17th December | 2018 | Monday | 1:43:41 AM

रेगिस्तानको रापले खारिएर उत्कृष्ट उद्यमी

माधव घिमिरे अटल   POSTED ON : Saturday, 06 October, 2018 (4:29:43 PM)

रेगिस्तानको रापले खारिएर उत्कृष्ट उद्यमी

फ्रेन्च कट दारी, मझौला कद, छरितो काया, ठट्यौलो स्वभाव, आशावादी चिन्तन, फरासिलो बोलीबचन, हँसमुख चेहरा यही हो संक्षिप्त परिचय प्रेमप्रसाद लामिछानेको । करीब ६ वर्षअघि विद्यालयको कक्षामा अध्यापन गरिरहेका प्रेमसँग पहिलो भलाकुसारी भएको थियो, उनकै कक्षा अवलोकन गर्ने सिलसिलामा । निजी विद्यालयमा पढाएर जीवन गुजार्न असम्भवप्रायः हुने निचोडमा पुगेपछि चुपचाप चले उनी खाडीको धूपतिर । प्रेमिकासँग रमाउने युवावयमा रेगिस्तानतिर भासिएका प्रेमबारे अनेकौँ अड्कल काटिए किन्तु उनको वास्तविक वेदना नियाल्नेतिर कोही लागेन । कसैले लख काटे उनी माटोलाई माया गर्दैनन्, मातृृभूमिलाई मुटुमा राख्दैनन् । यथार्थ नितान्त भिन्न थियो मरुभूमिमा पसिना पोख्नुको । आम युवाहरूझैँ उनलाई पनि सम्पन्नताको सपना कङ्काल बनाउने रहर फिटिक्कै थिएन र त्यसका नम्ति अर्को विकल्प पनि सुुझेन । फलतः उही बाटो रोजे जसलाई वर्षौदेखि रोजिरहेछन्, यो देशका ऊर्जाशील तन्नतेरीहरूले । रेगिस्तानलाई पसिनाका दानाले सिँञ्चन गर्दामात्रै उनको परिवारको पेटपूजा सहज हुन्थ्यो किनकि त्यहाँका मुदिरले सरजामको सरल ढंगले जोहो गरिदिन्थे । 

त्यसो त मधौरु शरीर खाडीको रापमा घिसार्नु न त रुचिको विषय थियो न त रवाफको नै । समयले सिर्जिएका व्यवधानहरूसँग जुध्नुपर्ने बाध्यताको उपज थियो त्यो बरु । दबाईले व्यथा दबाउनुपर्दा कहिलेकाहीँ त यस्तो लाग्थ्यो जिन्दगी कतै भिजेको कागजसरि भएको त होइन ¤ न अन्तर्मनको बह लेख्न मिल्ने, न वाहृय ठन्डी भगाउनका निम्ति जलाउन नै । यस्तै यस्तै जलनबीच जवानी सुम्पिरहे उनले मुदिरको व्यापारमा, पुग नपुग चार वर्ष । टाकुरो चढ्ने सपना साँच्नेले घरको तगारो किन ननाघ्ने भन्ने मन्त्रद्वारा निर्देशित भएरै लागेका थिए उनी खाडीतिर, एउटा सम्पन्न जिन्दगी बाँच्ने लालसाले जुन चार वर्षे अन्तरालमा मृगतृष्णामा रूपान्तरित भयो । लाग्यो, पानी मथेर घ्यू लाग्दैन । एकातिर रोगको चर्को आक्रमण अर्कातिर वातावरणमा अन्तरघुलन हुन नसक्नुको दुःखद अनुभूति । एक त करेलो नीमको थाँक्रो भने झैँ पो हुन थाल्यो । लाग्यो, सियाले इनार खनिँदैन नै । रेगिस्तानमै यो निष्कर्षमा पुगेपछि उनी आफ्नै माटोसँग फेरि मितेर गाँस्न आइपुगे, गह्रौँ मन लिएर । मनमा अज्ञात भय थियो, फलानाको छोराले स्नातक गरेर के नाप्यो भन्ने गाउँको द्वारे न खोलाको माझी त भइएन भन्ने त्रासले अत्याइरहृयो केही दिनसम्म आफ्नै जन्मथलो फर्किएपछि पनि । 

मान्छेको खास मापन सहजतामा ऊ कहाँ खडा हुन्छ भनेरभन्दा पनि असहजता, चुनौती र विवादमा कहाँ उभिन्छ भनेर हुने गर्छ । रेगिस्तानबाट विदा लिएपछि के गर्ने भन्ने पिरलोले छोडेन उनलाई । आफ्नै भन्नेहरू पनि चप्पलजस्ता लाग्न थाले उनलाई जसले साथ त दिन्छन् किन्तु पछाडिबाट हिलो भने छ्यापिरहन्छन् । 

खाडीमा टुक्रेको सपना जोडजाड गरेर नयाँ जीवन खोजी गर्ने चुनौती झन् जीवन्त भएर तेर्सियो उनका अगाडि । बल्ल महसुस भयो, एउटा अग्लो पहाड आरोहण गरेपछि मात्र थाहा हुन्छ जीवनमा चढ्नका निम्ति थुप्रै पहाड बाँकी छन् भन्ने । समाज अनुसारको नमाज पढ्नै पर्ने भयो भन्ने तŒवज्ञान भए पनि हिँड्नुपर्ने गोरेटो आफैँ खन्नुपर्ने बारे द्विविधा भने भइरहृयो । आगो पनि फुक्नैपर्ने, जुँगा पनि बचाउनैपर्ने परिस्थिति सिर्जना भएकै थियो । त्यसैबीच उनले निक्र्यौल गरे मदिरा व्यापारी बन्ने । जथाभावी मरिदा सेवन गर्नेको अपमान भए पनि विक्री गर्ने व्यापारीको त साना हुने नै भयो । यसरी कखरा नै नजानेको काममा जुटे उनी अनिश्चित भविष्यतिर । तीन मोहरको पाडा, नौ मोहरको राडो सरि पो भयो झन् यो व्यापार अनुभवविहिनताले गर्दा । नखाउँ भने दिनभरको सिकार, खाउँ भने कान्छा बाबुको अनुहार भयो । दोष कसलाई दिनु ¤ हुन त आजकल मान्छेहरू डुब्दा पानीलाई दोष दिन्छन्, ठेस लाग्दा चुच्चे ढुंगालाई कसुरदार ठान्छन्, असफल हुँदा भाग्यलाई सत्तोसराप गर्छन् र आफ्नो कमजोरी, अपरिपक्वता, अक्षमता छपक्क थोप्ने प्रयास गर्छन् । परन्तु उनले त्यसो गरेनन्, गर्न आवश्यक पनि ठानेनन् ।

व्यापारलाई लुटको धन्दा बनाउनेहरूबीच नीति, थिति र विधिमा चल्नुपर्छ भनी ठान्ने उनीजस्ता घिउमान्छे टिक्ने कुनै गुञ्जाइस थिएन । भयो ठीक त्यस्तै । व्यापारमा टुट्टा पर्दै गएपछि फेरि होसहवास उड्यो । व्यापार त बाँदको पुच्छर टाई न इँजार जस्तो पो भयो । घाटाको व्यापारले उनलाई मदिराको प्यालाविना निद्रा नै नपर्ने हो कि भन्ने अवस्थामा पु¥याइसक्दा पनि उनले हरेस खाएनन् । भलै तातो दूधले पोलेको पीडितले मही पनि फुकेर खान्छ भन्ने जटिल परिस्थितिमा आफू पुगेको आभास पाएका किन नहुन् । लाग्यो, महान चिज सजिलो ठाउँबाट प्राप्त हँुदैन । नयाँ निर्णयमा पुगे उनी– भित्रीरूपमा केही गर्ने इच्छा बोकी बोकी चिहानतिर पुग्नु युक्तिसंगत होइन । यसर्थ बाटो बदल्नुपर्छ, लक्ष्य होइन । उनी यही निष्कर्षमा पुगे ।

जिन्दगीको नयाँ उचाइमा पुग्नुछ भने जोकोहीले पनि आराम त्याग्नुपर्छ र त्यो गर्नुपर्छ जुन आरामदायी छैन भन्ने निष्कर्ष निस्क्यो अन्तरहृदयबाट । यही ठम्याइलाई अनुशरण गरे उनले र निधो गरे बाख्रापालनको । भनिन्छ, सोच्नु, राम्रो कुरा गर्नु र झन राम्रो काम गर्नु त सबैभन्दा राम्रो । आफ्नो अन्तस्करणको आवाज सुनाए स्वजन र निकट आफन्तहरूलाई । परन्तु जवाफ सकारात्मक पाएनन् । त्यत्रो पढेर बाख्रा गोठालो ¤ धेरैले आँखीभौँ खुम्च्याए । अर्ती दिन थाले बौद्धिक पेशामा आबद्ध हुन । अन्तरमनले भन्यो, उत्कृष्ट काम देखेर दुनियाँले भनोस्, त्यो महान् बाख्रापालक किसानले यहीँ पाल्थ्यो बाख्रा र श्रेष्ठ काम गथ्र्यो । 

कसैलाई ढोलको आवाज दबाउन असजिलो नहोला, वीणाको तार पनि चाहृयो भने खुकुल्याउन सकिएला तर चखेवालाई गीत नगा भनेर आदेश गर्न सम्भव छैन । ठीक त्यस्तै भयो प्रेमको हकमा पनि । उदाहरणीय बाख्रापालक बन्ने सपनाले उनलाई घच्घच्याइरहृयो । फलतः आफ्ना भनिएकाहरूको चरम असहयोग र उपेक्षाका बाबजुद उनी आफ्नो ध्येयमा लागिरहे । अरू त अरू ¤ आफ्नै आर्धाङ्गिनीसमेत नाखुस बन्ने वातावरण सिर्जना भयो तर उनको लक्ष्यमा तगारो तेस्र्याउने हिम्मत कसैले गर्न सकेन । बाख्रापालनमा बेखुसी हुने परिवारका सदस्यलाई उनले बङ्गुर पाल्ने विकल्प पेश गरे । परिणामतः बाख्रापालनका निम्ति सहज समझदारी जुट्यो । 

ठाकुरबाबा नगरपालिका–२, बलाती बर्दियाका २८ वर्षीय प्रेमप्रसाद लामिछानेको अहिले बाख्रा फर्म छ, जसको नाम हो पे्रेसिका एग्री फर्म । अहिले बाख्रा र अर्थको अन्तरसम्बन्ध एवं बाख्रा आयात गर्दा विदेसिएको १५–१६ अर्बको हिसाबकिताब बारे उनी त यसै पनि जानकार छन् नै, उनी एक प्रेरक युवा उद्यमीका रूपमा सुपरिचित हुँदैछन् देशभर । यतिबेला त सपना पनि सानातिना छैनन् उनीसँग । राधाकृष्ण बचत तथा ऋण सहकारीले दिएको दश लाख रुपैयाँ कर्जा नै उनको ऊर्जा बनेको छ बाख्रापालन व्यवसायमा । कृषि विकास बैंकले बीस लाख रुपैयाँ ऋण दिएर उनको उत्साह अझै उचो बनाइदिएको छ । आफ्नै प्रेरणाले ६–७ वटा फर्म सुरु भएकोमा उनी मखलेल पनि छन्, गर्वानुभूति हुने नै भयो । हिजो जागिर खोज्न यत्रतत्र भौतारिने प्रेम अहिले चार जनालाई जागिर दिन समक्ष छन् । रोजगारदाता हुन पाउनुमा पनि उनी गौरवान्वित छन् । पशुपालन पुस्तकालय खोल्ने धोको त छँदैछ । बर्दिया जिल्लालाई बाख्रापालनको पकेट क्षेत्र बनाउने धुनमा अहोरात्र खटिएका छन् उनी । प्रेमसँग अहिले नाम र दाम दुवै छ । विदेशमा नोकरी गर्नुभन्दा स्वदेशमा टोकरी बुन्नु श्रेयष्कर ठान्ने प्रेम आफ्नै लगानीमा सञ्चालित निजी विद्यालयमा शिक्षण गर्न छोडेर उद्यमी बनेका हुन् । खरी जातको बाख्राबाट बढी लाभ लिन सकिने अनभुव छ उनको । 

