23rd July | 2018 | Monday | 6:17:42 AM

नेपालीमा उर्दू प्रभाव

शीतल गिरी   POSTED ON : Saturday, 30 June, 2018 (2:21:35 PM)

नेपालीमा उर्दू प्रभाव

नेपाल बहु–भाषीय देश हो, यो भाषाको सानो संग्रहालय नै हो । नेपालमा बसोवास गर्ने कतिपय जाति र तिनीहरूले बोल्ने भाषा सानो क्षेत्र या आफ्नै जातिमा मात्र सीमित छ । नेपालमा बोलिने कतिपय बोली यस्ता छन् जुन अन्य भाषाको अधिनस्थ छन् । 

उर्दू भाषा भारतीय उपमहाद्वीपको हजार वर्षको इतिहासको उपज हो । उर्दू भाषाको प्रभाव नेपालका प्रत्येक भाषामा परेको छ । कुनै भाषामा कम छ भन त कुनैमा बढी । नेपालको विशिष्ट ऐतिहासिक र सांस्कृतिक परिस्थितिले कुनै भाषालाई अगाडि ल्यायो त कसैको विकासक्रम अवरुद्ध बनायो । यसै क्रममा आर्य भाषाको समूहमा एउटा नयाँ भाषाले जन्म लियो, जसलाई उर्दू भनिन्छ । 

नेपालको इतिहास नियाल्दा एउटा कुरा स्पष्ट हुन्छ कि यहाँका भाषामा त्यतिखेर मात्र ठूलो परिवर्तन भएको थियो जतिबेला देशमा धार्मिक र राजनीतिक जीवनमा कुनै ठूलो आन्दोलन भएको छ । संस्कृत भाषाको प्रवेश अघि यहाँ द्रविड भाषा र अन्य जातिको बोली र सभ्यता फलेफुलेको थियो । द्रविड संस्कृतिले सोभन्दा अघिका संस्कृतिलाई आफूमा समेटेको थियो । गोपाल वंश (यादव गोत्र) का साथसाथै नेपालमा उनीहरूको बोली (आर्य भाषा) ले पहिलेका (भेडापाल जातिको) भाषाको ठाउँ लियो । जुन एउटा क्रान्तिकारी घटना थियो । काठमाडौं उपत्यकाको दलदल भागलाई अथक परिश्रमद्वारा बस्तियोग्य बनाएका थिए । 

यसको सबैभन्दा प्रमुख कारण यो हुनसक्छ कि आफ्नो धार्मिक र सांस्कृतिक भेदभावका कारण आर्य जाति (यादव गोत्रीय गोपाल वंश) द्रविड समाजसँग पूर्णरूपले मिल्न सकेन । द्रविडहरूले गोपाल वंश संस्कृतिबाट धेरै कुरा लिए तर आरम्भमा पूर्णतः भिन्नता थियो । यसको अर्थ यो होइन कि द्रविड भाषा र संस्कृतिले आर्य भाषा र संस्कृतिलाई प्रभावित नबनाएको होस् । 

नेपालको भाषासम्बन्धी इतिहासमा यो नै पहिलो महŒवपूर्ण परिवर्तन थियो जब गोपाल वंशले काठमाडौं उपत्यकामा पाइला टेक्यो । यिनीहरूको प्रवेशपछि मात्र वैदिक संस्कृतिले महŒवपूर्ण स्थान लिनसक्यो । यसमा शंका छैन कि भारत भूमिमा आर्य जातिले समाजमा वर्ग विभाजन ग¥यो, जसको असर नेपालमा पर्नाले उच्च जातिको बोली र निम्न जातिको बोलीमा ठूलो अन्तर देखा प¥यो । यहाँका ब्राहृमण, राजा, मन्त्री संस्कृत बोल्थे भने निम्नस्तरका मानिस प्राकृत भाषा बोल्दथे । जसमा आइमाई पनि पर्थे । यसो हुनुको मुख्य कारण प्राकृत भाषा यहाँको जनजिब्रोमा पच्नु हो । 

ब्राहृमणहरूले संस्कृत भाषालाई सर्वश्रेष्ठ देखाउन व्याकरण र शुद्ध उच्चारणरूपी बन्धनले जति कस्दै लगे त्यति नै यो भाषाको दायरा खुम्चँदै गयो र आमजनतामा कुनै खास रूचि जागेन । त्यसो त आज पनि विद्यालय र क्याम्पसमा संस्कृतको पढाइ हुने गरेको छ र यस भाषालाई देवनागरीको पुर्खा मानिन्छ तर यसको उपयोग आज धर्मका नाममा ठगी गर्नका लागि प्रयोग गर्ने गरेको पाइएको छ । संस्कृत भाषामा ठूलो प्रहार बौद्ध र जैन धर्मले ग¥यो । फस्वरूप संस्कृतको कम र प्राकृत भाषाको बढी विकास भयो । 

आर्य धर्ममा देखा पर्न थालेको अन्तर्विरोधको फलस्वरूप बौद्ध र जैन धर्मको उदय भएको हो । जसले बाहुनवादका सम्पूर्ण नराम्रा पक्षलाई चुनौती दियो । धार्मिक क्षेत्रमा बौद्ध धर्म एउटा महŒवपूर्ण परिवर्तन थियो । यसमा कुनै शंका छैन कि तल्लो वर्गका जाति बौद्ध धर्मप्रति आकर्षित भए । उपनिषद् र स्मृतिले सिर्जना गरेको जातिपाती, छुवाछूतको भावना भने समाजबाट लोप हुन सकेन । बुद्धले आफ्नो धर्मको प्रचार जनसाधारणले बोल्ने गरेको प्राकृत भाषामा गरे । 

बौद्ध धर्मका साथसाथै प्राकृत भाषाले फल्नेफुल्ने मौका पायो । यस भूभागमा रहेका विभिन्न साना–ठूला राज्य बन्ने र टुट्ने क्रमले पनि भाषामा असर नपारेको होइन । कालान्तरमा ब्राहृमणवादले हिन्दू धर्ममा परिर्वतन ल्याउनाले विस्तारै बौद्ध धर्मको प्रभाव घट्दै गयो । यसको प्रभावबाट काठमाडौं उपत्यका पनि अछूतो रहेन । 

त्यसो त अरबबाट मुसलमान धेरै पहिलेदेखि नै भारतीय उपमहाद्वीपमा आउन सुरु गरे तापनि दशौं शताब्दीको अन्तिम समयदेखि उनीहरूको प्रवेशले ऐतिहासिक र सांस्कृतिक महŒव राखेको छ । यदि मुसलमान यस भूभागमा नआएका भए पनि भाषामा परिवर्तन आउथ्यो । तर, त्यसको रूप भने अर्कै हुने थियो । मुसलमानको प्रवेशले भाषा परिवर्तनमा ठूलो प्रभाव पा¥यो । तिनीहरूले जुन बोली बोल्दै भारत प्रवेश गरेका थिए त्यस बोलीले स्वाभाविकरूपले यहाँको बोलीमा प्रभाव पा¥यो नै । 

जब दुई राष्ट्र अथवा दुई जातिका मानिहरू एक अर्कासँग यस किसिमबाट घुलमिल हुन्छन्– जस्तो अरब भूभागबाट आएका मुसलमानहरू र यस भूभागका हिन्दू यसको प्रभाव एक÷अर्कामा यस किसिमले परेको हुन्छ जसलाई अलग्याउन धेरै अप्ठ्यारो पर्छ । भाषा मानिसको सामाजिक व्यवहारले नै जन्मने गर्छ र त्यस व्यवहारलाई बदलिदिँदा भाषामा पनि परिवर्तन आउँछ । मुसलमानहरूको प्रवेशले भारतको सामाजिक जीवनमा परिवर्तन आयो र हिन्दू मुसलमानको सम्पर्कबाट एउटा नयाँ बाटो कोरियो जुन आजसम्म कायमै छ । जसको प्रत्यक्ष प्रभाव नेपालमा पनि प¥यो । प्रत्येक समाज र जनताले बोल्ने भाषाले सामाजिक र सांस्कृतिक जीवनको विश्लेषणमा ठूलो सहायता पु¥याएको हुन्छ । भाषा न त त्यस्तो स्थानमा बस्न नै सक्दछ । मुसलमानहरूको प्रवेशपछि भारत नेपालमा बोलिने गरेका थुप्रै भाषामा परिवर्तन ल्यायो । 

