16th October | 2018 | Tuesday | 6:51:28 AM

अढाई शताब्दीदेखिको तुस

स्वयम्भुनाथ कार्की   POSTED ON : Monday, 01 January, 2018 (12:18:28 PM)

अढाई शताब्दीदेखिको तुस

काठमाडौं खाल्टो नेपालमा एकीकरण हुनुलाई कोशेढुंगा मानिन्छ । नेपालको एकीकरण अभियान भने काठमाडौं खाल्टो जोडिनुभन्दा पहिले र पछि पनि चलिनै रहेको थियो । पृथ्वीनारायण शाहको यो अभियानमा गोरखाका बाह्र हजार घरधुरी साथ छ“दै थिए । थपमा एकीकरण भएका राज्यहरूका जनता थिए । उनको सेनामा हतियार मर्मत तथा रखरखावको जिम्मामा इस्लाम मतका अनुयायीहरू थिए । यो एकीकरण अभियानमा इस्लाम पनि साथ भएपनि पृथ्वीनारायण शाहले इशाईहरूलाई साथ लिन उपयुक्त सम्झेनन् । यो सही कदम थियो किनभने भारत वर्षलाई निल्न इष्ट इण्डिया कम्पनीले धर्म र व्यापारको नै आड लिएको थियो । 

उनको यो दूरदर्शिताले गर्दा नेपाल अहिलेसम्म स्वतन्त्र रहन सकेको छ । तर आँखा त्यसैबेला गाडिएको हो, त्यसमा पृथ्वीनारायण शाहले व्यवधान पु¥याए । यसको बदला लिनलाई लामो तानाबाना धर्यतापूर्वक बुनियो । सुरुमै पैदा भएको यो तुसको मलजल लामो समय लगाएर भयो । असिम धैर्यतापूर्वक कार्यान्वयन गरिएको यो बदलाको कारबाहीको पहिलो कदम काठमाडौंबाट हटाइएर बेतियाको चुरीमा पु¥याइएका पादरी जोसेप्पीले आफू निकाला भएको पच्चीस वर्षपछि उठाए । लन्डनमा ‘एसियाटिक रिसर्चेज’मा प्रकाशित उनको लेखमा पृथ्वीनारायण शाहले विजयपछि कीर्तिपुरेहरूको नाक काटेर स्थानको नाम नै ‘नसकटापुर’ राखेको भनेर लेखे ।

नाक काटेको कुराले अचेल तीव्र प्रचार पाएपनि यो ‘नसकटापुर’को चर्चा कतै भेटिँदैन । स्वयं पृथ्वीनारायण शाहका कीर्तिपुर मुकाम रहेका कुनै लेखापढीमा ‘नसकटापुर’ छैन । यो ‘नसकटापुर’को अतित्व केवल देशनिकाला पाएका पादरी जोसेप्पीको त्यही लेखमा मात्र छ । कीर्तिपुरको दखलको तेइस वर्षपछि नेपाल आएका कर्क पेट्रिकले फर्केको अठार वर्षपछि नाक काटेको कुरा आपूmलाई आफ्नो भरियाले भनेको भनेर उल्लेख गरे । यही कुरालाई आधार बनाउँदै सय वर्ष जतिपछि खरदार बुद्धिमान सिंहले त्यो कटिएका नाकहरूको तौल सत्र धार्नी एक शेर थियो भनेर लेखे । म्याट्रिक प्रणालीमा यो तौल ४० किलो ५ सय ग्रामको हाराहारी हुन्छ । यो कुराले किंवदन्तिको रूप लियो ।

करिब १०÷१२ पिंढी पहिलेको यो कुरामा हालसम्म ती नाक काटिएकाको सन्तान भएको दाबी हालसम्म कसैले गरेको छैन । सम्भवतः यो आलेखपछि त्यस्तो दाबी गर्ने कोही सामुन्ने नि ∕ आउने छन् कि ? तर कुरोको उठान नै देश निकालाबाट अपमानित भएका पादरी जोसेप्पी भएका र उनकै मुलुकबासी इतिहासकार कर्क पेट्रिकले पनि यो कुरा आफ्नो भरियाले भनेको भनेर उल्लेख गर्नुले शंकाको लाभ भने लिन सकिन्छ । खरदार बुद्धिमान सिंहले नाकको तौल एक शताब्दीपछि पनि लेख्नुले त्यो कुरा कि त कुनै पुरातात्विक लेखोटमा वा शिलालेख, ताम्रपत्रमा अदिमा हुनुपर्ने हो, तर त्यो भेटिएको छैन ।

यदि यस्तो कर्म गरिएको भएपनि त्यो मध्ययुगमा यस्तो रौद्रकर्म तर्साउनका निमित्त गरिने प्रचलन थियो । पश्चिमाहरूको निचोरेर मार्ने, तानेर चुडाई मार्ने आदि उपकरणको भएको र त्यसको प्रयोग गरिएका उदाहरण छरपष्ट पाइन्छन् । स्वयं यसुलाई अन्य दुई चोरसँगै क्रुसमा जिउँदै काँटी ठोकेर मर्न छोडिएको थियो । अर्थात् यसो गर्नेहरूले आपूmसँग डराउन भनेर त्यसको प्रचार गर्ने गर्दथे, लुकाउन्न थिए । पृथ्वीनारायण शाहले जयन्त रानाको छाला कढाएको कुरा लुकाएका छैनन् भने जिउँदै छाला काढने कामभन्दा क्रुर काम नाक काट्नु पक्कै होइन ।

भारत वर्षमा ‘इष्ट इण्डिया कम्पनी’ घोषित दुई उद्देश्य देखाएर पसेको थियो । पहिलो इशाई धर्म प्रचार र दोस्रो व्यापार । यही आवरणमा भारतीय उपमहाद्वीपको ठूलो भागमा उपनिवेश कायम गर्न पुगेको थियो । काठमाडौं घेरा हालेर बसेका फौजले बेतियामा भएको अंग्रेज बाहिनीलाई पादर जोसेप्पीले लेखेको पत्र भेटिएको थियो । इशाई सन्तको भेषमा धर्मको आडमा लुकाएर पठाएका ती पत्रमा मल्ल राजाको सहायताको बहानाले उपत्यका पसेर उपनिवेश बनाउन सकिने सम्भाव्यता देखाइएको थियो । यही कुराले पृथ्वीनारायण शाह अंग्रेजको तात्कालीन लक्ष पूरा हुन नदिन कटिबद्ध थिए । नेपालमा इशाई धर्म प्रचार र अंग्रेज व्यापारमा प्रतिबन्ध लाग्यो ।

आफ्नो उपदेशमा पनि विदेशका महाजन पस्न नदिनु भनेर उल्लेख गरे । दक्षिणको बादशाह महाचतुर छ भनेर भनिएको त्यही इष्ट इण्डिया कम्पनीमार्पmत सम्राज्य कायम गरेको बेलायतीलाई भनिएको हो, कुनै भारतीय राजा रजौटालाई होइन । यो तात्कालीन समयमा इशाईहरूलाई मन पर्ने कुरा भएन नै । अनि चर्चको प्रभाव र निर्देशनमा राज्यनीति बनाउने बेलाइतको निमित्त त उसको लक्षमा बाधा भइगयो । त्यसैले नेपालले अनेकौँ युद्ध अंग्रेजसँग गर्नु प¥यो । तर युद्धमा सम्पूर्ण विजय हुन नसकेकाले विस्तारै अर्र्कोतरिका अपनाउन थालियो । 

सुगौली सन्धिको धेरै पहिले नै नेपालीहरूलाई अंग्रेजले आफ्नो सेनामा समावेश गर्न सुरु ग¥यो । सुरुमा नासिरी रेजिमेन्ट भनिएको नेपालीको फौजलाई जर्ज प्रथमले गोरखा राइफल्स बनाए । यसरी नेपालीहरूको फौज आफ्नो निमित्त गठन गर्न उनीहरू सफल भए । यसरी मुलुकका अनकन्टारका युवाहरूलाई आफ्नो फौज गोरखा राइफल्समा सामेल गर्दा उनीहरूलाई अनेकौँ लाभ भयो । पहिलो त आफ्नो सैन्य शक्ति बढ्यो, नेपालको सत्तालाई अब अंग्रेजले आपूmमाथि हमला गर्दैन भन्ने विश्वास भयो । यसको दीर्घकालीन लाभ त नेपालका कुना कन्दराहरूका जनतामा आफ्नो प्रभाव विस्तार हुने भयो । त्यसैले भारत छोडेर जाँदा गोरखा राइफल्स भने अंशबण्डा गरेर लिएर गए ।

जीवनको ऊर्जाशील समय बेलाइती सेनामा समर्पण गरेका भूपू गोरखालाई आफ्नो मुलुकमा बस्न भने दिएनन्, नेपालमै फर्कन बाध्य बनाए । यो उनीहरूको दूरगामी सोच हो, आफ्नो जीवनभर आदेशमा चल्ने बानी परेकाले नेपालमा आफ्नो अवज्ञा गर्न सक्ने कुरै हँुदैन । त्यसैले नेपाल प्रभावमा लिने यो शक्ति उनीहरूको वास्तविक कमाइ हो । गोरखा राइफल्सको हितको निमित्त नेपालको कुनाकन्दरामा पुगेको पहँुच नेपालको वैधानिक सरकारभन्दा कम छैन । गोरखालीको वीरताको गाथा गाउन बेलाइतीहरू कन्जुसी गर्दैनन्, तर आफ्नो जीवन नै बेलायती सेनामा अर्पेकाहरूले आफ्नो अधिकारको निमित्त गरेको संघर्ष र संगठन ‘गेसो’ भने अछुतसरह मान्छन् ।

बाहिरकालाई नेपालको सम्पूर्ण समाजलाई प्रभावमा लिन रोक्ने कुरा नेपालीको सनातन परम्पराप्रतिको आस्था हो । यसलाई तोड्न अर्को आस्थाको निर्वाध प्रचार नै उपाय हो । यसको निमित्त बाधक उनीहरूले नेपालको धार्मिक आस्थालाई देखे । यो आस्थाको संरक्षक राजसंस्था हो भन्ने कुरा कुनै रहस्य थिएन । त्यसैले सैयौँ वर्ष लगाएर आपूmले नेपालभित्र सञ्चय गरेको शक्तिलाई यो दुई कुरा भत्काउन प्रयोग गरे । त्यसैले जतिजति हिन्दूराष्ट्रको आवाज बढ्छ आफ्नो यत्रो लगानी खेर गएको देखिन्छ । त्यसैले तिलमिलाउनु स्वभाविक हो । यसै क्रममा कोही जर्मन नेपालको लुकाएको इतिहास भनेर लेख्छन् । कोही सनातनीहरू परम्पराकालाई तिमीहरू त अहिन्दू हौँ भनेर पढाउँछन् । 

पृथ्वीनारायण शाहले आफ्नो पञ्जा रोकेकाले त्यो एकीकरणको बेलादेखिको अर्थात् अढाई शताब्दीदेखिको तुस कायम छ । पृथ्वीनारायण शाहले एकीकरण गरेको होइन बर्बर आक्रमण गरेको भन्ने हल्ला यसै शृंखलाका काम हुन् । नेपालीले बुभ्mनुपर्ने कुरा के हो भने जसरी होस् पृथ्वीनारायण शाहको कर्मबाट नेपालको एकीकरण भयो । गोरखाबाहेकका अरू तिरकाले कम्तीमा एकपटक भएपनि गोरखाली सैनिकसँग लडे । एकीकरणको क्रममा पराजयको स्वाद पाए । तर जब गोरखालीहरूले आफ्नो भूभागलाई गोरखा भनेनन् । नेपाल भने तब उनीहरू पनि नेपालमा समाहित भए । यो नै हो भावनात्मक एकता, यसै एकताले हरेक नेपालीलाई नेपालको गौरव प्यारो लाग्छ । 

पौष २७ गते नेपालको एकीकरण दिवस र पृथ्वीनारायण शाहको नाममा कुनै राजनीतिक शक्तिले कडा आपत्ति जनाएन । तर इशाईको दलको एकमात्र सभासदले यत्रो वर्ष रोक्न सके । यो कुनै गोप्य कुरा होइन, यसका निमित्त ती सदस्यले अरू सदस्यलाई प्रभावमा लिन के के गरे ती सञ्चारमा आएकै हुन् । बाइसी–चौबीसी राज्यहरू जोड्दा गरिएका शारीरिक वा चातुर्यका लडाइँमा निश्चितरूपले गोरखालीहरूले अर्थात् पृथ्वीनारायण शाहका सैनिकहरूले जितैकै हुन् । नजितिएका भए मसँग मिल भनेरमात्र कोही मिसिने थिएन । न उतिखेर मिसिने थिए न अहिले मिसिन्छन् । 

स्वयं नेपालका इतिहासका नेपालीभन्दा धरै जानेको दाबी गर्ने जर्मन डाक्टरको मुलुक विश्मार्कले गुलाबको पूmल बाँडेर एकीकरण गरेका होइनन् । मराठाहरू, होल्करहरू मुगलसँग लडेकै हुन् । झाँसीकी रानी, टिपु सुल्तानहरू अंग्रेजसँग लडेकै हुन् । मुलुक तोडिने वा जोडिने क्रममा संघर्ष हुन्छ नै रगत बग्छ नै । तर त्यो क्रममा भएको संघर्षमा बगेको रगतमा त्यस मुलुककाले गौरव गर्दछन् । अढाइ सय वर्षको तुस बोकेकाहरूले पैmलाएको जालमा परेर केही नेपालीले गरेको जस्तो आफ्नो गौरवमा प्रहार गर्दैन । किनभने यसमा गरिएको प्रभावले आफ्नै मुलच्छेदन हुने हो । अर्थात् यसो गर्नु आत्महत्यासरह हो ।


Views: 51