19th January | 2018 | Friday | 11:28:49 AM

पृथ्वीको आत्मकथा : दिव्योपदेश

स्वयम्भुनाथ कार्की   POSTED ON : 2018-01-08 09:30:21

पृथ्वीको आत्मकथा : दिव्योपदेश

सम्भवतः बत्तीस वर्षको उमेरमै पृथ्वीनारायण शाहले आफ्नो अन्तिम अवस्था आएको भान पाइसकेका थिए । त्यसैले नुवाकोट गएर आफ्ना गुरु पुरोहित, भाइभारदार तथा आफूप्रति अनुग्रह राख्नेहरूलाई भेला गराई आफूलाई मनमा लागेका कुराहरू सुनाए । यही कुराहरूको संग्रह उनीबाट सुनेकहरूले टिपोट गरेर राखे । पृथ्वीनारायण शाहको यो आत्मकथा नै आजकल दिव्योपदेशको नामले चिनिन्छ । 

यसमा नेपालको एकीकरणको विचार उनमा कसरी आयो र कसरी उनले त्यो सम्भव गरे भन्ने कुरा उनकै मुखले आफ्नो जीवनकालमा नै भनेका छन् । मैतालु लिन मकवानपुर गएका जेठान दिगबन्धन सेनसँग खटपट भएकोले उनलाई हाँक दिएर गोरखा फर्कनु परेको भ्mवाँक र चन्द्रागिरिबाट देखिएको रमणीय तीन शहरले उनलाई लोभ्यायो ।

शुरू नै ‘बुढा मरै भाषा सरै’ भनी भन्छन् । तिमीहरू सबै छेउ सुनाई गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि खानन्’ (दिव्योपदेश तृतीय सस्करण संं. ऐ. शि. बाबुराम आचार्य योगी नरहरीनाथ पृ. ३०) । उनी आफ्ना सन्तानले आफू शारीरिकरूपले कमजोर भएको प्रत्यक्ष नदेखून् भन्ने चाहन्थे । उनले देखेको समृद्ध नेपालको सपना सन्तान दरसन्तानले पूरा गरिदिऊन् भन्ने चाहन्थे भन्ने कुरा उनको यो भनाइबाटै प्रष्ट झल्किन्छ । डोला लिन मकवानपुर पुगेका उनलाई उनका जेठान दिग्बन्धन सेनले मानसिक चोट पु¥याएका थिए र डोला नलिई फर्केर आउँदा चन्द्रागिरिबाट नेपाल खाल्टोको रमणीय दृष्य देखेर लोभिएका थिए ।

पृथ्वीनारायण शाह स्वीकार गर्छन्– नेपाल एकीकरणको सोच त्यसै बेलाबाट उनमा आएको थियो । यस कामका निमित्त उनले कत्ति पनि ढिलो नगरी तयारीको काम थालिहाले । रातसाँझ गरी धादिङ पुगेपछि लिगलिगकोटमा तैनाथ आफ्ना सेनानीहरू रणजित बस्नेत, मानसिंह रोकाया र वीरभद्र पाठकलाई रातसाँझ गरी मैधि बोलाएर भेटे । अर्थात गोर्खा पुगेर दरवारमा सल्लाह गर्ने भनेर समय खेर फालेनन् ।

उनको चिन्ता थियो आफू काठमाडांै चढाइमा जाँदा कतै अरू आफैलाई अर्थात गोर्खा नै हान्न आयो भने के हुन्छ ? यस कुरामा ती तीन सेनानायकहरूले पृथ्वीनारायण शाहलाई आश्वस्त पारे । कथं कदाचित कोही आइहाले पनि तिनलाई चेपेमै रोक्ने वचन दिए । 

गोर्खा पुग्दा मामा पाल्पाली युवराज उद्योत सेन पनि तिर्थाटनमा गोर्खा पुगेका थिए । देवघाटको बाटो गरी गोसाइँकुण्डमा नीलकण्ठ महादेव, काठमाडांैंमा श्रीपशुपतिनाथ दर्शन सकेर श्रीगोरखनाथको दर्शनलाई गोर्खा आएका थिए । दिगबन्धन सेनसँगको खटपट र काठमाडौं हान्ने मनसुवाको बारेमा मामाको राय लिए । मामाले पनि तपाईंहरू पाँच पाण्डवजस्ता हुनुहुन्छ, मलाई पञ्चरात्रिमा दृष्टान्त भएअनुसार तपाईंहरू सफल हुनुहुन्छ भनेर भने । तपाईंहरूले जोडेको नेपाल कुरुक्षेत्रभैmँ अर्थात अर्को कुरुक्षेत्र नभई फुटदैन भने ।

त्यसपछि लमजुङे राजा रिपुमर्दन शाहसँग सन्धि गरे । यस सन्धिमा कालु पाँडेले कौशल देखाए । यो कौशल, जनता र छिमेकी राजीखुशी राखेकाले विराज बखेतीलाई पछि पार्दै कालुपाँडे काजी नियुक्त भए । त्यसपछि उनी शक्तिपीठहरू, मन्दिरधामहरूको दशर्नको साथै सैन्यबल र मित्रबल संकलन गर्न लागे । 

योजना, तयारी अनि परिचालन गरेर गरिएको चढाइमा पनि अनेकौँ हण्डर खानु प¥यो । नवाव कासिम अलिखानको आक्रमण झेल्नु प¥यो तर यस लडाइँमा पृथ्वीनारायण शाहलाई फाइदै भयो । पत्थरकला भनिने बन्दुकहरू उनको हात परे । त्यसको रखरखाव, सम्बद्र्ध गर्न तीन मुसलमान विषेशज्ञ पनि आए । त्यस बेलादेखि नै नेपाली सेनामा मुसलमान सामेल छन् ।

यत्रो लामो प्रयत्न र परिश्रमपछि काठमाडांै जिते पनि उनले त्यस स्थानलाई स्थायी बसोबासको योग्य ठानेनन् । ‘मेरो मनसुवा ता दहचोकमा दरबार बनाउँला र चारै दिशा थरघरको, गुरु प्रोहित, भैयाद, भरादार मिर उमराउको घर बनाई छुट्टा दरबार बनाउँला र ई तिन सहरमा ता दरबारबाट स्वषसयललाई मात्रै जाला भन्या यस्तो अविलाषा थीयो’(दिव्योपदेश तुतीय सस्करण संं. ऐ. शि. बाबुराम आचार्य योगी नरहरीनाथ पृ. ४८) ।

उनको यो कुरा सुन्नेले उनका छोरा प्रतापसिंह शाहलाई सुनाएनन् कि प्रतापसिंह शाहले पनि त्यसमा अमल गर्ने समय पाएनन्, किनभने राज्यारोहणको दुई वर्षमा नै प्रतापसिंहले यो संसार त्यागे । पृथ्वीनारायण शाहको दहचोकमा राजधानी सार्ने अभिलाषा भने अधुरै रहृयो । बाबु छोराको मिलाएर नेपाल एकीकरण पछि केवल आठ वर्षको शासन रहृयो । प्रतापसिंहको यो मृत्युले नेपाललाई एक कहालीलाग्दो षड्यन्त्रको थलो भएको दरबार सुम्पियो । प्रतापसिंहका भाइ बहादुर शाहकोे सुझबुझ, साहस तथा कौशल नेपालको इतिहासमा अंकित छ । प्रतापसिंह केही वर्ष बाँचेका भए यी दाजुभाइले नेपाललाई प्रगतिपथमा डो¥याउने थिए कि भन्ने आशा राख्नेहरू पनि नभएका हैनन् ।

बहादुर शाहले केही समय त शिशुराजा भएका आफ्ना भतिजा रणबहादुर शाहको नायवी गरे तर भाउजुको कान भर्ने भारदारहरूका कारणले यिनको दुर्दशा भयो । नेपालको सत्ता ओरिपरि लागेका यस्ता ग्रहण सरहका भारदारहरू गोर्खाको भारदरीमा थिएन, यो त पाटनका छ प्रधानहरूले स्थापना गरेको परम्परा थियो । सत्ताको निमित्त, शक्तिको निमित्त जे पनि गर्ने नेपाली अभिजात्य वर्गको दुर्नियत त्यस बेलामात्र होइन अहिलेको गणतान्त्रिक भनिएको नेपालमा पनि नेपालीहरूले भोग्दै आएका छन् ।

पृथ्वीनारायण शाहले त गोर्खामा नै यस्ता अभिजात्यहरूलाई कसरी ठेगानामा राख्नु पर्छ भन्ने सिकेका थिए र उनको दिव्योपदेशमा पनि सन्तानलाई आफ्नै उदाहरण दिएर सम्झाएका थिए । कुलको परम्परा जान्नै नपाई बाबु गुमाएका रणबहादुर शाहलाई उनकी आमाले यस्तो घुमाइन् कि आफ्ना हजुरबुबाको उपदेश नै उनलाई तितो लाग्न थाल्यो । नत्र भने त हजुरबुबाले पहिल्यै भनेका थिए दुनियाँ जसदेखि राजी रहन्छन् उसैलाई कज्याइ दिनु ।

हुनसक्छ त्यसबेला आफ्नो सन्तानले पाऊन् भनेर लेखाएका यी अनुभव तथा मार्गदर्शनहरू पाउनेले आपैmसँग सिमित राखे । यदि यस्तो गरिएको भए त्यो असम्भव कुरा पनि होइन । केही समय पहिला राजा महेन्द्रका डायरीहरू अंग्रेजीमा अनुवाद गरेर राजा वीरेन्द्रसम्म पु¥याउने जिम्मा कसैलाई दिएको कुरा आएको थियो । ती पाउने व्यक्तिले राजा वीरेन्द्रको २९ वर्ष लामो शासनकालमा पनि हस्तान्तरण गर्न सकेनन्, गरेन वा गर्न चाहेनन् । पृथ्वीनारायण शाहका यी कुराहरू छोरा नातिसम्म नपुग्नाले शाहवंशमा कहिले पाँडे तकहिले थापाले जगजग गर्न पाए । त्यसपछि त राणा युग शुरू भयो । राजा महेन्द्रका ती डायरीहरू लुक्नाले के के भयो त्यो मूल्यांकन गर्ने जिम्मा भविष्यलाई नै रहनेछ ।


पृथ्वीनारायण शाहले नेपालको कुन किताब पढेका थिए त्यो त स्पष्ट छैन तर उनले त्यो किताबको उल्लेख गरेका छन् । ‘नेपालको किताप हेर्दा तुर्काना, मंग्रात, मुग्लाना हुन्या रहेछ र तुरकाना अघि भै गयेछ । मगरात्को राजा मै हुँ । मुग्लानाको दोस मेट्नालाई आधा थुम मेटि कंपनी जमायाको हो । आधा षुडा आधा पथरकला बनायाको हो’ (दिव्योपदेश तुतीय सस्करण संं. ऐ. शि. बाबुराम आचार्य योगी नरहरीनाथ पृ. ५९) । 

उनको मुग्लाना हुनबाट बचाउन गरेको यो प्रयत्न भने बेकार गएको छ । आजको समयमा प्रत्यक्ष शासन भन्दा परोक्ष शासन नै हुन्छ ।

त्यस बेलाका मुग्लाना अहिलेका शक्ति राष्ट्रहरू हुन् । नेपाली जनताले प्रष्ट देखे भोगेको कुरा के हो भने हालका केही वर्षदेखि नेपालको शासन सञ्चालनमा प्रत्यक्ष देखिने गरेर मुग्लानाको हस्तक्षेप शुरू भएको छ । स्वयं सत्ता सञ्चालन गर्ने कार्यकारी प्रमुख नै नेपालको चाबी बाहिरका हातमा भएको कुरा निर्धक्क भन्न भ्याएको पनि देखिएका छन् । अनि, नेपालका संवैधानिक प्रमुख छिमेकीहरूको निर्देशन लिन्छन् भनेर तीनै कार्यकारी प्रमुख र उनका दलकाहरू भन्छन् । 

दिव्योपदेशमा पृथ्वीनारायण शाहले संकेत गरेको मुग्लानाको दोष नेपाल र नेपालीले कहिलेसम्म भोग्नुपर्ने हो त्यो भने अहिलेसम्म अन्यौलमै छ । युवाहरूको बाली लगाउने नेपाल, गोडमेल गर्ने नेपाल, बाली टिप्ने नेपाल तर दाइँ हाल्ने भने विदेश भएर आज लाखौँ नेपाली युवा विदेशमा चाकरी गर्न बाध्य पारिएका छन् । मुलुकको भलो गर्ने जिम्मवारी भएको पदमा आसीनहरू अझ आफ्ना युवा जनतालाई कोलमा उखु पेलेजस्तो पेल्न विदेश पठाउने दलाल भएका छन् । यो सबै नेपाललाई लागेको मुग्लानाको दोष हो भनेर बस्ने हो वा अर्को पृथ्वीनारायण शाहको आहृवान गर्ने हो वा कि फेरि मुग्लानाको दोष मेट्न कम्पनी जमाएजस्तै अरू केही प्रयत्न पनि होस् ।

आफ्नो यो दिव्योपदेशमा पृथ्वीनारायण शाह साहसी, बहादुर तथा दुरदर्शीमात्र देखिँदैनन् भविष्यवक्ता पनि भएका छन् । आज साँच्चै एक पृथ्वीनारायण शाहको खाँचो पूर्तिका निमित्त नेपालआमा उनका सन्तानहरूतर्पm आशा गरेर हेर्दैछिन् । अब पृथ्वीनारायण शाह कताबाट अवतरित हुन्छन् त्यो भने हेर्न बाँकी छ ।