Date:2017/09/19 |Tuesday

मधेसको निर्वाचन

Posted on: September 08, 2017 | views: 18 | श्रीमननारायण

असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनप्रति पूरै देशका राजनीतिक दलहरू तथा सर्वसाधारण नेपाली जनताको ध्यानसमेत प्रदेश नं. २ को निर्वाचनतिर केन्द्रित छ । नेकपा माओवादी केन्द्रले त वीरगञ्जमा आफ्नो कार्यालय नै खोलिसकेको छ । नेपाली कांग्रेसको निम्ति पनि यो निर्वाचन प्रतिष्ठाको विषय बनेको छ । किनभने यसको सफलताले सो दललाई पहाडमा भएको क्षतिको केही हदसम्म पूर्ति गर्न सक्ने विश्वास रहेको छ । यसै सन्दर्भमा, नेकपा एमालेको भन्दा राम्रो अवस्था नेकपा माओवादी केन्द्रको रहेको विश्लेषण राजनीतिका जानकारहरूको रहेको छ । आगामी ३ महिनाभित्रमा प्रदेश तथा संसदको समेत निर्वाचन हुने भएकाले पनि यस निर्वाचनको दूरगामी प्रभाव पर्ने निश्चित छ । 

नेकपा एमालेका नेताहरूले आफ्नो सफलताबारे जतिसुकै तर्क गरे पनि यो पार्टी यस प्रदेशमा एक दर्जनभन्दा बढी सिट जित्ने सम्भावना रहेको देखिँदैन । किनभने राजमार्ग क्षेत्रमा नेकपा एमालेको राम्रो प्रभाव रहेको मानिन्छ तर नेपाली कांग्रेस र नेकपा माओवादीबीचको चुनावी तालमेलले राजमार्ग क्षेत्रमा एमालेको सफलतामाथि पनि प्रश्न चिहृन खडा गर्ने प्रयास गरिरहेको छ । संविधान संशोधन विधेयकलाई असफल पारेर पहाडमा आफ्नो समर्थन बढेको विश्वास गर्ने पार्टीले एकै साथ मधेसमा पनि सफलता पाउने आशा गर्नु आत्मरती मात्रै सावित हुने निश्चित छ । यद्यपि, प्रदेश नं. २ मा नेपाली कांग्रेसको जनाधार पनि अब पहिलेको जस्तो रहेको छैन । 

मधेस आन्दोलनलाई उपेक्षा गरेर संविधान संशोधन गरेको कारण  नेपाली कांग्रेसप्रति पनि जनताको आक्रोश कायमै छ । यसपटकको  निर्वाचनमा नेपाली कांग्रेसको टिकट लिन मधेसीहरूले खासै उत्साह नदेखाउनु यसैको संकेत हो । नेपाली कांगे्रेसको निम्ति मधेस उसको आधारभूमि थियो । तर गएको ४ वर्षमा पार्टीले मधेसका जनताको पीडालाई बुझ्ने काम अलिकति पनि गरेन । यसको लाभ राजपाले अवश्य पनि लिएको छ । अब नेपाली कांग्रेसका नेताहरू आपूmलाई स्थायी सत्ताधारी मानिरहेका छन् । सत्ताको शौकका कारण यसका नेता एवं कार्यकर्ताहरू जनतामाझ जानु आवश्यक ठानिरहेका छैनन् । वर्तमान अवस्थामा पार्टीका जति पनि मधेसी मूलका नेताहरू छन् ती सबै आफ्नो निर्वाचन क्षेत्रमै केन्द्रित तथा प्रभाव भएका नेताहरू छन् । पार्टीको शीर्षपङ्क्तिमा पनि मधेसलाई चिन्ने नेताको अभाव छ । पार्टीले मधेसी युवाहरूलाई पार्टीसित जोड्ने प्रयास पनि गरेको पाइएको छैन । न त यसको आवश्यकता नै महसुस गरेको छ । इतिहासको भरमा मात्रै चुनाव जित्न सकिँदैन । अवस्था यही रहृयो भने नेपाली कांग्रेसको अवस्था पनि भारतीय कांग्रेसको जस्तै हुने निर्विवाद देखिन्छ । 

