11th December | 2018 | Tuesday | 7:30:12 PM

छोरी ! पहिलो पटक रजस्वला भएकी छ्यौ

मुना दाहाल   POSTED ON : Saturday, 04 August, 2018 (6:50:34 PM)

छोरी ! पहिलो पटक रजस्वला भएकी छ्यौ

छोरी ! तिमीले 

परम्परालाई 

अँगाल्ने र अनुभूति गर्दै जानुपर्ने छ 

तिमी हिजोकी 

सानी गुडिया रानी अब छैनांै

छोरी तिमी पहिलो पल्ट रजस्वला भएकी छौँ

त्यसैले भन्दैछु छोरी 

अब लक्ष्मण रेखा कोरिनेछन्

तिम्रा लागि बनाइदैछ

एउटा छुट्टै सीमाको सूची 

यी बनाइएका दायराहरू तिम्रा लागि

तिमीले हिड्ने पैतालाको चालको 

तिम्रो हाँस्ने ,बोल्ने,पढ्ने ,हेर्ने ,सुन्ने, भन्ने,मुहारको

सुत्ने, बस्ने र खेल्ने शरीरको

सीमारेखाहरू छन् 

हो ! छोरी,

अब तिमी ठूली भएकी छ्यौ 

तिम्रा कदम कदममा हरेक गतिविधिको

निगरानी राख्न पहरेदार खटाइनेछ

कडाभन्दा कडा 

ऐन नियम लागू गराइँदैछ 

अबदेखि तिम्रो उठबसलाई पनि 

जन्जीरले बाँधिदैछ 

हो छोरी,

तिम्रो सुमधुर

मिठो कोइलीरूपी आवाजलाई

अनि तिम्रा

छुनुमुनु गरी उफ्रँदै हिँड्ने पैँतालालाई

र, तिम्रो हुर्कदै गरेको यौवनलाई ।

हो, छोरी !

अब तिमी रक्ताम्य भएर फूलेकी लालुपाते हौ

काँडै काँडाबीच फुलेकी गुलाब हौ

तिम्रो रातो रंगलाई सबैले मन पराउँछन् 

कोही कुनै बेला 

तिमीलाई लुछ्न र निमोठ्न हतारिँदै हुनेछन्

हो छोरी !

तिमी पहिलो पल्ट रजस्वला भएकीछ्यौ

अब, तिमीभित्रका सपनाहरू 

देख्न बन्द गरिँदैछ

तिम्रा भरखर पलाउँदै गरेको पँखेटा काटिँदैछ

रोकी देऊ लामो यात्राको

त्यो उडान भर्ने सपना

तिमीले उड्न मनाही छ छोरी

तिमीलाई यही सुनको पिँजडामा राखी

मिठो मिठो आहार खुवाइँदैछ

छोरी ¤

तिमीले पुरातन स्तुतिमा प्रविष्ट भई

मेरै रीत दोहो¥याउँदैछ्यौं

तिमी कोमल सिमलको भुवाबाट 

चट्टान बन्नुपर्छ

कठिनाइमा आँसु झार्न मनाही छ 

तिमीले, 

चिराचिरा भएर पनि उब्जनी दिइरहनु पर्छ

निसंड़्कोच मुस्कुराउनुपर्छ 

त्यसैले त तिमी अब धर्ती बन्नुपर्छ

तिमी रजस्वला भएकी छ्यौ

तिमीले कोख भर्नु छ 

अब तिमी यहाँ छोरी बन्नु छ । 


Views: 44