22nd July | 2018 | Sunday | 2:46:36 AM

ऊर्जा विकास : समृद्धिको आधार

श्रीमननारायण   POSTED ON : Friday, 06 April, 2018 (6:13:42 PM)

ऊर्जा विकास : समृद्धिको आधार

प्रधानमन्त्री केपी शर्मा ओली यसै साता दक्षिण छिमेकी राष्ट्र भारतको भ्रमणमा जा“दै छन् । उनको भारत भ्रमणको अवधिमा द्विपक्षीय हितका विभिन्न विषयमा छलफल हुनसक्छ । त्यसमध्ये एउटा महŒवपूर्ण विषय नेपालको ऊर्जा क्षेत्रको विकास पनि हुनेछ । हुन पनि नेपालको आर्थिक विकासको निम्ति र यसको समृद्धिको निम्ति जलस्रोतको विकास हुनु आवश्यक छ । 

गरिबी एवं बिजुलीको खपतबीच गहिरो सम्बन्ध छ । जुन ठाउ“मा बिजुलीको खपत बढी हुन्छ, त्यहा“ गरिबी अन्त्य हुने अवस्थामा पुगिसकेको हुन्छ तर जहा“ बिजुलीको अभाव हुन्छ त्यहा“ गरिबीको अभावको अ“ध्यारो व्याप्त रहेको मानिन्छ । हाम्रो देश विकासको मामिलामा पछाडि पर्नुको एउटा ठूलो कारण देशमा विद्युत्को संकट हुनु पनि हो । विगत केही समयदेखि देशको विद्युत् वितरण प्रणालीमा अप्रत्याशित ढंगले सुधार भइरहेको छ । 

हालै सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनअनुसार आगामी १२ वर्षपछि नेपालले १३ हजार मेगावाट विद्युत्को निर्यात गर्न सक्नेछ । यसका साथै सन् २०४५ सम्म बिजुली बेचेर प्रतिवर्ष १० खर्ब ६९ रुपैया“ कमाउन सक्नेछ । यस अध्ययनले हाम्रो सरकारलाई यस दिशामा गम्भीर भएर लाग्न प्रेरित गर्नेछ । दृढ इच्छाशक्ति, विकासप्रति प्रतिबद्धता एवं स्पष्ट दृष्टिकोण भएमा यो अध्ययन प्रतिवेदनले मूर्तरूप पनि लिन सक्दछ । 

नेपाललाई सन् २०२२ सम्म विकासशील मुलुकमा स्तरोन्नति हुन करिब सय अर्ब डलर आवश्यक देखिन्छ । त्यसमा देशभित्रकै लगानी पर्याप्त हु“दैन । त्यसैले विदेशी लगानी भिœयाउनुको विकल्प छैन । नेपालका निम्ति ऊर्जा, पर्यटन, जडिबुटी तथा तराई क्षेत्रमा कृषि एवं उद्योगमा वैदेशिक लगानी भिœयाउन सकिन्छ । सबैभन्दा बढी प्राथमिकता ऊर्जा क्षेत्रले पाउनुपर्ने हो । नेपालमा विद्युत् उत्पादन सुरु भएको १०४ वर्ष बितिसक्दा पनि माग अनुसारको उत्पादन हुन सकिरहेको छैन । यसको प्रमुख कारण अहिलेसम्मका सरकारहरूले जलविद्युत् आयोजना निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन नसक्नु हो । 

मुलुकभर मागको तुलनामा झन्डै त्यसको आधा हिस्सा विद्युत् मात्रै उत्पादन हुन सकेको छ । पछिल्ला समयका सरकारहरूले विभिन्न ठूला–साना आयोजनाको निर्माण अगाडि बढाउने प्रयास गरेका भए पनि त्यसमा इमानदारी कम र प्रचारमुखी मानसिक बढी हावी भएको देखियो । देशका कतिपय राजनीतिक दलले आप्mना कार्यकर्तालाई उचालेर विद्युत् आयोजनाको निर्माण कार्यलाई बाधा पु¥याउँदै आएका छन् । 

यसैगरी विद्युत् माफियाको चलखेलका कारण पनि विद्युत्को मामिलामा अपेक्षित प्रगति हुन नसकेको हो । विभिन्न राजनीतिक दल र समूहको नाममा अवरोध गर्ने, बार्गेनिङ गर्ने र लाभ लिने गलत प्रवृत्तिका कारण विगतमा कतिपय विद्युत् आयोजना पूरा नै हुन सकेनन् । वैदेशिक लगानी भिœयाउन होस् अथवा वैदेशिक लगानीमा सञ्चालित आयोजनाहरू निर्विघ्न रूपमा सम्पन्न गराउन होस् यसका निम्ति उपयुक्त वातावरण तयार हुनु आवश्यक छ । अनावश्यक विरोध प्रदर्शनका कारण निर्माणको समयावधि लम्बिँदै जान्छ । फलस्वरूप लागतमा पनि त्यति नै वृद्धि हु“दै जान्छ । त्यसको भार अन्ततः उपभोक्तामै पर्नेछ । माओवादीको दशवर्षे सशस्त्र संघर्ष र अहिले पनि केही साना वामपन्थी दलको विरोध, राजनीतिक अस्थिरता एवं सुरक्षाको अभाव लगायतका कारणले वैदेशिक लगानीकर्ताहरू नेपालमा लगानी गर्न उत्साहित भइरहेका छैनन् । 


नेपाल जलस्रोतको मामिलामा विश्वको दोस्रो ठूलो राष्ट्र हो । जलस्रोतको सदुपयोग गर्न सकियो भने नेपाल आर्थिक मामिलामा धन–कुबेर पनि साबित हुनसक्छ तर यसका निम्ति दृढ इच्छाशक्ति चाहिन्छ । देशमा विकास भएको हेर्न नचाहने, जनतालाई सधैँ गरीब एवं बेरोजगार बनाएर राख्ने तथा त्यसबाट राजनीतिक लाभ लिन खोज्ने कतिपय राजनीतिक दलका नेता तथा विभिन्न स्वार्थ समूहको अवाञ्छित क्रियाकलापका कारण आयोजना निर्माण कार्य समयमै पूरा हुन सकेका हु“दैनन् । आयोजना निर्माणमा अनावश्यक प्रश्न तेस्र्याएर अवरोध गर्ने व्यक्ति, समूह तथा प्रवृत्तिलाई निरुत्साहित गरिनु आवश्यक छ । 

झोलामा विद्युत् उत्पादनको इजाजतपत्र लिएर हिँड्ने दर्जनौं निर्माण कम्पनीले आपूmले केही गर्न नसक्ने र अरूलाई पनि केही गर्न नदिने प्रण नै गरेको देखिन्छ । नेपालमा जलस्रोतको विकासको कुरा हु“दा यसलाई राष्ट्रको स्वाभिमानजस्तो संवेदनशील विषयस“ग जोडेर तुलना गर्ने गरिन्छ तर यस्ता विकास विरोधी तŒवहरू देशी–विदेशीको षड्यन्त्रको गोटी बनेका हुन्छन् । पानीमा बिजुली मात्रै आउ“दैन । पानीमा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जाको विकासका माध्यमबाट देशको समग्र विकास नै जोडिन पुगेको हुन्छ । तसर्थ विकासको मामिलामा संवेदनशील हुन आवश्यक छ । 

भारतलाई बिजुली निर्यात गर्नसक्ने सामथ्र्य भएर पनि उल्टै हामीले आयात गरिराख्नुपर्ने अवस्था छ । भारतस“गको द्विपक्षीय व्यापारमा भइरहेको व्यापार घाटा कम गर्नमा पनि ऊर्जाको विकास हुनु आवश्यक छ । नेपालमा विद्युत् ऊर्जा विकासमा भारतलाई उपयोगी साझेदार बनाउन सक्नुपर्दछ । सहमति, सम्झौतामा राष्ट्रिय हितको रक्षा र जगेर्ना गर्ने काम राज्यले गर्नेछ । हामीले हाम्रो सरकारमाथि विश्वास गर्नुपर्दछ । द्विपक्षीय हितको आधारमा र त्यसमा पनि नेपाललाई बढी लाभ हुने खालका सम्झौता गरेर देशको जलस्रोतको व्यापक दोहन गर्न सक्नुपर्दछ । 

हाल भारतबाट आयात भइरहेको बिजुलीका कारण राजधानी काठमाडौंसहित उपत्यका र देशका विभिन्न भागलाई लोडसेडिङमुक्त बनाउनमा सफलता मिलेको छ । स्वदेशी ऊर्जा निर्माण कम्पनीहरूले यसमा महŒवपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । अध्ययन प्रतिवेदनअनुसार सन् २०२५ पछि नेपालले भारतमा बिजुली निर्यात सुरु गर्नेछ । अमेरिकी सहयोग नियोगको आर्थिक सहयोगमा दक्षिण एसियाली क्षेत्रीय ऊर्जा एकीकरण पहल कार्यक्रमअन्तर्गत इराडे नामक संस्थाले गतवर्ष आफ्नो प्रतिवेदन सार्वजनिक गरेको थियो । 

उक्त अध्ययन प्रतिवेदनअनुसार सन् २०४५ सम्ममा नेपालबाट भारतमा बिजुली निर्यात दोब्बर हुनेछ । भारतलाई बिजुली बिक्री गरी नेपालले सन् २०३० मा ३ खर्ब १० अर्ब रुपैया“ कमाउनेछ । सन् २०४५ मा यो कमाइ बढेर १० खर्ब ६९ रुपैया“ पुग्ने अध्ययनले देखाएको छ । यो कमाइ नेपालको कुल गार्हस्थ उत्पादनको ५–६ प्रतिशत हुनेछ । सन् २०३०–२०४५ मा बिजुलीको सीमान्त प्रतियुनिट ४ रुपैया“ ७९ पैसादेखि ९ रुपैया“ ३१ पैसासम्म हुने अनुमान छ । 

नेपाल र भारतबीचको अन्तरदेशीय विद्युत् व्यापार सम्भावना र त्यसले व्यापारमा पार्ने असर तथा नेपाल र भारतबीचको विद्युत् व्यापारबाट हुने आर्थिक लाभसम्बन्धी विश्लेषणात्मक प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल र भारतबीचको बढ्दो ऊर्जा व्यापारले गर्दा सन् २०४५ सम्म नेपालको कुल गार्हस्थ उत्पादन १३१ खर्ब रुपैया“ पुग्न सक्नेछ । यो हालको जिडिपीभन्दा पाँच गुना बढी हुनेछ । दुई मुलुकको बिजुलीको व्यापारले नेपालको प्रतिव्यक्ति विद्युत् खपतमा पनि वृद्धि हुनेछ । विद्युत्को प्रतिव्यक्ति खपत बढ्ने बित्तिकै मानिसको जीवनस्तरमा पनि सुधार आउने र यसले मानव विकास सूचकांकमा पनि सकारात्मक असर पार्नेछ । 

एसिया विश्वमा तीव्र गतिमा आर्थिक उन्नति गरिरहेको क्षेत्र भए पनि यहा“ विश्वासिलो ऊर्जा पूर्वाधारको अभाव रहेको विश्लेषण अन्तर्राष्ट्रिय क्षेत्रका ऊर्जाविज्ञहरूको रहेको छ । भारतले कोइलाबाट उत्पादन हुने विद्युत्को सट्टा नेपालबाट निर्यात हुने जलविद्युत् प्रयोग गरी आप्mनो कार्बन उत्सर्जनमा कमी ल्याउन सक्नेछ । तसर्थ भारतका निम्ति नेपालबाट उत्पादित बिजुलीको महŒव छ । 

साढे तीन वर्षअघि नेपाल भ्रमणमा आउ“दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हाल भारतले नेपालको अ“ध्यारो कम गर्नमा मद्दत गर्ने तर भविष्यमा नेपालको बिजुलीले भारतको उत्तरी क्षेत्रलाई उज्यालो बनाउने विश्वास व्यक्त गरेका थिए । भारतस“ग भएको विद्युत विकास सम्झौतापछि भारतले विद्युत् प्रसारण लाइनको निर्माणलाई तीव्रता दिएको छ । हिउ“दमा भारतले नेपाललाई बिजुली निर्यात गर्ने र वर्षायाममा अब नेपालबाट पनि बिजुली भारतमा निर्यात गर्न सम्भव हुनसक्नेछ । नेपालमा उत्पादित बिजुलीको सर्वाधिक बिक्री र खपत भारतमा नै हुनेछ । 

नेपालमा आएर बिजुलीको उत्पादन जसले गरे पनि त्यसको बजार भनेको भारत नै हो । नेपालको बृहत्तर हितलाई ध्यानमा राखी नेपाल र भारत दुवैले मिलेर नेपालको ऊर्जा क्षेत्रको विकासमा काम गरे दुवै देशको हित हुनेछ । नेपाल विद्युत्को ठूलो उत्पादनकर्ता र भारत ठूलो खरिदकर्ता साबित हुनसक्दछ । नया“ अध्ययनले हाम्रो उत्साहलाई बढाएको छ । वर्तमान सरकारको प्रयास एवं प्रतिबद्धतालाई निरन्तरता दिनुपर्छ तथा विकास निर्माण कार्यमा राजनीति हुनुहु“दैन ।

प्रधानमन्त्री ओलीको भारत भ्रमणको बेला पञ्चेश्वर बहुउद्देश्यीय योजनाको कार्यान्वयनको सम्बन्धमा ठोस सहमति हुने सम्भावना छ । त्यसैगरी दुवै देशका प्रधानमन्त्रीले माथिल्लो कर्णाली तथा अरुण तेस्रो जलविद्युत् परियोजनाको शिलान्यास पनि गर्ने सम्भावना छ । यसले नेपालको ऊर्जा क्षेत्रमा ठूलो मदत गर्नेछ ।