संविधान संशोधन विधेयकमा मतदान गराएर कांग्रेस पार्टीले नेकपा एमालेलाई मधेसी जनताभन्दा टाढा पु¥याएको छ तथा आफूलाई मधेसीको भलो चिताउने दलको रूपमा सावित गर्ने प्रयास गरेको छ । सरकारमार्फत हुन सक्ने काम गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसी जनताको विश्वासलाई जित्ने सार्थक प्रयास गरेको पनि देखिएको छ । वर्तमान अवस्थामा पर्सादेखि सप्तरीसम्म नेपाली कांग्रेसको प्रतिस्पर्धा राजपासाग तथा केही ठाउ“मा संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्रस“ग रहेको देखिन्छ । उता माओवादी केन्द्रभन्दा राम्रो अवस्था फोरमको रहेको देखिन्छ । नेकपा एमालेभन्दा राम्रो प्रदर्शन नेकपा माओवादी केन्द्रले गर्ने देखिएको छ । 

यसपालीको निर्वाचनमा मधेस आन्दोलन र संविधान संशोधनमा ठूला दलहरूको भूमिका प्रमुख राजनीतिक मुद्दा बन्ने निश्चित छ । नेकपा एमालेको निम्ति यो अवस्था निल्नु न ओकल्नुको छ । पार्टीले मधेसी जनताको पक्षमा बोल्यो भने पहाडी क्षेत्रका जनताको समर्थन गुमाउने सम्भावना जबकि न बोल्दा मधेसमा पराजय भोग्ने अवस्था । वर्तमान अवस्थामा जुन राजनीतिक दलको पक्षमा जनसमर्थन देखा पर्नेछ त्यसको असर आगामी तीन महिनासम्म रहने निश्चित छ । नेकपा एमालेसित कुनै पनि मधेसी दल सहकार्य गर्नसक्ने अवस्थामा पनि छैन । प्रदेश नं. २ को निर्वाचन आपूmहरूको निम्ति सहज छैन भन्ने कुरालाई एमालेका नेताले नै बुझेको हुनुपर्छ ।  

नेकपा एमालेको तुलनामा नेकपा माओवादीको अवस्था राम्रो देखिँदै आएको छ तथा मधेसको क्षेत्रमा एमालेको तुलनामा माओवादीले बढी सिट जित्ने सम्भावना पनि देखिन्छ । राजमार्ग क्षेत्रमा नेकपा एमालेले चुनाव जित्ने सम्भावना छ तर राजमार्ग क्षेत्रमा एक दर्जनभन्दा बढी सिट पनि छैन । एमालेले मधेसी नेताहरूलाई होच्याउने, जिस्क्याउने र अपमानित गर्ने काम गरेका कारण मधेसका जनताले यसलाई आफ्नो समुदायप्रति लक्षित टिप्पणीको रूपमा लिएका छन् । उम्मेदवार छनोटसमेत गर्न ठूला दलहरूले राजपाको निर्णयको प्रतिक्षा गर्नुपर्ने अवस्था आउनुले ठूलो दलको अवस्थालाई दर्शाउँछ । प्रदेश नं. २ को निर्वाचन विगत २ चरणमा भएको निर्वाचनको तुलनामा फरक हुनेछ ।

