18th August | 2018 | Saturday | 12:39:12 PM

लिभ इन रिलेसनसिप

लक्ष्मण सिटौला   POSTED ON : Saturday, 12 May, 2018 (1:52:35 PM)

लिभ इन रिलेसनसिप

एकदिन अचानक म्हेपी मन्दिरमा भेटिइन् उनी । 

दसौं वर्षसम्म नभेटेपछि मैले उनी कि विदेश गइन् कि बिहे गरेर घरजम गरिन् भन्ने सोचेथँे । मेरो अनुमान सही निक्लिएछ । बिहे गरिछन् । मन्दिर आउँदा साथमा एउटा सानो छोरो सँगै थियो ।

म्हेपीको पश्चिमपट्टिका खुड्किला उक्लिँदै गर्दा दश वर्षपछि एक्कासि भेट भयो हाम्रो ।

म दर्शन गरेर सिँढी ओर्लिंदै थिएँ । उनी हातमा थाली बोकेर उक्लिँदै थिइन् । 

पहिला उनी धेरै दुब्ली थिइन् । बिहे गरेपछि मोटाइछन् । केटीहरू प्रायः बिहे गरेपछि मोटाउँछन् । त्यो माथि पनि बच्चा भएपछि त... । उनले मलाई देखिन् । अलिकति हाँसिन् । मैले उनलाई बोलाइनँ । बाटोमा हिड्ने अरूजस्तै उनी हिँडिरहेकी थिइन् । उनी चढेको खुड्किलो र म झरेको खुड्किलोको एउटा मिलन बिन्दु आयो । उनी रातोपिरो भइन् । एक्कासि अनुहारमा हाँसो, खुसी, लाज, बेचैनी, छट्पटी, अतीत सब दौडिएको देखेँ । हामी सानामा अक्सर यही सिँढीमा आएर घन्टांै गफिन्थ्यौँ ।

हाम्रो प्रेमको प्रथम पुष्प यही मन्दिरको सिँढीबाट फुल्न सुरु भएको थियो । प्रायः शिशिर ऋतुमा पनि पात नझर्ने बोटहरू थिए यहाँ । उनलाई उजाड मन पर्दैनथ्यो । त्यहाँ एकान्त छ, प्रेमले एकान्त खोज्छ ।

सानैदेखि परिचित यही ठाउँमा हाम्रो दश वर्षपछि भेट हुँदा म एक्कासि भावुक भएछु । सधैँ शनिबार म्हेपी दर्शन गर्ने बहाना लिएर उनलाई भेट्न् आउथेँ । भर्खरै एसएलसी उत्तीर्ण गरेर उनले अमृत साइन्स कलेजमा आइएससी ज्वाइन गरेकी थिइन् । म सरस्वती कलेजमा आइकम सेकेण्ड इयर पढ्दै थिएँ । मन्दिरबाट सुरु भएको हाम्रो प्रेम मन्दिरबाटै अन्त भएको थियो । त्यो एउटा अतीत बाँचिरहेको थियोे मेरा छातीको भित्तामा ।

टोलाएर हेरिरहेँ मैले उनको मुहारमा ।

उनले पनि मैलेजस्तै हेरिरहेकी थिइन् । बाटो शून्य थियो । बच्चा भित्तामा फुलेको चमेली फूलको लहरासँग खेल्न थाल्यो । हामी दुवैका परेली एक्कासि भिजे । लत्रेको परेलीका ढक्कन खोलिन् र मलाई निस्फिक्री हेरिरहिन् । छेउमै उभिएको सल्लाको बोटमा अडेस लागँे म । विगतमा पनि म अक्सर यसै गर्थें । खोई, किन हो सल्लाको बोटमा अडेस लागेर उभिँदा उनी मलाई धेरै हेन्डसम लाग्थ्यो रे ¤ उनको खुसीका लागि कहिलेकाहिँ त म्हेपीको सबैभन्दा ठूलो रुख पनि चढेको छु ।

जब म उभिएर उनको आँखामा हेर्न थालेँ, उनका आँखाबाट गाजल पखाल्ने गरी आँसुको नदी बग्न थाल्यो । एकछिन अतीतले दुवैलाई डो¥याएर लग्यो धेरै परसम्म र भिजायो दुवैको आँखा ।

शब्दहरूको आवश्यकता पर्दोरहेनछ रुनका लागि । सिंगो एउटा मीठो अतीत नै काफी थियो । निःशब्दमै हजारौं शब्दहरू निर्माण हुँदारहेछन् । घामको किरणले स्पर्श गरेका मन्दिरका छानाबाट आएको उज्यालो मेरो आँखामै प¥यो । जस्तो पहिलापहिला पनि पथ्र्याे र मेरो मुहारमा छल्किएको उज्यालो हेर्नकै लागि उनी हरेक शनिबार ठीक आठ बजे भेट्ने बहाना गर्थिन्, यति नै बेला प्रायः । आज पनि यस्तै भयो । आज त सन्जोग हो । के जिन्दगी यिनै सन्जोगहरूको सञ्चिति हो र ¤ तर, सन्जोग पनि यतिबेला नै पर्नुपर्ने ¤ कस्तो अचम्म ¤ सल्लाको फेदबाट चियाइरहेको घामको किरण अनि सिरसिर बतासको शितलताले छोएपछि हामी नोस्टाल्जिक भयौँ ।

मेरा अाँखाबाट पनि अतीत झ¥यो ।

मौनता भंग गरेँ मैले ।

 ‘माया ¤¤’

‘हजुर ¤’

‘किन रोएकी ?’

‘हजुर चाहिँ किन रुनुभएकोे त ?’

‘तिमी रोएको देखेर ।’

‘म त धेरै रोइसकेँ । यस्तो लाग्छ अब मसँग रुने आँसु नै छैन ।’

‘म दिउँला नि सापटी, लिन्छ्यौ ? ’

‘हृया हजुर पनि, त्यो जिस्किने बानी गएको रहेनछ अझै ।’

‘त्यही बानीले त तिम्रो मन जितेको थिएँ नि ।’

‘तपाईं अझैसम्म यो मन्दिर आउनुहुन्छ र ?’

‘आइरहेको छु हरेक शनिबार, जस्तो पहिला आउँथेँ ।’

‘यतिबेला नै आउनुहुन्थ्यो ?’

‘हो यति नै बेला आइरहँे दश वर्षसम्म लगातारजसो । ’

‘ओ माई गड, रियल्ली ? अनि यति नै बेला चाहिँ किन आउनु परेको 

नि हजुरलाई ?’

‘यो बेला सूर्यको किरणले मन्दिरको छानाबाट उज्यालो फ्याँक्थ्यो अनि तिमीले हेरिरन्थ्यौ मेरो मुहारको उज्यालोमा ।’

‘ओ गड, आई एम सरी राजा, भेरी भेरी सरी ल ¤’

‘बिहे गरिसकिछौ, बच्चा पनि यत्रो भइसकेछ ¤’ 

भित्तामा फूलसँग खेलिरहेको सानो बाबुले हाम्रो वार्ता भंग गरिदियो । अनि, तिनैजना पात्र फेरि मन्दिर उक्लिन थाल्यौँ । बाबुलाई मैले हात दिएँ । ऊ मेरो हात समातेर सिँढी उक्लिन थाल्यो । कस्तो मायालु थियो बाबु । यस्तो लाग्यो मैले उसलाई धेरै पहिलेदेखि नै भेटेर चक्लेट दिँदै आइरहेको थिएँ ।

तल पारिजात स्मृति भवन देखाउँदै उनी बोल्न थालिन् ।

‘त्यही भवनको स्टेशनरी पसलमा हजुरलाई एउटा पत्र छोडेर म पढानका लागि अष्ट्रेलिया गएकी थिएँ । आइएस्सी सकेपछि बुबाले बाहिर पढ्न जानुपर्छ भन्नुभयो । मैले नाइँ भन्न सकिनँ । पन्ध्रै दिनमा भिसाको सबै प्रक्रिया सकियो । मैले जानेबेलामा हजुरलाई भेट्न धेरै कोसिस गरेँ तर सकिनँ । बुबालाई अलिअलि थाहा थियो हाम्रो प्रेमको बारेमा । हजुर त केटा, त्यति गाह्रो थिएन तर मलाई गाह्रो थियो । मेरी बैनीलाई थाहा थियो हाम्रो प्रेमको कुरा । एक दिन बुबालाई सबै कुरा लगाइदिइछ उसले । त्यो रात बुबाले मलाई धेरै गाली गर्नुभयो अनि भोलिपल्टै अष्ट्रेलियाको कुरा गर्नुभयो । 

अष्ट्रेलियाको पारामाटा विन्सटन चर्चिल कलेजमा मेरो आइटीमा एडमिसन भएको थियो । पारामाटा सिडनीबाट टाढा थियो । आमाको माइतीपट्टिका एकजना चिनेका दाजु हुनुहुन्थ्यो सिडनीमा । बुबाले उहाँकै जिम्मेवारीमा मलाई पठाउनुभयो । नेपालबाट अष्ट्रेलिया पुग्दा यहाँको रहनसहन र संस्कृतिमा धेरै अन्तर पाएँ । एउटी महिला, विदेशमा बसेको एक अपरिचित पुरुषको शरणमा पुगेँ म । ऊ एयरपोर्टमा लिन आएको रहेछ । सिड्नीको सरिहिल्समा उसको रुम रहेछ । आधा घन्टामै पु¥यायो गाडीले ।

मेरा अभिवावक कति निर्दयी रहेछन् जस्तो लाग्यो । विदेशमा एउटा अपरिचित पुरुषको शरण मागेर बस भनी खुलारूपमा भन्नु भोकाएको बाघको खोरमा एउटा कलिलो खरायो हाल्दिनु त हो नि ¤ होइन ?

नेपालमा छोरी बिग्रन्छे भनेर गाली गर्छन्, प्रेम गरी भने अनेक जुक्ति निकालेर छुटाउँछन्, सबले घृणा गर्छन् तर विदेशमा चाहिँ सिधै केटाकोमै जाऊ भन्छन् अचम्म छैन त ¤ विदेशमा जे गरे पनि छुट छ हाम्रो नेपाली समाजलाई ¤ 

म बाध्य भएर ऊसँगै बसेँ अरू कुनै उपाय पनि त थिएन नि ¤ उसलाई छोडेर अन्त बस्नु झन खतरा थियो । नेपालबाट पढ्न अष्ट्रेलिया जाने प्रायः धेरै केटीको यही कथा हो मेरो जस्तै ।

क्लास सुरु हुनुभन्दा एक महिनाअगाडि नै यहाँ छोरी बिग्री भनेर मलाई मेरा अभिभावकले अष्ट्रेलिया जान बाध्य पारेका थिए । त्यहाँ पुगेपछि बुबाले उसलाई फोन गरेर भन्नुभयो, ‘ल ¤ बहिनीलाई राम्रोसँग जिम्मा लिएर राख । उसलाई कुनै समस्या नहोस् है ¤’ 

उसले राम्रै जिम्मा लियो मेरो । पुगेको दिनमै ‘वाइन पिउनुपर्छ, यहाँ त वाइन नपिउने मान्छे त पूरै पाखे हुन्छ’ भन्यो उसले ।

म एक अदना र अन्जान केटी उसको अनुरोधलाई कसरी अस्वीकार गर्न सक्थेँ र ¤ गएकै दिनबाट अष्ट्रेलियन वाइन पिउन थालेँ । एउटा कोठा थियोे । त्यहीँ भान्सा, त्यहीँ बेड, त्यहीँ बाथरुम, त्यहीँ डाइनिङ, त्यहीँ टिभी । पलङ पनि थिएन । एउटामात्रै मोटो फोमबाट निर्मित ठूलो बेड थियो ।

दुई दिन बित्यो संकटले । आमाले ‘माइती गाउँको परिचित भाइ, सोझा छन् ती भाइ’ भनेकोसम्म थाहा छ मलाई तर भाइ अष्ट्रेलिया आएपछि कति बिग्रेका रहेछन थाहा भयो । 

काठमाडौं धेरै सुरक्षित । नेपाल धेरै स्वच्छ, म नयाँबजारकी माया न्यौपाने, मेरो नयाँबजार धेरै पवित्र । उसलाई खाना बनाउनु उसको लुगा धुनु, कैयौं महिनादेखि नधोएका तन्ना, सोफाका खोल र उसका सबै लुगाफाटो धुनु मेरो दैनिकी बन्न थाल्यो । यतिसम्म ग¥यो कि उसले भित्री कपडासम्म पनि धुन लगायो मलाई । उसको अभिष्ट पूरा हुन सकिरहेको थिएन मलाई रिस देखाउथ्यो । दिनको एक बट्टा त चुरोट पिउँथ्यो, लुगा धुँदा पाइन्टको गोजीमा खैनी र गुट्काका पोका पाउथेँ । ऊ नुहाउन बाथरुम जान्थ्यो तर चुकुल लगाउँदैनथ्यो । नांगै नुहाउँथ्यो । मलाई यति असहज महसुस हुन्थ्यो कि यहीँ आत्महत्या गरेर मरुजस्तो लाग्थ्यो । खराब हर्कत बोकेर बाँचेको एउटा अधर्मी पुरुष थियो ऊ, आदिम मान्छेजस्तो । यस्तालाई कसरी दियो होला भिसा पनि एम्बेस्सीले भनेर कल्पना गर्थें । के पढ्नसक्छ होला यस्ताले मनमनमा सोच्न बाध्य हुन्थँे ।

म बाथरुममा लुगा धँुदा पनि चुकुल लगाउँथेँ । ऊ चुकुल नलगाउनु भन्थ्यो । हरेक पटक म बाथरुममा नुहाएर वा लुगा धोएर आउँदा ऊ अश्लील चलचित्र हेरिरहेको हुन्थ्यो । अनि म कता जानू ¤ जम्मा त्यहीँ एउटा कोठा त थियो ¤ म बाथरुमबाट बाहिर निस्किसकेपछि एक छिनमा बल्ल बन्द गथ्र्याे त्यो अश्लील भिडियो । एकदिन म नुहाइरहेको बेलामा बाहिरबाट चुकुल लाइदियो र मलाई शर्त गरायो अब आइन्दा कहिल्यै पनि चुकुल नलगाई नुहाउँछु भनेर । निस्सासिएर मर्नुभन्दा उसको शर्त मान्न म मजबुर भएँ । निस्किँदा उही अश्लील चलचित्र लगाएको थियो टिभीमा ।

मलाई थाहा थियो, कुनै दिन म उसको यौनको सिकार हुन्छु भन्ने । 

उसले त्यही किसिमको वातावरण तयार गर्दै थियो । म कसैलाई पनि चिन्दिनथेँ, उसलाई बाहेक । पुगेको दिनदेखि त्यहीँबाट म कतै बाहिर निस्केकी पनि थिइनँ । ऊ नै मेरो लागि सबथोक थियो । अभिवावक भने पनि, दाजु वा एउटा नेपालीको नाता भने पनि, साथी भने पनि । ऊ यौनको एउटा लामो तृष्णा र भोक लिएर बाँचेको छ या ऊ यौनको मनोरोगी हो भन्ने मैले सम्झिएँ । हरेक कुरामा ऊ यौन जोडिहाल्थ्यो । ऊ रोगी हो । यौनको लामो मनोरोग पालेर बाँचेको पुरुष शरीर थियो ऊ । यस्तो मनोरोगीको हातमा जिम्मा लगाउने मेरा अभिवावक पनि रोगी नै हुन् भनेर चित्त बुझाउन थालेँ । ऊ अश्लील चलचित्र हेथ्र्यो, अश्लील पुस्तक पढ्थ्यो, अश्लील कुरा सोच्थ्यो, अश्लीलता नै वा मादक पदार्थ खान्थ्यो र अश्लील दृश्य हेथ्र्याे । 

अन्ततः म बच्न सकिनँ उसको त्यो मनोरोगबाट ।

जस्तो संगत त्यस्तै त बन्दोरहेछ नि मान्छे । कि प्रत्याक्रमण गर्न सक्नु प¥यो कि हात उठाउनुप¥यो । मैले हात उठाउनुको विकल्प थिएन । हात उठाएँ । ऊ खुसी हुन थाल्यो । मलाई पनि वाइन पिउने आदत भयो । रोक्ने, देख्ने, घृणा गर्ने, गाली गर्ने, अर्ती दिने, अंकूश लगाउने, राम्रो कर्म गर्न उत्प्रेरित गर्ने मान्छे कोही हँुदैन विदेशमा । यहाँबाट जाने सबैलाई उन्मुक्ति मिलेको आभास हुन्छ । स्वतन्त्रता भनेको यही हो भन्ने अनुभूति गर्छन् सबै विद्यार्थीले । हदभन्दा बढी नै दुरुपयोग हुँदोरहेछ स्वतन्त्रताको । त्यसैले त्यहाँको स्वतन्त्रता आफँै घाइते बन्दकीमा परेको छ ।

जुन उद्देश्य लिएर, जुन उम्मिद लिएर जुन सपना लिएर म त्यहाँ गएकी थिएँ ती सबै मिथ्या लाग्यो । मेरो रुममेट पुरुष, अनि म महिला । धेरै यसरी नै बस्दा रहेछन् अष्ट्रेलियामा । एउटा रुममेटसँग झगडा प¥यो भने अर्को रुममेट खोज्ने बाध्यता हुँदोरहेछ । प्रायः केटीले आफ्नो अस्तित्व र अस्मिताको घमण्ड नगरे हुनेरहेछ । पछि बुझ्दै गएँ । सुरुको त्यो डर, त्रास, अहम, महिला हुनुको अस्तित्वबोध, लज्जाबोध, स्त्रीधर्म र अस्मिता विस्तारै हराउँदै गए । 

म महिला हँु कि पुरुष भन्ने आफ्नै सम्बोधिता हराउँदै जाँदोरहेछ । ममा पनि त्यही भयो, जस्तो यहाँ आउने प्रायः केटीहरूले त्यो पीडा भोग्छन् । माया हँुदैन त्यहाँ । त्याग, दया, धर्म, संस्कार, संस्कृति आफ्नोपनको अनुभूति हराउँदै गएपछि मानिस र पत्थरबीच भिन्नता नै के छ र ¤

एक महिनापछि पढाइ सुरु भयो ।

सिड्नी र पारामाटा दैनिक दुई–दुई घन्टा यात्राले म थकित भएँ र अब उतै बस्ने भएँ । कलेजको होस्टेल पनि प्याक भइसकेको थियो । कुनै विकल्प थिएन । इन्जिनियरिङको एकजना नेपाली केटा भेटँे, परिचय भयो । गोरखाका इन्द्र, सहयोगी रहेछन् । उनी र उनको महिला रुममेट रहेछन् सँगै । महिला जापानिज् रहिछन् । भान्साकोठा फरक थियो । एउटा पलङ बेग्लै रहेछ । जापानिज ती केटी पनि इन्जिनियरिङकै विद्यार्थी रहिछन् । मलाई पनि सजिलो भयो । इन्द्रजीले सहयोग गरे । यता सिड्नीबाट आफ्ना सामान लिएर म पारामाटा सरेँ ।


