19th October | 2018 | Friday | 10:15:57 PM

ओलीले देखाएका सपना

स्वयम्भुनाथ कार्की   POSTED ON : Monday, 11 June, 2018 (4:07:19 PM)

ओलीले देखाएका सपना

महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखे ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ । आजकल सबैभन्दा धेरै उदाहरण दिइने पंक्ति भएको छ उनको कविताको यो अंश । सपना देख्नै पर्छ, कल्पना पनि गर्नुपर्छ । यस कुरामा राय बझाउनुपर्ने कुनै कारण छैन । देवकोटाको ‘प्रश्नोत्तर’ कविताको यो हरफभन्दा पहिलेको हरफ नछुटाउने हो भने कुरो अझ प्रष्ट हुन्छ । त्यो श्लोक यसरी लेखिएको छ ः 

के हो ठूलो जगतमा ? पसिना, विवेक

उद्देश्य के लिनु ? उडी, छुनु चन्द्र एक 

उडेर चन्द्रमा छुने उद्देश्य लिनका निमित्त पसिना र विवेकको पु“जी चाहिन्छ, महाकविले प्रष्ट पारेका छन् ।

कसै न कसैले गरेको कल्पनामा आधारित भएर नै आजको प्रगति हुन सकेको छ । सोह्र हजार गोपिनीसँग त्यति नै प्रतिरूप बनाएर कृष्ण नाचेको कल्पना त्रिआयामी होलोग्राम पद्धतिमा साकार हुन खोज्दैछ । तल्कालीन समयमा असम्भव प्रायः लाग्ने यस्ता कल्पनायुक्त साहित्य, लोकोक्ति आदिका कुराहरू कति वर्तमानमा सामान्य दैनिक प्रयोगमा आएका छन् । रेडियो सञ्चार आकाशवाणीकै कल्पना न हो । महाभारत युद्ध धृतराष्ट्रलाई प्रत्यक्ष वर्णन गर्न सञ्जयले पाएको भनिएको दूरदृष्टि सादृश्य टेलिभिजन अहिले घरघरमा पुगेको छ । पश्चिमा लोकसाहित्यले कुनै जनावरले नतानी अरू नै शक्तिले चल्ने रथ वा बग्गी सैतानको सवारी भनेर कल्पना गरेको थियो ।

त्यसैले वाष्प इन्जिनले तान्ने रेल आविष्कार गर्नेले केही विरोध पनि सहनु परेको थियो । वर्तमानमा यो स्थलमार्गको सबैभन्दा ठूलो साधन भएको छ । वाफमात्र होइन अरू इन्धनले पनि चल्ने सवारीबेगरको जीवन वर्तमानमा कल्पना गर्न पनि कठिन छ । अझ रेल, मोनोरेल जस्ता कुरा एक्काइसांै शताब्दीको यो दोस्रो दशकमा पनि नेपालमा सर्वाधिक बिक्ने सपना भएको छ । यस्ता अनेकौं उदाहरण छन् जो कविको, सर्जकको कल्पनाका आधारमा आविष्कार भएका छ । कल्पना गरिएको समयमा यी सबै ‘उडी छुनु चन्द्र एक’ श्रेणीका सपना थिए ।

रोचक र रमाइलो तथ्य यो छ कि जति पनि ‘उडी छुनु चन्द्र’ श्रेणीका सपना पूरा भएका छन्, ती अरूले नै पूरा गरेका छन् । सपना देख्ने, कल्पना गर्नेको काम त्यतिमै मात्र सिमित भएको छ । सपना देख्नेले त्यो देख्यो कुरा सकियो । त्यो सपनामा अर्को कसैले परिकल्पना गर्छ अनि सपना साकार पार्न केही वर्ष, धेरैजसो त युग शताब्दीपछि कोही जुर्मुराउँछ । कहिले त्यही जुर्मुराउनेले पूरा गर्छ कहिले त्यसपछिका अनेकांैले पूरा गर्छन् । कुनै त अधुरा नै रहन्छन् थप प्रयत्न अरूलाई गर्ने मौका खुला राखेर ।