प्रदेश नं. २ को निर्वाचनमा राम्रो सफलता पाउने विश्वाससहित निर्वाचनमा होमिएको राजपाको निम्ति पनि उम्मेदवारको छनोटपछि चुनाव सहज र सरल रहने सम्भावना देखिँंदैन । किनभने उम्मेदवार छनोटको मामिलामा ६ दलका घटक दलहरूबीच व्यापक मतभेद र मनभेद रहेको देखियो । प्रदेश नं. २ को मुटु मानिएको वीरगञ्जमा राजपाको तर्पmबाट मेयरको उम्मेदवार को हुने भन्ने विषयले निकै चर्चा पाएको थियो, तर अन्ततः पार्टीले सुनिश्चित जित्न सकिने सम्भावना बोकेका अनुभवी, परिपक्व एवं कुशल राजनीतिज्ञ विमल श्रीवास्तवको ठाउ“मा मधेस आन्दोलन २०७० का एक चर्चित व्यक्तित्व, युवा एवं लोकप्रिय उम्मेदवार राजेशमान सिंहलाई उम्मेदवार बनाएको छ । राजेशमान सिंहको उम्मेदवारीलाई राजपाले वर्तमानको सट्टामा वर्तमान र भविष्य दुवैलाई दृष्टिगत गरेर दिएको मान्न सकिन्छ । उनको उम्मेदवारीको घोषणाले राजपाको टिकट पाउनबाट वञ्चित असन्तुष्ट नेताहरू पार्टी परित्याग गरी अन्य पार्टीतिर पलायन पनि गरेका छन् । ६ वटा पुराना पार्टी मिलेर बनेको राजपाका नेताहरू अहिले पनि आप्mनो मान्छे र पराया मान्छेको भावनाबाट मुक्त हुन सकेका छैनन् । पार्टी एकीकरण नभएको खण्डमा प्रत्येक पदका लागि ६ जना दावेदार हुने थिए तर यस एकीकरणका कारण कुनै पा“चजनाको उम्मेदवारीमाथि रोक लागेको छ । मधेसवादी दलहरूबीच पार्टीको एकीकरण, विभाजन र नया“ मधेसवादी दलको गठन पनि रातारात नै हुने गर्छ । 

पार्टी एकीकरण हुनुभन्दा पूर्व एकले अर्काको भावना र चाहनालाई बुभ्mने प्रयास गर्नुपर्छ । एकीकरण हुनु ठूलो कुरा होइन, एकीकरण लामो समयसम्म टिकिरहनु ठूलो कुरा हो । राजपाले विगत तीन महिनामा आप्mना पुराना एवं समर्पित नेताको ठाउ“मा जिताउ उम्मेदवारलाई अन्य दलबाट तान्ने प्रयास गरे । यस्ता कथित जिताउ उम्मेदवारहरू चुनावको निम्ति सधैं तयार नै रहन्छन् । यस्ता व्यक्तिहरूको निम्ति कुनै पनि पार्टीको चुनाव चिहृन, झण्डा, सिद्धान्त र विचारले महŒव राख्दैन । यस्ता व्यक्तिहरू केवल चुनाव लड्न र जित्न चाहन्छन् । अब त कुनै पनि पार्टी यसबाट अछुतो छैन । टिकट दिने मामिलामा एमाले, काङ्ग्रेस र माओवादीले समेत पनि मधेसवादी दललाई मात्र गरिसकेको छ । वीरगञ्जमा राजेशमान सिंहको उम्मेदवारीले पार्टीको हार र जितभन्दा पनि मधेस आन्दोलनको महŒवलाई राजपाले ध्यान दिएको बुभ्mन सकिन्छ । क्रान्तिकारी, आन्दोलनकारी अथवा इतिहास बोकेको कुनै पार्टीको झण्डा बोक्दैमा कुनै व्यक्ति पनि रातारात नै क्रान्तिकारी, आन्दोलनकारी तथा त्यागी र समर्पित कहलिन सक्दैन । विकासप्रेमी, आन्दोलनकारी तथा क्रान्तिकारी छविको निर्माण पनि रातारात हुन सक्दैन । प्रदेश नं. २ को निर्वाचन अन्य प्रदेशहरूको निर्वाचनभन्दा विपरीत प्रकृत्तिको छ । 

प्रदेश नं. २ को स्थानीय निर्वाचन, आगामी मंसिर महिनामा हुने भनिएको प्रादेशिक सभा तथा संसदीय निर्वाचनको खातिर  राजनीतिक दलहरूको निम्ति सफलताको मापदण्ड पनि सावित हुनेछ । खासगरी मधेसवादी दलहरू मात्र होइन, नेपाली कांग्रेस र नेकपा माओवादीले पनि आप्mनो भविष्य यसै प्रदेशको निर्वाचनमा खोजिरहेको छ । मधेसका जनताले आन्दोलनकारी मधेसवादी दलहरू तथा ठूला दलहरूमध्ये कसमाथि बढी विश्वास गर्ने हुन्, त्यसको परिणाम चुनावपछि नै थाहा होला, तर अब प्रदेश नं. २ मा विनाकुनै अवरोध निर्वाचन सम्पन्न हुने कुरामा शड्ढा रहेन । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं