23rd July | 2018 | Monday | 6:14:22 AM

आशा गर्ने ठाउँ नै रहेन

राजन कार्की   POSTED ON : Thursday, 12 July, 2018 (3:24:03 PM)

आशा गर्ने ठाउँ नै रहेन

युद्ध जित्नेको नाम चंगेज खान थियो । चंगेज वीरताको नाम, विजयको नाम थियो, बलियो राष्ट्रवादको नाम थियो, देशघातकको नाम थिएन । नेपालका सन्दर्भमा प्रचण्ड, ओलीहरू संघर्ष जितेर चंगेज त बने, वीर बन्न सकेनन् । तिनले हा“केको लोकतन्त्रमा लोक देखिँदैनन्, उनीहरू बास्सा (बादशाह) बनेका छन्, लोक गुलाम । हामीस“ग लोकमत छ, जे पनि गर्नसक्छौँ भन्ने अहंकार चंगेज हुन सक्दैन । धर्म नष्ट भएपछि अहंकार जन्मने हो । कार्टरले कोइरालालाई दक्षिण एसियाको नेता भनेका थिए, आज कोइरालाको जन्मजयन्तीमा २० जना पनि जम्मा भएनन् । राज्यले सलामी दिने र कार्यकर्ताले मलामीको काम गर्ने, आमनागरिकले नसम्झने व्यक्ति राजनेता बन्न सक्दैन ।

सन् १८१६ मा सुगौली सन्धि गरेर हामीले किल्ला का“गडा गुमायौं । त्यसपछि मन्द अतिक्रमण, १९५० को शान्ति तथा मैत्री सन्धिपछि गतिमान बन्यो । स्थिति यस्तो सिर्जना हुनपुग्यो कि न हाम्रा सीमा सुरक्षित छन्, न स्वराज । यक्तिको व्यक्तिगत धर्म, घरको घरेलु धर्म, गाउ“को गाउ“ले धर्म, समाजको सामाजिक धर्म, संस्थाको संस्थागत धर्म, राष्ट्रको राष्ट्रिय धर्म हुन्छ । यो शताब्दीमा त मानवाधिकार प्रमुख धर्मको रूपमा देखा परेको छ । हाम्रो देशभित्र यी धर्महरूको स्थिति बलियो छ कि कमजोर ? यही एउटा प्रश्नले हामीलाई घरको न घाटको बनाइदिएको छ । किनकि हामीले राजनीतिलाई आयात निर्यात गर्ने कम्पनी बनाइदियौँ । घरदेखि सडकसम्म, सदनदेखि सरकारसम्म व्यापार छ, धर्म छैन ।

नेपाल उभिएको त्रिखुट्टी भनेको धर्म, राजसंस्था र सेना हो । धर्म विनास गरिसक्यौँ, राजसंस्थालाई किनारा लगाइसक्यौँ, सेना छ, सेना निस्प्रभावी छ । पछिल्लोपल्ट प्रधानसेनापतिको देशको शान्तिसुरक्षा, ऐक्यबद्धता र स्थिरताका लागि सेना सचेत छ, सक्षम छ भन्ने अभिव्यक्ति आयो तर अभिव्यक्तिमा पुच्छर जोडियो ‘सरकार र संविधानले दिएको कार्यादेशअनुसार’ भनेर । जनता र देशलाई शिरमा राखेर डमरु र त्रिशूललाई शक्तिको स्रोत मान्ने सेना स्वतः धर्म सापेक्ष छ । कुलपूजा र मूलपूजा गरेर अहोरात्र खटिने सेनाको आन्तरिक र बाहृय जिम्मेवारी छन्, बाहृय जिम्मेवारी त बखुवी निभाइरहेको छ सेनाले, आन्तरिक जिम्मेवारी व्यापक छ र व्यापक जिम्मेवारी पूरा गर्न नेपाली सेनाले खुट्टा लरबराउने, लरतरो हिसाबले सम्भव छैन, शूरवीरताको साहस देखाउनै पर्छ । राजनीतिलाई आफ्नो कोर्समा छाडिदिने, राजनीति असफल हुनासाथ सेना सक्रिय भइहाल्नुपर्छ । नेपाली सेना राष्ट्रिय धर्मप्रति सचेष्ट छ भन्ने विश्वास जनजनमा छ, यही विश्वासको सम्मान राख्नुपर्ने दायित्व छ सेनामा ।

