20th January | 2018 | Saturday | 7:20:31 AM

एकता यता न उता

  POSTED ON : 2018-01-09 09:08:09

एकता यता न उता

कालिदासबहादुर राउत क्षत्री

जोगीलाई भैँसीको डर, भैँसीलाई जोगीको डर भनेजस्तै अनुभूत हुँदैछ दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकता प्रक्रिया । निर्वाचन हुनुपूर्व ठीक समयमा जनचाहना अनुरूप नै दुई पार्टीबीच चुनावी गठबन्धन हुनपुग्यो । जुन अपेक्षाकृत सफल भयो । त्यहाँसम्म ठीक थियो । कम्युनिष्ट उग्रपन प्रदर्शन गर्दै भाषण गर्दै गए– गठबन्धनमा मात्रै सीमित हुँदैनौँ, अभिन्न एउटै पार्टी बनाउँछौँ । बढी बोल्यो, त्यसैले पोल्यो । 

कांग्रेससँग मिलेर चुनाव लड्नेसँग एक कार्यकाल चुनावी गठबन्धन मात्रै गरेर सहकार्य गरेको भए त्यो पाच्य र टिकाउ हुँदै भावनात्मक रूपमै एकाकार हुँदै दुई भिन्न सैद्धान्तिक रूपमा प्रकट भए पनि कार्यगत र प्राविधिकरूपमा एउटै अंग प्रकट हुँदै प्राकृतिकरूपमै एक देखिन्थे । फेबिकोल लगाएर जोडेको जस्तो देखिने थिएन । जोड्तीबाटै दुई अलग अलग धार प्रवाह भएपछि भविष्यमा त्यसले आआफ्नो भिन्न अस्तित्व–पहिचान प्रदर्शन गर्छ नै । त्यसले सधैँ असहजता निम्त्याएर एकले अर्कालाई कल्र्याप्पै निल्ने र नसके ओकल्ने  जस्ता रोग निम्त्याउँछ । 

मित्रता शत्रुतामा परिणमा भए र पछि त्यसले प्राचीनकालीन यादव वंश विनाश पारेजस्तै नेपालबाट कम्युनिष्ट वंश विनाश हुन्छ भने हेक्का दुईटै पार्टीका शीर्षस्थ नेताहरूलाई नहुनु नै उनीहरू पराधीन, परनिर्भर र परमुखापेक्षी हुन् भन्ने स्वतः प्रष्टिन्छ । यी शीर्षस्थ नेताहरू जुन उद्देश्यका निम्ति, जहाँसम्मको गन्तव्यका निम्ति दर्ज भएका थिए, त्यहाँसम्म क्लाइमेक्समा पुगिसकेपछि उध्र्वमुखीबाट अधोमुखी हुनै प¥यो । विकासपछि विनाश प्राकृतिक नियम नै हो । कुनै पनि गठबन्धनको चुरो कुरो के रहन्छ भने त्यहाँ आफ्नो स्थान कहाँ रहन्छ भन्ने नै हो । अहिले कम्युनिष्ट भूमिका के रहने, भूतपूर्व अध्यक्षहरू, प्रधानमन्त्रीहरूको हैसियत कस्तो रहने, केही वरिष्ठ नेताहरू कहाँ कुन भूमिकामा रहने भन्ने विवाद गरमागरम छ । दुवै पार्टीका अध्यक्षहरूले अर्घेलो कुरा गर्नेलाई एकमुष्ठ धम्क्याएका छन्– जसले जे भने गरे पनि पार्टी एकीकरण भएरै छाड्छ, रोकेर रोकिन्न । 

एकता प्रयासबारे फरक फरक टिप्पणीहरू छन् । दुवै अध्यक्षबीच हुनुपर्ने सबै सहमति भइसकेको छ । समय आएपछि औपचारिक घोषणा नगरुन्जेलसम्मको निष्कर्षहीन वादविवाद मात्रै हो, जो अहिले चलिरहेको छ । कोही यस्तो टिप्पणी गर्दैछन् । कोही, विवाद टुंग्याएर ओलीलाई प्रधानमन्त्री, झलनाथलाई राष्ट्रपति र प्रचण्डलाई पार्टी अध्यक्ष भन्दैछन् । अर्कोले भन्छ, अध्यक्ष र प्रधानमन्त्री ओली सिवाय अर्को हुनै सक्तैन । अर्को बीचबाट भन्छ, अध्यक्ष पद मानर्थ रिक्त राखी दुवै अध्यक्षलाई समान हैसियतमा कार्यकारी सहअध्यक्षमा राखेर एकीकरण गर्ने । 

एकता बराबरीको हैसियतमा हुन्छ, हुनुपर्छ र यस्तो एकातामात्रै मान्य हुन्छ भन्ने टिप्पणी छ । ६०–४० को भागबण्डामा चुनावी गठबन्धन भएकोले सरकार गठन र पार्टी एकीकरण पनि तदनुरूप हुने सैद्धान्तिक सहमति हो । ६०–४० बाट उछिनेर जब प्रचण्डले बराबरी र आलोपालोको उद्घोष गरे तब एकीकरणमा गडबडी मच्चिएको छ । गठबन्धनमै कायम रहन दिनुमा दुवै पार्टीको कल्याण छ, भविष्य सुरक्षित रहन्छ । जसले जोसँग पनि गठबन्धन गरेर सरकार चलाउन सक्छ । 

बराबरीको हैसियतमा बलात पार्टी एकता गर्दा पनि भविष्यमा मनमोहन नेतृत्वको माक्र्सवादी पलायन भएझैँ माओवादी पनि बगरमा खोला हराएझै हराउँछन् भन्ने विश्लेषण छ । मनमोहनको जस्तै शीर्षस्थ ठाउँ प्रचण्डलाई अहिले चाहिएको छ । त्यस्तै ठाउँ हुन पनि सक्ला । सहाना प्रधान, भरतमोहन अधिकारीहरू मुख्य भूमिकामा रहेझै रामबहादुर थापा, नारायणकाजी श्रेष्ठहरू रहलान् तर सबै त रहँदैनन्, अट्तैनन, यस्तो सम्भव नै हुँदैन ।

बराबरी भनेर के गर्नु ¤ एमालेको केन्द्रीय कमिटी दुई सय जनाको छ, माओवादीको चार हजार जनाको छ । तसर्थ गृहकार्य विनाको हचुवा एकताको कुरा हुँदा चुनावी रौनक र नारा थियो भन्दा कसैलाई पनि असहज हुन्न । ६०–४० सिट बाँडफाँडका कुरालाई लिएर हचुवामै दुवै पार्टीका तह–तहमै बैठक बसेर निर्णय गरी गर्नुपथ्र्यो । हुकुमप्रमाङ्गी शैलीमा पार्टी एकीकरणको घोषणा गरे पनि त्यो चिरकालीन हुन्न । गर्भावस्थाबाटै चोइटिन थालिसक्यो, चिरा–चिरा परेर पटपटि फुट्न थालिसक्यो । माने महादेव, नमाने पत्थर ¤ कसको के लाग्छ र ! 

प्रचण्ड स्थिर स्वभावका नेता होइनन् भन्ने विगतको इतिहासबाट सिद्ध छ । च्रचण्ड विगत तीस वर्षदेखि निरन्तर विराजमान छन् अध्यक्षमा, अब एकिकरण भएपछि पनि अध्यक्ष नै चाहिएको छ । गाउँपालिका कमिटीदेखि केन्द्रीय कमिटी बैठकसम्मको निर्णय नलिई ज्ञानेन्द्र शैलीमा ओली कमरेड यदि अघि बढे भने अगाडि पछाडि भीर आफूमात्र एक शिर हुनेछन् । एउटै गल्तीले पुछारमा धकेलिनुपर्नेछ । प्रचण्ड प्रवृत्ति एमालेमा खोटो बन्न सक्छ । माओवादी कार्यकर्ता कोही कोही बाटामा भेटिन्छन् र फलाक्न थाल्छन्, अरू सबै तुच्छ, प्रचण्ड मात्रै महामानव भनेर । गिरिजाले मर्ने बेलामा देश मलाई जिम्मा लगाएका छन् भन्छन् प्रचण्ड, तदनुरूप सच्चा सपुत ठानी जिम्मा लगाउनुपर्छ भन्छन् । 

वास्तविकता के हो भने, जनता जनार्दनले हिजो पनि हराएका हुन् र आज पनि हराउने थिए प्रचण्ड र उनको पार्टीलाई । एमालेसँग गठबन्धन गरेकाले मात्रै जितेका हुन् । प्रचण्डपुत्रीलाई पनि जिताइदिएको हो, जितेको होइन । गठबन्धन नगरी चुनाव लडेको भए कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो हुन्थे, यसमा शंकै थिएन । गठबन्धनले एकअर्कालाई मद्दत पु¥याएकै हो । एमालेले ६० सिट अपेक्षा गरेकोमा ८० पुग्यो, माओवादीको चाहिँ ४० आँकेकोमा ३० भयो । माओवादीको जनविश्वास गुमेको छ, बढ्न बढाउन सकेका छैनन् । यस्तो बेलामा एमालेको कार्यकारी अध्यक्ष बनायो भने दिनदनै पार्टी उक्किदै गएर नेतापंक्ति मात्रै बाँकी रहन्छन् । तसर्थ सेरेमोनियल अध्यक्ष दिनु लिनु न्यायोचित र लोकतान्त्रिक हुनेछ । यसमा मान्दैनन् भने कार्यगत एकता नै काफी हुन्छ, बलजफ्ती एकता गर्ने हो भने पहिलो महाधिवेशनमा निर्णय गरेमात्रै फलदायी हुनेछ । खाँटी र खोटी बीच एकता कहिँ सम्भव हुन्न । 

हो, राष्ट्रिय सभागृहबाट असोज १७ मा वाम गठबन्धन घोषणा गर्दा एमाले र माओवादी केन्द्रका अध्यक्षहरू, नेताहरूले उद्घोष गरेका थिएचुनाव लगत्तै पार्टी एकता गर्छौं भनेर । सो घोषणालाई मूर्तरूप दिन ‘पार्टी एकता संयोजन समिति’ पनि बनाएका थिए । विडम्बना के छ भने समितिको बैठक समेत अझै बस्न सकेको छैन । एमालेको जबज कि माओवादी केन्द्रको एक्काइसौँ शताब्दीको जनवाद भन्नेमा विवाद र वहस । दुवै पक्ष एक अर्कालाई सरक्क मान्ने पक्षमा छैनन् । दासतामुक्त हुँदै गरेको परिप्रेक्ष्यमा पद र पैसाका लोभीपापी दासहरू हनुमान बन्लान् तर धेरैजसो बन्दैनन् । झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापामगर लगायतको व्यवस्थान हुँदैमा सबैको व्यवस्थापन भयो भनेर ढुक्क हुन सकिन्न ।  एकपछि अर्कोले तछार्न छाड्दैन । गोपाल किरातीले शुरूमै भत्काउन थालिसके, नारायणकाजीहरूले र धनश्याम भुसालहरूले पनि पार्टी एकीकरणको साइत सँगसँगै छुट्टिन–छुट्याउन थालिसके । 

एकीकरण नभई छाड्दैन भनेर लहडमा हुने होइन । व्यापक छलफल र विचार विमर्शबाट ठोस निष्कर्षमा पुग्नुपर्छ । सिद्धान्त र कार्यनीतिको एकीकरण भएमात्र पार्टी एकीकरण हुन्छ । नेताको पदबाँडफाँडमात्रै एकीकरण होइन ।