13th December | 2018 | Thursday | 11:15:50 AM

आतुरभोज खाने अतुरता

राजन कार्की   POSTED ON : Thursday, 11 January, 2018 (3:32:29 PM)

आतुरभोज खाने अतुरता

यतिबेला सरकारमा भएको नेपाली कांग्रेसलाई राष्ट्रियसभादेखि विभिन्न संघसंस्थामा आफ्ना मान्छे भर्ती गर्ने आतुरता छ भने एमाले, माओवादीको वाम मोर्चालाई एकातिर पार्टी एकता र अर्कोतिर छिटोभन्दा छिटो राष्ट्रियसभा गठन भएर सत्तामा जाने आतुरताले गाँजेको छ । सर्वोच्च अदालतका प्रधानन्याायधीश गोपाल पराजुलीलाई यही मौका हो डा. गोविन्द केसीलाई ठेगान लगाउने र अदालत र अदालतका फैसलाहरूबारे कसैले पनि नबोलोस् भन्ने नजीर निर्माण गर्ने आतुरता देखिन्छ ।

सामाजिक सञ्जालहरूमा नेपालका अदालत, न्यायाधीश र प्रधानन्यायाधीशका विवादस्पद फैसला, उनका चारथान श्रीमतीदेखि अनेक प्रसंगहरू सार्वजनिक गर्ने आतुरता पनि देखिएको छ । र, डा.गोविन्द केसीको समर्थनमा सडकमा रवीन्द्र मिश्र, गगन थापादेखि डा. बाबुराम भट्टराईसम्म हामीलाई पनि मानहानीको मुद्दा लगाइयोस् भनेर सभा, जुलुस निकालिरहेका छन् । एकातिरको यो आतुरता छ र अर्कोतिर अदालतको, प्रधानन्यायाधीशको पक्षमा चुँइक्क चरोमुसो बोलेको छैन । अदालतलाई सफा, स्वच्छ र सुधार गर्ने बेला यही हो भनेर आमधारणा आतुरताका साथ प्रकट भइरहेका छन् ।

फुर्सद कसैलाई छैन, सबै आतुर देखिन्छन् । आतुरता यतिबेला नेपालको परिदृश्य बनेको छ ।

सन्यासी समाजमा ‘आतूर सन्यास’ को चलन छ । आफ्नो अन्तिम घडी आउन लाग्यो भनेपछि सन्यासीले ‘आतुर भोजन’ खान्छ अर्थात् आफ्नो पिण्ड आफै खान्छ । हामी व्यवस्थित गर्ने नाममा, लोकतन्त्र र लोकसंविधान कार्यान्वयनका नाममा जे गरिरहेका छौं, कतै त्यो आतुर सन्यास अर्थात आतुर भोरजुवा त होइन ¤ 

धेरै आतुरताका निर्णयहरू भइरहेका छन् । जनआन्दोलन समन गर्न पूर्वराजाले आतुर निर्णय गरे र राजतन्त्र खरानी भयो । सत्तामा पुगेका दलहरूले तत्काल हिन्दुराष्ट्रलाई धर्मनिरपेक्ष भनेर घोषणा गरे र २०७२ सालको संविधानमा त्यही कुरा लेखे । त्यो पनि आतुरता थियो । बिना जनबल, जनादेश गर्नै नहुने निर्णय थियो त्यो । आतुरतामै संघीयतामा गइयो, सात प्रदेशको चुनाव पनि भइसकेको छ, अव ती प्रदेशको न्वारानमा अर्को भयानक दृश्य देखिने छ । प्रदेश राजधानीमा आगो बल्न थालिसकेको छ भने नामकरणमा गा“डफत्ते पर्ने निश्चित नै छ । आतुरतामा गरेका निर्णय स्वाभाविक अवतरणमा पुग्दैनन् । त्यसैले त नेपाली समाजमा भनिन्छ– हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने ।

राजनीतिक वातावरण असामान्य छ । चुनाव भएर पनि स्थिरताका संकेतहरू सकारात्मक देखिँदैनन् । यसकारण प्रश्न उठेको हो– हामीले पनि ‘आतूर भोज’ खाने दिन आउन लागेको पो हो कि ¤

विप्लव र वैद्य विध्वंसको तयारी गर्दैछन् । मधेसमा भूमिगत सशस्त्र समूहहरू टाउको उठाउन थालेका छन् । मधेसवादी संवैधानिक दलहरू नै वहुराष्ट्रवाद, मधेस प्रदेश भनेर सिके राउतजस्ता विभाजनकारीलाई मलजल गरिरहेका छन् । एकातिर हिन्दुधर्म, हिन्दुराजा, अर्कोतिर संसदको विरोध र देश टुक्र्याउने तरवारहरू, यी समस्याहरू सम्बोधन गर्न सक्ने राजनीतिक शक्ति र राजनेता चाहिएको छ ।

शान्ति, समुन्नति र सुशासन, अझै टाढाको विषय छ । त्यसमाथि जनयुद्धकालीन मुद्दाहरूको संक्रमणकालीन न्याय हुने अवस्था पनि छैन । ६१ हजार २९८ उजुरीमा पीडकलाई दण्ड दिलाउने कुरा असम्भव बन्दै गएको छ र मिहिन तरिकाले अन्तर्राष्ट्रिय हस्तक्षेप बढ्न थालेको छ । भोलि के हुन्छ, यसै भन्न सकिन्न किनभने जो वाममोर्चा सत्तामा जा“दैछन्, उनीहरू न्याय सम्पादनप्रति इमानदार र प्रतिबद्ध देखिँदैनन् । आफूलाई दण्डित गर्न नसक्ने व्यक्ति राजनेता कसरी बन्न सक्ला र ? त्यसैले आउनोस्, अर्को विध्वंशअघि नै सबैले आतुर भोज खाऊ“ । 

‘हिमालको यति’ र ‘नेताको नैतिकता’ दुबै दुर्लभ छन् । संविधानसभाले संविधान बनायो, जारी ग¥यो, आम निर्वाचन पनि भयो, तैपनि स्थिरता आउन सकेन । संविधान नै कार्यान्वयन हुनसकेन । चुनाव हुनुमात्र संविधान कार्यान्वयन होइन, आमनागरिकले संविधान आत्मसात गरेकै छैनन् । हाम्रो देशको वर्तमान कालखण्ड कालै छ र बाइरोडको ओह्रालोमा खलासीले चलाएको गाडीजस्तै खतरनाक छ । हाम्रा राजनेताहरूले जनताको हित र राष्ट्रको स्वाधीनता आलुभन्दा सस्तो बनाए ।

लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धन दुबै खेमाका नेताहरू दुर्वासाभन्दा कम झोक्की स्वभावका छैनन् । स्वार्थमा धक्का लाग्यो कि ‘धम्कीको भाषा, एक–दोस्रालाई खुइल्याउने अभिव्यक्ति’ दिइहाल्ने यिनको कुलीन चरित्र हो ।

पाकिस्तानमा जिया उल हकले झुण्ड्याउन आदेश दिएपछि भुट्टोले आकाशतिर फर्केर ‘या खुदा, मै बेगुनाह हुु“’ भनेर चिच्याउ“दा कसैले नसुने झैँ ‘शान्ति, समानता र सुशासन’ भन्ने जनचित्कार कुनै नेता सुनिरहेको छैन । कालाजातिको हकका लागि मार्टिन लडे, नेपाली जातिलाई विभक्त गर्ने यी कस्ता माड लागेका नेता हुन् ? भाषणको फुलबुट्टा भर्ने कालिगडले काम गर्दैन, संविधानअनुसार चल्दैन, बुद्धले पुनर्जन्म पनि लिँदैनन् । बेलैमा आतुर भोज किन नखाने ?

शान्ति र सुशासन ठूला नेताको निरंकुशताको चिसो छि“ढीको कैदमा छन् । लोकतन्त्र अधिनायकवादको खेलौना हुनपुगेको छ । राष्ट्र विदेशी चलखेलको क्रिकेट मैदान बनेको छ । ठूला दलका नेताहरूले अरू कति नेपालीको रगत बगाएर ‘नया“ नेपाल’ निर्माण गर्ने हुन् ¤ त्यसैले मृत्युअघि ‘आतूर भोज’ खाउ“ ।

१९७५ मा सिक्किम भारतले खायो, सिक्किमेलीले आतुर भोज खान पाएनन् । संविधान जारी भयो, कार्यान्वयन हुन सकेन, चुनाव भएपछि कार्यान्वयन हुन्छ भन्छन्, चुनाव हुनुमात्र संविधान कार्यान्वयन हो कि संविधानप्रतिको प्रतिबद्धता र जनविश्वास पनि देखिनुपर्छ, दुई ध्रुवीय गठबन्धनलाई थाहा छैन । सबै गणतन्त्र भन्छन्, नया“ नेपाल भन्छन्, शान्तिको काकाकुल जनता के भन्छन्, कोही सुन्दैनन् । माटो छ“दै, माटोमा प्राण छ“दै, यही माटोको सुगन्ध सु“घेर आतुर भोज खाउ“m । किनकि हाम्रो भविष्य अनिश्चित छ ।

दिल्लीमा १२ बु“दे सहमतिपछि नागरिकता बेचियो, नागरिक बचाउन सकिएन । दिनदिनै सीमा मिचियो, देश बचाउन सकिएन । सीमामा गोविन्द गौतम मारिए, किन मारेको भनेर सोध्न सकिएन । सप्तरीका यादवलाई भारतले अपहरण गरेर लग्यो, त्यसको प्रतिवाद हुनसकेन । हिजो गएको कोशी, गण्डकी फर्किन्छ कि भनेको त, महाकाली गयो, अरुण, कर्णाली गयो, सेतीको मालिक अरूलाई नै बनाइयो । ‘लोकतन्त्र, लोकतान्त्रिक नेता र सरकार’ विदेशीको खुट्टा मिचेर शासन गर्छ । रक्षा कवच कमजोर बन्यो, राक्षसहरूको बिगबिगी बढ्नु स्वाभाविक हो । यिनै स्वाधीनता र सार्वभौमिकता खोकिरहन्छन् । कस्तो अचम्म ¤

नेपालीत्व खतरामा प¥यो । ग्रेटर नेपालबाट खुम्चिएर बा“की रहेको ५४ हजार वर्गमाइलको नेपाल पनि रहला, नरहला ¤ मेची–महाकाली पनि भन्न पाइएला नपाइएला ¤ सगरमाथा हाम्रो शिर भन्थ्यौं, टोपी हाम्रो गौरव भन्थ्यौं, संस्कृति–परम्परा–धर्म सुरक्षित भएन । स्वर्गजस्तो नेपाल भन्न पाइएला–नपाइएला ¤ नेपाली रहनसहन, शैली–संस्कार रहला नरहला ¤ राजनीति नांगिएपछि राष्ट्र परतन्त्रको जुत्तामुनि पुग्छ । राष्ट्रको स्वाधीनता कतिञ्जेल रहला ¤ नेपाली जातिको आजसम्म स्वतन्त्र पहिचान छ, स्वतन्त्र भएर आतुर भोज खाऊ“ । हाम्रो भविष्य संकटमा छ ।

सन् १९५९ मा आफ्नो भूमि त्यागेर र सम्पत्तिका साथ भागेका दलाई लामाले नेपालमा स्वतन्त्र तिब्बतको युद्धमोर्चा खोलिसके । फिलिपिन्समा रहेको अमेरिकी युद्धक विमानहरूको विश्रामस्थल र इन्धन आपूर्ति केन्द्र नेपालमा सार्ने भित्री योजना बन्दैछ । नेपाल पानी, पेट्रोलियम र युरेनियमको खनिज खानीका कारणले पनि सामरिक स्थल हो । नेपाललाई भूटानीकरण भन्दा पनि खतरनाक अन्तर्राष्ट्रियकरण गराइ“दैछ । चीन खुलेर पसेको छ, भारत खुलेर हस्तक्षेपमा उत्रेको छ । माटो भन्नेजतिलाई ‘प्रतिगामी’ को ठप्पा लगाइदिए पछि अर्को सुनामी किन चाहियो ¤ नेपाल हाम्रो देश भन्ने नेता को छ खोई ¤ त्यसैले आतुर भोज खाइहालौं ।

सबैले आतूर भोज खाउ“m । मीठो–मीठो खाऊ“, मेवा–मिष्टान्न खाऊ“ । के थाहा, को भन्नसक्छ भोलि के हुन्छ ¤ नया“ नेपाल बनाउनेले नेपाललाई भारत बनाउन सक्छन्, टुक्रा–टुक्रा पारेर बाइसे, चौबिसे पनि बनाउन सक्छन्, देश आधा भारत र आधा चीन पनि बन्न सक्छ, नेपाल विदेशी नया“ छाउनी पनि बन्न सक्छ । चौतर्फी अतिक्रमण रोक्न नसक्दा, हाम्रो गौरवको मजेत्रो पनि च्यातियो भनेर पश्चाताप गर्नुपर्ने हुनसक्छ । समय छ“दै आतुर भोज खाऊ“ ।

समस्यामा परेर सहनशक्ति समाप्त भएका, बदनामीको डर अथवा जीवनदेखि वाक्क भएका जापानीहरू आफूले आफ्नै पेटमा तरवार घोचेर ‘हाराकिरी’ गर्छन् । नेपालमा सत्ता, स्वार्थ र शक्तिको तरवारले निर्धनले तिरेको राजश्व र गरिबको गर्धन रेटिन्छ । भ्रष्ट र अनैतिक नेताहरू हाराकिरी गर्दैनन्, शोषणको सिकार जनता भइरहेका छन् । नेपाली कंश र औरंगजेवहरूको पूजा–आराधना गर्दागर्दै जनताको कति जुग बित्यो, जीवन बित्यो । राजतन्त्र र धर्म काट्ने त्यो तरवार राष्ट्रको गर्धनमाथि तेर्सिएको छ । देवकोटाले ६० वर्षअघि त्यसै लेखेनन्– प्रभूजी मलाई भेडो बनाऊ । पशु प्रवृत्तिको भीडमा मानिस भएर बा“च्न कठिन छ ।

थाइलैण्ड र मलेसियातिर सुनामी आउ“दा समुद्र किनारका बासिन्दा जीउज्यान बचाउन भागम्भाग गरेको दृश्य देखियो । जति जनालाई सुनामीले भेट्यो, तिनलाई क्रुरताका साथ लतारेर मा¥यो । वाममोर्चाले ‘सुनामी’ निर्माण गर्नसक्छन् । दशवर्षे जनयुद्ध काफी भयो बर्बादी हेर्नलाई, त्यो बर्बादीको अर्को शृंखला देख्नु नपरोस् भनेर आजै आतुर भोज खाऊ“ । 



Views: 52