19th October | 2018 | Friday | 9:53:49 AM

दिशाहीन राजनीति

श्रीमननारायण   POSTED ON : Sunday, 13 May, 2018 (6:22:41 PM)

दिशाहीन राजनीति


वर्तमानको विश्व राजनीति अन्योलको शिकार बन्दै गएको देखिन्छ । राजनीतिक दलहरूमा विचारले भन्दा बढी व्यक्तिले महŒव पाउन थालेको छ । जसले गर्दा राजनीति दिशाहीन हुन गएको छ । यस्तो अवस्थामा देशका चेतनशील नागरिकहरू आफ्नो कर्तव्यको पालनमा अगाडि आउनुपर्छ । वर्षौअघि प्रख्यात जर्मन दार्शनिक गोएबले लेखेका थिए– 

हामीले समयसमयमा आप्mनो विश्वास र विचार दोहो¥याइ राख्नुपर्छ । जुन कुरालाई हामी उचित ठान्दछौं त्यसको समर्थन गर्नुपर्दछ र जुन कुरामा असहमति छ त्यसको विरोध गर्न अगाडि आउनुपर्छ । यही नै एक सच्चा नागरिकको कर्तव्य एवं धर्म पनि हो ।

आप्mनो देशमाथि गर्व गर्ने प्रत्येक नागरिकले राष्ट्रको समसामयिक परिस्थितिको सूक्ष्म विश्लेषण गर्दै समय समयमा कठिन तर आवश्यक प्रश्न स्वयंसित र राजनीतिक दलका नेताहरूस“ग पनि सोध्न सक्नुपर्छ । राष्ट्रको राजनीति यदि दिशाहिनताको शिकार हुन थालेको छ भने त्यसलाई सही बाटोमा ल्याउने काम पनि जनताकै हो । पा“च वर्षमा एकचोटी मतदान गरेर आफ्नो कर्तव्यको इतिश्री भएको ठान्नेहरूलाई देशको जागरुक नागरिक कसरी मान्न सकिँदैन । नेपालजस्तो देशमा जहा“ अशिक्षितको संख्या बढी छ, त्यहा“ पढेलेखेकाहरूले सत्यतथ्यबाट जनतालाई सुसूचित गराई तिनमा चेतना पैmलाउने काम पनि गर्नुपर्दछ । प्रत्येक कुरामा सरकार तथा राजनीतिक दलहरूप्रतिमात्रै निर्भर रहनु हु“दैन । नागरिकले राजनीतिक दलका नेता र सत्तासीनलाई उनीहरूले गरेका वाचा सम्झाउनुपर्छ, उनीहरूका दलका सिद्धान्त र आदर्शप्रति सचेत गराउनुपर्छ, जसमा विश्वास गरेर जनताले मतदान गरेका थिए । 

हाम्रो मुलुकमा राष्ट्रिय राजनीति विगत लामो समयदेखि अस्थिरताको शिकार बन्दै आएको छ । संवाद र सहमतिमार्फत् देशका जल्दाबल्दा समस्याको समाधान गरी राष्ट्रिय राजनीतिलाई सही दिशामा अघि बढाउनु आजको आवश्यकता हो । यतिबेला देशका प्रमुख राजनीतिक दलमा संवेदनशीलता, जवाफदेहिता, परिपक्वता एवं दूरदर्शिताको अभाव देखिएको छ । पार्टीको कठोर अनुशासनको भयले होस् अथवा आफूलाई पार्टी नेताको रूपमामात्रै स्थापित भएको हेर्न चाहने मानसिकताका कारणले होस्, कुनै पनि पार्टीका नेताहरू आपूmलाई राष्ट्रनेता बनाउने दिशामा ध्यान दिइरहेका छैनन् । विहंगम, उदार एवं सहिष्णु दृष्टिकोण भएको व्यक्ति नै राष्ट्रनेताको हैसियतमा पुग्नसक्छ । हाम्रा धेरैजसो नेताहरू चाँडो लोकप्रियता हासिल गर्ने किसिमले अघि बढ्न चाहेका देखिन्छन् । विचार र दृष्टिले नेतृत्वमा स्थापित हुनेभन्दा रिझाउने रणनीति नेताहरूमा देखिन्छ । 

नेपाली कांग्रेसका तत्कालीन सभापति एवं कार्यकारी प्रधानमन्त्रीका रूपमा धेरै पटक देशको नेतृत्व गरेका नेता गिरिजाप्रसाद कोइरालाले राष्ट्रनेताको स्थान हासिल गरेका थिए तर उनको निधनपछि यो स्थान लामो समयदेखि रिक्त रहिआएको छ । कतिपय पार्टीका नेताको टिप्पणी र भाषण त विद्यार्थी नेता वा कुनै युवा नेताको स्तरमा पुगिसकेको हुन्छ । दिवंगत नेताहरू विपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, एवं पुष्पलाललाई आज पनि आदर एवं सम्मानपूर्वक सम्झिनुको मुख्य कारण तिनको विचार, दूरदृष्टि र कामले नै हो । 

लोकतान्त्रिक शासन पद्धतिमा सत्तापक्ष र प्रतिपक्षबीच आपसमा सभ्य संवादको ढोका कहिल्यै बन्द हुनुहु“दैन तर हाम्रो देशमा यो ढोका या त सधैँको निम्ति बन्द नै रहेको पाइन्छ अथवा सधैँको निम्ति खुला नै रहेको पाइन्छ । परिणाम भने सधैँ शून्य नै हात आइरहेको हुन्छ । राजनीतिमा कटुताको निम्ति पनि एउटा खास सीमामा मात्रै हुनुपर्छ तर यस सीमाको निर्धारणमा पनि नेताहरूकै भूमिका निर्णायक हुन्छ । राष्ट्रिय महŒवको विषयमा भरसक आमसहमति बनाउने प्रयास हुनुपर्दछ । संसद्मा संख्याबलको आधारमा मात्रै सबै कुराको छिनोफानो गर्ने काम हुनुहु“दैन । हाम्रो देशको एउटा ठूलो विडम्बना के पनि हो भने यहा“को राष्ट्रिय राजनीति अस्थिरताको शिकार बन्दै आएको छ । 

देशका वामपन्थी दलले आपूmलाई लोकतान्त्रिक बनाउने हरसम्भव प्रयास गर्दैछन्, सोअनुसारका काम पनि गर्दैछन् । एकातिर आपूmलाई लोकतान्त्रिक सावित गर्ने प्रयासमा देशका वामपन्थी दलहरू उदार, सहिष्णु एवं जवाफदेही बन्ने प्रयास पनि गर्दैछन् तर कतै आप्mनो मौलिक पहिचान (वामपन्थ) नै समाप्त त हुने होइन भन्ने भयका कारण समय समयमा आक्रामकताको प्रदर्शन पनि गर्छन् । आपूmलाई क्रान्तिकारी तथा कट्टर वामपन्थी साबित गर्न आक्रामकताको सहारा लिनैपर्ने मनोगत विश्लेषणका कारण देशका कतिपय राजनीतिक दल आपूmलाई ‘हा“स न कुखुराको चाल’ को अवस्थामा पु¥याइदिएका छन् । यसको सोझो असर राष्ट्रिय राजनीतिमा परिरहेको छ फलस्वरूप देश राजनीतिक अन्योलको शिकार रहेको छ । आफूलाई बढी क्रान्तिकारी देखाउने वामपन्थी दलहरूको प्रतिस्पर्धाले लोकतन्त्रलाई क्षति गर्नसक्छ । 

सशस्त्र संघर्षमार्पmत् सत्ता कब्जा गर्ने मनसाय बनाएको र संसदीय व्यवस्थाको विरुद्धमा हतियार उठाएको माओवादी पार्टीले अन्ततः संसदीय व्यवस्था तथा लोकतन्त्र स्वीकार गर्नु एउटा ठूलो परिवर्तन हो । यससँगै आफ्नो राजनीतिक सिद्धान्तमा सम्झौता पनि हो । देशको सबैभन्दा ठूलो एवं पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसले बदलिँदो परिस्थिति बुझेर गणतन्त्र र संघीयतामा समर्थन जनायो । देशलाई हिन्दु राष्ट्र बनाउने नाममा मत बटुलेको राप्रपाले धर्म निरपेक्षतामा समर्थन ग¥यो । कांग्रेस र राप्रपामा आएको यस्तो परिवर्तनलाई सम्झौतामुखी राजनीतिको रूपमा लिनुपर्ने हुन्छ । देशका कुनै पनि राजनीतिक दल आप्mनो सैद्धान्तिक अडानमा टिक्न सकेनन् । यदाकदा अन्तरआत्माले धिकार्न थालेपछि मात्रै यी दललाई आप्mनो मौलिकताको स्मरण हुन्छ । ईष्र्या र द्वेषका कारण तथा आप्mनो कमजोरीको अनुभूति भएपछि त्यसलाई ढाकछोप गर्न विनाकारण पनि अनावश्यक रूपमा अवरोध पु¥याएर देशको राजनीतिलाई नै नकारात्मकरूपले प्रभावित गर्ने काम हँुदै आएको छ । 

