Date:2017/12/17 |Sunday

नेपाल खत्तम छ र ?

Posted on: September 23, 2017 | views: 55 | लक्ष्मण सिटौला


चाहे अमेरिका होस् वा युरोप 

विदेशमा गएर शरणार्थी बन्नु नपरोस्

म नेपाली तर गैह्र नेपाली भन्नू नपरोस् 

मेरो पसिना मेरै देशमा खसोस्

मेरो आँसु मेरै धरतीमा परोस्

बरु मर्नै किन नपरोस्

मेरो जिन्दगी बन्दगमा नपरोस्

पराश्रित भएर बाँच्न नपरोस्


हामीसँग सिङ्गो नेपाल छ । हामी एक सार्वभौम सम्पन्न शक्तिशाली राष्ट्र हौँ । हामी अतुलनीय छौँ । हामीसँग अरू कसैसँग नभएका हिमालय पर्वत शृंखलाहरू छन् । हामीसँग पृथ्वीको आधा पाटोलाई शान्तिले छोप्ने भगवान् बुद्ध छन् । हामीसँग कहिले नसकिने पानीको मुहान छ । हामीसँग संसारलाई उज्यालो दिन सक्ने बिजुली छ । हामीसँग अन्त कतै नभेटिने विविध प्रकारको संस्कृति छ । हामीसँग वीरता छ । हामीसँग सहिष्णुता छ । हामी अरूभन्दा भिन्न छौं । हामीमा विविध जातीय एकता छ । विविध धर्म छ । 

हामीसँग सबथोक छ, विद्या, बुद्धि, विवेक । सबैभन्दा ठूलो कुरा त हामीसँग त्यो अदम्य साहस छ जसका कारण अंग्रेजलाई पनि हामीले धपाएका थियौँ र आजसम्म यो मुलुक स्वतन्त्र छ र रहिरहनेछ । त्यसैले म मेरो देशलाई शक्तिशाली भन्छु । कुन चाहिँ छोराले आफ्नी आमालाई असमर्थ र शक्तिहीन सोच्न सक्ला र ¤

जतिबेला अमेरिकीहरू र भारतीयहरू पातमा भात खान्थे त्यतिबेला त हामी पित्तले चरेसका थालमा घ्यू हालेको भुजा खान्थ्यौँ । कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा पहिले हामीहरू संस्कृत सम्पन्नताले भरिपूर्ण भइसकेका थियौँ । हामी पूर्वीय सभ्यताको प्रथम किरण हौँ । सानो छौँ तर आँखाको नानी पनि त सानै छ नि । जमिन मात्रै, भूगोल मात्रै ठूलो हुने अफ्रिकाको मरुभूमियुक्त देशहरूले पनि त खोई के प्रगति गर्न सकेका छन् र ¤ 

चन्द्रमालाई छोयौँ भन्ने देशहरूले खोई त मानिसका दिलमा छोएका ? आज तिनकै सन्तानहरू पब र डिस्कोथेमा हल्लिँदै छन् बरालिँदै छन् । पश्चिमा संसार विकासको चरम बिन्ुमा पुग्यो भन्छौँ हामी तर त्यहाँको कन्तबिजोग कमैले देखेका छन् । सबैभन्दा ठूलो कुरो मान्छेभित्र प्रेमको विकास हुनुपर्छ । प्रेम म¥यो भने तिम्रो प्रगतिको के अर्थ ? पश्चिमाहरू सेक्सका भोका छन् । देखिन्न त्यहाँ माया र ममता । जब मान्छेले मान्छेलाई नै सिध्याउने खेल सुरु हुन्छ त्यहाँ प्रगतिले पनि झुक्नुपर्छ । हाम्रो मात ढुङ्गामा पनि प्रेम अंकुराउँछ । 


अध्ययनको सिलसिलामा आजभन्दा १८ वर्ष अगाडि अस्ट्रेलिया गएको थिएँ । त्यहाँ पुगेको दोस्रो दिनमा आमा मरेकी एउटी अस्ट्रेलियाली महिलासँग परिचय भएको थियो । ऊ आफ्नो केटा साथी च्यापेर डिस्को जाँदै थिई । उसको यो क्रियाकलापले मलाई अचम्मित तुल्यायो र सोचे– हिजो मात्रै जन्म दिने आमा बितेको भन्छे आज केटा च्यापेर नशामा डिस्को जाँदैछु भन्छे । यो कस्तो मानवहीनता हो ¤ यो कस्तो परिवर्तन हो ¤ यो कस्तो माया हो ¤ यो कस्तो मुटु हो ¤ यो कस्तो परिपाटी हो ¤ अनि यो कस्तो भौतिकता हो ¤ यो कस्तो लिप्सा हो ¤ 

अनि उसलाई सोधेँ, ‘हिजो आमा मरेको भन्छ्यौ, आज केटा समातेर रक्सी खादै डिस्कोमा नाच्न जाँदैछु भन्छ्यौ आमाको मृत्युुमा शोक मनाउँछन् कि उत्सव मनाउँछन् ? के तिमीलाई आमाको अलिकति पनि माया लाग्दैन ?’

मेरो प्रश्नको जवाफमा उसले भनी, ‘सो हृवाट ¤’ जीवनमा कुनै संवेदनशिलता अनुभूत नहुने पश्चिमी संस्कार देखेर म अवाक भएको थिएँ । हामी आफूलाई जन्माउने आमा स्वर्गे हुँदा आफ्नो एउटा संसार नै डुबेको महसुस गर्छौं । आफू बाँच्नुको औचित्य नै समाप्त भएको महसुस गर्छौं र आजीवन आमाले देखाएको गोरेटो हिँड्छाँै ता कि आमालाई सधैं सम्झिरहन सकाँै । माया त त्यो अमूल्य शक्ति हो जसको सहाराले मानिस मृत्युलाई पनि पराजित गर्न सक्छ । उनीहरू स्वार्थमा बाँचेका हुन्छन् र गरिब देशका प्रतिभावान् व्यक्तिलाई किनिरहेछन् । त्यसैलाई भनिन्छ प्रतिभा पलायन अर्थात बे्रन ड्रेन ¤

नेपालबाट धमाधम प्रतिभाशाली व्यक्तिहरू ‘नेपालमा केही छैन, नेपाल खत्तम छ, नेपालमा कहिले पनि उन्नति हुँदैन र यो देश यस्तै हो भन्दै’ विदेशीको गुलाम बनिरहेका छन् । जतिसुकै प्रतिभाशाली भए पनि विदेशीको गुलामी र तेस्रो दर्जाको नागरिक भएर शिर झुकाएर बाँच्न सहमति गर्नुपर्ने बाध्यता छ ।

आफूलाई जन्माउने आमालाई ‘आमा’ नभनेर सौतेनी आमालाई ‘आमा’ भन्ने छोराछोरी के काम ? छ धेरै छ नेपालमा तर हामी केवल सरकारलाई गाली गरेर दिन बिताउँछौँ ।

गोंगबु चक्रपथ हुँदै ग्रीनसिटि हस्पिटलको दायाँ प्रहरी तालिम केन्द्रको भवन छ । त्यहाँ नेपाल रक्षा गर्ने प्रहरीहरू छन् । त्यही भवनको दायाँतर्फको बाटो भएर म दिनदिनै एयरर्पोट धाउँछु । प्रहरी बस्ने भवनको दायाँतर्फको बाटो यति जीर्ण र बगर जस्तो छ कि त्यहाँ थुप्रैपटक दुर्घटना भइसकेको छ तर प्रहरीहरू आँगनमा परेको भ्वाङ पनि टाल्न सक्तैनन् । मानौँ त्यहाँ कुनै जीवित मनुष्य बस्दैनन् । हामीलाई प्रकृतिले दिएकी छिन् तर त्यसको उपयोग कहिले गर्न सकेनौँ र नेपाललाई सधैँ होच्याउने काम मात्रै ग¥यौँ । 

आफूलाई विशिष्ट विद्वान् भन्नेहरू आज अमेरिकाका रेस्टुरेन्टमा प्लेट धुँदैछन् । कलाकारदेखि पत्रकारसम्म, प्राध्यापकदेखि धार्मिक गुरुसम्म जुठो सोहोर्दै छन् । आफ्नो देशमा लाज लाग्ने काम त्यहाँ पुगेपछि त्यही कामले इज्जत दिँदोरहेछ । तिनै ग्रुप हुन् जसले नेपाललाई सधैँ खत्तम भने र उता पुगेपछि राष्ट्रवादको ठूलो कुरा गरेर फेसबुकको भित्तोलाई रंगीचंगी बनाए ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं