर्थिक क्रियाकलाप कसरी हँुदै गएका छन् त ? बेला–बेलामा एक अर्काे देशमा भएका द्विपक्षीय आर्थिक क्रियाकलाप भ्रमण टोलीले गर्ने गरेको पनि देखिँदै आएको छ । यस्ता कार्यले सम्बन्धित दुई देशले के कति फाइदा पाउँदै गए त ? यी प्रश्नहरू पनि उठ्ने गरेका छन् ।

उतर अफ्रिकी देश कोटेडी आइभोरी कोस्टसँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना यसै वर्षको सुरुतिर गरिएको छ । आइभोरी कोस्टसँग कूटनीतिक सम्बन्ध थप भएपछि नेपालको कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १ सय ४६ पुगेको छ । राष्ट्र संघसँग सदस्य रहेका सबै देशसँग नेपालको रामै्र सम्बन्ध रहेको भए पनि औपचारिक कूटनीतिक सम्बन्ध भने एक सय छ्यालीस देशसँग छ । दुवै देशसँग भविष्यमा गाढा सम्बन्ध प्रवद्र्धन गर्दै द्विपक्षीय एवं बहुपक्षीय सहयोगसहित व्यापार तथा लगानी अभिवृद्धि हुने विश्वाससमेत गरिएको छ । यसअघि यसवर्षको सुरुतिर नेपालले युगाण्डासँग पनि सम्बन्ध कायम गरेको थियो । यस देशसँगको सम्बन्ध विस्तारले यसको संख्या १४५ पुग्न गएको छ भने यसले भविष्यमा व्यापार तथा लगानी बढ्दै जाने आशा पनि गरिएको छ । 

उता नेपाल र म्यान्मार दुई देशबीचको सम्बन्ध दशकौंदेखि रहँदै आएको छ र दुवै देशलाई बौद्ध दर्शनले जोडेको निर्विवाद हो । नेपाल र म्यानमारबीच पछिल्ला वर्षदेखि नै व्यापार हँुदै आएका छ । 

नेपालमा लगानी विस्तारका लागि बेलाबेलामा यूएईसँग छलफल हँुदै आएको देखिन्छ । नेपाल र यूएईबीच पर्याप्त सम्भावना भएको निश्चित छ । व्यापार, लगानी र पर्यटनका क्षेत्रमा निजी क्षेत्रको समेत सहभागितामा लगानी विस्तार गरी आर्थिक सम्बन्धलाई गाढा बनाउँदै आएको छ । नेपालले खुला र उदार अर्थनीति अवलम्बन गरेकाले पनि नेपालमा लगानी प्रबद्र्धनको ठूलो सम्भावना रहेकोले हवाई, पर्यटन, कृषि, जलविद्युत र पूर्वाधार क्षेत्रमा यूएइको लगानी आकर्षण गर्न लगानीको वातावरण तयार गर्न आवश्यक देखिएको छ । नेपालसँगको सम्बन्ध अझ बलियो बनाउन दुवै देशका निजी क्षेत्रको सहयोगको खाँचो रहिआएको छ । 

द्विदेशीय कूटनीतिक सम्बन्ध र नेपाली पर्यटनको सम्भावनाबारे जानकारी लिने तथा सम्बन्ध विस्तार गर्ने उद्देश्यले विभिन्न देशबाट सिनेटर, व्यापारी तथा उद्यमीहरूका टोली नेपालको भ्रमणमा आउने गरेका छन् । यससम्बन्धी खबरहरू पनि पत्रपत्रिकाहरूमा प्रकाशन हुँदै आइरहेका छन् । निश्चय पनि यस्ता भ्रमणले दुवै देशका हितका लागि काम गर्दै आएको छ र यसको सही उपयोग गरिएको खण्डमा व्यापार व्यवसाय माथि उचाल्ने निश्चित छ । 

अहिले विश्वमा लगानी भिœयाउने र व्यापार बढाउने प्रचलन नै रहेको देखिन्छ । विभिन्न देशले विदेशी लगानी आकर्षण गर्ने ऐन, कानुनमा सुधार गर्नुका साथै लगानीकर्ताका लागि आकर्षक प्रोत्साहन प्याकेजहरू उपलब्ध गराउने गरेको पाइन्छ । आर्थिक विकास र लगानीका क्षेत्रमा अल्पविकसीत देशले प्राप्त गरिरहेका उपलब्धि नेपालजस्तो प्राकृतिक हिसाबले समृद्ध र राजनीतिक हिसाबले अधिक चेतनायुक्त देशका निम्ति अत्यन्त उदाहरणीय, प्रेरणादायी र अनुकरणीय हुने आँकलन गर्न सकिन्छ । 

ती देशका लगानी बोर्ड, लगानी आकर्षण र प्रवद्र्धन हुन यति धेरै सफल हुनुको कारण अध्ययन गर्दा केही यथार्थपरक तथ्य फेला पर्छन् । त्यस्ता देशमा राजनीतिक दल र राजनेताहरूको प्राथमिकता र प्रतिबद्धता लगानी प्रवद्र्धन र आर्थिक समृद्धिको एजेण्डामा निहित रहँदै आएको देखिएको छ । ती मुलुकहरूमा नेपालजस्तो भागबण्डाको राजनीति व्याप्त छैन । व्यापार व्यवसाय र आर्थिक समृद्धिलाई विशेष ध्यान दिइँदै आइएको पाइन्छ, त्यस्ता मुलुकहरूमा । हामीकहाँ भने भागबण्डा र गुटबन्दीले सबै क्षेत्रलाई आक्रान्त तुल्याएको छ । 

ती देशहरूमा हेर्ने हो भने लगानी, व्यापार तथा आर्थिक मुद्दालाई राजनीतिक दाउपेचको खेलौना बनाइँदैन । ती देशका सरकारी र निजी क्षेत्रका बीचमा उदाहरणीय संयोजन रहेको पाउन सक्छौं हामी । सरकारी क्षेत्र लगानीमैत्री छ भने निजी क्षेत्र पनि व्यावसायिक र आर्थिक समृद्धिप्रति प्रतिबद्ध रहेको देखिन्छ । 

विदेशी र खासगरी त्यस्ता लगानीकर्ताहरूलाई आकर्षित गर्न लगानी बोर्डको कार्यालयमै बाहृय डेस्क स्थापना गरी तत्सम्बन्धी जानकारी र सक्दो सहयोग गर्ने गरिन्छ । ती देशमा लगानी आकर्षण र आर्थिक विकासका लागि महŒवपूर्ण मानिने स्पष्ट कानुनी व्यवस्था पनि गरिएको पाउन सकिन्छ । कानुनका आधारमा कति कर लगाउने, कति छुट दिने, कसले कति सुविधा कसरी पाउने र कसरी किन नपाउने भन्ने विषयहरू कानुनमै स्पष्ट निर्देशित गरिएको हुन्छ । कुनै कानुन लगानीमैत्री भएन भने कानुन बनाउन वर्षांै लाग्दैन । 

नेपालमा लगानी बोर्ड स्थापना भएको ६ वर्ष भइसक्यो तर लगानीका विषयमा कुनै पनि दूरगामी कार्य हुन सकेको छैन । न त लगानी नै बढेर गएको छ । लगानी बोर्डलाई स्रोतसाधन सम्पन्न बनाउन पनि सकिएको छैन । जबकि मुलुकको समृद्धि र आर्थिक विकासमा लगानी बोर्डको महŒवपूर्ण भूमिका रहँदै आएको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं