Date:2017/11/23 |Thursday

राज्य सत्ता र अन्तरविरोधहरू

Posted on: November 15, 2017 | views: 19 |

एम.एल.नेपाली

क्वान्टम सिद्धान्त र हकिङको एकीकृत भौतिकवादी सिद्धान्तले माक्र्सवादको पुष्टि र विकास हुने कुरा निश्चित देखेर साम्राज्यवादी शक्तिले पदार्थ छैन भन्ने प्रश्न उठाउन थालेका थिए । यो सवाल सन् १९०८ मा अष्ट्रियाका माख र उनका रसियन समर्थक बाजारोभलगायतले पदार्थ लोप भयो भनेर झुठो विचार उठाएका थिए । ठीक त्यस्तै, अहिले २१ आंै शताब्दीमा आएर नेपालमा दुई कम्युनिष्ट पार्टीहरूले हामी विभाजित भएर लड्दा पुँजीजीवी वर्गले राज्य सत्ता कब्जा ग¥यो । धनी पुँजीपति, साहु महाजनले दलित, गरिब, दुःख, उत्पीडित जनताको मत लिएर त्यसको आधारमा चुनाव जितेर त्यसैमाथि शासन सत्ता चलाएर वैधानिकता प्राप्त गरेर बस्यो । उसले लामो समयदेखि देशको शासन सत्तामा आप्mनो वर्चश्व स्थापित गरिरहृयो । उसले चुनाव जितेर गए पनि देशको विकासमा ध्यान दिएन । आप्mनो वर्ग स्वार्थमा राज्यको स्रोत साधन दुरुपयोग ग¥यो । यही यथार्थ अवस्था बुझाइको आधारमा चुनावी लडाइँमा प्रतिक्रियावादी शक्तिलाई परास्त गर्न एमाले र माओवादी केन्द्रले वाम गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा अगाडि आएका हुन् । अहिले हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धन कम्युनिष्टको साझा उम्मेदवार बनाएर यी दुई राजनीतिक पार्टीले चुनावी मैदानमा आफ्ना उम्मेवारहरूलाई प्रतिस्पर्धामा अगाडि सारेका छन् । अहिले वाम गठबन्धनको यो संरचना देखेर कांग्रेसलगायत पुँजीपति वर्गमा एक किसिमको हलचल मच्चिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासमेतले वामपन्थी गठबन्धनले लोकतन्त्रलाई सिध्याउँछ भनिरहेका छन् । उनले कम्युनिष्ट सिद्धान्तले तानाशाह जन्माउँछ, बोल्न लेख्न दिँदैन । उनले यो एक दलीय तानाशाहले जनताको अधिकारलाई खतम गर्छ भन्दै आएका छन् ।

सबैलाई थाहा छ, अर्ध सामन्ती अर्ध औपनिवेशिक चीनलाई माओको नेतृत्वमा चालु दीर्घकालीन नौलो जनवादी क्रान्तिले सन् १९४९ मा स्वतन्त्रता दिलाउने काम ग¥यो । माओको नेतृत्वमा चिनियाँ जनताको त्याग, तपस्या, बलिदानले निर्माण गरेको त्यो एक दलीय कम्युष्टि जनवादी शासन व्यवस्थामा अहिले चिनियाँ राष्ट्रपति सी जिन पिङको नेतृत्वमा आइपुग्दा चीन विश्वको महाशक्ति राष्ट्रको हैसियतमा पुग्दैछ । त्यस्तै उत्तर कोरियामा पनि कम्युनिष्ट शासन छ । भूगोलले त्यो सानो मुलुक भए पनि भिटो पावर राख्ने शक्ति राष्ट्र र ‘न्युल्किएर उईपेन भएर संसारमा आफ्नो दादागिरी देखाउने केही शक्ति राष्ट्रलाई पनि उसले अरू जस्तै आप्mनो आणविक हतियार बनाएर तथा कन्टिनेन्टल वाइलेष्टिक मिसाइलको परीक्षण गरेर आप्mनो देशको सुरक्षा र सार्वभौमिकताको रक्षाका लागि अटल भएर बसेको छ । 

नेपालमा जस्तो कहिले भारतले नाकाबन्दी गरेर च्याप्छ कि कहिले चीनले च्याप्छ । कि कहिले अन्य मुलुकले हप्काउँछ भन्ने डर, त्रास उसमा छैन । उसले आफ्नो देशको जनताका लागि राष्ट्रियता, जनतन्त्र तथा जनजीवीकाको सुरक्षाका साथै गास बाँस कपासको व्यवस्था गरेर बसेको छ । संसारको जुन देशले नाकाबन्दी गरे पनि उत्तर कोरियाले आप्mनो देशको रक्षा गर्न सक्षम भएर बसेको छ ।

पुँजीवादी व्यवस्थामा राज्य वर्ग उत्थानको सामाजिक असमान संरचनाको आधारमा रहन्छ । तर त्यहाँ क्रान्तिकारीहरूले आप्mनो वर्गसंघर्ष चालु राख्छन् । जसको परिणाम मजदुर वर्गले आफ्नो विजय सुनिश्चित गर्छ । मजदुर सर्वहारा वर्गले आप्mनो निरन्तर संघर्षको बलमा त्यहाँ आप्mनो राज्य सत्ता स्थापना गर्न सक्षम हुन्छ । माक्र्सले श्रमजीवी वर्गको विजय पुँजीवादी वर्गको हार त्यतिबेलासम्म सम्भव छैन जबसम्म कृषि मजदुरले सर्वहारा मजदुर वर्गलाई क्रान्तिकारी आन्दोलनमा निरन्तर सहयोग गर्दैन, अर्थात सँगसँगै लड्दैनन् भनेका छन् । यसको उद्देश्य पुँजीवादबाट समाजवाद, समाजवादबाट साम्यवाद रूपान्तरण हुने कुरामा निरन्तर क्रान्ति संघर्ष अनिवार्य हुन्छ भन्ने विषयलाई विशेष जोड दिएका छन् । 

यही माक्र्सवाद लेनिनवादलाई क्रान्तिको आधार मानेर क्युबामा पनि चे र फिडल क्याष्ट्रोले आप्mनै तरिकाले क्रान्ति पूरा गरेका थिए । चेले माक्र्सवादलाई क्युबामा क्रान्तिका लागि ठूलो जनयुद्ध लडनुपरेको थियो । त्यहाँ उनले त्यो देशको परिस्थितिअनुसार माक्र्सवादलाई लागू गरेका थिए । खासगरी चेले स्वतन्त्रतापछि क्युबामा कृषिमा व्यापक सुधार ल्याए र देशलाई औद्योगिक क्रान्तितर्फ लगे । उनले समाजमा रहेका शोषणका सबै खाले उत्पीडनका स्वरूपलाई समाप्त गर्न ठोस योजना ल्याएका थिए ।

क्युबामा चे ग्वेवाराले गरेको क्रान्तिबारेमा उन्थोनी वर्टनले तीनवटा सैद्धान्तिक विशेषता रहेको बताएका थिए । एक, यसमा जनताको क्रान्तिकारी जनशक्तिले पुरानो राज्य सत्ताको नियमित सेनालाई पराजित गर्न सक्छ भने । दुई, कुनै पनि क्रान्तिलाई वस्तुगत स्थितिको लामो प्रतिक्षा गरिरहनुपर्ने आवश्यकता छैन भनेका थिए । तीन, क्रान्तिको वस्तुगत स्थितिको आधार महान् जनयुद्धको भीषण लडाइँको अाँधिबेहरीले स्वतः लड्दै निर्माण गर्दै जाने कुरा बताए । यसको उद्देश्य क्रान्ति आन्दोलन आफैं हँुदैन । आफैं लड्दै संघर्ष गर्दै वस्तुस्थितिको विकास गर्दै जाने हो भनेका थिए । यही आधारमा क्युबामा पनि चे र फिडल क्याष्ट्रोले आप्mनै तरिकाले माक्र्सवादी विचारबाट समाजवादी क्रान्ति पूरा गरेका थिए । 

क्युबामा चे ग्वेवाराले गरेको क्रान्तिका बारेमा आप्mनै मौलिक वस्तुगत अवस्थाको सैद्धान्तिक विशेषता रहेको छ । यसमा जनताको निरन्तर संघर्षले राज्य सत्ता प्राप्त गरेपछि त्यसमा उचित संरक्षण र प्रतिक्रान्ति हुनबाट बँचाउनुपर्छ भन्ने पाठ सिक्नु अनिवार्य हुन्छ । राजनीतिमा पुरानो राज्य सत्ता ध्वस्त भइसके तापनि त्यसका अन्यायपूर्ण व्यवहार बाँकी रहेका हुन्छन् । अन्यायपूर्ण आदतका सत्तालाई समूल नष्ट गर्न बेग्लै सांस्कृतिक क्रान्तिको आवश्यकता पर्छ । क्रान्तिकारीहरूले वर्गसंघर्षका भीषण उथलपुथल स्वरूपबाट क्रान्तिका दिनहरू बिताउनु पर्छ । 

क्युबाको चे ले गरेको क्रान्ति जस्तो अहिले याटे संसदीय राज्य व्यवस्थाको विचारलाई मानेर संसदीय चुनावमा भाग लिएका वाम गठबन्धन (एमाले, माओवादी केन्द्र) लाई प्रजातन्त्रको झण्डा बोकेर हिँड्ने पुँजीवादी राजनीतिप्रति आस्था राख्ने नेपाली कांग्रेसले किन वाम गठबन्धनले साम्यवाद ल्याउन लागे भनेर डर मानेको होला ? यो बुभ्mनुपर्ने कुरा भएको छ । साम्यवाद भनेको त वर्गविहीन, राज्यविहीन, शोषण अन्याय अत्याचारविहीन सभ्य आदर्श राज्यको निर्माणको परिकल्पना थियो कार्ल माक्र्सको । अहिले विश्वमा कम्युनिष्टहरूले अभ्यास गरेको भनेको वर्गविहीन समाज निर्माणमा वैज्ञानिक समाजवादको अभ्यास मात्र हो । 

यो वाम गठबन्धनले चुनावमा बहुमत ल्यायो भने कांग्रेसभन्दा मात्रात्मकरूपमा बढी प्रगतिशील, जनपक्षधर, देशभक्त, अग्रगामी देशको विकास र मुलुक निर्माणमा कदम चाल्छ कि भन्ने आशा हो । त्यसकारण कांग्रेसले जनताको भोट तान्न बामपन्थी गठबन्धनलाई गाली गर्ने भनेको अहिले उसको नारा जनतालाई साम्यवादको डर देखाउनु मात्रै हो । यो त्यति तर्कयुक्त र तथ्यपरक भएन कि ? त्यो साम्यवाद प्लेटोले २६ सय वर्ष पहिले परिकल्पना गरेको सम्पत्तिमा साम्यवादको आदर्श राज्यको सपना हो । त्यसलाई पछि कार्ल माक्र्सले आप्mनो कम्युनिष्ष्ट मिनिफिस्टो र पुँजी भन्ने पुस्तकहरूमा बढी वैज्ञानिक द्वन्द्वात्मक भौतिकवादी ढंगबाट परिमार्जित गर्नुभएको एक विचार दर्शन हो । 

पँुजीवाद अन्त्यपछि क्रान्तिले ल्याउने पहिलो राज्यको संरचना भनेको वैज्ञानिक समाजवाद हो । त्यो पनि वर्गयुद्धको भीषण क्रान्तिमा मात्र सम्भव हुन्छ, चुनाववाट समाजवाद आउँदैन । समाजवादी व्यवस्थामा राज्यको अस्तित्व रहन्छ । त्यहाँ एउटा वर्गले अर्को वर्गको शोषण गर्ने संरचना जीवित रहन्छ । किनकि राज्य शोषण गर्ने यन्त्र हो । त्यसकारण शोषणको अन्त्य गर्न समाज राज्यविहीन हुनुपर्छ । समाज विकासको अन्तिम चरण साम्यवाद हो । समाजवादमा सर्वहारा वर्गको अधिनायकत्वद्वारा पुँुजीवादी अवशेष नष्ट गरेपछि मात्र त्यहाँ वर्ग रहँदैन । त्यसपछि त्यहाँ वर्गविहीन, राज्यविहीन समाज हुन पुग्छ । त्यतिबेला राज्यविहीन शासन सत्ता जनताले आप्mनो सचेत दिमागले सभ्य तरिकाले चलाउने विचार व्यवहारको विकास भइसकेको हुन्छ । जसमा त्यहाँ पुलिस, सेना, अदालत राज्यका संरचना केही चाहिन्न भन्ने कुरा साम्यवादको निर्माणबारे माक्र्सको परिकल्पना हो ।

त्यो आदर्शमय समाज कहिले आउला ? कसले ल्याइदेला ? के वाम गठबन्धनबाट यो साम्यवाद आउने हो र ? होइन । यो वाम गठबन्धनले बेलायत र अमेरिकाजस्तो नेपालमा दुई पार्टी सिष्टमको संस्कृति बसाल्न आधार निर्माण गर्दैछ । यो वाम गठबन्धनले परम्परागतरूपमा स्थापित राजनीतिक पार्टी पद्धतिलाई फेरेर नयाँ राजनीतिक पार्टी प्रक्रिया चालु गरेको मात्र हो तर यसमा शोषणयुक्त वर्गहरू पराजित भएका हुँदैैनन् । 

आमूल परिवर्तनको क्रान्तिकारी परिदृश्यबाट यो वामपन्थी गठबन्धन भएको होइन । यसले आमूल परिवर्तन गर्दैन पनि । यसले संसदीय व्यवस्थालाई सुदृढ र सबल बनाउन स्थायी सरकारको आवश्यकता पर्ने भएकोले पाँच वर्षसम्म चल्ने बहुमतको सरकार स्थापना गर्न पनि दुई पार्टी सिस्टमको आधार निर्माण गरेको हो । यो वामपन्थी गठबन्धनले स्थायी सरकारको निर्माण गर्ने जग बसाउन सहयोग निश्चितरूपमा गर्नेछ । यो वामपन्थी गठबन्धनलाई समयको वस्तुगत स्थितिको उपज हो भन्नु उपयुक्त होला । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं