23rd July | 2018 | Monday | 7:37:59 PM

अबको बाटो : स्थायित्व र समृद्धि

प्रदीप उप्रेती   POSTED ON : Wednesday, 10 January, 2018 (3:49:17 PM)

अबको बाटो : स्थायित्व र समृद्धि


नेपाललगायत विश्व परिपेक्षमा भन्ने हो भने चरम राजनीतिक द्वन्द्वमा आक्रान्त भएको मुलुकमा पूर्णरूपमा राजनीतिक स्थायित्व कायम गर्न त्यति सहज हुँदैन । राजनीतिक स्थायित्व नभई आर्थिक समृद्धिको कल्पना गर्नु असम्भव नै हुन्छ भन्न्स अत्युक्ति हुँदैन । आन्तरिक द्वन्द्व उत्पन्न हुनुको मूल कारक तŒवको रूपमा रहेको गरिबीलाई नै समूलरूपमा उन्मूलन गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने हुन्छ ।  नेपाललगायत विश्वबाट गरिबी पूर्णरूपमा निर्मूल गर्न सकिन्छ कि सकिँदैन त्यो वहसको विषय बन्ला तथापि मुलुकले हासिल गरेको आर्थिक समृद्धिले केही हदसम्म भए पनि न्यूनीकरण गर्न नसकिने भन्ने चाहिँ होइन ।

अतः द्वन्द्व त्यस अवस्थामा उत्सर्गमा पुग्छ जुन बखत गरिबीको दर उच्च मात्रामा रहेको हुन्छ । मुलुकमा माओवादी सशस्त्र द्वन्द्व १० वर्षसम्म उच्च गतिमा कायम रहनमा गरिबी नै मुख्य तŒवका रूपमा रहेको थियो भन्दा फरक नपर्ला । चरम रूपमा रहेको गरिबीको प्रत्यक्ष फाइदा उठाउँदै राजनीति गर्नेहरूले मुख्य हतियारको रूपमा प्रयोग गरी आफू अनुकूल मार्र्ग पहिल्याउने गरेका हुन् । जसको प्रत्यक्ष मार तिनै निमुखा वर्गमा पर्ने गरेको छ । 

नेपालको हकमा भन्ने हो भने गरिबी उच्चदरमा रहनुको प्रमुख कारक तŒवमा अशिक्षालाई लिन सकिन्छ । जब आम जनता अशिक्षाको भूमरीमा फसेको हुन्छ तब सही र गलत सहजै खुट्टाउन सक्ने क्षमता हुँदैन । फलतः सहज रूपमा अर्थोपार्जन गर्न नसक्ने अवस्था हुन्छ । गरिबीले परिणमातः मुलुक कमजोर बन्छ । यस तथ्यलाई राजनीतिक समूहले आफ्नो राजनीति अघि बढाउने हतियारको रूपमा प्रयोग गर्दै गरिबसँग प्रत्यक्ष सरोकार रहने मानव समुदायलाई आफ्नो पक्षमा अग्र स्थानमा ल्याउने क्रम जारी रहन्छ । यस अवस्थामा गरिबका पक्षमा आबद्ध रहेको समूहलाई चलखेल स्वरूप प्रयोगमा ल्याउन सक्ने प्रवल सम्भावना भएको हुँदा समस्या समाधानमा सहजताभन्दा व्यवधान बढी खडा हुने गर्छ । नेपालको गरिबीलाई पनि राजनीतिक दलहरूले आफूलाई अघि बढाउने माध्ययका रूपमा प्रयोग गर्दै आएका छन् । 

प्रचुर मात्रामा रहेको गरिबीका कारण मुलुक एक दशक द्वन्द्वमा प¥यो भने अर्को एक दशक संक्रमणकालीन अवस्थाबाट ग्रुजिन बाध्य भयो । यसैको परिणाम स्वरूप लामो समयसम्म हिंसात्मक द्वन्द्वको परिस्थितिमा ग्रुजिएको नेपाली समाजले शान्ति, स्थिरता एवं समृद्धिको चाहना राखेको हो । यसै तथ्यलाई यथार्थ रूपमा स्थापित गर्दै जनभावनाको वास्तविक प्रतिनिधिŒव गराउने उद्देश्य तथा आम नेपाली समुदायको चाहनाअनुसार मुलुकमा तीनै तहको निर्वाचन सम्पन्न भई नतिजा प्राप्त भइसकेको छ । 

वर्तमान परिवेशलाई अवलोकन गर्ने हो भने लामो समयदेखिे संक्रमणकालीन राजनीतिक अवस्था लगभग समाप्त भइसकेको छ । अब आर्थिक क्रान्तिमार्फत आर्थिक समृृद्धि हासिल गर्नुपर्ने देखिन्छ । सर्वप्रथम स्थायी शान्ति आवश्यक हुन्छ । हिंसात्मक परिवेशमा विकास निर्माणले आफ्नो गन्तव्य सही रूपमा हासिल गर्न सक्दैन । विकासको गति मन्द हुन्छ ।  

सम्पूर्ण नेपालीको चाहना मुलुकबाट गरिबी, अशिक्षा तथा पछौटेपनलाई क्रमशः अन्त्य गरी आर्थिक समृद्धि प्राप्ति नै हो । यो एउटा अभियानबाट मात्र प्राप्त हुन्छ । यस महान अभियानमा मुलुकभित्र रहेका नागरिक समाजदेखि पक्ष वा विपक्षमा रहेका सम्पूर्ण प्रजातान्त्रिक शक्ति माझ अझै सहमतीय व्यवहारको खाँचो छ । यसको अभावमा हालै सम्पन्न निर्वाचनमार्फत प्राप्त जनादेशको आधारमा मात्र सम्पूर्ण विकास निर्माण कार्य आफ्नो राजनीतिक दल अनुकूलको गतिमा कुनै समूहले पूरा गर्छु÷गराउँछु भन्ने चेष्टा राख्छन् भने पूरा हुने अवस्था देखिँदैन ।

विकासको गतिमा कुनै पनि सानो पक्षबाट भएको अवरोधले ठूलो व्यवधान खडा गर्न सक्ने सम्भावना हसन्छ । सर्वपक्षीय सहमतिको आवश्यकतालाई वर्तमान अवस्थामा अन्यथा लिन मिल्दैन । यस प्रयोजनलाई पूर्ण कार्यान्वयनमा ल्याउन लोकतन्त्रको मूल्य, मान्यता र आदर्शलाई सहज रूपमा आत्मसात गर्ने परीस्थितिको निर्माण गर्नुपर्नेछ । आज पनि मुलुकमा गरिबीको रेखामुनि रहने समूह जनसंख्या झण्डै ३० प्रतिशत रहनुले वास्तविक नेपालको अवस्था जाहेर गरेको छ । प्रदेशगत हिसाबमा हेर्दा प्रदेश नम्बर २ र ६ मा अन्य प्रदेशको तुलनामा यसको प्रतिशत तुलनात्मक रूपमा अत्यधिक छ । त्यस क्षेत्रमा गरिबी निवारणका लागि भएको प्रयासमा सफल भएको देखिँदैन । 

समृद्धि हासिल गर्ने कार्यलाई वास्तविक रूपमा सफलिभूत पार्ने हो भने निश्चय पनि राजनीतिक दलहरूमा एक आपसमा विश्वास र सहमतीय व्यवहारलाई जीवन्त रूपमा उतार्नुपर्ने हुन्छ । यसका अतिरिक्त दम्भविहीन क्षमताको अभिवृद्धिले नै सहमतीय व्यवहारलाई निरन्तर अगाडि बढनउन सक्छ । दम्भले द्वन्द्व सृजना गर्छ । घरेलु राजनीतिमा स्थायिŒव कायम गर्न मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग तथा सद्भावलाई अन्यथा लिन मिल्दैन । यदि यस व्यवहारमा रूखोपन देखाएको खण्डमा एक आपसमा रहेको सदियांै पुरानो सम्बन्धमा तिक्तता बढ्ने छ । दुवै छिमेकीसँगको असल सम्बन्ध आजको आवश्यकता हो ।  

छिमेकीसँग मात्रै नभई सबै मुलुकसँगको दौत्य सम्बन्ध हार्दिक हुनुपर्छ । तिक्ततापूर्ण व्यवहारले मित्रराष्ट्रसँगको सम्बन्धमा नकारात्मक प्रभाव पर्न गई मुलुकलाई प्राप्त भइरहेको वैदेशिक सहयोगमा ह्रास आउने सम्भावना हुन्छ ।सौहार्दपूर्वक व्यवहारको आजको आवश्यकता हो ।

वास्तविक रूपमा आर्थिक समृद्धि चाहने हो भने नजिक छिमेकी राष्ट्रहरूको सम्बन्धलाई निकट वा टाढा दूरीको नभई समदूरीमा राख्ने प्रयत्न गर्नुपर्ने हुन्छ । यस्तो कूटनीतिक व्यवहारले असली प्रजातान्त्रिक संस्कृतिको जर्गेना भई मित्रताको कसिमा खरो रूपमा उत्रन सक्षम रहनेछ । 

यस्तो कूटनीतिक विकास वैदेशिक कूटनीतिको क्षेत्रमा मैत्रीपूर्ण सद्भावको अभिवृद्धि गर्न सफल हुनेछ । छिमेकी राष्ट्रलगायत अन्तर्राष्ट्रियस्तरको मैत्री सम्बन्धमा कटुता नभई आपसी विश्वासको वातावरणले मुलुकले चाहना गरेको आर्थिक समृद्धि मार्ग पहिल्याउन सहज हुनेछ । मुलुकभित्र वा बाहृय जगतमा कुनै पनि पक्षले उत्तेजतात्मक गतिविधि आत्मसंयमका साथ नियन्त्रण गर्दै मैत्रीपूर्ण भावबाट सहयोगको आदानप्रदान गर्ने कार्यलाई प्रश्रय दिनु मुलुक र जनताको हितमा हुन्छ ।

यसका अतिरिक्त मित्रराष्ट्रहरूले अवलम्बन गरेको प्रविधि मुलुकभित्र भिœयाउन पहल गर्नुपर्छ र जसले आर्थिक समृद्धि हासिल गर्न सघाउ पुग्नेछ । आर्थिक समृद्धिबाट आन्तरिक राजनीतिमा स्थायित्व प्राप्त भई मुलुकले चाहेको समृद्धि प्राप्त हुनेछ । छिमेकी तथा शक्तिराष्ट्रका प्रभावका कारण उत्पन्न हुने गतिरोधमा  न्यूनता आई स्थायित्य हुनमा सहज हुनेछ । 

छिमेकीहरूसँग सन्तुलित र सहज सम्बन्ध बनाउन नसब्ने हो भने मुलुकको भूराजनीतिक अवस्था तथा अत्यधिक परर्निर्भतामा आधारित अर्थ व्यवस्थाका कारण अराजक गतिविधिको दबदबा बढ्न गई अशान्तिको विजारोपण हुनसक्ने सम्भावना रहन्छ । अझै सम्पूर्ण पक्षको राजनीतिक समस्या पूर्णरूपमा समाधान नभएको वर्तमान परिस्थितिमा मुलुक, जनता तथा सर्वपक्षीय हितका खातिर संयमताका साथ काम गर्नु बुद्धिमानी ठहरिनेछ । अन्यथा मुलुकको सुरक्षा व्यवस्थामा प्रतिकूल अवस्था कायम रहन गई परिस्थिति कावु बाहिर जानसक्ने तथ्य मनन गर्नु आवश्यक छ । नयाँ संघात्मक राजनीतिक परिवेशलाई सहजै नेपाली समाजमा समाहित गर्दै एक्काइसांै शताब्दीका आमनागरिकलाई  सुपाच्य हुनसक्ने राजनीतिक दर्शनले मात्र संघीय गणतन्त्रात्मक नेपालको सुन्दर भविष्य कोर्न सक्छ । यस प्रकार सकारात्मक सोचको अभिवृद्धि गर्नुपर्ने हुन्छ । तत्पश्चात मुलुकले अवलम्बन गर्ने हरेक विकास निर्माणका कार्य अवरोधविहीन अवस्थामा तोकिएको समय सीमाभित्र पूरा भई राजनीतिक स्थायित्व हासिल हुनसक्छ । आर्थिक समृद्धिले उन्नतिको शिखर चुम्न सक्छ । 

त्यसैले अबको चिन्तन र काम राजनीतिक स्थयित्व र समृद्धिका लागि हुनुपर्छ । संघीय संविधानअनुसार निर्वाचन सम्पन्न भएको छ । अब राजनीतिक स्थिरता कायम गर्दै अघि बढ्न सरकार र सबै राजनीतिक दलहरू लाग्नुपर्छ ।  


[email protected]