पढाइ सुरु भयो । आइटी पढ्न गएकी थिएँ म । खर्च सकिसकेको थियो । बुबाले अब खर्च पठाउन नसक्ने आशय व्यक्त गरिसक्नु भएको थियो । सबैको विद्यार्थी जीवन यस्तै हो, भनेको बेलामा काम पाउन गाह्रो । उता आमाले पनि अब आफैँ जागिर खाएर पढ्नुपर्छ भन्नुभएको थियो । केही दिन त इन्द्रजीले सहयोग गरे । काम नमिलेसम्म ग्रोसरी किन्न पर्दैन र रुमको भाडा पनि तिर्न पर्दैन भने । नेपालबाट पढाइमा त्यहाँ जाने प्रायः सबैलाई यो नियम लागू थियो । जापानिज केटी इन्द्र भनेर भुतुक्क हँुदिरहिछ । मलाई असहज भइरहेको थियो । त्यहाँ पनि वाइन पिइन्थ्यो । रमाइलो थियोे वातावरण । थोरै समयमा म परिचित भएँ । मोबाइल किनेकी थिएँ । नम्बर यता सिड्नीको मेरो दाइ हरिलाई पनि दिएको थिएँ ।

कामको खोजीमा भौँतारिइरहेको थिएँ । सधैँभरि अरूको कमाइ खाएर कसरी बस्नु ¤ ग्लानि भइरहेको थियो । जस्तो काम पाए पनि गर्छु भन्ने मनशाय बनाएँ । पारामाटाका गल्लीगल्ली चोकचोक चहारेँ । एउटा रेस्टुरेन्टमा ‘किचन क्लिनर वान्टेड’ को विज्ञापन देखेँ । फोन गरेको आइज भन्यो । भोलिपल्ट साँझबाट म काम गर्न थालेँ । भान्सामा आइपर्ने सबै काम गर्नुपथ्र्यो । घन्टाको पाँच डलरमा जम्मा पाँच घन्टा काम थियो दैनिक । एकजना नेपाली भाँडा माझ्ने काम गर्छ यहाँ, ऊ अहिले आमा बिमारी परेर नेपाल गएको छ भन्यो सेफले । खुसी लाग्यो म काम गर्ने ठाउँमा अर्को नेपाली पनि काम गर्दोरहेछ भनेर । काममा रमाउन थालेँ । ती नेपालीको आगमनको प्रतीक्षा गर्न थालँे । म जागिरे भएको पहिला सँगै बसेको मेरो रुममेट हरिलाई थाहा थियो । उसले आफ्नो नाम हृयारी राखेको थियो । 

एकदिन अचानक ऊ मलाई भेट्न पारामाटा आयो । साँझ परेको थियो । ऊ मेरो काम गर्ने ठाउँमा आयो । बेलुकासम्म कुरिरहृयो । आज यहीँ बस्ने भन्यो, मैले नाइँ भन्न सकिनँ । एक महिनासम्म त उसले मलाई शरण दिएको थियो । जे भयो, अब म त्यो नमीठो अतीत बिर्सन चाहन्थँे । तर, फेरि आज त्यही अतीत आयो मेरो सामुन्ने र यसबाट भाग्न सकिनँ । मैले उसलाई रुममा लिएर आएँ । रातको नौ बजिसकेको थियो । उसले बेस्सरी वाइन खायो । हामी सबैले वाइन पियौँ । उसले थुप्रै ग्रोसरी किनिदियो । त्यो रात हामी सँगै बस्याँै । ऊ भान्सामा मसँगै सुत्यो । इन्द्रजीले पनि माइन्ड गरेनन् । अर्को अचम्ममा परेँ म फेरि त्यो रात ।

आमा बिमारी भएर नेपाल आएका साथी अर्को दिन अचानक रेस्टुरेन्टमा आएछन् । उनी डिस वासमा भाडा हालेर होज हाँन्दै थिए । मलाई देखे । उनलाई देखेर म झसङ्ग भएँ । आफ्नै परिचित साथी पकनाजोलका निर्मल । हामी आठ कक्षासम्म नयाँबजारमा सँगै पढेका । देख्नासाथ उनले मलाई हग गरे । ओहो ¤ मलाई पनि बल्ल आफू सुरक्षित भएको महसुस भयो । दुवै एकै रेष्टुरेन्टमा जागिरे र कलेज पनि एउटै रहेछ । केही दिन हामी सँगै घुम्न निस्कियौँ । उनी एक्लै रहेछन् । भाडा तिर्नकै लागि भए पनि रुममेट खोजेर सँगै बस्नु बाध्यता रहेछ त्यहाँ । एकदिन उनले मलाई सँगै बस्न अनुरोध गरे । मैले नाइँ भन्न सकिनँ । इन्द्रजीको कोठाबाट आफ्नो सामान सारँे । 

निर्मललाई पहिलाको घटना सुनाएकी थिइनँ । सुनाउनु आवश्यक पनि ठानिनँ किनकि अष्ट्रेलियामा रुममेट प्रवृत्ति वा लिभ इन रिलेसनसिप सामान्य कुरा रहेछ । पुरुष र महिला एउटै कोठामा सँगै बस्नु सामान्य रहेछ । अब म निर्मलसँगै बस्न थालँे ।

अलिकति सहज हुन थाल्यो परिवेश । सिड्नीबाट आउँदा नै मेरो मिन्स रोकिएको थियो । दस दिन क्रस भइसकेको थियो । निर्मलको रुममा आएको भोलिपल्ट मैले आफू मिन्स भएको नाटक गरेँ र अलग ओछ्यान मै रात बिताएँ । रुम एउटा मात्रै थियो । अलग फोममा मैले पाँच दिन बिताएँ तर त्यो पाँच दिन मेरो लागि यति गम्भीर र चिन्ताजनक थियो जो मलाई नै थाहा छ, त्यसको दःुखाइ र पीडा ।

यदि साँचो कुरा भनूँ भने निर्मल रिसाउला भन्ने डर अनि झुट बोलिरहँु भने पनि सत्य एक दिन बाहिर आउँछ भन्ने त्रास । काम पनि सँगै कलेज पनि सँगै र बस्ने पनि सँगै । हमेशा अब सँगै भयाँै । अब मलाई निर्मलबाट भाग्न सक्तिनँ भन्ने लाग्यो । सातौं दिनको दिन वाइनको रमाइलोमा हामीबीच केके भयो । निर्मलले मलाई माया गर्न थाल्यो । अर्को एक महिनापछि मैले निर्मललाई आफ्नो मिन्स रोकिएको कुरा गरँे । जतिबेला मेरो मिन्स रोकिएको दुई महिना भइसकेको थियो । निर्मल अत्यन्तै खुसी भयो । लिभिङ टुगेदरलाई अष्ट्रेलियामा आधा बिहेको मान्यता मिल्दोरहेछ ।

निर्मल केही महिनापछि इलेगल हँुदैरहेछ । कलेज परिवर्तन गरेको, फी नतिरेको र हप्ताको बीस घन्टाभन्दा बढी काम गरेका कारणले । बच्चा भएपछि यही बच्चाको कारण उसको अष्ट्रेलियाको बसाइ लम्ब्याउने सोचमा पुग्यो ऊ । स्थिति सामान्य हुँदै गयो ।

मैले कुनै विपत्ति नआओस् भनेर मोबाइल नम्बर परिवर्तन गरेँ ।

र, हरिबाट टाढा भएँ जसबाट म गर्भवती भएकी थिएँ । मेरा लागि निर्मल सर्वश्व थियो अब । ऊ आफू पनि दंग थियो बाबु बन्न पाएकोमा ।

नौ महिनापछि ऊ बाबु बन्यो म आमा । उसले आफ्नो पेपर बनायो, यही बच्चा देखाएर । ऊ खुसी भयो । म काम र पढाइ छोडेर छोराको स्याहारसुसारमा लागेँ । पेपर बनेपछि परिस्थिति फेरिन थाल्यो । निर्मल मबाट परपर हुन खोज्यो । छोरो रोएको पनि उसलाई झर्को लाग्न थाल्यो । पहिलाजस्तो थियो त्यस्तो ऊ कहिले पनि भएन । ऊ एकदिन नेपाल आयो र पछि म भएको ठाउँमा कहिल्यै फर्केर गएन । 

