Date:2017/11/23 |Thursday

अति दुर्गम १० स्थानमा टेकिमको सेवा

Posted on: November 13, 2017 | views: 22 |

काठमाडौं । नेपाल टेलिकमले दार्चुला, जुम्ला, कालिकोट र हुम्लाका अति दुर्गम १० स्थानमा एनटीस्याटमार्फत दूरसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनको सन्दर्भमा कुनै पनि दूरसञ्चार सेवा नपुगेका ती स्थानमा अविलम्ब सेवा सञ्चालन गर्न सरकारको निर्देशनअनुसार कम्पनीले ती स्थानहरूमा केही हप्ताअघिदेखि सेवा सञ्चालनमा ल्याउन सुरु गरेको थियो । ती मध्ये हुम्लाको चङखेली गाउँपालिकामा कात्तिक २६ गतेदेखि सेवा सञ्चालनमा आएपछि दशवटै स्थानमा सेवा उपलब्ध भएको छ । 

सेवा सञ्चालनमा ल्याइएका स्थानहरूमा दार्चुलाको ब्यास गाउँपालिका, नौगढ गाउँपालिका र अपी हिमाल गाउँपालिका, जुम्ला जिल्लाको कङ्कासुन्दरी गाउँपालिका, कालिकोट जिल्लाको महावै गाउँपालिका र हुम्ला जिल्लाको कडाकोट, चङखेली र खार्पुनाथ गाउँपालिका रहेका छन् । उक्त गाउँपालिकाअन्तर्गत दार्चुलाको हुति, धुलीगढा र खण्डेश्वरी, जुम्लाको बुम्रमादीचौर, कालिकोटको पातामघाट र ओदङखु तथा हुम्लाको मैला, मेघ्पा, खार्पुनाथ र श्रीमस्तामा उपकरण जडान गरिएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं