25th May | 2018 | Friday | 9:23:37 PM

पार्टी एकता र सिद्धान्त

एमएल नेपाली   POSTED ON : Wednesday, 14 February, 2018 (9:13:36 AM)

पार्टी एकता र सिद्धान्त

फ्रान्समा सर्वहारा वर्गले सन् १८७१ मा ७२ दिन पेरिस कम्युनद्वारा सत्ता चलाए । सोभियत रुसमा सन् १९१७ को महान पहिलो समाजवादी क्रान्ति सम्पन्न भयो । चीनमा सन १९४९ को नयाँ जनवादी क्रान्ति भयो । नौलोजनवादी क्रान्ति सम्पन्नताको आधारमा थप समाजवादी क्रान्ति पूरा गर्न सन् १९६६ देखि १९७६ सम्म सर्वहारा सांस्कृतिक क्रान्ति चीनमा सम्पन भयो । यो समाजवादी आन्दोलनको महŒवपूर्ण पहल थियो । माओको नेतृत्वमा सन् १९४९ मा चीनमा नौलो जनवादी क्रान्ति पूरा गरिएको थियो । 

सन् १९४९ देखि १९५६ सम्म सर्वहारा वर्गको नेतृत्वमा चीनमा लामो पुँजीवादी क्रान्तिको समय पार गरेपछि माओले सन् १९५६ पछि समाजवादी क्रान्ति स्थापना गरे । यसले समाजवादी अर्थ व्यवस्था निर्माण ग¥यो । उत्पादनका साधनमाथि व्यक्तिगत स्वामित्व समाप्त भयो । त्यतिबेला चीनमा संशोधनवादी शक्ति लि शाओ ची लगायत केही व्यक्तिले जनवादी क्रान्तिपछि समाजमा द्वन्द्व स्थापना हँुदैन र वर्ग संघर्षको आवश्यकता पर्दैन भने तर माओले जनयुद्धपछि पनि क्रान्तिबाट पराजित वर्ग त्यहाँ रहिरहेको हुन्छ भने । त्यहाँ वर्ग संरचना समाप्त भइसकेको हुँदैन, उसले इलिट वर्गलाई उत्तेजित पारिहेको हुन्छ । 

त्यसैले समाजवादमा प्रतिक्रान्ति भइरहने सम्भवान रहन्छ । प्रतिक्रान्तिका चुनौती साम्यवाद नआउँदासम्म क्रान्ति वर्गलाई दिइरहेको हुन्छ । त्यसकारण क्रान्तिको निरन्तरता समाजवादी व्यवस्थामा पनि आवश्यक भइरहन्छ भने । सोभियत संघमा स्टालिनको मृत्युपछि दक्षिणपन्थी संशोधनवादी खु्रश्चेभ र ब्रेजेनेभले सत्ता कब्जा गरे । उनीहरूले वर्ग संघर्षको माक्र्सवादी दर्शनको सार्वभौम नियमलाई फेरेर समाज रूपान्तरण शान्तिपूर्ण सहअस्तित्व तरिकाले चल्ने बताए । शान्तिपूर्ण माध्यमले समाजका सबै कुरा बदल्न सकिन्छ भन्ने कुरा माक्र्सवादी दर्शन विरुद्धको विचार उनीहरूले दिए । 

यो संशोधनवादी धारले वर्ग संघर्ष र आम रूपान्तरणको द्वन्द्ववादी दृष्टिकोण बहिष्कार ग¥यो । त्यहीकारण सोभियत रुसमा पुँजीवादी राज्य व्यवस्था पुनस्र्थापित भयो । यो पँुजीवादले पुँजीवादी विश्व दृष्टिको निर्माण र प्र्रचार, व्यापक रूपमा ग¥यो । यो पुँजीवादी राज्य व्यवस्था व्यक्तिगत लाभ हानीमा चल्ने राजनीतिक पुँजीवादी व्यवस्था हो । पुँजीवादी अर्थ व्यवस्थाको अन्त्य समाजवादी अर्थ व्यवस्थाको निर्माणसँगै हुन्छ । पुँजीवादी व्यवस्थाको अन्त्य भए तापनि पुँजीवादी दृष्टिकोणको अन्त्य हुन लामो समय लाग्छ । त्यस्तो प्रतिक्रियावादी धारणाको अन्त्य गर्न मालेमावादको सर्वहारा वर्गको क्रान्तिकारी धार बोकेर वर्ग संघर्षको समाजवादी क्रान्तिमा अघि बढ्नुपर्छ ।

उत्पीडित वर्गलाई सत्तामा स्थान सुरक्षित गर्न राज्यको उपसंरचनामा स्थापित गर्नुपर्छ । अधिरचना (सपुर स्टकचर) पुरानै हुनाले नयाँ राज्य व्यवस्थाले समाजको आर्थिक आधार अनुरूपको आवश्यकता पूरा गर्न सक्दैन । पुरानो अधिरचनाको अंश सरकार सेना, राजनीतिक संरचना कला, संस्कृति, साहित्य, दर्शन, सामाजिक चेतना हो । त्यो संरचना आधारभूत रूपमा पिछडिएको हुन्छ । त्यो जनसर्मपित हँुदैन । क्रान्तिकारी समाजको आधार अनुरूपको अधिसंरचनाको निर्माण नभई समाज अघि बढेको अवस्थामा पनि त्यो राजनीतिक संरचना पछाडि फर्कन्छ । त्यहाँ प्रतिगमनको अवस्थाको स्वरूप आउँछ । 

यही अवस्थाले गर्दा सोभियत संघ पनि पुरानो प्रतिक्रियावादी अधिसंरचनामा फर्कियो । यहीकारण त्यहाँ पुँजीवादको पुनः संरचनामा फर्किएकाले माओले वर्ग संघर्ष समाजवादी समाजमा पनि निरन्तर चलिरहन्छ भनेका हुन् । यही अवस्थाको सिर्जनाले प्रतिगामी पुँजीवादी व्यवस्था पुनस्र्थापना हुने दुई लाइन संघर्ष पार्टीमा जन्म भयो । यसले चीनमा व्यापकरूपमा वर्ग संघर्ष चर्कायो । जसले यसबाट सांस्कृतिक क्रान्तिलाई जन्म दियो ।

समाजवादी उत्पादन प्रणालीअनुसार समाजवादी राजनीतिक प्रणाली हुन्छ । जसले सामाजिक, सांस्कृतिक तथा शैक्षिक अवस्थाका स्वरूपहरूलाई आफ्नो विचार धाराअनुसार नै विश्व दृष्टिकोण बनाउँदै जान्छ । यसले समाजवादी क्रान्तिको अधिसंरचना निर्माण गर्नुपर्ने कुरा ठान्छ । यही आधारमा माओले सर्वहारा सांस्कृतिक क्रान्ति सुरु गरे । सन् १९५३ मा स्टालिनको मृत्यपछि सोभियत रुस सामाजिक साम्राज्यवादमा पतन भइसकेको थियो । आफ्नो सैनिक बलद्वारा आप्mनो इच्छाअनुसार कम्युनिष्ट नामका सरकार सत्ता पूर्वी युरोप र एसियाका अफगानिस्तान लगायतका देशमा स्थापना भएका थिए । तिनीहरू कम्युनिष्टको बदनाम गर्ने सरकार निर्माण गर्ने गर्दथे । सोभियत संघको संशोधनवादी शक्तिशाली व्यक्ति खु्रश्चेभ र ब्रेझेनेभको सच्चा कम्युनिष्ट क्रान्तिविरोधी नेतृत्वले यसो गरेको थियो । यसबाट चीनका दक्षिणपन्थी प्रतिक्रियावादी गुटका लि शाओ चीहरू खुब खुशी भए । 

अर्कोतर्फ माओले समाजवादपछि पनि सर्वहारावर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्ति अगाडि बढाउने विचारबाट क्रान्ति अगाडि बढाए । सोभियत संघका संशोधनवादी खु्रश्चेभले समाजवादमा वर्गसंघर्ष पनि अनिवार्य हुन्छ भन्ने माक्र्सवादी सोचलाई आक्रमण गरे । जसले चीनमा सर्वहारावर्गको अधिनायकत्वमा समाजवादको निर्माणमा बाधा दिने भूमिका खेल्यो । चिनियाँ दक्षिणपन्थी संशोधनवादी शक्तिलाई थप शक्ति दियो । तर, यिनै पुँजीवादी पुनस्र्थापनाको संशोधनवादी धारका विरुद्ध माओले सर्वहारा वर्गको सांस्कृतिक क्रान्ति सुरु गरे । यो संसारमा सांस्कृतिक क्रान्तिकारी आन्दोलनले ठूलो उथलपुथल ल्यायो ।

नेपालमा अहिले एमाले माओवादी केन्द्रको कम्युनिष्ट पार्टी एकताको धार बाहिर आएको छ । यो पार्टीएकताको अवस्थाले एक किसिमले अन्यौल सृजना भएको देखाउँछ । त्यसको विषयमा अब माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र यो पार्टीका शीर्ष नेताहरूले कम्युनिष्ट एकताबारे गम्भीर भएर सोच्न जरुरी छ । एमालेभित्रै गुटहरूको अस्वस्थ प्रतिस्पर्धा छ । केपी ओली आफ्नो गुटको हितका विरुद्धमा एक अंश पनि तलमाथि गर्न तथा लचिलो बन्न तयार छैनन् । अष्टलक्ष्मी शाक्य नेपाली कम्युनिष्ट आन्दोलनको एउटा संगठित पार्टीको वरिष्ठ महिला क्रान्तिक्रारी र जुझारू व्यक्तित्व हुन् । अहिले उनलाई मुख्यमन्त्री बनाउन एमाले पार्टीले निर्णय गरेको भए ठूलो न्याय हुने थियो । यहाँ शाक्यको व्यक्तित्व, प्रतिभा, त्यागले मुख्यमन्त्री बन्न काम गरेन । उनी फरक गुटको हुन् भनेर परिभाषित भई अयोग्य सावित बनाएर सत्ताशक्ति ग्रहण गर्नबाट उनलाई पराजित भएको देखाइयो । यस्तो निर्मम गुटगत स्वार्थबाट पल्लवित, त्यही गुट स्वार्थबाट राजनीतिक स्कुलिङ एमालेमा छ ।

त्यसैले एमालेको नेतृत्व पंक्तिले जनयुद्धको युगान्तकारी परिवर्तन, माओवादीको त्याग र बलिदानको तथा मालेमावादको वैचारिक लाइनलाई मान्दैन र माओवादीहरूले पनि उनीहरूको यो विचार स्वीकार्ने प्रश्न रहँदैन । हामी माक्र्सवाद लेनिनवाद मात्रै मान्छाँै, हामीलाई महाधिवेशनसम्म पार्टी अध्यक्ष प्रचण्डलाई देऊ तथा देशको प्रधानमन्त्री केपीलाई चलाउन देऊभन्दा पनि एमालेले अध्यक्ष तथा प्रधानमन्त्री दुवैमा केपी हुनुपर्ने अडान लिएर बसेको देखिन्छ । एमालेबाट अहिलेसम्म पार्टी एकतामा न्यायपूर्ण र सकारात्मक पहल भएको अवस्था छैन । एमालेले माओवादीलाई थकाउने, गलाउने र त्यही प्रहार गर्दै अन्यायपूर्ण असमान पार्टी एकता गर्न झुकाउने चालमा रहेको यथार्थ हो । 

यो स्वाभिमानको छनौटको अवस्थामा अब माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो अटल त्याग, अडान, साहस र महान मालेमावादको क्रान्तिकारी विचारबाट स्खलित हुने होइन । अध्यक्ष प्रचण्डबाट आफ्नो सिंगो पार्टीलाई तथाकथित वाम एकताको नाममा एमालेमा विलय गर्दै माओवादीको अस्तित्वको नामो निशान खतम हुने अवस्था बनाउँदै गइरहेको नदेखियोस् भन्छौँ हामी । नेपाली क्रान्तिका नायक प्रचण्डले अब पराजित, कायर र निरासाको मानसिकता बोकेर एमालेसँग पार्टी एकता गर्ने होइन । उनले केही गुमाउनु छैन, आफ्नो नेतृत्वमा एउटा युद्धको कोर्ष पूरा भइसक्यो । अब थप बाँकी क्रान्तिको कार्यभार पूरा गर्ने मात्र हो, त्यो क्रान्तिकारी विचारसहित । प्रचण्डले मालेमावादको दर्शनबाट नेपाली क्रान्तिलाई माओले भनेजस्तै निरन्तर वर्ग संघर्षलाई चलाएमान बनाई क्रान्तिको नेतृत्व गरिरहने हो । त्यही क्रान्ति एक विजयमा टुंगिन्छ ।

प्रचण्डको विश्लेषणमा एमालेले माओवादीसँग पार्टी एकता गरे अलि छिटो समाजवादी क्रान्तिको आधार निर्माण गर्न सकिन्छ भन्ने होला । एमालेसँग पार्टी एकता हुन नसकेमा एमाले अगाडि बढ्दैन, ऊ पहिलेजस्तै संसदीय पुँजीवादी धारमा सीमित रहने मात्र हो । सारमा एमालेको राजनीतिक धार जनताको बहुदलीय जनवाद नै हो । यसको अर्थ जसरी पनि संसदीय व्यवस्थालाई मान्ने, यसको भरणपोषण गर्ने, यसैमा रमाउने पार्टीको दार्शनिक लाइन हो । एमालेको वैचारिक धार भनेको पँुजीवादी समाजको सेवा गर्ने राजनीतिक सोचभन्दा माथि नजाने भन्ने वैचारिक सीमा हो । वैज्ञानिक समाजवाद वर्गविहीन समाज, राज्यको विलोपीकरण भएको साम्यवादी राजनीतिक दर्शन एमालेको छैन र होइन पनि । एमालेको राजनीतिक दर्शनिक सीमा उदारवादी लोकतन्त्र र पँुजीवाद नै हो । 

यो अवस्थामा अब प्रचण्डले आफू सकिएर भए पनि क्रान्तिको नयाँ मोडेलबाट वैज्ञानिक समाजवादी क्रान्ति आफ्नो पहलमा पूरा गर्छु भन्ने हो र त्यो गर्नुपर्छ । प्रचण्डको मालेमावादको क्रान्तिकारी कार्यनीतिक लाइनमा आएर एमाले एकतामा जाने त्यो वस्तुगत आधार बनिसकेको छैन । शान्तिपूर्ण तरिकाले संसारमा कही पनि क्रान्ति सफल भएको छैन । यी संसद्वादी यथास्थितिवादी धारको एकताले प्रचण्डको सपना पूरा हँुदैन । नेता प्रचण्डको हिजोको व्यक्तित्व हामी सधैँ जीवित राख्न चाहन्छौँ । उनी हामीजस्ता दलित, गरीब, सर्वहारा वर्गको मुक्तिदाता बनिरहन र विचलित नहुन् भन्ने चाहना हामीमा छ । हामी उनमा माओजस्तै अमर बनिरहने विचार र व्यवहार खोजिरहेछौँ ।

पार्टी एकताले क्रान्तिका ताकतलाई नकरात्मक सोचतिर नजाओस् भन्ने हाम्रो चाहना हो । निरन्तर छलाङ, क्रमभंगता, महाविपत्तिको समाना गर्ने हैसियत भएका असीम त्याग र बलिदानीपूर्ण भाव बोकेका व्यक्तिका रूपमा हामी उनलाई हेर्न चाहन्छौँ । जनताको सवालमा अडान बोकेका नेता पनि हुन् क. प्रचण्ड । हामी उनीबाट त्यही सम्मानपूर्ण तरिकाले एमालेसँग पार्टी एकता होस् र आफ्नो आत्मसम्मान नगुमोस् भन्ने आह्वान गर्छाै ।