यी कुरा अर्थात् साकार पार्ने उपरोक्त प्रक्रिया सोच र त्यो सोचले जन्माएको परिकल्पनामा लागु हु“दैनन् । ती सोच र परिकल्पनाहरू योजनामा रूपान्तरण हुनुपर्छ । योजना धरातलीय यथार्थको आधारमा अडेको हुनैपर्छ । यति हु“दाहु“दै पनि कुनै कुनै योजना तुहिने गर्छ, कुनै कुनै आधाबाटोमै समाप्त हुने गर्छ । यो निर्मम सत्य हो, योजना कार्यान्वयन चरणमा पनि असफल हुन सक्छ । तैपनि योजनाले आशा साकार हुने बाटो भने दिन्छ । यदि कुनै कुरा सोच, सपना या कल्पना मात्रले हुन्छ वा त्योे आधारमा मात्र साकार भएको देख्छ भने त्यो सोम शर्माको सातुको हा“डीसरह हो । दिउ“सै खुला आ“खाले देखेको यस्तो सपना जसको साकार हुने बिन्दु नै आफैँले विसर्जन गरेको छ ।

एक सयभन्दा ज्यादा आविष्कार गर्ने थोमस अल्वा एडिसनको कुरा कसैले पत्याएन् । उनको प्रयोगशालाको कारणले झण्डै आगो लागेको अपराधमा खाएको थप्पडले उनको श्रवणशक्ति हरण ग¥यो । तर, उनले न त्यो अविश्वासको कुनै परवाह गरे न सुन्न नसक्ने भएकामा कुनै गुनासो । आफ्नो कल्पना साकार पार्न कडा मिहिनेत गरे । उनको मिहिनेतको फल विज्ञानका सबैलाई रसिलो नलाग्ने सिद्धान्तहरू मानव जीवन सरल बनाउने साधन भए । समयको आवश्यकता विज्ञानका निरसिला सिद्धान्तको बीचमा खोजिएको मिलन विन्दु हुन् उनका यत्रा जीवनोपयोगी आविष्कारहरू । सिद्धान्तको व्यवहारमा उपयोग गर्ने सिद्धान्तका प्रतिपादक उनी वैज्ञानिक नै हुन् । तैपनि अभैm उनीमाथि अन्याय भइरहेको छ, उनलाई केवल आविष्कारक मानिन्छ वैज्ञानिक होइन ।

इतिहासको र सात समुद्रपारको उदाहरण आवश्यक नै पर्दैन । यस्तामात्र उदाहरणले अन्तको कुरा नेपालीले गर्न सक्दैनन्, नेपालमा सम्भव छैन भन्ने हीन भावना नेपाली अगुवाले जनतामा भरेका छन् । त्यसैले नेपालकै उदाहरण खोज्ने हो भने पनि नेपालमै यस्ता उदाहरण छरपष्ट छन् । भुइँचालो पीडितलाई आएका सहायताका सामग्री वितरणसम्म गर्न राज्यलाई कठिन भयो । कति सडाएर फ्याक्नुप¥यो । राज्य नै निरीह भएको यो बेलामा सीताराम कट्टेल र कुञ्जना घिमिरेको सपना रोक्न कुनै बाधाले सकेन । सानो पर्दामा हा“सो बा“ड्ने यी धुर्मुस र सुन्तलीको जोडी भुइँचालो पीडितलाई स्थायी हा“सो बा“ड्न तल्लीन भए ।

आफ्ना दुई छोरा युवा अवस्थामै गुमाएर विष्णु गौतम न निराश भए न हतोत्साहित । हो, शोकाकुल पक्कै भए, उनले गुमाएको कुरा अपुरणीय छ तर लक्ष्मी प्रतिष्ठान खोलेर चेपाङहरूको मुहार ह“सिलो बनाउँदैछन् । शायद, त्यहा“को निस्छल मुस्कानमा उनी आफूले गुमाएको कलेजोका टुक्राहरूलाई देख्छन् । शायद, सुरुमा उनलाई नपत्याउनेको संख्या पनि सानो थिएन होला । तैपनि मेरो कुरा पत्याइदेऊ भन्न लागेनन् उनी । आफ्नो कर्मले पत्याउन विवश पारे ।

अनुराधा कोइराला त्यत्तिकै सिएनएन हिरो भएकी होइनन् । उनले देखेको सपना असम्भव प्रायः नै थियो । बेचिएका चेली फर्काउनु कठिन त थियो नै र तिनीहरूलाई समाजमा प्रतिस्थापन गर्ने कल्पना झन् कठिन थियो । आज ‘माइती नेपाल’ करोडौंको आस्थाको केन्द्र भएको छ । आलोचकको मुख थुन्नमा आफ्नो शक्ति व्यर्थ गरेकी भए आज उनको सपना कति अपत्यारिलो हुन्थ्यो, त्यो कल्पना गर्न सकिन्छ । यस्ता उदाहरण प्रसस्त छन् जसले आफ्ना अपत्यारिला सपना साधनस्रोतको सीमिततामा पनि अपत्यारिला होइनन् भन्ने साबित गरे । निश्चय नै अहिले उनीहरू साधनस्रोतको अभावको त्यो अवस्थामा छैनन् । विश्वासको पु“जीले उनीहरूलाई केही सजिलो बनाएको छ ।

यी उदाहरणको दा“जोमा ओलीले सुनाएका योजनाहरू कठिन छैनन् । सरकारका निमित्त निश्चय नै साधनस्रोतको त्यो अभाव छैन जो माथिका उदाहरणमा र यस्तै उल्लेख गर्न नअटाएका उदाहरणमा थियो वा छ । काम सुरु गर्दाको अवस्थामा सबै सरकारको दा“जोमा हात्तीको सामुन्ने भुसुना सरी थिए । उनीहरूसँग भएको हतियार हिम्मत र मिहिनेत थियो । नपत्याउनेलाई महŒव नदिने आत्मबल थियो, अनि थियो सपना पूरा गर्ने स्पष्ट कार्ययोजना ।

उनीहरूले न प्रचार युद्धलाई प्राथमिकता दिए न आफ्नोजस्तै योजना अन्य स्थानमा सफल भएको उदाहरण नै । अरूको उदाहरण दिनुको साटो आफैँ उदाहरण बन्न ज्यादा रुचाए । आफ्नो राम्रो कामको प्रचार ओझेल पारेको गुनासो पनि गरेनन् । सपना देख्नैपर्छ, त्यसैले सपना देखे । उद्देश्य ठूलै हुनुपर्छ, त्यसैले आफ्नो व्यक्तिगत क्षमताभन्दा ठूलो उद्देश्य लिए । ‘के हो ठूलो जगतमा ? पसिना, विवेक’ चरितार्थ गरे तब उनीहरूको ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक’ सफलतातिर लम्केको छ ।

ओलीको पहिलो सत्ताकालमा उनी एक्लैले सपना बा“ड्न सुरु गरेका थिए । उनका समर्थकहरूको काम ओलीको बोली यही संसारको हो भनेर साबित गर्ने थियो । 

यस क्रममा उनीहरू ओलीले भनेजस्ता कुराजस्तै अरूतिर भएका उदाहरणहरू पेश गर्थे । जनताले यी सबै पत्याएर अर्कोपल्ट निष्कन्टक सत्ता सुम्पेका छन् । यसपल्ट यस्ता सपनाका व्यापार गर्ने उनी एक्लै छैनन् । उनको टोली अर्थात् मन्त्रिमण्डलमा पनि सपनाको व्यापार गर्ने होड चलेको छ । काकाकुलको नियति भोगिरहेको काठमाडांैमा बसेर कोही खाडी मुलुकलाई पानी बेचेर नेपाल सम्पन्न बनाउने सपना बा“ड्छ । कोही केही वर्षमै नेपालका हरेक किसानको कार किन्ने हैसियत बनाउने सपना ।

अरू त अरू कथित विज्ञहरू कोशी उत्तर बा“धले पानी उत्तरमै जमाएर दक्षिणपट्टि नेपाललाई समुद्रसँग जोड्ने जलमार्गको सपना देखाउँछन् । उत्तरमै रोकेर जमाएको पानीले कसरी दक्षिण समुद्रसम्म पानी जहाज चलाउने हुन् त्यो भने हेर्नयोग्य हुनेछ । पहिलोपल्ट पानी जहाज चलाउने कुराको विरोधीहरूले खिल्ली उडाएका थिए कागजको नाऊ बनाएर । अहिले समर्थकहरूले नै उच्चस्तरको खिल्ली उडाउँदैछन् कोशीमा सञ्चालित जेट बोटलाई पानी जहाज भनेर । सपना देख्नैपर्छ, उद्देश्य ठूलो हुनैपर्छ, तर त्योभन्दा महŒवपूर्ण कुरा हो केवल सपना देख्न र ठूलो उद्देश्य लिन सरकार होइन केही काम पनि गर्न हो ।

(कार्की विराटनगरबाट लेख्छन्) 


Views: 3