18th September | 2018 | Tuesday | 8:59:19 PM

राजनीतिमुक्त शिक्षा, भ्रष्टाचारमुक्त शासन

स्वयम्भुनाथ कार्की   POSTED ON : Monday, 12 March, 2018 (4:16:53 PM) Views: 0

राजनीतिमुक्त शिक्षा, भ्रष्टाचारमुक्त शासन


रत्नाकरको दुर्दान्त डाकाबाट ऋषि वाल्मीकिमा कायाकल्प भयो । यो सर्वाधिक दिने गरिएको उदाहरण हो तर जादुले छुमन्तर गरेजस्तो वा बिजुलीको स्विच दबाएजस्तो निमेषमै यो कायाकल्प भएको थिएन । लोकोक्तिअनुसार रत्नाकरले ‘राम’ पनि भन्न सकेनन् अनि त्यसको उल्टो ‘मरा’ मन्त्र लगातार जपेर कायाकल्प प्रक्रियामा पसे । लामो समयपछि जब कुनै बेलाको दुर्दान्त डाका, हत्यारालाई व्यधाले चरा मारेको देख्दा पनि करुणा जाग्ने भयो । उनी व्याधालाई ‘मा निषाध ....’ भनेर श्राप दिन पुगे तब वाल्मीकिमा रूपान्तरण भए । 

चक्रवर्ती सम्राट अशोकको निमित्त बहादुरी, सौर्य आदिको परिभाषा नै बदलियो । कलिं युद्धको भीषण नरसंहारले विजयको स्वाद नै फिक्का पा¥यो । उनी रगतको खोला तरेर पाएको विजयभन्दा शान्तिको ज्यादा महŒव देख्न थाले । फलतः मौर्य साम्राज्यको निमित्त कलिं युद्ध नै अन्तिम युद्ध भयो । सम्राट स्वयं बौद्धमत प्रचारकर भए । आज उनैले लुम्बिनीमा ठड्याएको ‘अशोक स्तम्भ’ का प्रमाणले नेपालीले ‘बुद्ध नेपालमा जन्मेका’ भन्न पाएका छौँ । तरबारका महारथी सम्राट अशोक बौद्धमतका ठूला अनुयायी भए तर यो पनि तुरन्त भएन आचार्य उपगुप्तका चेला बनेर प्रक्रिया पूरा गर्नैप¥यो ।

नरभक्षीका सिकारी जिम कोरबेट अर्थात् एडवर्ड जेम्स करबेट वन्यजन्तु संरक्षक बनेको कथा पनि छुमन्तर भएको छैन । वर्तमानमा उनलाई उनको सिकारको रोमाञ्चक वर्णनका किताबले चिनाएका छैनन् । उनलाई पहिले आफूले सिकार गर्ने गरेका बाघ, चितुवा आदिको संरक्षण गर्ने कामले चिनाएको छ । जीम कारबेटका नामका अभयारण्यहरूले ज्यादा राम्रोसँग चिनाएको छ तर यो उनको सम्पूर्ण रूपान्तरण भने होइन किनभने उनले नरभक्षीबाहेक अरू जनावरलाई मारेनन् । कुनै इलाकालाई नरभक्षीको आतंकबाट मुक्त गर्न उनलाई बोलाइन्थ्यो । तैपनि बाघ चितुवाका सिकारी त्यही बाघ चितुवाको संरक्षक बन्नु एक प्रकारको रूपान्तरण नै हो ।

ज्यादाजसो हिजोको आफू या आफ्नो आस्थाका व्यक्ति बदलिएको हुनसक्ने कुराको उदाहरणको निमित्त पेश गर्ने गरिएका यी केही प्रमुख नामहरू हुन् । यहाँ यसको उल्लेख गर्नुको प्रायोजन के हो भने यस्ता रूपान्तरण या कायाकल्पहरू हिँड्दाहिँड्दै ठेस लागेर बाटो बदलेजस्तो गरेर हुँदैनन् । हो, बदलिने सोच भने कुनै एक पल, एक घटना वा एक अनुभव आदिले हुनसक्छ तर त्यो कायाकल्पको प्रक्रिया सुरु भएपछि फिर्ता हुने बाटो हुँदैन । कमलकोटीले प्वालभित्र हालेर थुनिसकेपछि त्यसको लार्भा कमलकोटीमा कायाकल्प भएर नै निस्कन्छ अथवा त्यही समाप्त हुन्छ । यही नै रूपान्तरण हो भने कि रूपान्तरण हुनुप¥यो कि समाप्त हुनुप¥यो । प्रचण्ड वाणीजस्तो जंगबहादुर पनि हुने बुद्ध पनि हुने गफ हुनुभएन ।

भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने गफभैmँ लाग्ने नारा धेरै भयो तर कसैले कल्पना पनि गर्न नसक्ने रकमका भ्रष्टाचार भएका कुराहरू धमाधम बाहिर आउँदैछन् । भ्रष्टाचार रोक्न भनेर जनताको पैसाबाट उठेको राजस्वबाट पालिएकाहरूले नै भ्रष्टाचार गर्ने गरेका भेटिएका छन् । त्यस्ताहरू कुनै न कुनै दलका भ्रातृसंगठनका सदस्य भएको कुरा लुकाइएका पनि छैनन् । वाम गठबन्धन भनिने चौधानी (केवल मोटा र मसिना छुट्याए सबै जातका धान मिसिएकालाई चौधानी भनिन्छ) सरकारमा सामेलमध्ये नै कति त यस्तैमा लिप्त छन् तर तिनीहरू कानुनको छिद्रबाट भाग्न तिनीहरू सफल छन् । त्यसैले यो गफभैmँ लाग्ने नारा हो, मात्र नाराको निमित्त दिएको नारा हो भन्न धक मान्नुपर्दैन ।

तीसौं वर्ष हुनलाग्दा पनि मेलाम्ची अभैm सपना नै किन भइरहेको छ ? जवाफ त राजाको प्रत्यक्ष शासनमा गठित र सर्वोच्चको असंवैधानिक भन्ने पैmसलाकोे विघटित शाही आयोगले नै दिएको थियो । मेलाम्चीको लहरोले गर्जाएकोे पहराले राजालाई नै पाखा लगायो । भन्न कुनै आवश्यकता छैन कि त्यसबेला कारवाही कसकसमाथि चलेको थियो र यी भ्रष्टाचारी होइनन् भनेर कूटनीतिक मर्यादाभन्दा बाहिर गएर कुनकुन विदेशी संस्था धुरा पसेका थिए । को–को यो करिब तीस वर्षे कालखण्डमा खलासीदेखि धनपति भएका छन्, त्यो पनि कुनै प्रकट व्यवसाय नहँुदा पनि । यस्ता धनपतिहरू मुलुक हाँक्ने कुनकुन नेताका नजिक छन् ? नमिलेमा मिलाउन नेतालाई आपैmसँग भात खुवाउँदै सल्लाह गर्ने वातावरण तयार गर्छन् । यो भनिरहनु नपर्ला ।

भ्रष्टाचारमा सजाय भुक्तान गरेका हरेक नेता किन अभैm कार्यकर्ता तथा पार्टीका निमित्त महŒवपूर्ण छन् । अनि केको नैतिक बलमा समाजमा उपस्थिति देखाउँछन् ? स्पष्ट छ त्यो भ्रष्टाचार उनीहरूले आफ्ना व्यक्तिगत लाभको निमित्त होइन पार्टी र उच्चनेताको निमित्त गरेका थिए । भन्नै पर्दैन भ्रष्टाचारको रकम पार्टी र शीर्षनेताको हुन्छ । हो केपी ओली लाभको जीवन बाँच्दैछन् त्यसैले योबेला केही राम्रो गरौं भन्ने सोच हुनसक्छ तर न सरकार न पार्टी केपी ओलीको हो । झर्भmराउँदो बैंस बोकेका उदिएमानहरू जताततै छन् । जीवनको उत्तरार्धमा अभैm त्याग तपस्याको बर्को ओडेर प्रतीक्षारतहरू धेरै छन् । 

यो केवल केपी र उनको पार्टीको मात्र कुरा होइन । सन्त नेता भनिने किशुनजी आफ्नै चेलाहरूको महŒवाकांक्षा पूरा गर्न नसक्ने भएपछि कुना लगाइए । एक निर्वाचनमा प्रतिपक्षमा भएलगत्तै आपैmँले चुनेका नेताका विरुद्ध कांग्रेसीहरूको प्रहार बुभ्mन कठिन छैन । त्यसै पनि ‘जोगी बन्न राजनीति गरिएको होइन’ भन्ने भनाइ अब औपचारिकरूपमा नै आउँदैछ । सिंहदरबारको अधिकार आएको भनिएको स्थानीय तहमा कुनै कुरा आपूर्ति गर्ने व्यापारीलाई सोध्नुपर्छ । दश रूपैयाँको सामानको बिल पारित गर्न पन्ध्र रूपैयाँ कमिसन दिनु परेको गुनासो पाइन्छ । सुविधा मागेर जनप्रतिनिधि आन्दोलन गर्न थालेका छन् । यस्तोमा भ्रष्टाचारमुक्त शासन ठट्टा होइन । ठट्टा गर्नु पनि हुँदैन, यदि शासन आपैmँ भ्रष्टाचारमा चुर्लुम्म डुबेको छैन भने बिना विलम्ब गरेर देखाउने हो, नारा दिने होइन ।

कुनै कालखण्डमा सरकारी तलब खाएर शिक्षा दिने काम दिइएका शिक्षकहरूले पढाउने काम कम र राजनीतिक कार्यकर्ता उत्पादन गर्ने काम ज्यादा गरे । कलिला बालबालिकाको दिमागमा शिक्षाको साटो तात्कालीन व्यवस्थाको विरोध र कुनै पार्टीप्रति आस्था ज्यादा पैmलाए । निम्नमाध्यमिक विद्यालयबाटै राजनीति सुरु गरेर अहिले त्यही त्याग तपस्याको आधारमा प्रदेशको मन्त्री भएकाले यो कुरा भनेकाले पत्याउन करै लाग्छ । त्यसै पनि उनी राजनीति गर्ने शिक्षकहरूकै प्रयत्नबाट निर्वाचित हुन सफल भएका हुन् । तर अहिले उनलाई तŒवज्ञान भएको छ शिक्षकले राजनीति गर्नुहुँदैन । कम्तीमा पनि माध्यामिक तहसम्म विद्यार्थी पनि राजनीतिमुक्त हुनपर्छ ।

कुरो उनको तŒवज्ञान सही वा गलतको होइन, कुरा उनको डरको हो । जुन चेतनाको प्रचारप्रसारले युगान्तकारी परिवर्तन भएको उनी मान्छन् त्यसको विपरीत आउनेले त्यो बाटो प्रयोग गर्न नपाऊन् भन्ने चाहन्छन् उनी । यो कुरा लुकाएका पनि छैनन् । उनको समझमा अब मुलुकमा थप राजनीतिक चेतनाको आवश्यकता छैन । अब सबैले आर्थिक विकास गर्नुपर्छ र उनीजस्ता राजनीतिक प्राणीलाई पाल्नुपर्छ । नेपालमा अब थप चेतनाको आवश्यकता छैन, पुरानो कुरा बदलिएपछि अब केही बदल्न आवश्यक छैन भन्ने तर्कले शिक्षक र विद्यार्थी राजनीतिमा बन्देज गर्न खोजिएको भए त्यो ठीक होइन । तर, विद्यालय राजनीतिमुक्त हुनुपर्छ भन्ने कुरा भने गलत होइन । त्यसैले यो ठट्टा पनि होइन र ठट्टामा सीमित पनि हुनुहँदैन ।

चाहे रत्नाकरको वाल्मीकिमा रूपान्तरण होस् वा सम्राट अशोकको बौद्ध दीक्षा प्रदान सबैमा परिवर्तन देखिएको छ । आफूले पहिल गरेको काम गलत थियो भन्ने मान्यता छ, आफ्नो त्यो कर्मको पश्चाताप छ । वाल्मीकिले आफूले रत्नाकर भएर गरेको कामलाई त्योबेलाको आवश्यकता थियो त्यसैले सही थियो भनेका छैनन् । सम्राट अशोकले आफ्ना बाजेले जोडेको र आफूले उचाइमा पु¥याएको मौर्य साम्राज्य नै समाप्त हुन दिए तर पहिले आफूले गरेको काम सही हो भन्ने तर्क गरेनन् । अशोकपछि केही दशकमा नै त्यो शक्तिशाली मौर्य साम्राज्य समाप्त भयो ।

राजनीतिमुक्त शिक्षा र भ्रष्टाचारमुक्त शासन कुनै दिवास्वप्न होइन, असम्भव चिन्तन पनि होइन । यो सरल र तुरन्त हुनसक्ने कुरा हो यदि इच्छाशक्ति भयो भने । जनतालाई मूर्ख बनाउन, काम गर्दैछौँ भनेर देखाउन मात्र यो नारा हो भने योभन्दा ठूलो भ्रष्ट आचरण अरू के हुन सक्छ ?