खुलस्त भइसक्यो संसद्देखि सर्वोच्चसम्म, नागरिक समाजदेखि सिंहदरबारसम्म दाताहरू दान दिइरहेका छन् र नेतादेखि कार्यकर्तासम्म दानको पोखरीमा पौडिखेलिरहेका छन् । विदेशीले दिएको कार्पेटमा हिँड्ने, मेचमा बस्ने, सुखानुभूति र सुविधाभोगी बनेका भोजभट्टहरूले गर्ने निर्णयमा नेपाली सुगन्ध भेटिएला कि विदेशी दुर्गन्ध ? कोही सीमा मिच्ने, कोही शासनमा किला ठोक्ने, कोही दिमाग भुट्ने, सकेसम्म नेपाललाई लुट्ने, हामीभित्र दास प्रवृत्ति बढेकै हो, स्वाभिमान सा“घुरिएकै हो । हाम्रै छातीमा हामीलाई नै फुटबल बनाउने ? विदुरनीति भन्छ ‘कुनै पनि काम समूहमा गर्नु उपयुक्त हुन्छ ।’ यहा“ जे काम भइरहेको छ, गुटमा, गुटको स्वार्थमा भइरहेको छ । बुद्धले भनेजस्तै हाम्रा नेताहरू ‘कुराअनुसारको काम नगर्दा बास्नाहीन फूलजस्तै’ बनेका छन् ।

सन् १९७५ मा सिक्किमलाई भारतमा मिलाउने योजना (भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसस् विङ) ‘र’ को थियो । त्यसपछि नेपालको मधेसलाई भारतमा मिसाउने योजना रहेको थियो, ‘र’ को त्यो उद्देश्य त्यसपछि भारतमा उत्पन्न निरन्तरको राजनीतिक अस्थिरता र सन् १९७७ मा इन्दिरा गान्धीको पराजयका कारणले आजसम्म सम्भव भइसकेको छैन भनेर ‘र’ का पूर्वअधिकारी आर के यादवले ‘मिसन र’ पुस्तक लेखेरै खुलस्त पारिदिएका छन् । पुस्तकमा यसबारे ‘र’ का संस्थापक काओले उनलाई जानकारी दिएको पनि उल्लेख छ ।

नेपालमा थिङ्क ट्यांक छन् भने तिनले यो पुस्तक पढेकै हुनुपर्छ । पढेर पनि मुख नखोल्नेहरू निदाएको बहाना गरिरहेका छन् । सार्वभौम, स्वाधीन र लोकतन्त्रको मन्त्र जपेर नथाक्ने राजनीतिक प्राणीहरूलाई २०६३ सालको जनआन्दोलनले बलवान् बनाएको छ र २०७२ सालको संविधानले कम्युनिस्टलाई पहलमान् । यी बलवान् र पहलवान् नेताहरू कोही पनि राष्ट्रिय अस्तित्व कुन हालतमा पुगेको छ भनेर चु“इक्क बोल्दैनन् । 

जमाना थियो, भारतका प्रकाश नारायण भन्थे ‘यी कस्ता नेता हुन् जो नेपाललाई भारतका सामु नतमस्तक बनाउन दिल्ली आइरहन्छन् ।’ त्यो कालखण्ड र यो कालखण्डमा भिन्नता रौं बराबर पनि छैन, किनकि हाम्रा नेताहरूको राजनीतिक बैतरणी बागमती बन्न सकेन, दिल्लीको यमुनाकिनार नै कायम छ । राजा र धर्म मास्ने, सेनालाई संविधानको नागपासले बा“ध्नेजस्ता ठूला–ठूला परिवर्तन त भए, नेतृत्वदायी व्यक्तिहरू दास मनोवृत्तिबाट माथि उठ्न सकेनन् । दास त दास नै हो, मालिकको सेवा गर्नु उसको धर्म हो । दासबाट के आश गर्ने ?

श्री ३ चन्द्रशमशेरले उहिल्यै दासप्रथा उन्मूलन गरिदिएका हुन् । ऊबेलाको कुरा कुबेलामा, अहिले देशभित्र खड्ग र प्रचण्ड नागरिकलाई दास बनाउने सा“चो बनेका छन्, उनीहरू आफैँ विदेशीका सामु लम्पसार पर्छन् । लियो टाल्सटायले दासताका तीन रूप हुन्छन् भनेर लेखेका थिए, दासताका यी सबै रूप लोकतान्त्रिक नेपालमा विद्यमान छन् । २०७५ साल असारको अन्तिम हप्ता ब्रहृम चेलानीले नेपालमाथि भारतले ज्यादति गर्दै आएको छ, नेपालस“ग माफी माग्नुपर्छ भनेर के लेखेका थिए, केही नेपाली बुद्धिजीवीले पो आलोचना गरे । गिदी बस्ने ठाउ“मा गोबर भरिएपछि दासता त बढ्नै नै भयो नि । 

भारतीय सेनाका कर्नेल गौतमले ‘नर्दर्न सेक्युरिटी अफ इण्डिया’ पुस्तक लेखरै १९५० मा नेपाललाई भारतमा नमिलाएर नेहरूले हिमालय बराबराको भूल गरे, त्यो भूल भारतले छिटोभन्दा छिटो सच्याउनुपर्छ भने । जनआन्दोलन, जनयुद्धका नाइकेहरू जो देशरक्षा र बिस्तारवादविरुद्ध सुरुङयुद्धसम्मको उद्घोष गर्थे, उनीहरू यतिबेला दास जसरी लम्पसार परेका छन् । 

सत्तामा पुग्यो कि निहुरीमुन्टी न हुने कस्तो क्षयरोग लाग्यो हाम्रो देशका शासक वर्गलाई ? राजनीतिक क्रान्ति सकियो, अब आर्थिक क्रान्ति सुरु भयो भन्नेहरू उही तस्कर, माफिया, भ्रष्ट, अनैतिकहरूस“ग रातो चामलको भात खाएर डकार्न थालेका छन् । बटुवा हिँड्न बाटो छैन, गाडीलाई सडक छैन, गरिखाने वातावरण छैन, प्रत्येक नागरिकको टाउकामा २४ हजार ऋणको बोझले थिचिसक्यो, तत्काल असम्भव रेलका कुरा, पानीजहाजका हलकारा बनेर छलकारा कुरा गरिरहेका छन् । नेपालको नेतृत्व सम्हाल्ने नेताहरू स्वतन्त्र नेपालका धरहरा बन्न सकेनन् । राजनीति छ तर राजनीतिभित्र राष्ट्रवाद मैनबत्ती पग्लिएझैं पग्लँदै र सिन्के धूप सल्किए झैं सल्कदै सकिँदै गएको छ ।

राजतन्त्र फालेपछि रामराज्य आउ“छ भन्ने यिनै हुन् । हिन्दु धर्म फालेपछि समृद्धि हुने मान्यता राख्ने पनि यिनै हुन् । सेनालाई राजनीतिमा मुछ्न सकियो भने एकछत्र साम्राज्य हुनेछ भन्ठान्नेहरू पनि यिनै हुन् । देशलाई दास पोखरीमा चुर्लुम्मै डुबाएर यिनीहरू आफू त समृद्ध भए, सम्पन्न भए । संविधान बनेपछि, चुनाव सम्पन्न भएपछि सिंहदरबार घरघरमा पुग्छ भनिएकै हो, सिंहदरबारको भ्रष्टाचार र अनैतिकता छताछुल्ल हुनपुग्यो । निगरानी र नियमन गर्ने निकाय लुते पारिएपछि कुखुराचोर वन बिरालाहरू बाघ बनेका छन् ।

र, संविधान नमान्ने ठस्किएकै छन्, संविधान मान्ने महन्थ ठाकुर र राजेन्द्र महत्तोको आज पनि मधेश अलग देश भनिरहेकै छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर पुगेर भाषण गरेर फर्किएका थिए, भारतका विदेशमन्त्रीले जनकपुरमा भारतवासीलाई सम्बोधन गरेको तर्क दिइन् । यति हु“दा पनि कुनै नेता वा बुद्धिजीवीको मन पटक्कै बिझाएको देखिएन ।

राजदरबार छोडेर नागार्जुनबास गएका पूर्वराजा ज्ञानेन्द्रको मनखत एउटै छ– राष्ट्रियताको धून सुन्न पाइएन । जनताले खोजे म यही“ छु भन्ने पूर्वराजा नेतृत्व लिन पनि तयार भएका हुन् । तर, उनले नेतृत्व लिने तत्परता देखाएनन्, आमनागरिक राजाको पछिपछि लागेर पुच्छर निमोठिरहेका छन् । के हो के हो भन्ठानेर प्रधानमन्त्री केपी ओलीले गणतन्त्र दिवस मनाउन आफैँ निम्तो जाने कुरा गरे । राजनीतिक गुत्थी सुल्झिएको छैन, राष्ट्रिय मुद्दाहरू सल्टिएका छैनन्, ‘साधुलाई शूली, चोरलाई चौतारो’ को शासन चलिरहेको छ ।

प्रजातन्त्रवादीलाई ब्यालेटले पछारेर कम्युनिस्टहरू बाघ बनेका छन् । चरित्रले दासहरूलाई के चाहियो, राष्ट्रघातका वागन्याक (का“डे पञ्जा) लिएर बाघझाप्पु हान्न तयार देखिन्छन् । यसकारण स्वाधीनतावादीहरूका लागि यो समय सतर्कताको समय हो ।

अहिलेका प्रधानमन्त्रीले राज्यबाट १८ करोडको उपचार खर्च लिए । उपचार खर्च नलिने नेता बिरलै होलान् । यिनको सरकारले बालवृद्ध जोसुकै बिरामीबाट समेत पाँच प्रतिशत कर उठाइरहेको छ । आफूले कर तिरेर यिनलाई सित्तैमा उपचार गराइदिनुपर्ने कम्युनिस्ट सरकार हो कि कम्युन्यालिस्ट ? यिनले जनजीविकाका लागि काम गर्लान् र ? यो कुरामा कसैलाई पनि विश्वास छैन । 

लुकाएर नलुक्ने कुरो के हो भने हाम्रा नेताहरू हामीतिर फर्केर, इमानदारी अन्तै देखाइरहेका छन् । दासबाट अब हामीले के आश गर्ने ?