फेरि अर्को दिन अचम्म परे इन्द्र मलाई देखेर । उनकी पनि जापानिज केटी पढाइ सकेर ओसाका फर्किछ । हामीबीच फोनमा कुरा भए पनि बच्चाको बारेमा कहिल्यै केही भनिनँ मैले । काम गर्न थालेकी थिएँ बच्चा चाइल्ड केएरमा राखेर । धेरै महिनादेखि म एक्लिदै थिएँ । इन्द्रजी पनि एक्लै भएछन् । उनकै अनुरोधमा म फेरि उनैको गएँ । समय बितिरहृयो जसरी बितिरहन्छन् अनेक ऋतुहरू आफ्नो अहमता छोड्दै छोड्दै ।

बच्चाको केएर पुग्यो । ऊ हुर्किंदै गयो । उता सिड्नीको त्यो आफन्त भनाउँदो हरि लागू औषध खाएर जेल परेको थुप्रै दिन भइसकेको रहेछ, आनन्द लाग्यो । कमसेकम मैले आफूलाई सुरक्षित महसुस गरँे अब । पढाइ पूरा गरेँ । जागिर खाएँ । पिआर लिएकी छु । छोरो छ, साथी भयो अब । इन्द्रजी साथी भएका छन्, सँगै बस्छौँ । हामीबीच लिभ इन रिलेसनसिपको नाता छ । बिहे गरौँ न भन्दा ‘तिम्रो त पिआर भयो, अब मेरो पनि पिआर भएपछि बिहे गरौंला’ भन्छन् । पिआरको नाउँमा अष्ट्रेलियामा हजारौं युवायुवतीले प्यार नै भुलिसकेका छन् । 

‘अहिले हजुरको हात समाउने छोरा मेरो छोरा हो, अरू कसैको होइन ।’

‘राजा ¤ हजुर विगत दश वर्षदेखि यही मन्दिरमा यही समयमा लगातार आउनुभयो हगि ¤ लहलह झुल्ने धान खेतमा कंक्रिटको जंगल देखेँ । मान्छे पनि कंक्रिटको जंगल भइसकेछन् है ।’

‘कंक्रिट बाँचिछौ माया तिमी, त्यसैले देखेका फूल पनि तिमीलाई कंक्रिटझैँ लाग्न सक्छन् ।’

नजिक भएर बगिरहेको विष्णुमतीको दुर्गन्ध आइरहेको थियो ।

उसको कुराले म अवाक भएँ । मान्छे कसरी परिस्थितिको दास भएर बाँच्न विवस हुँदोरहेछ ¤ कठैवरा ¤ चित्त बुझाएँ मैल, आज आफ्नै मन बुझाएँ । 

केही पनि भनिनँ मैले मायालाई । अब उसलाई दुःखी बनाएर मलाई के मिल्छ र ¤ 

पारिजात स्मृति भवन पुग्यौँ हामी गफिँदै । दश वर्षपछि उसले मलाई पठाएको पत्र त्यहीँ स्टेशनरीको भाइसँग सहीसलामत रहेछ, दियो उसले सानो कन्तुरबाट झिकेर । बाहिर खाममा मेरो नाम लेखिएको थियो ।

खुसी लाग्यो । खामबाहिर उसले माया गरेर चुप्पा खादाको रातो लालीको डोब पनि मेटिएको थिएन । 

पत्रको एक अंश पढँे–

‘राजा ¤ अन्तिम बेलामा त्यो मायालु आँखा हेर्न इच्छुक थिएँ तर पाइनँ । दुःखी भएर अष्ट्रेलिया जाँदैछु केवल हजुरकै सम्झनाको आँसु बोकेर ।’

मसँगै उभिएको छोरालाई बोकेर माथि उठाएँ आकाशतिर र भनेँ ‘बाबु ¤ आमालाई धेरै माया गर है ¤ र, सबै पुरुष कुपुरुष हँुदैनन् तिमी पनि मजस्तै सत्पुरुष बन्नु ल । ’ 

पर्सिको उडान रहेछ मायाको । मैले त्यहीँबाट उनलाई बिदाइ गरेँ ।