अस्ट्रेलियाबाट आयात गर्नुपर्ने बोयर जात, भारतबाट ल्याउनुपर्ने जमुनापारी मात्रै होइन, खरी र बिटल पनि उनको रोजाइमा परेका छन् हिजोआज । बोयरको मासुु कोलेस्टोलरहित हुनाले उपभोक्ताको उच्च रोजाइमा पर्छ । ‘हामी कति गतिमा छौँ त्यति महŒवपूर्ण होइन, जति हामी अग्रगतिमा छौं वा छैनौँ भन्ने बढी महŒवपूर्ण हुन्छ,’ उनको कथन छ । गर्वसाथ प्रस्तुत हुन्छन् उनी, पोथी बासे केही न केही भोले बासे उज्यालो । यस्तो प्रतीत हुन्छ यो घडी मानौँ कि उनीसँग योजना मात्रै छैन, कार्यान्वयनका अनुभव पनि छ र सफलताको अब्बल दृष्टान्त पनि । यो बेला उनको सटिक निजोड छ, ‘साथ दिनेको कमी भए पनि इज्जत गर्नेको बढोत्तरी भएको छ, मिहिनेत गर्दै जाँदा र कर्ममा दत्तचित्त हँुदै गर्दा । लक्ष्य बोकेको मान्छेलाई सफल हुन सजिलो छ किनभने आफू कता गइरहेको छु भन्ने कुरा उसलाई पहिले नै थाहा हुन्छ । जब गन्तव्य प्रष्ट हुन्छ, गत त स्वतस्फूर्त प्राप्त भइहाल्छ ।’

सुन लगाउनेलाई भन्दा गुन लगाउनेलई ज्यादा रुचाउने प्रेम फूलभन्दा पनि पत्थर बन्न उचित ठान्छन् यसकारण कि फूल चुँड्छ र पत्थरलाई पुज्छ दुनियाँ । रोजगारीका जल्दाबल्दा मुद्दा मुर्दा बनिरहेको यो कालखण्डमा उद्यमशीलताले उनलाई शिखरारोहण गराइरहँदा पुलकित हुन नपर्ने कारण पनि छैन । विदेशबाट फर्किएर नेपालमा उद्यम गरिरहेका उत्कृष्ट आठजना उद्यमीबीच आफूलाई पाउँदा उनी हर्षविभोर छन् । ती आठजना उद्यमीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालै पुरस्कृत गरेको छ । अहिले त उनलाई यस्तो लाग्छ, फूल फुल्यो भने माहुरी फूल खोज्दै खोज्दै आउँछन् । हेयदानभन्दा सम्मान ठूलो भन्ने बुढापाकाको आहान सत्य रहेछ ।

 कुनै बेला जुद्धका बेलामा बुद्धको पुराण भनेर खिसिटिउरी गर्ने आफन्त पनि नजिकिएका छन् यतिबेला । यो नै उनको सर्वश्रेष्ठ नैतिक विजय हो र दृढताको घुमाउरो सम्मान । कष्टकर अवस्थमा मान्छेको सक्कली चेहरा चिन्न पाएकोमा खुशी प्रकट गर्ने प्रेम आफ्नो ध्येयमा निरन्तर लागिरहे र अभिष्ट प्राप्तिमा अनवरत साधनारत रहे भने युवापुस्ताका निम्ति उनी प्रेरणापुञ्ज हुने कुरामा दुईमत छैन । 

 


Views: 833