संविधान विधि तथा न्याय प्रक्रियाको मात्रै कुरा गर्ने हो भने सत्तापक्षकै सांसद्हरूले संसद्लाई अवरोध पु¥याउनु उचित हो ? सम्मानित सर्वोच्च अदालतको आदेशअनुसार सर्वाधिक खोजीमा रहेका व्यक्तिहरू नेता भएकै कारण राजनीति काठमाडौंसहित देशभरि घुमेर पार्टी संगठनको निम्ति खुलारूपमा प्रचारप्रसार गर्नु कहा“सम्म न्याय हो ? के न्यायिक प्रक्रियाको राजनीतिकरण संविधानको धारणाको उल्लंघन होइन ? के यो कुरा सत्य होइन कि कठिन परिस्थितिमा नै न्याय एवं कानुनको परीक्षा हुने गर्छ ? के संविधानको अवमानना देशको मूल विश्वास र मान्यताहरूको निम्ति चुनौती होइन ? के हामी स्वयंले नै आप्mनो आस्थाहरूको उल्लंघन गरिरहेका छैनौं ? उपरोक्त प्रश्न हामी आफैँले पनि आपूmस“ग सोध्नुपर्ने हुन्छ । सिद्धान्तमा उत्रिनु सरकारको मात्रै होइन हाम्रो कर्तव्य पनि हो । 

धर्म तथा जातीय आधारित राजनीतिलाई सबै दलले बढावा दिइरहेका छन् । प्रत्येक दलमा जातीय तथा धार्मिक संगठन खुलेका छन् । के यस्तो परिस्थितिले देशमा जातीय तथा धार्मिक उन्माद पैmलाउने छैन ? यसले सामाजिक अवस्था तथा एकतालाई कसरी सशक्त बनाउन सक्नेछ ? देशको विभिन्न भागमा जारी आन्दोलनको मागलाई संविधानको परिधिभित्र तथा नेपालको भूगोलस“ग सम्झौता नगरी समाधान गर्ने प्रयास हुनुपर्दछ । यसमा हेलचेक्र्याइ“ गर्नुहु“दैन । चुनावी राजनीतिको प्राथमिकताले आवश्यक निर्णय लिनु हुँदैन । अथवा हामीले यो मानिलिनु पर्दछ कि देशको राष्ट्रिय राजनीतिको क्षितिजमा देखिएका नेताहरूमा समस्याको समाधान गर्ने कुनै सार्थक दृष्टि नै छैन । नयाँ संविधान अनुसार मुलुकअघि बढेको अवस्थामा सबै पक्षमा असन्तुष्टिहरू सम्बोधन गर्दै दिगो राजनीतिक विकासका लागि अघि बढ्ने बेला भएको छ । 

राजनीतिको खस्किँदो मापदण्ड स्वयंमा एउटा ठूलो समस्या हो । तसर्थ जिम्मेवार नागरिकहरूले संगठित भएर आप्mनो भविष्य एवं राष्ट्रको उदारवादी संवैधानिक मर्यादाको रक्षाको निम्ति अगाडि आउनुपर्छ । दिशाहीन राजनीतिलाई सही बाटोमा डो¥याउन तथा दोहोरो मापदण्डयुक्त राजनीति खारेज गर्न पनि जागरुक नागरिकले नै सशक्त भूमिका निर्वाह गर्न सक्दछन् । के राजनीतिको अन्तिम लक्ष्य सत्ताप्राप्ति मात्रै हो, समाज र राष्ट्रको निःस्वार्थ सेवा होइन ? के सत्ताप्राप्तिको निम्ति जस्तोसुकै सम्झौता गर्नु नै तथा मतको निम्ति जस्तोसुकै विषयलाई पनि राजनीतिक मुद्दा बनाउनुमात्रै राजनीति हो त ? उर्दूका महान् कवि अल्लामा इकबालले भनेका थिए–

देशको नेतृत्व गर्ने व्यक्तिमा दूरदर्शिता, शोभा, जोश एवं वैभव हुनुपर्दछ ।

उनको विचारमा अन्ततः जनता नै आफ्नो भविष्यको निर्धारण गर्छन् । बिहानबेलुका जनताको जनजीवनमा प्रगति हु“दै रहोस् । नेतृत्वमा दृढ इच्छाशक्ति, समर्पण तथा जनउत्तरदायित्व हुनु आवश्यक छ । देशको दिशाहीन राजनीतिलाई सही बाटोमा प्रदान गर्नु नै आजको आवश्यकता हो । 


Views: 5