23rd October | 2018 | Tuesday | 11:25:36 AM

वाम गठबन्धनको एकता

  POSTED ON : Wednesday, 03 January, 2018 (3:43:47 PM)

वाम गठबन्धनको एकता



-कालिदासबहादुर राउत क्षत्री

अमेरिकाको हाराहारीमा अर्थतन्त्र पु¥याउन सफल चीन दोस्रो र बेलायत एवम् फ्रान्सलाई अर्थतन्त्रमा उछिन्न सफल इण्डिया विश्वकै पाँचौ ठूलो अर्थतन्त्र भएको मुलुक बनिसकेको छ । सन् २०३२ सम्ममा मुलुकको अर्थतन्त्रलाई विश्वकै तेस्रो स्थानमा पु¥याउन सक्ने सन्देश ‘सेन्ट्रल फर इकोनोमिक्स एन्ड बिजिनेस रिसर्च’ ले सार्वजनिक गरिसकेको छ । नेपालका यी दुवै दायाँ–बायाँ भई बसेका छिमेकी देश शक्तिसम्पन्न र समृद्ध बनिरहँदा नेपालको आर्थिक हैसियतमा उल्लेख्य उन्नति नहुनु विडम्बनापूर्ण नै मान्नु पर्छ । कुनै पनि स्थितिमा नेपाल आर्थिकरूपमा समृद्ध मुलुकका हुन सकिरहेको छैन । यो नै हाम्रोलागि विडम्बनापूर्ण तथ्य भएको छ । भन्नलाई त हामीले आफ्नो देशलाई स्रोतका हिसाबले समृद्ध देखिरहेका छौँ तर जुन समृद्धिको चाहना हाम्रा भावना, सोच र चाहनाले गरेको छ त्यहाँ पुग्न सकिएको छैन । 

नेपाललाई सुनको पहाडमा अवस्थित देश मानिँदै आएको छ । यस्तो अद्वितीय प्राकृतिक भण्डार कुनै कुनै देशमा मात्र पाइन्छ । प्राकृतिकरूपमा यो देश धनै धनको खजाना हो भन्न सकिन्छ । जता हे¥यो प्राकृतिक स्रोतको नै वर्चस्व छ । सुदूर पूर्व हेरौँ वा सुदूर पश्चिम, प्राकृतिक स्रोतको अतुलनीय भण्डार नै यो मुलुकको काखमा रहेको छ । यस हिसाबले यहाँका जनतान धनै धनमाथि बसेका छन् भनिरहँदा अतिरञ्जना हुँदैन । तथापि, यसरी धनै धनमाथि बसे पनि यहाँका जनता गरीब छन् । 

राष्ट्रिय योजना आयोग र अक्सफोर्ड विश्वविद्यालयको अक्सफोर्ड गरिबी र मानव विकास सम्बन्धी एक संस्थाले मिलेर नेपालमा बहुआयामिक गरीबी बारेमा एउटा अध्ययन गरेका थिए । यसैको पछिल्लो अध्ययन प्रतिवेदन केही समयअघि मात्रै तिनले सार्वजनिक गरेका छन् । सार्वजनिक सो प्रतिवेदनले नेपालमा बहुआयामिक गरीबी सबैभन्दा बढी दुई प्रदेशमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ । प्रतिवेदनका अनुसार प्रदेश नं। ६ पहिलो र दोस्रोमा सबैभन्दा बढी प्रदेश नं। २ मा धेरै गरीबी रहेको यसले देखाएको छ । नेपालको अन्न भण्डारकै रूपमा ख्याति कमाएको मिथिला प्रदेशमा र प्राकृतिक स्रोतमा सबैभन्दा सम्पन्न मानिँदै आएको ६ नं। प्रदेशलाई धनी ठाउँको गरीब प्रदेश भन्नुलाई गलत मान्न सकिन्न पनि, यही नै यथार्थ हो हाम्रो मुलुकको । 

मिथिला प्रदेशमा पर्याप्त उर्वर जमिन छ तर त्यहाँको जनशक्ति वा श्रमशक्ति विदेश जान्छ र रेमिट्यान्स पठाउँछ । त्यसैबाट परिवारका सदस्यहरू लाभान्वित भएर सहज जीवन यापन गर्छन् । प्रदेश २ को राजधानी तोक्दै गरेको धनुषा ९जनकपुर० देशकै सबैभन्दा बढी युवा श्रमशक्ति निर्यात गर्ने जिल्लामा पर्दै आएको छ । पहाडी जिल्लाहरूको तुलनामा मधेसका सबै जिल्ला सुगम छन् । किन र के कारणले उन्नतिशील तराईका सुगम जिल्ला पनि विपन्न बन्न पुगे त भन्ने प्रश्न यतिबेला उठेको छ । यसरी हेर्दा यसका मुख्य दुई वटा कारणले तराईका जिल्ला पछौटेपनबाट पीडित भएका छन् भन्न सकिन्छ । एउटा हो, सामन्ती शोषण उत्पीडन र अर्को रुढीवाद र अन्धविश्वास । यी दुई वटा कारणले प्रदेश २ एवम् तराईको भूभाग आर्थिक एवं सामाजिक विकासमा पछि परेको छ । यद्यपि यसको कारणका विषयलाई लिएर तह–तहमा छलफल नचलेको होइन । ती सबै छलफलमा मात्रै सीमित रहेको छ । त्यसभन्दा माथि त्यो पुग्न सकिरहेको छैन । आइएनजीओ र एनजीओहरू पनि घनिभूतरूपमा त्यहाँ सञ्चालित छन् । एकातिर खाद्यान्नको भण्डार, अर्कोतिर वैदेशिक रोजगारी र एनजीओहरूको कर्मभूमिमा रूपान्तरित छ । अब त झन सरकारी गैरसरकारी संस्थाहरू थप संख्यामा सञ्चालन हुने छन् ।  

गरीबी मापनको आधारका रूपमा प्रतिव्यक्ति आय, शिक्षा र औसत आयुलाई सूचक मानेर गरिने आम प्रचलनको अलि विस्तारित स्वरूप हो– बहुआयामिक गरीबी । राष्ट्रसंघीय विकास नियोगले हरेक वर्ष प्रकाशन गर्ने मानव विकास प्रतिवेदनमा मानव विकासको स्तरको मापनको सूचकको रूपमा प्रतिव्यक्ति आय, साक्षरता एवं शिक्षाको स्तर र औसत आयुलाई मापदण्ड बनाइएको हुन्छ । यस्ता बहुआयामिक गरीबीले यी तीन सूचकलाई पनि फराकिलो पारेर त्यसको तथ्यांक राख्दै आएको हुन्छ ।त्यसको गणनाका माध्यमबाटै बहुआयामिक सूचक निकाल्छन् । त्यसमा बालबालिकाको पोषणको अवस्था, बाल बालिकाले अनुकुल वातावरणमा पढ्न पाए नपाएको अवस्था, बालबालिकाको मृत्यु दर, घरको छाना के कस्तो छ, भान्छा घरको स्तर कस्तो छ, खानेपानी स्वस्थ भए नभएको, घरमा सञ्चार माध्यमहरू, सवारी साधनहरू, पानीको सुगमता कस्तो छ, त्यसको आधारमा गरीबीको तथ्यांक प्रक्षेपण गर्ने गरिन्छ । 

यस प्रकार हेर्ने हो भने नेपालको कुल गरीबीको ९० प्रतिशतभन्दा बढी गाउँमा रहेको देखिन्छ । प्रदेशगत दृष्टिबाट प्रदेश २ र ६ को झण्डै आधा जनसंख्या अर्थात् हरेक दुईमा एकजना यस्तो बहुआयामिक गरीबीको तहमा रहेको देखिन्छ । जबकि प्रदेश नम्बर ३ मा १२ प्रतिशत, ४ मा १४ प्रतिशत र १ मा २० प्रतिशत रहेको छ । परम्परागत गरीबी सूचकमा नेपालको २३ प्रतिशत जनसंख्या निरपेक्ष गरीबीको रेखामुनि रहेको देखिन्छ । बहुआयामिक गरीबी मापन गरी निकालिएको पछिल्ला तथ्यांकले यस्तो गरीबीमा २८।६२ प्रतिशत जनसंख्या रहेको देखाउँछ । 

यस्तै परिप्रेक्ष्यमा हालै सम्पन्न संघीय संसदको निर्वाचनमा वाम गठबन्धनले करिब दुई तिहाई बहुमत ल्याएको स्थितिमा सोही गठबन्धनका एक शीर्षस्थ नेताले यो एक आवधिक पाँच वर्षमा नेपाललाई समृद्ध मुलुक बनाउने भनेर घोषणा गरेका छन् । यसका अतिरिक्त विकास निर्माणको कार्यलाई तिव्रता दिने बाम गठबन्धनको अभिव्यक्तिले पनि मुलुकको मुहार फेर्ने निश्चित छ । यसका लागि अबको सरकारले कुनै न कुनै काम प्रारम्भमा थाल्ने नै छ । यस्ता उद्घोषले पनि जनतामा उत्साह थपिएको महसुस हुन्छ र अबका दिनमा जनताले आफ्नो इच्छा अनुरूप मुलुकको विकास भएको देख्न सक्ने छन् । 

वि।सं। २०७२ असोजमा जारी भएको संविधान बमोजिम २०७४ सालमा सम्पन्न स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र संघीय संसदको निर्वाचनबाट वालिग नेपाली जनताले पाँच वर्षको लागि एमालेसहितको वाम गठबन्धनलाई विश्वास गरेर देश सञ्चालनको जिम्मेवारी प्रदान गरेका छन् । वाम गठबन्धनका शीर्षस्थ नेताद्वय केपी ओली र पुष्पकमल दाहालले एउटै मन्चबाट उद्घोष गरेका छन्– वाम गठबन्धन टुट्न दिन्नाँै, जनदोश बमोजिम मुलुक हाँक्दै आर्थिक समृद्धि तिर लैजान्छौँ । 

वाम गठबन्धन टुटाउन प्रचण्डलाई पाँच वर्ष प्रधानमन्त्री चलाउने अफर देउवाबाट आएको सन्दर्भमा नेताद्वयको उक्त प्रत्युत्तर थियो ।

निर्वाचन परिणामपछि पनि वर्तमान सरकारले सत्ता छाड्न आनाकानी गरेर, बहानावाजी गरेर केही मानिस नियुक्ति गर्ने, ढिकुटीको धन बाँड्नेजस्ता गलत काम गरिरहेको आरोप नेता ओलीले लगाएका छन् । प्रधानमन्त्री निर्लज्जताका साथ सत्तामा टाँसिएका देखिन्छन् । 

यसका अतिरिक्त एमालेभित्र पनि फाटो ल्याउने, माओवादीभित्र पनि अन्तरविरोध चर्काउने चलखेल हुँदै गएको प्रसंगले पनि अहिलेको राजनीतिक बजार तात्दै गएको छ तर जनताको चाहना त्यो होइन । यतिबेला जनता स्थिर सरकार चाहन्छन्, जसले मुलुकको मुहार फेर्ने काम गरोस् । जनताले स्थिरताका लागि नै बाम गठबन्धनलाई मतादेश दिएका हुन् तर कांग्रेसले किचलो गर्दै आफ्नो नियत देखाउँदै आएको छ । जबकि यतिबेला जनताले दिएको मतको कदर गर्दै कांग्रेसले आफूलाई सत्ताबाट हटाउनु पर्ने हो । यदि त्यसो हो भने कांग्रेसप्रतिको दृष्टिकोणमा पनि आमनजर फरक हुन जान्छ । जनताको मतादेश एउटा र काम गराई एउटा प्रकृतिको हुने हो भने त्यसको मूल घाटा कांग्रेसले नै बेहोर्नु पर्नेछ । 

यतिबेला बाम गठबन्धन झन कसिलो भएर अघि बढ्नु जरुरी भएको छ । कुनै पनि मोह र मोलाहिजामा नलागीकन मुलुकको विकासका लागि बाम गठबन्धनले गरेको प्रतिबद्धतालाई पूर्णता दिनु अहिलेको आवश्यकता हो । 


Views: 54