Date:2017/12/17 |Sunday

यहुदीको संघर्षमय इतिहास

Posted on: September 24, 2017 | views: 72 | श्रीमननारायण

द्वितीय विश्वयुद्धका बेला यहुदीहरूको व्यापक जनसंहारको त्रासदीलाई स्मंरण गर्दा मानव इतिहास नै कलङ्कित हुन्छ । यहुदी जातिमाथि भएको त्यो क्रूर र भयावह यातनाको अर्को उदाहरण विश्वमा आजसम्म पाइएको छैन । इजरायलको हालोकारट म्युजियम सर्वनाशा सङ्ग्रहालयले केही महिनाअघि पूर्व पोल्यान्डकी एउटी यहुदी केटी रुत्का लरकीवरको डायरीका केही पृष्ठलाई संसारसामु उद्घाटित गरेको छ । ६० पुष्ठको उक्त नोटबुकमा नाजीहरूद्वारा यहुदीहरूमाथि गरिएको क्रुर अत्याचारका केही झलक पाइन्छ । 

दोस्रो विश्वयुद्धको दौरान हिटलरको नाजी पार्टीले यहुदीहरूको सर्वनाशको सङ्कल्प नै लिएको थियो । जर्मनी तथा युुरोपका अन्य अनेक देशहरूमा भएको यहुदीहरूको विनाशका पछाडि हिटलर तथा उनको नाजी पार्टीको यही मान्यता थियो ।

वर्षौंसम्म ईसाइहरूमा यो धारणा कायम रही आएको छ कि यहुदी नै ईसा मसिहका हत्यारा हुन् र शैतानका हतियार हुन् । १६ औं शताब्दीमा युरोपमा यहुदीहरूप्रति सहिष्णुता र उदारताको भावना बढ्दै गयो । तर योसँगै अर्को पक्षमा अनुदारता पनि बढ्यो र यहुदीहरूको आस्था र जीवन शैलीको विरोध पनि बढ्दैं गयो । यस विरोधले नाजी विचारधारालाई निकै बल दियो । जनवरी १६३३ वा हिटलर जर्मनीका चान्सलर बनेपछि उनका दुई सहयोगी साथीहरू हिमलर र हेड्रियले कम्युनिस्टहरू तथा अन्य नाजी विरोधी मानिसको क्रूररूपमा हत्या गराउन थाले । 

अक्टोबर सन् १६३८ मा जर्मनीमा बस्दै आएका पोल्यान्डका १७ हजार यहुदी नागरिकहरूको नागरिकता पोल्यान्ड सरकारले समाप्त गरिदियो । जर्मनको नाजी सरकारले पनि तिनलाई आफ्नो देशमा राख्न स्वीकार गरेन । यस्ता सबै यहुदीहरूलाई बन्दी बनाएर ट्रक तथा रेलमा हाली पोल्यान्डको सिमाना क्षेत्रमा ल्याएर छाडिदिएको इतिहासले बताउँछ । 

हिटलरले जर्मनीका सबै पुलिस अधिकारीलाई आदेश दिए कि यहुदीहरूका घरलाई लुटियोस् । त्यसलाई पूर्णतः नष्ट गर्नुपर्ने उर्दीसमेत दिइएको थियो । सेप्टेम्बर १६३६ मा जर्मनी सेनाले पोल्यान्डमाथि आक्रमण ग¥यो र दोस्रो विश्वयुद्धको प्रारम्भ पनि भयो । जसैजसै युरोपेली देशहरूमा नाजी सेनाको विजय अभियान बढ्दै गयो त्यसरी नै यहुदीहरूमाथि अत्याचार पनि बढ्दै गयो । यहुदीहरूलाई पोल्यान्डको अनेकौं क्षेत्रमा बाँडियो । उनीहरूसँग नराम्रो व्यहार गरिन्थ्यो । पछि गएर तिनको हत्या पनि गरिन्थ्यो । राजधानी वारसामा यहुदीहरूको ठूलो बसोबास थियो । जब जर्मनीले पोल्यान्डमाथि अधिकार कायम गरे त्यति बेला वारसामा चार लाख यहुदी थिए । नाजीहरूले पोल्यान्ड कब्जा गर्नेबित्तिकै यहुदीहरूको विनाश अभियान सुरु भयो । पुरुषहरूको हत्या र महिलासँग दुष्कर्मका घटना नियमित हुन थाले । यहुदीहरूले बसोबास गरेको ठाउँलाई काँडेतारले घेरी पूर्णरूपेण बन्द गरियो । कारण के थियो भने त्यहाँ रहेका यहुदीहरूले विश्वका अन्य भागमा रहेका अन्य यहुदीसँग सम्पर्क गर्न नसकून् । यसै क्रममा धेरै यहुदीले खान नपाएर वारसाको सडकमै ज्यान गुमाउनु परेको थियो । भोक र आवासको अभावमा त्यहाँ महामारी फैलियो र केही दिनमै एक लाखभन्दा बढी यहुदीको ज्यान गयो । प्रारम्भमा केही यहुदी नेताहरूले सुरक्षा समिति पनि गठन गरे तथा ब्रिटेन र अमेरिकामा बसोबास गर्ने अनि यहुदीको सहायताबाट प्रतिरोधी सङ्गठन पनि स्थापित गरे तर विशाल शक्तिशाली जर्मन सेनाको मुकाबिला गर्न यिनले सकेनन् । जर्मन सेनाले टैङ्क र तोपको माध्यमले लाखौं यहुदीको हत्या ग¥यो । ब्रिटेन र अमेरिका सामु पनि पीडित यहुदीहरूले याचना नगरेका होइनन् तर यस विषयमा कसैले पनि अन्तर्राष्ट्रिय दबाब बनाउने कार्यमा सहयोग गरेन । क्रोेएसिया युक्रेन र युरोपेली रुसका धेरै मानिसले नाजी हत्याराको नै समर्थन गरे । जर्मनीद्वारा विजित फ्रान्सले पनि जर्मनबाट आएका एक लाख यहुदी शरणार्थीलाई मर्नका लागि फिर्ता जर्मनीमै पठाइदियो । फ्रान्सले आफ्नो देशका यहुदी नागरिकलाई भने जर्मनीलाई सुम्पेन । यही काम द्वितीय विश्वयुद्धका दौरान जर्मनीलाई सहयोग गरिरहेका इटली र फिनल्यान्डले पनि गरे । 

युरोपका विभिन्न देशमा त्यति बेला ८० लाख यहुदी थिए जसमा २० लाख साना–साना केटा–केटी थिए । ६० लाख यहुदी हिटलर र उनको नाजी पार्टीको क्रूर दमनको शिकार भए । यहुदीहरूको व्यापक जनसंहार पूर्वी युरोपको देशमा पनि भयो । यहुदी आफ्नो मातृभूमिबाट अलगिएर संसारका अनेकौं देशमा बसोबास गर्न थाले । तिनीहरूका लागि संसारमा कुनै पनि बस्ने देश थिएन जसलाई उनी आप्mनो भन्न सक्थे । त्यसपछि मात्रै तिनले आफ्नो होमल्यान्ड बनाउने प्रयास गरे । 

१६ औं शताब्दीको अन्तिम वर्षमा ज्योनिंज्म नामबाट एउटा आन्दोलन प्रारम्भ भयो जसको उद्देश्य थियो यत्रतत्र रहेका यहुदीहरूलाई प्यालेस्टाइनमा ल्याएर बसाल्नका लागि प्रेरित गर्नु, ताकि एउटा स्वाधिन राज्यको सपना साकार गर्न सकियोस् । द्वितीय विश्वयुद्धपश्चात् प्यालेस्टिन ब्रिटेनको शासनअन्तर्गत आयो । नोभेम्बर १६४७ मा संयुक्त राष्ट्रले एउटा प्रस्तावलाई स्वीकार ग¥यो कि प्यालेस्टिनलाई दुई भागमा विभाजित गरी एउटा भागलाई स्वतन्त्र यहुदी राज्य इजरायल बनाइयोस् । अर्को भाग प्यालेस्टिजन अरबी मुसलमानहरूका लागि स्वीकार गरियो । परिणामस्वरूप १४ मई १६४८ मा इजरायल राज्य अस्तित्वमा आयो । यहुदीहरूको इतिहास सम्पूर्ण मानव जातिका लागि अनौठो र अद्वितीय छ । यहुदीहरूले अकल्पनीय अन्याय अत्याचारको सामन गरेका छन् । यहुदीहरूमध्येबाट काल माक्र्सजस्ता महान् विचारक, फ्रायडजस्ता मनोविश्लेषक र केही अद्वितीय वैज्ञानिकका रूपमा विश्व प्रसिद्ध भए । लगभग ६ दशकको यहुदी इतिहासले के पनि सावित गरिदिएको छ भने शत्रु राष्ट्रहरूसँग घेरिएर रहेको भए पनि उनीहरू आफ्नो अस्तित्वको रक्षा गर्न पूर्णरूपेण सक्षम छन् । 

यहुदीहरूको सहयोग अमेरिकाजस्तो शक्तिशाली राष्ट्रका लागि अपरिहार्य भएको छ । अमेरिकाका अघिकांश वैज्ञानिक, ख्यातिप्राप्त चिकित्सक र लब्धप्रतिष्ठित विद्वानहरू यहुदी समुदायका छन् । यहुदीहरूको लगन र निष्ठा जो कोहीलाई पनि उदाहरणीय बन्न सक्छ । भनिन्छ, कुनै पनि समुदायको प्रगति तीन कुरामा निर्भर गर्छ, आर्थिक सम्पन्नता, शैक्षिक सम्पन्नता र आपसी एकता । संयोगले यहुदीहरूमा यी तीनवटै विशेषता विद्यमान छन् । पहिले शैक्षिक सम्पन्नमा उनीहरूले व्यापक ध्यान दिए । त्यसपछि उनीहरू आर्थिकरूपले सम्पन्न भए । अनि आपसी मेलमिलाप त दैवले नै मिलाइदिएको छ । 

यहुदीहरूबाट हामी नेपालीले केही सिक्ने कि ? यो कुरा अहिले जरुरी देखिएको छ । हामी नेपालीले न त्यत्रो व्यापक जनसंहार झेल्नुप¥यो न राष्ट्रविहीनताको अवस्था नै । तर पनि हामीले युगअनुसार प्रगति गर्न सकेनौं । यहुदीहरूले आफ्नो पुरानो दुःखद इतिहास बिर्सिदिएका छन् । उनीहरू पछाडि फर्केर हेर्दैनन् । हामी २३८ वर्ष अघि भएको कुरा गर्दछौं र त्यसको तुस आज पनि निकाल्न खोज्दैछौं । २३८ वर्षपछि पनि नेपाललाई स्वर्ग बनाउने भाषण मात्र गर्दैछौं । प्रत्येक नेपाली यहुदीजस्तै कठिन परिश्रमी, सहिष्णु र शिक्षित भइदिएको भए आज नेपाल पनि इजरायल बनिसक्ने थियो । 



 

 





Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं