Date:2017/10/17 |Tuesday

दिगो विकासका लक्ष्य र ज्येष्ठ नागरिक

Posted on: September 25, 2017 | views: 136 | पवित्रा अधिकारी

सहस्राब्दी विकास लक्ष्यको अन्त्यसँगै संयुक्त राष्ट्र संघले २०१६ देखि २०३० सम्मका लागिदिगो विकासका सत्रवटा लक्ष्यहरू अनुमोदन गरेको छ । यी सबै लक्ष्यहरू विश्वका सम्पृ्र्ण मानवजनको हितको लागि भएको हुँदा सबैका लागि लक्षित छन् । जसमध्ये १५ वटा लक्ष्यहरूमा ज्येष्ठ नागरिकका सवालहरू  प्रत्यक्ष वा अप्रत्यक्षरूपले समावेश भएका छन् । विश्वको कृ्ल जनसंख्याको एउटा महŒवपृ्र्ण हिस्सा ज्येष्ठ नागरिकहरूको जनसंख्याले करीब १३ प्रतिशत स्थान ओगटेको छ । यहाँनिर सबैले बुझ्नुपर्ने कुरा के हो भने ज्येष्ठ नागरिकहरूलाई नसमेटीकन गरिने विकासका कामहरू त्यति सापेक्षित हुँदैनन् । किनभने ज्येष्ठ नागरिकहरूसँग विभिन्न काम गर्ने तरिका र त्यसका सकारात्मक नकारात्मक प्रभाव र असरहरूको नजिकैबाट नियालेको अनुभव रहेको हुन्छ । 


दिगो विकासका १७ वटा लक्ष्यहरूमध्ये गरीबीका हरेक रूपको अन्त्य गर्नु यसको पहिलो लक्ष्य रहेको छ । त्यसरी नै गरीबी सँगै जोडिएर आउने भोकमरीको अन्त्य दोस्रो लक्ष्यका रूपमा रहेको छ । त्यस्तै स्वस्थ्य जीवन, गुणस्तरीय शिक्षा, लैंगिक समानता, स्वच्छ पानीको उपलब्धता क्रमशः तेस्रो, चौँथो, पाचौँ र छैटौं लक्ष्यका रूपमा तय गरिएका छन् । त्यसैगरी नवीकरणीय ऊर्जा, दिगो आर्थिक विकास, दिगो औद्योगिकीकरण, राष्ट्र राष्ट्र बीचको असमानता न्युनीकरण, दिगो तथा सुरक्षित बसोबास, दिगो उपभोग तथा उत्पादन प्रक्रियाको विकास यसका सातौँ, आठौँ, नवौँ, दशौं, एघारौँ र बाह्रौं लक्ष्यहरू रहेका छन् । जलवायु परिवर्तन, जलासय तथा जलचर प्राणीहरूको संरक्षण, मरुभूमीकरण तथा जैविक विविधताको संरक्षण र संबद्र्धन, न्यायपृ्र्ण समाजको निर्माण यसका तेह्रौँ चौधौँ पन्ध्रौं सोह्रौँ लक्ष्यहरू हुन् । यी सबै लक्ष्यहरू प्राप्तिका निमित्त विश्वव्यापीरूपमा हातेमालो गर्नु दिगो विकासको सत्रौँ लक्ष्य रहेको छ । उल्लेखित लक्ष्यहरू खासगरी गरीबी, असमानता र जलवायु परिवर्तनमा केन्द्रित देखिन्छन् ।


विश्वमा हाल करीब डेढ अरब मानिसहरू निरपेक्ष गरीबीको रेखामुनि रहेका छन् । यस हिसाबले हेर्दा पनि विश्वभर रहेका ९० करोड ज्येष्ठ नागरिकमध्ये करीब २० करोड ज्येष्ठ नागरिकहरू निरपेक्ष गरीबीको रेखामुनि रहेका छन् । ज्येष्ठ नागरिकहरूको रोजगारीको सवाल उठाउँदा कतिपय महानुभावहरूलाई हास्यपद लाग्न सक्छ । सरकारी सेवाबाट ५८ देखि ६० वर्ष मा उमेरको हदबन्दीले अवकाश पाएका सेवानिवृत्त कर्मचारीहरू ज्येष्ठ नागरिक कहलिए पनि तिनमा काम गर्ने जोश जाँगर र लगाव अझै बाँकी हुन सक्छ । त्यस्तै ज्येष्ठ नागरिकका लागि शिक्षा अधिकारको कुरा गर्दा यसलाई प्रौढ शिक्षासँग मात्र जोडेर संकीर्णरूपले हेर्ने गरेको पाइन्छ । 

अहिलेको २१ औँ शताब्दी प्रविधिको युग हो । अतः ज्येष्ठ नागरिकलाई पनि प्रविधिमैत्री शिक्षा उपलब्ध गराउँदै वर्तमान युवा पुस्तासँगै हातेमालो गर्न सक्षम बनाई लैजानुपर्ने आवश्यकतामा राज्यले दायित्व लिई नीति तथा कार्यक्रम ल्याउनु पर्दछ । गरीबी, भोकमरी, शिक्षा, रोगजारी जस्ता विषयहरू अन्तर सम्बन्धित छन् । दिगो विकासको प्रथम लक्ष्यका रूपमा रहेको गरीबीको हरेक रूप अन्त्य गर्ने लक्ष्य प्राप्ति भएमा मात्र पनि विश्वभर रहेका ज्येष्ठ नागरिकहरूको दयनीय स्थितिमा व्यापक सुधार आउने ज्येष्ठ नागरिकसम्बन्धी काम गर्ने हेल्प एज इन्टरनेशनल नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सन् २०१३ देखि विश्वभरका ज्येष्ठ नागरिकहरूको अवस्थालाई प्रतिविम्बित गर्ने ज्येष्ठ नागरिक विशेष सृ्चकांक प्रकाशित गर्ने गरेको छ । 

सन् २०१५ को प्रतिवेदनअनुसार ज्येष्ठ नागरिकसँग सम्बन्धित आम्दानी, सुरक्षा, स्वास्थ्य स्थिति, सक्षमता र ज्येष्ठ नागरिकमैत्री वातावरण जस्ता पाँच वटा पक्षहरूलाई समेटेर तयार पारिन्छ । उक्त प्रतिवेदनको क्रमांकको अगाडि विकसित युरोपेली राष्ट्रहरू पर्दछन् भने एसिया तथा अफ्रिकाका गरीब राष्ट्रहरू तथा गृहयुद्ध र आन्तरिक द्वन्द्वमा फसेका राष्ट्रहरू धेरै पछि रहेका छन् । स्वीटजरल्याण्ड, नर्र्बे जस्ता विकसित मुलुकहरू अगाडि छन् भने नेपाल, पाकिस्तान, सुडान जस्ता मुलुकहरू धेरै पछि रहेका छन् । ९६ देशहरूमा गरिएको त्यस्तो मूल्यांकनमा स्वीट्जरल्याण्ड प्रथम स्थानमा छ भने नेपाल ७० औँ स्थानमा छ र अफगानिस्थान ९६ औँ स्थानमा छ ।


कुनै पनि मुलुकको आर्थिक वृद्धिदरको प्रतिफलहरू प्रत्येक नागरिकमा समन्यायिक र समुचित वितरण गर्नुपर्ने जिम्मेवारी उक्त मुलुकले इमानदारीका साथ पृ्रा गरिदिएमा विकासका प्रतिफल उपभोग गर्ने अधिकारबाट कुनै पनि व्यक्ति कुण्ठित हुनुपर्ने स्थिति आउँदैन । प्रकारान्तरमाः यसले सबै उमेर समृ्ह, जात, धर्म, लिंग, सम्प्रदायलाई समेट्दै एउटा सुन्दर संसार निर्माणको सपना पृ्रा हुन धेरै समय लाग्ने छैन ।

नेपाल सरकारले दिगो विकास लक्ष्य संकेतहरूको आधारमा विनियोजित रकम निर्धारण गरेको छ । कुल बजेट १२.६८ खर्ब रहेको उक्त विनियोजित रकममा लक्ष्य १ को लागि १५.९८ प्रतिशत, लक्ष्य २ को लागि ४.७५ प्रतिशत, लक्ष्य ३ को लागि २.५६ प्रतिशत, लक्ष्य ४ को लागि ५.३० प्रतिशत, र लक्ष्य ५ को लागि ०.१६ प्रतिशत रकम छुट्याइएको छ । यसैगरी लक्ष्य ६ को लागि २.५९ प्रतिशत, लक्ष्य ७ को लागि ५.४२ प्रतिशत, लक्ष्य ८ को लागि ०.७३ प्रतिशत, अनि लक्ष्य ९ को लागि १२.४६ प्रतिशत विनियोजित रकम निर्धारण गरेको छ । 

यसरी नै लक्ष्य १० को लागि ०.२७ प्रतिशत, लक्ष्य ११ को लागि १८.८४ प्रतिशत, लक्ष्य १२ को लागि ०.०१ प्रतिशत र लक्ष्य १३ को लागि ०.३० प्रतिशत रकम निर्धारण गरेको छ । लक्ष्य १४ भने नेपालको लागि सान्दर्भिक नभएकाले यसको लागि रकम विनियोजित गरेको छैन । लक्ष्य १५ को लागि १.२८ प्रतिशत, लक्ष्य १६ को लागि २८.७६ प्रतिशत र लक्ष्य १७ को लागि ०.५९ प्रतिशत विनियोजित रकम निर्धारण गरेको छ ।


नेपाल सरकारले दिगो विकास लक्ष्य संकेतहरूको आधारमा विनियोजित निर्धारण गरेको रकमको कति प्रतिशत रकम ज्येष्ठ नागरिकहरूको विकास लागि खर्च हुने हो र विकासका कुन कुन क्षेत्रहरूमा ज्येष्ठ नागरिकहरू समेटिने हुन् भन्ने कुरामा ज्येष्ठ नागरिकहरूसँग काम गर्ने संघ संस्थाहरू र सरोकारवालाहरूले विशेष ध्यान दिन आवश्यक छ । यदि ज्येष्ठ नागरिकहरूको विकासका काममा ती रकम र विकासका परियोजना पुग्दैनन् भने त्यसका लागि आवाज उठाउन समेत सरोकारवालाहरू तयार रहनुपर्दछ ।


 






Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं