18th September | 2018 | Tuesday | 9:30:45 PM

कस्ता नेता महान नेता !

  POSTED ON : Tuesday, 13 March, 2018 (3:23:48 PM) Views: 0

कस्ता नेता महान नेता !

कालिदासबहादुर राउत क्षत्री

राजनीतिको उच्च तहमा पुगेका व्यक्तिलाई नेता, राजनेता, महान नेता भनेको सुनिन्छ । ‘जसको नीति उसैको नेतृत्व’ भन्ने सर्वमान्य सिद्धान्तमा ‘नेता’ भनेर सम्बोधन गर्ने गरिन्छ । जसको पारित नीतिबाट राजनीति र अर्थनीति चलिरहेको हुन्छ, वास्तवमा ऊ नेताको मर्यादामा रहेको हुन्छ । वर्तमान परिदृश्यमा नेपालको सन्दर्भमा यी नेताहरू चुनावी नेता हुन् । उनीहरूले आगामी चुनावमा जसरी पनि विजयी हुने एकमात्र लक्ष्य उनीहरूको हुन्छ ।  

चुनावका बेला अनेक सपना बाँडेर, मतदातालाई मख्ख पारेर, ‘थ्री एम’ मनी, मसल र मास परिचालन हुने गरेको छ । त्यस्तो चरित्रका नेता चुनावका मौसमी नेता हुन् । त्यस्ता कसैलाई पनि राजनेता वा महाननेता भन्न सकिँदैन । आफैँले आफैँलाई वा चाटुकारहरूले स्वार्थका कारणले ‘नेता’ भनेका मात्रै हुन् । त्यस्ता नेतालाई नमस्कार टक्र्याउनेको घुइँचो हुन्छ । 

सामान्यतयाः नमस्कार श्रद्धा वा स्वार्थबाट गरिएको हुन्छ । कुनै काम लिनु छ भने स्वार्थवश नमस्कार गर्ने गरिएको हुन्छ । खासगरी अफिसहरूमा काम लिएर जानेहरूले पहिले नमस्कार गर्छन् । कर्मचारीले पनि नमस्कार नगरुन्जेल हेर्दैन, सोध्दैन पनि । श्रद्धाले गरिने नमस्कार चाहिँ आफ्ना मान्यजन वा गुणकारी व्यक्तिलाई निःस्वार्थ हुन्छ । नेपालका नेताहरू नमस्कारको आशामा हुन्छन् । राणाकालीन हजुरीया चाकरी प्रथाले नेपाली सँस्कृतिलाई गाँज्न थालेको छ । 

एउटा सञ्चारमाध्यममा उल्लेख भएअनुसार कामको मूल्यांकन नगरी नेता, राजनेता, महान नेतालगायतका पगरी गुथाइदिने सन्दर्भमा सिंगापुरमा परिभाषा खोज्ने कोसिस भएछ । खासमा केकस्ता गुण र शैलीले नेता, राजनेता, महान नेता हुन्छ भन्ने जिज्ञासाको समाधानका क्रममा ‘वल्र्ड इकोनोमिक फोरम’ का संस्थापक तथा अध्यक्ष क्लाउस स्वाव र लिक्वान यु स्कुल अफ पब्लिक पोलिसी सिंगापुरका डिन किशोर महबुवनीले ‘प्रोजेक्ट सिन्डिकेट’ मा एक मन्थन गरेका थिए । क्लाउसले पाँचवटा प्रमुख तŒवहरू हृदय, मष्तिष्क, वलिष्ठ शरीर, तन्तु र आत्मालाई जोड दिएका थिए । किशोरले करुणा, कठिनाइ र साहसलाई महŒव दिएका थिए । यी दुवै चिन्तकले ‘हृदय’ लाई बढी महŒव दिएको देखिन्छ । हृदयका कारण महात्मा गान्धी र नेल्सन मण्डेला ‘महान नेता’ कहलिए । जनताको अवस्थाप्रति उनीहरूको सहानुभूति नजागेको भए उनीहरूलाई महान सफलता मिल्ने थिएन । उनीहरूको हृदयमा उब्जिएको मानवीय भावनाले अन्याय, अत्याचार, शोषण उत्पीडन खेपिरहेका जनताको पक्षमा लड्ने साहस पैदा गरायो । यस्ता महान नेताहरू सामान्यकाल र परिस्थितिमा उदय हुने सम्भावना रहँदैन । 

क्यानेडियाली प्रधानमन्त्री जस्टिन ट्युंक जो एक युवा नेता हुन्, उनले त्यहाँ ठूलो आशा जगाएका थिए । त्यस्ता उत्पीडित जनतालाई सहयोग गर्ने उनको प्रतिबद्धताकै कारण निर्वाचनमा उनले विजयश्री पाए । नेपालको सन्दर्भमा केपी ओलीले अप्ठ्यारोमा लिएको अडान र प्रतिबद्धताका कारण निर्वाचनमा हौसलापूर्ण विजय हासिल गरे । माओवादी पार्टीलाई एमालेमै समाहित गरेर इतिहास रचे । यिनका समकालीन नेताहरू होचा भए ।

संरचना जटिल र तीव्ररूपमा परिवर्तन भइरहेका छन् । त्यसैले स्मार्ट निर्णय गर्नसक्नुपर्छ । ग्रहण गरिएका ज्ञान, सूचनाहरूलाई अवस्थाअनुसार परिवर्तन गर्ने क्षमता हुनुपर्छ । समकालीन केही नेताले त्यस्तो क्षमता प्रदर्शन गरिरहे । दृष्टान्तका निम्ति भारत र चीनको लगातार आर्थिक वृद्धिको तीव्र विकासले के दर्शाउँछ भने चीनका राष्ट्रपति सी चीन फिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले व्रmमशः चौथो औद्योगिक क्रान्तिले ल्याएका अवसर र चुनौतीलाई राम्ररी मनन गरे । यिनले जटिल अवस्थामा पनि नयाँ उद्योगको विकास र विज्ञान प्रविधिमार्फत् मात्र आर्थिक उन्नति सम्भव छ भन्ने महसुस गरे । नयाँ प्रविधिको चुस्त प्रयोगले गरीबी हटाउन मद्दत गरिरहेछ । सो ‘आधार’ आबद्ध भई विद्युतीय परिचयपत्र भएका एक अर्बभन्दा बढी भारतीयले प्रशासनिक झन्झटबिना सामाजिक सुरक्षाको फाइदा लिएका छन् । 

स्मार्ट फोन प्रयोग गर्ने एक अर्बभन्दा बढी चिनियाँले सबै प्रकारका उपभोक्ताका निम्ति आवश्यक उत्पादनमा मोबाइलबाट भुक्तानी गर्न सक्छन् । जसले उनीहरूको जीवनशैलीलाई सहज बनाइदिएको छ । भारत र चीनमा सबैले भरोसा गर्ने प्राविधिक प्रगति भइरहेको छ । ती मुलुकमा आशावादीहरू बढिरहेका छन् । पीड रिसर्च सेन्टरका अनुसार ८७ प्रतिशत मानिस आफ्नो देशको वर्तमान आर्थिक अवस्थाप्रति सन्तुष्ट र सकारात्मक छन् । ८२ प्रतिशत चिनियाँ अहिले आफूले भोगिरहेको भन्दा उन्नत स्तरको जीवनशैली छोराछोरीको पालोमा हुने ठान्छन् । त्यस्तै ८३ प्रतिशत भारतीय मुलुकको आर्थिक अवस्थाप्रति सकारात्मक सोच्छन् । ७६ प्रतिशत भारतीय आफ्ना बालबच्चाको जीवन सुखद् हुने विश्वासमा छन् । 

जर्मन चान्सलर एन्जेला मार्केलले दशलाख शरणार्थीलाई स्विकारेर एउटा साहसी–शक्तिशाली उदाहरण प्रस्तुत गरिन् । आफ्नै पार्टीबाट असहयोगले एन्जेलाको राजनीतिक अवसान भयो भन्दै गरेको बेला उनको साहसले समकालीन विश्वको एक शक्तिशाली नेताको रूपमा उनी गणना भएकी छन् । यस्तै साहस इन्डोनेसिययाका राष्ट्रपति जेको जोकोवीले आफ्नो शान्त शैलीले अतिवादी विरुद्ध कदम चाले । मर्केलकै जस्तै जोकोवीले अतिवादीहरू विरुद्धको लडाइँ जारी राखे । यतिसम्म कि उनले अतिवादी समूह हिज्व–अत–ताहदिरलाई प्रतिबन्ध लगाए । निश्चय पनि ‘साहस’ मार्फत सकारात्मक परिवर्तन ल्याउन मसल चाहिन्छ । प्रभाव र तत्काल काम फत्ते गर्नसक्ने अधिकार आवश्यक पर्छ । नेताहरूमा राजनीतिक वास्तविकता बुझ्ने चतु¥याइँ चाहिन्छ । त्यस्तो चतु¥याइँले आयरल्याण्डको राजनीतिक प्रणालीमा आमूल परिवर्तन ल्याएको थियो । 

त्यहाँ धेरै परम्परावादी मानिने आयरल्याण्डका भारतीयमूलका समलिंगी पुरुष लियो भारदकर प्रधानमन्त्री बनेका थिए । ‘महाननेता’ बन्न विभिन्न गुणको जरुरत पर्छ भन्ने पोप फ्रान्सिसले पनि बताएका छन् । तदनुरूप चतु¥याइँ, साहस, नैतिकता, बौद्धिकताको गुणका कारण पोपले संसारभर रोमन क्याथोलिक चर्चप्रतिको धारणा र अवस्थामा परिवर्तन ल्याउने प्रयास गरेका थिए । पोप फ्रान्सिसले चर्चभित्रको परम्परागत घेरा तोडिदिए । यतिसम्म कि गतवर्ष ल्याटिन अमेरिकी मुलुकहरूमा ‘जिका भाइरस’ संक्रमण बढेपछि पोप फ्रान्सिसले महिलालाई गर्भाधानका लागि कृत्रिम प्रक्रिया अपनाउन सुझाव दिएर त्यस्तो धर्मभिरु समाजमा साहस प्रदर्शन गरेका थिए । 

नेपालको सन्दर्भमा आर्थिक समृद्धिको जनचाहनालाई मूर्तरूप दिने साहसी प्रमुख कार्यकारी चाहिएकामा यसपटक जनमतद्वारा सही पात्र केपी ओलीलाई चुनिएका छन् । दशकौंदेखि सधैँ विकासका नारामात्र लागे तर जनतालाई प्रत्यक्ष अनुभूति हुने गरी जनचाहना साकार भएनन् । नेपालको विकासको बाधक अस्थिर सरकारको ठाउँमा यसपटक चाहिँ जनताले स्थिर सरकार निर्माण गरेका छन् । संघीय सरकारदेखि प्रदेश सरकार हुँदै स्थानीय सरकारसम्म विकासप्रेमी वाम गठबन्धनकै सरकार भएकाले जनतामा अभूतपूर्व हौसला जागेको छ । प्रधानमन्त्रीले पनि यो पाँचवर्ष ‘पाइलापाइलामा विकास’ भन्ने उद्घोष गरेका छन् । 

विश्व अर्थतन्त्रले सकारात्मक मोड लिँदै गरेको परिप्रेक्ष्यमा नेपालमा यो आवधिक पाँच वर्ष आर्थिक समृद्धिमा क्रान्तिकारी परिवर्तन आउने विश्लेषकहरूको निस्कर्ष छ । पछिल्ला दिनमा मौलाएको वित्तीय पुँजीवादभन्दा फरक ढंगबाट अगाडि बढ्नुपर्छ भन्ने विश्लेषकहरूको निष्कर्ष छ । किनभने वित्तीय पुँजीवादले सकारात्मक अर्थतन्त्र र राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दैन भन्ने विगतको अनुभवका आधारमा अनुत्पादक आर्थिक व्ययभार कटौती गर्दै उत्पादनमूलक अर्थतन्त्र निर्माण गरेमात्रै जनताले उनीहरूलाई जननेता, महान नेता स्वीकार्ने छन् ।