आठौं शताब्दीदेखि इरानमा बस्दै आएका मुसलमानहरूको सभ्यतामा जोरो आष्ट्रियन, बौद्ध र मसिही धर्मको तŒव पनि समावेश थियो । उनीहरूको बोलचालको प्रमुख भाषा फारसी थियो जुन स्वयं एउटा प्रभावशाली आर्य भाषा थियो । दशौं शताब्दीमा यो भाषा मुसलमानसँग भारतमा भित्रियो र यसको प्रभाव नेपालमा पनि प¥यो । बाइसी चौबीसी र भुरे टाकुरेजस्ता सानासाना राज्यमा बाँडिएको नेपालमा राजनीतिक एकताको विचार पनि गर्न सकिँदैन थियो साथै भारतको अवस्था पनि यसभन्दा भिन्न थिएन । यस्तो स्थितिमा मुसलमानको आक्रमण सफल नहुने कुरै थिएन । 

मुसलमानहरूले भारतमा राज्यसत्ता आफ्नो हातमा लिएपछि उर्दू भाषा र साहित्यले जन्म लियो । भारतका भाषा खास गरी हिन्दीसँग फारसी अरबी शब्दको मिलनले जन्मिएको भाषालाई खडी बोली भनिन्थ्यो जुन बोलीमा पञ्जावी भाषाको आधिपत्य थियो तर कालान्तरमा गएर यही भाषा उर्दूको रूपमा आफ्नो पहिचान बनाउन सफल भयो । 

भाषा सामाजिक जीवनको आधारमा बन्ने गर्दछ, उसको कुनै धर्म हुँदैन । विभिन्न भाषा बोल्ने मानिसहरू जब एक ÷अर्काको नजिक बस्छन् तब शब्दको लेनदेन अवश्य हुन्छ । हिन्दू मुसलमानको मेलजोलले भारतमा नवीन आर्य भाषा (हिन्दी) प्रभावित हुँदै गयो र भारतमा राजस्थानी, बुन्देली, ब्रज, अवधी भाषासँगै उर्दू भाषाले पनि आफ्नो जरो बलियोसँग गाड्यो । नेपालमा पनि उर्दू भाषाको प्रवेश पन्ध्रौँ शताब्दीको हाराहारीमा भएको हो तर साहित्यमा यसको प्रयोग भने नेपाल एकीकरणपछि भएको हो ।

नेपाली साहित्यमा द्रूतरूपमा नभए पनि विस्तारैविस्तारै उर्दू साहित्यको शैली र शब्दले प्रभाव जमाएको छ । अब प्रश्न आउँछ, कुन स्रोतबाट नेपालमा उर्दूको प्रवेश भयो । सुगौली सन्धिपछि नेपाली जवानहरू गोर्खा रेजिमेन्टमा भर्ना भए । उनीहरू फकिँदा कोसेलीका रूपमा फारसी, हिन्दी, अंग्रेजीको साथमा उर्दू भाषालाई पनि भिœयाउने काम गरे । 

त्योभन्दा पहिले नेपालका विभिन्न राजाहरूको सम्बन्ध दिल्ली सुल्तानसँग थियो । मुगल सम्राटको शानसौकतबाट प्रभावित नेपालका राजाले राजकाजको तरिकाको साथमा नयाँ मीठो उर्दूका शब्द र शैलीलाई पनि भिœयाएका थिए । दरबारिया कवि र एक दुई लाहुरेले बोल्दैमा उर्दूले नेपाली साहित्यमा आफ्नो छवि बनायो भन्न मिल्दैन । उर्दू साहित्यका कतिपय पद विद्याहरू संस्कृत साहित्यको जस्ता विकट नभएर सरल छन् र लयात्मक छन् । शब्दमा पनि उस्तै मिठास । तसर्थ नेपाली साहित्यकार नजानिँदो रूपले उर्दू साहित्यप्रति आकर्षित भए । उर्दू साहित्यको गजल त मोतीराम भट्ट हुँदै ज्ञानुवाकर पौडेल, घनश्याम न्यौपाने ‘परिश्रमी’, मनु ब्राजाकी र बुँद रानाबाट नेपालीपन पाएर हुर्किसकेको छ ।