Date:2017/12/15 |Friday

नेपाल–भारत सम्बन्धमा भ्रम र यथार्थ

Posted on: September 03, 2017 | views: 121 | इन्द्रबहादुर बराल

इन्द्रबहादुर बराल

नेपाल–भारतको सम्बन्ध सदीयांै पुरानो छ । यसबारे खासै विवाद गरी राख्नुपर्ने देखिँदैन । र हेर्ने हो भने खासै विवाद पनि छैन । यो यथार्थ हो । तथापि, जनस्तरबाट भारतलाई हेर्ने दृष्टिकोण भने सकारात्मक देखिँदैन, यो एउटा कटु सत्य हो । यस विषयमा आँखा चिम्लिन सकिँदैन । त्यस कारण नेपाल–भारत सम्बन्धमा अझै व्यापक बहस र छलफलको माध्यमबाट देखिएका भ्रमहरूको निराकरण गर्नु आवश्यक छ । एउटा छिमेकीले अर्को छिमेकीमाथि सधैं सशंकित हुने स्थिति रहँदासम्म दुई छिमेकी बीचको सम्बन्ध सुमधुर र विश्वसनीय किमार्थ हुन सक्तैन । 

अब भारतले विचार गर्नुपर्ने बेला आइसकेको छ । अहिलेको सारा विश्व एउटै गाउँका रूपमा विकसित भइसकेको छ । अब भारतको सहयोगबिना नून, तेलजस्ता वस्तुको अभावमा नेपाल तड्पी राख्नुपर्ने स्थिति छैन, भलै केही असहज त होला नै । कुनै समय यस्तो कालखण्ड पनि थियो, जहाँ भारतबिना नेपाल फिटिक्क चल्नै सक्थेन । त्यो कालखण्डको अनुभूति गर्ने पुस्ता अब नेपालमा विरलै पाइन्छन् । त्यसैकारण भारतले अब नेपाललाई हेर्ने र व्यवहार गर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी छ । अब नेपालीहरू विश्वको कुनै नयाँ ठाउँमा वा अन्य कुनै भूगोलमा बसेर आफ्नो घरपरिवारको जीविकोपार्जनमा मात्रै होइन, राष्ट्रियताको संरक्षण र सम्वद्र्धन गर्न सक्षम भइसकेको अवस्था छ । 

हुन त भारतबाहेकका अन्य छिमेकी मुलुकले नेपाललाई हेर्ने दृष्टिकोण भनेको भारतकै जस्तो दृष्टिले हो भन्ने भनाइ पनि छ । यो दृष्टिकोण अध्यावधिक छ भन्ने बौद्धिक वर्गको विश्लेषण छ । यतिसम्म कि उत्तरी छिमेकी मुलुक चीनलेसमेत भारतीय आँखाबाट नेपालप्रतिको दृष्टिकोण बनाउँछ भन्ने चर्चा बौद्धिक बृत्तबाट सुन्नमा आउने गरेको छ । अहिलेको नेपाली युवा पुस्ता, जसले गहन र बृहत्त रूपमा नेपाल–भारत सम्बन्धको गहिराइमा पुगेका छैनन् भने भारतले पनि नेपालप्रति अलि हेपाहा प्रवृत्तिका कारण दुई छिमेकी बीचको सम्बन्धमा केही अविश्वास बढेको पक्कै हो । जनआन्दोलन २०४६ ताका भारतले लगाएको नाकाबन्दीले परिवर्तनकारी तप्कालाई केही राहतको अनुभूति दिलाए पनि २०७२ सालतिरको नाकाबन्दीलाई नेपालीले पचाउन नसकेको यथार्थ हो । मानिस यस्तो प्राणी हो जसलाई सयौं गुन लगाए पनि एउटै बैगुनले ती सबै गुन बिर्सन्छ । त्यसकारण नेपालीहरूको भारतलाई हेर्ने धारणा सकारात्मक हुन सकिरहेको छैन । तत्काल यो सम्भावना पनि देखिन्न ।

इतिहासको एउटा यस्तो कालखण्ड थियो जतिबेला नेपालीहरू भारतबिना फिटिक्कै चल्नै नसक्ने । भारतसँगको सम्बन्ध आर्थिक रूपमा मात्रै होइन सामाजिक, धार्मिक, शैक्षिक, सांस्कृतिकलगायत यावत क्षेत्रसँगको प्रगाढ सम्बन्ध थियो । यतिसम्म कि ‘यस्य क्वापिर गति’ र ‘नास्ती तस्य वाराणसी गति’ भन्ने नारा नै लगाउने चलन थियो भन्ने भनाइ छ । यसको मतलब के हो भने नेपालीलाई जीवन जीउन गाह्रो भयो भने वाराणसी जान्थे र सजिलैसँग शिक्षा पाउथे । शिक्षाको उज्यालोबाट जीवनका सारा अन्धकारलाई पन्छाउने काम हुन्थ्यो । तर अब समयले नेटो काटिसकेको छ, अब ती अतीतलाई सम्झेर बस्न नेपाली चेतनाले दिँदैन । त्यसकारण इतिहासका पाना सम्झनामा राख्दै २१औं शताब्दीका प्रगति सम्बन्ध र उपलब्धिको उपभोग गर्न नेपाली सक्षम भईसकेका छन् । नेपालको यो उच्चस्तरको चेतनाले जसरी भारतसँग घुँडा टेकेर बस्नुपर्छ भन्ने मान्यताबाट माथि उठिसकेको छ । यो यथार्थताबाट भारत अनभिज्ञजस्तो देखिनु सुखद् भने पक्कै होइन । 

केही नेपालीहरू भारतको चर्को विरोध गरेपछि महान् क्रान्तिकारी र राष्ट्रवादी भइन्छ भन्ने भ्रममा हुनसक्छन् । यद्यपि, तत्क्षणका लागि यो कर्णप्रिय लागे पनि अन्ततः भारत छिमेकी मुलुक हो, असल छिमेकीको पना जोगाउनु श्रेयस्कर नै होला कि । स्वार्थ अनुकूल कहिले तिनै सन्धि सम्झौता राष्ट्रघाती त कहिले राष्ट्रिय हितमा देख्ने आँखाहरूमा कित मोतिया बिन्दु भएछ भन्नु प¥यो कि त हामीले जानिनांै भन्नु प¥यो, होइन र ? उदाहरणको लागि जनआन्दोलन २०४६ पछि प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्रीले भारतसँग महाकाली सन्धि ग¥यो । तर लगत्तै तत्कालीन प्रमुख प्रतिपक्ष एमालेले सोही महाकाली सन्धिलाई घोर राष्ट्रघाति देख्यो र देशव्यापी उपद्रो मच्चायो । तर फेरि त्यही सन्धिलाई राष्ट्रहितमा देखेर नेपालको संसदबाट दुई तिहाइ बहुमतले पारित गराउन किन सहमत भए ? यसको जवाफ अझै नेपालीले पाउन सकेका छैनन् ।

नेपालमा राष्ट्रियताका विषयमा बहस र छलफलको सन्दर्भ जब आउँछ, तब महाकाली, गण्डकी र कोशी सम्झौताको प्रसंग जोडतोडका साथ आउने गर्छ । मानांै राष्ट्रियता भनेको तीबाहेक अरू केही छैन । राष्ट्रियताको भ्रम र स्वार्थपूर्ण कोलाहलले नेपालीमा यदाकदा दिग्भ्रमित बनाएको पाइन्छ । त्यसकारण नदीनाला, खोलानालाको पानीको उपयोग र उपभोग गर्दा सधै त्यसको अपजस नेपाली कांग्रेसलाई पर्न गएको छ । यस विषयमा नेपाली कांग्रेस अझै गम्भीर हुन आवश्यक छ । अहिलेको नयाँ पुस्ता राष्ट्रियताको साँगुरो घेराबाट धेरै टाढा पुगिसकेको जस्तो भान पर्न गएको छ । तथापि यदाकदा राष्ट्रवादको गहिरो छाप बिर्सने सक्ने देखिएको छैन । त्यसैले काठमाडौंलगायत देशका छिटफुट प्रमुख शहर र जिल्लामा राष्ट्रियताका मुद्दाहरूमा आवाज बुलन्द हुने गर्दछ । जुन आफंैमा सकारात्मक छ । 

राष्ट्रियताजस्तो संवेदनशील विषय सधैं भारतसँग जोडिएर हर्ने गरिन्छ र नेपालको राष्ट्रियता त्यतैबाट खतरा छ भन्ने भान पर्न गएको छ । यस सन्दर्भमा छिमेकी भारत पनि गम्भीर हुन जरुरी छ । नेपाल एक सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । नेपाल आफ्नो मुलुकको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र अभिभाज्यताका लागि कसैसँग झुक्दैनन् अनि आवश्यक परे बलिदान गर्न पछि पर्दैनन् भन्ने वास्तविकता भारतले बुझ्नु आवश्यक छ ।

नेपालमा एउटा भ्रम पर्न के गएको छ भने तराई मधेसका नेपाली नागरिकलाई कतै दोस्रो दर्जाको नागरिक बनाइएको त होइन भन्ने ? तराई मधेसमा बसोबास गर्ने मधेसी जनताको उद्गमका कारणले पनि यस्ता केही भ्रम पर्न गएको हुन सक्छ । तर कुन मानिस कुन ठाउँ बसेको छ उसको पहिचान त्यहिँको हुन्छ । हिमाली भेकमा बस्ने हिमाली, पहाडमा बस्ने पहाडीजस्तै तराई मधेसमा बस्नेलाई मधेसी भनिएको हो । कुन जात कुन उत्पत्तिको, भनेर हेर्दै जाँदा अधिकांश नेपालीको उद्गम नेपालको सिमाना नाघेर अझै टाढा पुग्नपर्ने हुन्छ । हाम्रा वैवाहिक सम्बन्धमा जातका कुरा त छाडौं, अलगअलग राष्ट्रियतासँग रक्त सम्बन्ध जोडिएको छ । त्यसैले तराई मधेसका अधिकांश जनताको वैवाहिक सम्बन्ध भारतसँग जोडिएको छ अर्थात् तराई मधेस र भारतको सम्बन्ध रोटीबेटीको छ । यसो हुँदैमा तराई मधेसका मुद्दामा सधंै नकारात्मक टिप्पणी वा भ्रमपूर्ण प्रचार गरी हाल्नुपर्छ भन्ने गलत संस्कारको द्योतक हो । यस्ता गलत सोच र चिन्तनले नेपाली राष्ट्रियता कमजोर बन्न सक्छ । 

अर्कोतर्फ मधेसीहरूमा छिटफुट आफ्नो नेपाली राष्ट्रियताको हितविपरीतका गतिविधिमा सचेत र सजग हुनुपर्छ, जसले गर्दा भ्रमको खेती गर्नेहरूको खेलो हराउन सकोस् । यथार्थतामा मधेसीहरू पनि कोहीभन्दा कम राष्ट्रवादी छैनन् । उत्तरको हिमाली भेकमा बस्ने हिमालीहरूले देशको माटोको रक्षा कति गरेका छन्, थाहा छैन । किनकि त्यहाँको भूगोलमा जो कोही नेपाली पुग्नै सकेका छैनन् । पुगी हाले पनि दुई देशबीचको साँध सिमाना थाहा छैन । तर दक्षिण तराई मधेसका नेता भने आफ्नो माटोप्रति सचेत छन् । जागरुक छन् र बेलावखत भारतले गर्ने गरेको ज्यादतिविरुद्ध बिगुल फुकेकै छन् । त्यसले आफ्नो मातृभूमिप्रतिको कर्तव्य पूरा गर्ने गराउने काममा मधेसी जनताको विशेष योगदान छ । तसर्थ नेपाल–भारत सम्बन्धमा केही यथार्थ केही भ्रमको निवारण गर्दै सधंैको कचकच निमिट्यान्न पार्नु दुवै पक्षको हितमा छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं