21st September | 2018 | Friday | 12:32:27 PM

खुइलिएको वसन्त

विश्व सिग्देल   POSTED ON : Saturday, 14 April, 2018 (3:25:24 PM)

खुइलिएको वसन्त


वसन्त मुखैमा छ । छिमेकीका घर अगाडिका बाँसमा ठड्याइएका ध्वजाहरू हावामा फर्फराइ रहेका छन् । छिनछिनमा उर्खमाउलो गर्मीले भिजेका अनुहारभरि वसन्त आगमन सूचक ताता बालुवा थप्पड हान्छन् । छारोले भरिएका आँखा माड्दै उनी सेक्टर एफको हट नम्बर ११ भित्र पस्छन् अनि निस्कन्छन् एक आङ्खोरा पानी लिएर । एकै सासमा उनी आङ्खोरा रित्याउँछन् । अनि सोच्दछन् उता किरानमा अहिले त हिउँ परेको होला । आँखा अगाडि उनको भुटानको किरानको घर आउँछ । घर अगाडिको बारी अनि लहलह धान झुल्ने खेत आउँछन् । उनी अर्थात् वेदनिधि अधिकारी, दमक–१ बेलडाँगीका शरणार्थी शिविरमा आफ्नो गुमेको स्वर्ग कल्पँदै आफ्ना लामा पट्याइलाग्दा दिनहरू काट्दै छन् ।

उनको किरानमा छ एकड बारी थियो । मौसमअनुसार बारीमा कोदो, मकै, आलु फल्थे । नेपालीको कर्मै दुःखी जता गए पनि उही त हो खेतीपाती, घर, गोठ भएको दुई एकड खेतमा भने गहुँ, धान बाली हुन्थ्यो र पाँचजनाको परिवार दुःखजिलो गर्दै पेट पाल्दै थिए । मेलापर्वका लागि नेपालीमूलका आफ्नै दाजुभाइ थिए र चाडपर्व, मेलापात, मर्दापर्दा, वरिपरि झुरूप्प आफ्नै दाजुभाइ जम्मा हुन्थे । जीवन आनन्दले कट्दै थियो । 

अचानक प्रजातन्त्रको गुण स्वतन्त्रका युग भनी कहलिएको एक्काइसौँ शताब्दीमा राजा जिग्मेले निरकुंशता थोपरेर नेपाली पढाइ मासे, डुक्पाकै लुगा लगाउनुपर्ने नियम ल्याए । जनगणनाको निहुँ बनाई पितापुर्खादेखि बस्दै आएकालाई लखेट्ने प्रपञ्च रच्न थाले । न्याय माग्ने भट्टाभट जेल पर्न थाले । छोरी चेलीले आफ्नो इज्जत भन्न पाएनन् । सिंगो देशनै आतंकित भयो । नेपाली भाषीहरू रातको निद न दिनको भोकमा परे । तब बिस्तारै विद्रोहको आगो सल्कन थाल्यो र त्यो विद्रोहको आगोमा उनको सर्वश्व स्वाहा भयो । उनी लखेटिए, दाम्लाको वस्तुभाउ खेतबारीका बालीसमेत छाडेर । 

उनको परिवार रातारात भारत कटेर नेपाल आइपुग्यो । १७÷२० वर्षमा उनले जीवनका अनेकौं कुरूप पाटाहरू देखे । देश नहुनुुको पीडा सँगसँगै आफ्ना सन्तानको भविष्यको चिन्ताले उनी रातभर निदाउन सक्दैनथे । शरणार्थी शिविरको भीडभाड हल्लाखल्ला, रोग, भोक, अनि शोकको कोलाजमा उनी निसासिन्थे । बिस्तारै यी सबै कुराको उनलाई बानी पर्दै गयो । ‘केही चोटले ज्ञानी हुन्छ, धेरै चोटले बानी हुन्छ ..’ भन्ने गीतको मर्म बल्ल उनले बुझे ।

विश्वका आँखा भुटानी शरणर्थी समस्यामा केन्द्रित भएपछि हामीहरू भुटान छिर्न तम्सियौँ र अब त हामीलाई अन्याय गर्न ठाडै नसक्ला नि भनी आँट ग¥यौँ । तर, भारतले मेची पुल तर्नै दिएन । भारतको रवैयाप्रति उनी आक्रोशित हुन्छन् । आउँदा आफ्नै गाडीमा कोचीकोची नेपाल ल्याइदिने भारत किन हामीलाई आफ्नो देश छिर्न दिँदैन । आखिर उसको के स्वार्थ छ ? उनको प्रश्न अनुत्तरित छ । बरा ¤ उनलाई के थाहा अदृश्य हातहरूले भुटान चलाई रहेको कुरा । भुटानी नागरिकको प्रमाणीकरणका नाटकमा पनि उनी सहभागी भए । अन्योल, हतास अनि यथास्थितिको सिकार उनीजस्ता कैंयनका अगाडि तेस्रो मुलुकमा पुनः स्थापना गर्ने समाचारले केही आशाको सञ्चार गरिदियो ।

‘पुस्तौंपुस्ता अगाडिदेखि बसिआएको ठाँउबाट त खेदिनुप¥यो भने त्यो अमेरिकाबाट पनि खेदिहाल्छ नि ¤’ एक समूह शरणार्थी शिविरमा तेस्रो मुुलुकमा नजाने पक्षमा छन् । ताप्केबाट फुत्किदा भुंग्रोमा त परिने होइन भन्ने सोचाइमा रहेका बेला उनका छाप्रा वरिपरिका छाप्राहरू क्रमशः खाली हुन थाले । उनकी दिदी अनि भान्जाभान्जी पनि अमेरिका उडे । उनको मन एक तमासको भयो । दिदीको अमेरिकाको हाल बुझ्दा उनलाई अलिक आँट आयो । 

शरणार्थी लानुमा अमेरिकाको स्वार्थ छ छैन भन्ने कुरामा उनी विश्लेषण गर्छन् । उनी आउने जानेलाई सुनाउँछन् ‘मैले पनि सुरुमा त जाने सोच बनाएको थिइनँ । कराइबाट झरेर भुंग्रोमा पो परिने हो कि भन्ने लाग्थ्यो तर यहाँ बसेर के गर्नु र ¤ नेपालको हालत पनि यस्तै छ । आफू नगइदिए छोराछोरी जान पाउन्नन् । यहाँ न नागरिकता छ न खेतीपाती । शिविरमा २० वर्ष त अरूले खुवाए, अब कति खुवाउलान् । एकदिन खुरुक्क पन्छिदिए भने ¤

 भर्मन (भर्मोन्ट) जाने, दिदीहरू पनि त्यहीं हुनुहुन्छ ।

पहिले गएका आफन्तको ठाउँ पहिलानै फर्म भर्दा खुलाउनुपर्ने रहेछ । त्यतै पठाइदिँदो रहेछ, पछिका आफन्तलाई पनि । यसो भन्दै फरासिला स्वभावका वेदनिधि आफ्नो अमेरिकाको तयारीको पेटारो फुकाउँछन् । उनले उताका लागि लुगाफाटा, भाँडाकुँडा किनिसकेका छन् । अब उनको प्रि–ओरेन्टेसन, प्रि–मेडिकलमात्र बाँकी छन् । टिवी केसलाई नलाने रहेछ । तीन दिन खकार चेक ग¥यो । अब लानुभन्दा अगाडि फेरि प्रिमेडिकल चेक गर्छ अनि मात्र लान्छ । 

नेपाली जिब्रो न प¥यो उनले मःम बनाएर खानलाई भाँडा किनेका छन् । बडाबाबुका छोराले उनलाई अमेरिका आउँदा कुकर त्यतैबाट किनेर लिएर आउनु भनेका छन् । त्यताको (अमेरिकाको) कुकर काम लाग्दैन भन्दै थिए हामीलाई मज्जाले गलाएर खानुपर्छ र पो हो कि ¤ जतिवटा फाइल छ त्यति कुकर ल्याओ भने उनले । उनको परिवारको चारवटा फाइल छन् । आफ्नो र श्रीमतीको एउटा जेठो छोरो, कान्छो छोरो माइला छोरा र बुहारीको एकएक गरी चारवटा फाइल बनेका छन् । त्यसैले उनी चारवटै कुकर लाने सुरमा छन् ।

उनी ट्यांकाबाट अमेरिका लान पाइने र नपाइने चिजहरूको लिस्ट झिक्छन् । खुकुरी, माछामासु, सिन्दुर, गुन्द्रुक लान नपाइने रहेछ । जता गए पनि गुन्द्रुक र ढिँँडो त नेपालीको प्यारो खाना नै हो । जे होस् गुन्द्रुक त उतै बनाउन सकिन्छ । उता सबै सागसब्जी पाइन्छन् रे । स्कुसको तरुल, तामा, रायोको साग, मुला पाइन्छन् तर सिलाजी र बिखमा पाइन्न रे कसरी हुन्छ ती चिज चाहिँ ल्याउनू भनेका छन् आफन्तले । लान त दिँदैन तर लुकाएर लाने तरिका हजार छन् । भेट्यो भने पनि थपक्क निकाली दिन्छ रे, यो लान पाइन्न भन्छ रे । यस्तैयस्तै तयारीका कुराहरू खेलाएर उनका दिनहरू बित्छन् अचेल । 

तेस्रो मुलुकमा लान थालेपछि शिविरका केटाहरू पढ्नमा मन गर्न छाडेको उनले पाएका छन् । सम्झाउँदा यताको पढाइ काम लाग्दैन काका भन्नेहरूलाई उनी सक्दो बुझाउँछन् पढाइको महŒव । उनको जेठो छोरो १५ कक्षा पास छ, कान्छा र माइलाले १२ पास गरेका छन् । नेपालीले शिक्षाको महŒव नबुझेरै त हुन पछि परेका । उनी आफ्नो विगत सम्झन्छन् । आफूले चार कक्षा पढ्दापढ्दै छोडेको सम्झेर थक्कथक्क मान्छन् । 

मलाई त त्यति दुःख हुँदैन बोल्नलाई अलिअलि सक्छु सामान किन्नओर्न सक्छु अम्रिकामा । उता गएर पनि ‘टेर्निङ’ गराउने रहेछ ¤ सकिन्छ हो लागी परेपछि । मेरी श्रीमतीलाई भने गाह्रो होला । उनलाई कहिलेकहीं श्रीमतीको चिन्ताले सताउँछ । के आइमाई के लोग्ने मान्छे सबैले पढ्नुपर्ने रहेछ भन्ने बल्ल उनले राम्ररी बुझेका छन् । 

अमेरिकासम्बन्धी अनेकौं मिथकबाट उनी अछूता छैनन् । हाम्रा शिक्षित युवाहरूको अमेरिकासम्बन्धी धारणा र उनका धारणा उस्तै छन् । उनले सुनेको अमेरिका त घरिघरि उनलाई नै विश्वास नलाग्ने रहेछ । अमेरिकामा पैसाको खानीनै छ । कतै कोही गरीब छैनन्, तत्कालै काम पाइन्छ र मालामाला भइन्छ भन्ने सपनाबाट उनी पनि मुक्त छैनन् । उनी स्वप्निल हुँदै भन्छन् 

‘गाडी त उता हामीले यहाँ साइकल किनेजस्तो रे ।’

यतै शरणार्थी शिविरबाट अमेरिका गएका काकाले, डेढ वर्षमा यताको १६ लाख कमाउनु भयो भन्ने सुन्दा उनको अमेरिकासम्बन्धी धारण अझ बलियो भएको छ । त्यसो त अमेरिकामा गएका शरणार्थीले दुःख पाएको पनि उनले सुनेका छन् । हालसालै उता गएका शरणार्थी झुण्डिएर मरेको घटना पनि पत्रिकामा उनले पढेकै हुन् । दुःख नपरी मानिस आत्महत्या गर्दैन । सोचेजस्तो नभएकाले झनै दुःख पाएकाले नै त उसले आत्महत्या ग¥यो होला ¤ 

कर्मवादीबाट आफूलाई पूरै भाग्यवादीमा ढाले र उनले पाँच वर्ष बिताएर पाइने ग्रिनकार्डको सपनामा मग्न छन् । मान्छे आशाका ढोकाहरू बन्द भएपछि, भाग्यको ढोका कुर्दछ तर भाग्य वसन्तजस्तै हुन्छ शिविरको । चारैतिर फुंग उडेका बिना लिपपोत भुटानको किनारमा छोडी आएको घरजस्तै । हावाहुरीले मटमैलो भएको साँझजस्तै । कहाँ हुन्छ र सबैतिर उस्तै आकर्षकजस्तै रंगीन वसन्त ¤


(पंक्तिकारले केही वर्षअगाडि वसन्तमा भेटेका वेदनिधि अधिकारी हाल अमेरिकाको भर्मोन्टमा छन् ।)


Views: 0