18th August | 2018 | Saturday | 12:39:51 PM

इन्धन आपूर्ति र भण्डारण

  POSTED ON : Sunday, 06 May, 2018 (6:42:12 PM)

इन्धन आपूर्ति र भण्डारण

नेपालमा इन्धन भण्डारण क्षमता वृद्धि गर्ने सरकारको योजना कहिले कार्यान्वयन हुने हो थाहा छैन । हालको १७ दिनका लागि पुग्ने भण्डारण क्षमता ९० दिन विस्तार गरी १०७ दिनका लागि पु¥याउने भनिएको थियो । २०७२ को नाकाबन्दी खुलेपछि सहज आपूर्ति भएका कारण क्षमता विस्तारमा ध्यान कम भएको हुन सक्छ । भारतमा ५० दिन, चीनमा १३५ दिन, इजरायलमा २७० दिन, दक्षिण कोरियामा २४० दिन, जापानमा १३७ दिन, अमेरिकामा १२० दिन, स्विट्जरल्याण्डमा ९० दिन, थाइल्याण्डमा ७० दिन र फ्रान्समा ५५ दिन इन्धन भण्डारण क्षमता रहेको देखिन्छ । नेपालले पनि इन्धन भण्डारण क्षमता र आपूर्ति अवस्थामा सुधार ल्याउन अत्यन्त आवश्यक देखिन्छ । 

कैयन वर्ष बित्दा पनि घोषणाअनुसारको काम सुरु पनि भएको देखिँदैन । नेपाल आयम निगमले थप ९० दिनलाई पुग्ने गरी सात प्रदेशमा भण्डारण क्षमता विस्तार गर्ने गरी योजना अगाडि बढाएको छ । हालसम्म निगमसँग काठमाडौं, अमलेखगञ्ज, विराटनगर, जनकपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र दीपायलका भण्डारण गृह गरेर ७१ हजार ६०२ किलोलिटर भण्डारण गर्ने क्षमता छ । काठमाडौं उपत्यकामा दैनिक पेट्रोल साढे तीनसय किलोलिटर र डिजेल साढे चार लाख किलोलिटर खपत हुन्छ । निगमसँग हाल इन्धन ७१ हजार किलोलिटर भण्डारण क्षमतामध्ये पेट्रोल ५ हजार १८४ डिजेल ४२ हजार ४०० र हवाई इन्धन ८ हजार ४०० किलोलिटर भण्डारण क्षमता छ । न्यून क्षमता भएका कारण कुनै वर्ष लामो समय इन्धन आपूर्तिमा अवरोध भए देशले ठूलो संकट भोग्नुपर्ने छ । विगतको पनि यस्तो अनुभव छ । कुनै समय उपभोक्ताले प्रतिलिटर रु. एक सयको पेट्रोललाई सातसयसम्म तिर्नु परेको थियो । 

२०७४ माघमा निकालिएको विवरणअनुसार निगमको वार्षिक घाटा ५० प्रतिशतले घटेर साढे नौ अर्ब रुपैयाँमा सिमित भएको देखिन्छ । पाँच वर्ष घाटामा रहेको निगमले पछिल्ला दुई वर्ष लगातार उच्च नाफा आर्जन गरेको छ । बाहृय बजारमा कच्चा तेलको मूल्यमा आएको वृद्धिले गत वर्ष २०७३÷७४ मा मुनाफा ५० प्रतिशतले घटेको भनिएको छ । उक्त वर्ष गत २०७३÷७४ मा नाफा ९ अर्ब ४५ करोड रुपैयाँमा सिमित भएको भनिएको छ । आर्थिक वर्ष २०७१÷७२ मा १५ अर्ब चार करोड र २०७२÷७३ मा १९ अर्ब ३६ करोड नाफा भएको बताइए पनि बेला निगम ऋणमा थियो । 

स्मरणीय छ, बाहृय बजारमा इन्धनको मूल्य बढेको भनेर यहाँ लगातार मूल्य बढाइएको छ । बाहृय बजारमा इन्धनको मूल्य क्रमशः बढ्दै गएकाले नाफामा केही कम देखिएको बताइन्छ । भनिन्छ, यही क्रममा बाहृय बजारमा कच्चा तेलको मूल्य बढ्दै गए चालु वर्ष २०७४÷७५ मा निगम नोक्सानमा जानेछ । डलर पनि बलियो भएकोले निगमको नाफामा पनि कम भएको बताइन्छ । गत वर्ष अर्थात सन् २०१७ मा कच्चा तेलको मूल्य प्रतिब्यारेल ५० देखि ५५ अमेरिकी डलर थियो । २०७४ माघ ३ मा कच्चा तेलको मूल्य बाहृय बजारमा प्रतिब्यारेल ६९.१५ अमेरिकी डलरमा कारोबार भएको निगमको भनाइ छ । अब आगामी दिनमा अझ बढेर ८० डलर प्रतिब्यारेल पुग्ने प्रक्षेपण गरिएको छ । 

भनिन्छ कि बाहृय बजारमा इन्धन मूल्य बढ्दा स्वचालित मूल्य प्रणालीअनुसार नेपालमा पनि मूल्य बढ्छ । बाहृय बजारमा इन्धनको मूल्य बढेअनुसार नेपालमा इन्धनको मूल्यमा अद्यावधिक समायोजन नहुँदा निगमको घाटा बढ्दै जान्छ । चुनाव वा अरू वा सत्तामा रहेका राजनीतिक दललाई असर पर्ने आन्तरिक कारणले नेपालमा इन्धनको मूल्य पूर्णरूपमा बाहृय बजारअनुसार समायोजन हुँदैन । 

बाहृय बजारमा इन्धनको मूल्य घटेमा त्यसै अनुपातमा नेपालमा मूल्य घट्दैन । आइओसीले जनवरी १६, सन् २०१८ मा पठाएको नयाँ मूल्यअनुसार पाक्षिक घाटा १९ करोड रुपैयाँ रहेको निगमको भनाइ छ । बाहृय बजारअनुसार मूल्य नेपालमा समायोजन गर्न नसकेपछि २०५९÷६० देखि घाटामा गएको निगमले ऋण लिई इन्धन आपूर्ति गरेको थियो । त्यसयता निगम निरन्तर घाटामा भएको बताइन्छ । २०६५÷६६ सालमा भने निगमको नाफा ३ अर्ब ११ करोड रुपैयाँ थियो । २०७२÷७३ र २०७३÷७४ उच्च नाफामा गएको बताइन्छ । २०६७÷६८ देखि २०७१÷७२ सम्म निगम घाटामा रहृयो भनिन्छ । यसरी निगम स्थापनाकालदेखि नै अधिकांश वर्ष घाटामा गएको देखिन्छ । निगमलाई नाफामा ल्याउन अतिरिक्त कार्यक्रम ल्याइएन । बरु निगमलाई घाटामै चल्न बाध्य गराइयो । 

निगमभित्रका अपारदर्शीता र ट्यांकरमा हुने चुहावट, बाहृय बजारअनुसार इन्धनको मूल्य समायोजन नहुने, निगम धेरैजसो वर्ष घाटामा गए पनि कर्र्मचारीलाई बोनस दिने खान्दानी परम्परा आदिले निगम निरन्तररूपमा घाटामा गएको देखिन्छ । मूल्य बढाउने बहानामा भारत र नेपालको सीमामा भएको मूल्य अन्तरले बजार गडबड भएका कारण पनि मूल्य नबढाएको धेरै समय भएमा नेपालमा इन्धनको मूल्य बढाइने परम्परा जस्तो देखिन्छ । 

फलस्वरूप निगमले आपूर्ति सहज बनाउन बेलाबेलामा सरकारसहित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकआदिसँग ऋण लिँदै आएको छ । भनिन्छ, २०७१ असोज १३ देखि इन्धनमा स्वचालित मूल्य प्रणाली कायम गरेकाले निगमको नाफा बढ्दै गएको छ । एक वर्ष नाफा देखाइन्छ त फेरि पाँच वर्षजसो घाटा देखाइन्छ तर कर्मचारीलाई बोनस खुवाउने परम्परा देखिन्छ । स्वचालित मूल्य समायोजन बाहृय बजारमा मूल्य घट्दा नेपालमा सोही अनुपातमा घट्दैन । बाहृय बजारमा प्रतिब्यारेल कच्चा तेलको मूल्य ३० डलरभन्दा कम भएपछि निगम विगतमा मुनाफामा गएको बताइन्छ । निगमले सरकारलाई बुझाउने आयकर पनि धेरै वर्षको बक्यौता भएको स्थिति विगतमा देखिन्छ ।