19th January | 2018 | Friday | 11:25:40 AM

खस आन्दोलनमा एक दृष्टि

  POSTED ON : 2018-01-07 08:24:06

खस आन्दोलनमा एक दृष्टि

-इन्द्रबहादुर बराल -

नेपालको राजनीतिमा एउटा यस्तो अवस्था सृजना भयो, जसले नश्लवादी चिन्तनलाई निक्कै नै प्रोत्साहन ग¥यो । यो लामो समय वा धेरै टाढाको कुरा होइन । राजतन्त्रको अवसान र गणतन्त्रको उदयसँगै मुलुकमा नश्लवादी चिन्तनका साथै क्षेत्रीयतावादी सोच पनि प्रखररूपमा हावी हुँदै आएको सबैलाई ज्ञात भएको विषय हो । केही समूहहरूले आदिवासी अथवा जनजातिका नाममा राज्यलाई दबाब दिन शुरू गरेका थिए ।  केही यस्तै अवस्थितिको सृजना गर्न थालेर एकथरीले जातिवादलाई माथि उचाल्दै हिँडे भने तराई मधेशमा पनि क्षेत्रीयताको नयाँ आन्दोलन उचालेर मुलुकमा नश्लवादी जातीयता र क्षेत्रीयताको राजनीतिले जबरजस्त स्थान पाउँदै गयो । 

जुन बेला यस किसिमका प्रसंगहरूको उठान गरिएको थियो त्यस बेला मुलुकको राजनीतिलाई आफ्नो पकडमा राख्दै आएका प्रमुख राजनीतिक दलहरू मध्येका नेपाली कांग्रेस र नेकपा एमाले ‘किमकर्तव्यविमुढ’ जस्तै भएका थिए । जातीयतावादी र क्षेत्रीयतावादी चिन्तन र सोचलाई देशको तेस्रो ठूलो दल तत्कालीन नेकपा माओवादीले निकै साथ दिएको थियो । 

जातीयता र क्षेत्रीयताको आधारमा प्रदेश विभाजन गर्ने दाउमा रहेका आदिवासी÷जनजाति र मधेशवादीले पहिचानको मुद्दा निक्कै उरालिरहेको अवस्था थियो । त्यस्तो स्थितिलाई आधुनिक नेपालको निर्माणदेखि सञ्चालनसम्म निर्णायक भूमिका निर्वाह गर्दै आएका खस क्षेत्रीहरूलाई पाखा लगाउन तिव्रता दिने काम हुँदै गयो ।  यसरी जातीयताका आधारमा प्रदेश बनाउने र मुलुक निर्माताका सन्तति खस क्षेत्रीलाई आप्रवासीको संज्ञा दिँदै के पूर्व, के पश्चिम, के मधेश,  के पहाड, चौतर्फीरूपमा अत्यन्त आपत्तिजनक नाराहरू लगाउन थालियो । अमानवीय प्रकृतिका नाराले कानमा तेल हालेर सुतेका खस क्षत्री विस्तारै बिउँझिन थाले । 

पूर्वमा केही जागरुक खस क्षेत्रीहरूले क्रमशः त्यस्ता आपत्तिजनक नारा लगाउने नश्लवादी र क्षेत्रीयतावादी सोच र चिन्तन राख्नेहरूलाई तह लगाउने उद्देश्यले नै खस क्षेत्री एकता समाजको स्थापनाको खाका कोर्न शुरू गरे । यसरी एउटा संगठनको निर्माण हुन गयो । निश्चय पनि आफू माथि आइपरेको आरोपहरूको विरुद्धमा लाग्नु पर्ने आवश्यकता थियो र त्यसैले पनि यो अवस्थाको सृजना भएको थियो । आफ्नै पुर्खाले आर्जेको वा निर्माण गरेको मुलुकमा आज उनैका सन्तति बिरानो मुलुकमा जस्तै भिजेको मुसोजस्तो बस्नुपर्ने टिठलाग्दो अवस्था किन र कसरी सृजना भयो भन्ने बारेमा पनि विचार विमर्श हुन थाल्यो खस क्षत्रीहरूका बीचमा पनि । यसअघि यस किसिमको प्रसंगको उठान भएको थिएन जबकि केही अमानवीय किसिमका क्रियाकलपाहरूले यस किसिमको कदम उठाउन बाध्य भएका थिए खस क्षेत्रीहरू ।

यसरी पूर्वमा लिम्बुवान र खम्बुवानको पेलानले खस क्षत्रीहरू प्रताडित भए भने अर्कोतर्फ मधेशमा पनि मधेशीहरूले पहाडीया धपाउको नारा घन्काउने मात्रै होइन, मधेशमा बितेको तीन चारसय वर्षदेखि बसोबास गर्दै आएका कतिपय पहाडी मूलका मानिसहरूलाई  मधेश छोडेर हिँड्ने बाध्यात्मक अवस्था सिर्जना गरिदिए । यस्तो परिस्थितिलाई नियन्त्रणमा राख्ने हैसियत न नेपाली कांग्रेसमा देखियो नत नेकपा एमालेमा नै । उनीहरू (कांग्रेस र एमाले) लाई उल्टै आफ्ना नेता कार्यकर्तालाई समेट्नै हम्मे हम्मे भयो । आदिवासी÷जनजाति र मधेशी मुकलका अधिकांश कांग्रेस, एमालेका नेताहरू पार्टी छाड्दै हिँड्न थाले । त्यतिबेला वास्तवमै, कांग्रेस एमाले निरीह जस्तै बन्दै गएका थिए भने माओवादीले आफ्नो पहिचानवादी सोच र चिन्तन सफलीभूत भएको महसुस गरिरहृयो । यसैकारण पनि त्यो अवस्थामा नेकपा माओवादी सफलताको दम्भमा थियो र माओवादी नेताहरू अत्यन्तै उत्साहित देखिन्थे । बेला बेलामा आदिवासी जनता र मधेशको आन्दोलनलाई बल पु¥याउन अर्थात आगोमा घिउ थप्नकै लागि पनि अहंकारबाट सल्केको जातिवादी सोच पश्चिममा पोखरा केन्द्रित हुन पुगेको सबैलाई विदित विषय हो । 

यसरी गण्डकीको सेरोफेरोमा लगभग यस्तो स्थिति सृजना भइसकेको थियो कि कतै यसै  कारण पनि जातीय सद्भाव भड्कने त होइन भन्ने । कतै दक्षिण अफ्रिकी मुलुक रुवाण्डामा जस्तै स्थिति त आउने होइन भन्ने । यस्ता विभिन्न किसिमका चर्चाले आमनागरिक समाजमा व्यापक चिन्ताका साथै यतातिर चासो पनि प्रकट हुन थाल्यो । यस मुलुकमा खस क्षेत्रीहरूको सुझबुझ र संयम अनि धैर्यका अगाडि अरूको केही जोर चलेन । यिनको सुझबुझले सम्भावित अप्रिय अवस्थालाई निस्तेज पार्दै गयो । 

सोझासाझा मानिसलाई अनुचित कुरा गरी दिग्भ्रति तुल्याउने र ताइनतुइका आश्वासन दिएर अर्को बाटोमा लगाउने प्रयासलाई समयमै रोक्ने काम भयो । यस्तो कुत्सित प्रयत्नलाई समयमै रोक्न सफल भएबाट सम्भावित कहालीलाग्दो मानवीय दुर्घटनाबाट मुलुकलाई जोगाउन यहाँका वास्तविक धर्तीपुत्रहरूको चार्तुय र कौशलले सम्भव बनायो । उल्लिखित विषयवस्तु बितेको निकट इतिहास हो । कसैका आँखा पछाडिको कुरा होइन यो । 

नेकपा माओवादी पहिलो संविधानसभाबाट सबैभन्दा ठूलो दल बनेको उन्मादमा अरू सबैलाई हरूवाको संज्ञा दिँदै दम्भले मातेको सबैले देखेकै हुन् । यस्तोमा कांग्रेस र एमाले पराजित मानसिकताबाट ग्रस्त देखिएका थिए । यसैबीच देशका सचेत र जागरुक खसक्षत्रीहरूले प्रतिरक्षाका लागि आफ्ना संगठन निर्माण गर्दै त्यसबाट समाजमा सन्देश छर्दै गए । यसले समाजमा सौहार्दता मौलाउँदै गयो । एकपटक त देशमा आदिवासी÷जनजाति र मधेशीहरूकै एकछत्र राज हुने हो कि भन्ने वातावरण देखिएको थियो तर अन्ततः मुलुकको हितमा खस क्षेत्रीहरूको सक्रियताले त्यो स्थितिलाई निराकरण गर्दै लग्यो । यसर्थ जुन जाति समूहले दुःखको बेला साथ दिए र गणतन्त्र नेपालको संविधानमा भगौडा वा आप्रवासी बनाउन लागिएको खस क्षत्रीलाई खस उत्पतिलाई संवैधानिक मान्यता दिन सफल  खस क्षेत्रीलाई कहिँ न कहिँ स्थान त दिइन्थ्यो होला तर जो जसले खस मुल स्थापित गराए आज तिनीहरूको स्थान प्रतिनिधि तथा प्रदेशसभामा कहानेर छ बत्ती बाले खोज्दा पनि भेटाउन गाह्रो छ ।

संविधानले त खस उत्पतिलाई स्वीकार ग¥यो, तर केही गलत सोच भएकाहरूले सजिलै खस पहिचान नपचाएर आर्यरूपी अस्त्र प्रयोग गरेर खस पछाडि ‘आर्य’ शब्द जोड्न पुगे । जहाँ कि खस नश्ल हो भने आर्य नश्ल होइन । आर्य शब्द त उत्कृष्ट, श्रेष्ठ, सभ्य, विकसित आदिसँग सम्बन्धित मानिन्छ । यसर्थ खसको स्वतन्त्र र अलग पहिचानका लागि पनि खस शब्दको पछाडि आर्य भन्ने शब्द झिक्नु खस जाति प्रति न्याय हुन्छ । यस कार्यको लागि संविधान संशोधन गर्नै पर्ने भए पनि पछाडि गर्नु हुँदैन ।

यहाँ भन्न के खोजिएको हो भने, नेपालको संविधान २०७२ कार्यान्वयनको क्रममा समावेशी समानुपातिक प्रतिनिधित्व गराइयो । यसै क्रममा खसआर्यको पनि समानुपातिक समावेशी प्रतिनिधित्व गराइयो तर खस पहिचान स्थापित गराउन मैदानमा उत्रिएका खस आन्दोलनका अभियन्ताहरूमध्ये के कतिले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरे ? यो प्रश्नको जवाफको प्रतिक्षामा छन् आम खस क्षत्री आन्दोलनका अभियन्ताहरू । वास्तविक खस आन्दोलनका अभियन्ताहरू ओझेलमै परेका छन् । यसले के बताउँछ भने जुन आन्दोलनले खस पहिचान स्थापित गरायो त्यही शक्तिलाई किनारामा राख्ने काम भयो । न्यायपूर्व समानुपातिक समेवशी सिद्धान्त अनुरूप राज्य अघि बढाउने परम्पराको थालनीबाट मात्रै वास्तविक शान्ति र न्याय प्राप्त हुन्छ ।