17th December | 2018 | Monday | 12:50:40 AM

विकासविरोधी होइन, विनासविरोधी

स्वयम्भुनाथ कार्की   POSTED ON : Monday, 08 October, 2018 (3:07:51 PM)

विकासविरोधी होइन, विनासविरोधी

बेलाबेलामा विकाससँग वातावरण जोडेर अनेकौं विवाद आउँने गर्छन् । स्थानीय फाइदा अर्थात निःशुल्क शेयरको कुराले कतिपय योजनाहरू सिनित्तै पारेका उदाहरण नभएका होइनन् । अरुण जलविद्युत योजनाको कुरा चल्दा विराटनगर, इटहरी लगायतका स्थानहरूको महŒव बढ्ने आकलन गरेर घर घडेरीको मोल आकासियो । अन्त्यमा जब योजनै असफल भयो तब विराटनगर आफ्नो थान्कोमा आयो । अहिले भारतीय प्रधानमन्त्री र नेपाली प्रधानमन्त्रीले संयुक्त शिलान्यास सक्दा पनि अरुणले त्यो पहिलेको लहर पैदा गर्न सकेको छैन ।

बहुदलको पुनस्र्थापना हु“दा काठमाडांै उपत्यकामा खानेपानीको कमी हुन थालेको अवस्था थियो तर धमिलै पानी भए पनि हाहाकारको अवस्था थिएन । बढ्दो जनसंख्या र तीव्र शहरीकरणले एक डेढ दशकमै काठमाडांैमा पानीको हाहाकार हुने सम्भावना टड्कारो थियो । यस्तो बेलामा मेलम्चीको पानीले उपत्यकाको सडकसम्म धुने सपना बा“डियो । त्यसको झण्डै तीस वर्षपछि उपत्यकाबासी खानेपानीको हाहाकारमा अभ्यस्त भइसकेका छन् । मेलम्ची आयोजना अदालतलेभैmँ तारिक सार्दै बसेको छ । 

अझ गणतन्त्र आरम्भसँगै योजनाहरूको अर्को उच्च वर्गीकरण शुरु भएको छ राष्ट्रिय गौरवका आयोजना भनेर । त्यस्ता आयोजनाहरूको पनि हविगत छ त्यो लुकेको छैन । दशकभन्दा ज्यादा समय बित्दा पनि यी दलहरू र दल सम्बद्ध बुद्धिजीवीहरूको बुद्धिविलासका र सञ्चार माध्यमहरूका चर्चाका मेलो भएका छन् । 

विभिन्न मुलुकहरूमा प्रगतिका निमित्त योजनाहरू बन्छन् । त्यहा“ पनि अनेक देशीविदेशी समूहले विरोधका स्वर चर्काउँछन् । त्यहा“का बासिन्दाको अधिकार, वातावरण प्रभाव अरू पनि प्राविधिक कुराहरू सर्वसाधारणको बुझाइभन्दा टाढा हुन्छन् । यस्ता विरोधहरूले आयोजना ढिलो होला तर पूरा भने भएका छन् । किनभने ती मुलुकका नागरिकहरूमा त्यस्ता आयोजनाप्रति विश्वास छ । त्यसैले त्यस्ता आयोजनाबाट हुने असुविधा कष्ट वा हानीलाई उनीहरू प्रसव वेदना मान्छन् । यो विश्वास त्यत्तिकै जन्मेको होइन, विरोधको विश्वासिलो जवाफ नागरिकहरूले बुझ्ने शैलीमा दिएर भरोसा कमाएको हो । करिब तीन दशकदेखि नेपालमा यो कुरा अनुपस्थित छ ।

चन्द्र शमशेरले कमाराकमारी अमलेख अर्थात मुक्त गर्दा पर्याप्त तयारी गरेका थिए । कमाराकमारी बेगर इज्जत गएको सम्झिने त्यो युगमा कमाराकमारी राख्दाका हानी, त्यसले पैदा गर्ने समाजिक विचलन आदिका बारेमा सचेतना अभियानै चलाएका थिए । अभिलेखालयहरूमा त्यस्ता सामग्रीहरू अहिले पनि हुनुपर्छ । २०१९ को पहिलो दिन गैडाकोटमा १ हजार २८ किलोमिटरको महेन्द्र राजमार्ग शिलान्यास गर्नुभन्दा पहिला त्यो राजमार्गको महŒव जनतालाई बुझाइएको थियो । कैयांै कलाकार, साहित्यकार आदिले यो सचेतना अभियानमा भाग लिएका थिए । खोज्ने हो भने त्यस बेलाका गीत, साहित्य अहिले पनि भेटिएलान् । 

२०२० साल भदौ १ गते जंगबहादुरराणाका पालाको धार्मिक कुरीतिमा आधारित मुलुकी ऐन विस्थापन गरेर नया“ मुलुकी ऐन लागु भयो । यो त्यस बेलासम्म जातपात छुवाछुतलाई मान्यता दिने ऐनको बदला त्यसको उल्टो जातपात छुवाछुत निषेध गर्दा आउँनसक्ने प्रतिरोधको आकलन थियो राजा महेन्द्रसँग । त्यसैले पहिले संविधानमा नेपाललाई हिन्दुराष्ट्र घोषणा गरेर हिन्दु सम्राटको अधिकार प्राप्त गरेका थिए । त्यही अधिकारले उनले धर्म र परम्पराको कुरीति तोड्दा वाधा विरोध न्यून भयो । त्यसपछि पनि ती नियम कानुनहरू परम्परामा असर नगर्ने गरी लागु गराइएका थिए । जस्तो ः कुलपरम्परा निर्वाहको निमित्त घरमा रक्सी बनाउन निषेध गरिएन ।  

झण्डै साढे ३७५ वर्ग किलोमिटरलाई जलाशय बनाउने सरदार सरोवर बा“ध भारतले बनाई छोड्यो । आदिवासीहरू र त्यहा“का पक्षी, जनावर तथा वनस्पति आदिको निमित्त भनेर धेरै विरोध भयो । मेघा पाटकर, अरुन्धती रोय आदि त्यही प्रख्यात नामहरू हुन् जसले त्यो बा“धको प्रचण्ड विरोध गरे । त्यस्तै सुन्दरलाल बहुगुणाको प्रचण्ड विरोध हु“दाहु“दै पनि बोस्निया ५२ वर्ग किलोमिटरको जलाशाय बनाएर टिहरी बा“ध बनाएरै छोड्यो भारतले । यस्ता सयांै प्रगतिका गाथा छन् संसारभर । अर्थात नागरिक जान्दछन् कि अलिनो नखाने हो भने नुनढिकी फोर्नै पर्छ ।

नेपालमा दलहरूका मेठहरूले यस्ता आयोजनाहरूमा ‘आफ्नो गोरुको बाह्रै टक्का’ गर्ने गरेको पाइन्छ । नागरिकहरूका स्वाभाविक प्रश्नहरूलाई पनि आक्रमक भएर विकास विरोधी सावित गर्न खट्नेहरूको प्रचुरता हुन्छ । एक शब्द सुन्ने बित्तिकै विदेशका, इतिहासका त्यस्तै अनेकौं वास्तविक अवास्तविक तर्कहरू दिएर घण्टांै बोलेर मुख थुन्ने प्रयत्न हुन्छ । नेताहरू आफ्नो योग्यता क्षमताभन्दा बाहिरको विषयमा विशेषज्ञजस्तो गरी प्रवचन दिन्छन् जसमा धेरै जसो अज्ञानता हुन्छ । यस्ता व्यख्यान तिलस्मी वा मायावी कथाहरूभन्दा कम हुँदैनन् । त्यसैले विश्वसनीयता गुमाउँछन् यस्ता कुरामा विशेषज्ञहरू पनि ।

यहाँ उदाहरणमा लिन लागिएका दुई आयोजनाहरू अलग अलग चासो समूहका हुन् । पहिलो प्रस्तावित कोशी उच्च बा“ध र दोस्रो प्रस्तवित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । यी दुवैको विरोध भएको छ र सशक्त रूपमा । यिनको प्रतिरक्षामा आएका जान्ने तथा अनुभवी भनिएकाहरूका कुराले यो मुलुक सा“च्चै कुनै देवीदेवताको कृपाले चलेको भान हुन्छ । यिनीहरूको प्रतिरक्षा गर्न आउनेहरू आफ्नो कुरो नमान्नेलाई विकास विरोधी ठान्छन् । नागरिकको चासो के हो भन्ने विषयसँग उनीहरूको कुनै सरोकार हु“दैन ।

प्रस्तवित कोशी उच्च बा“धलाई नेपालमा जलमार्गको आधारशिला भनेर प्रमाणित गर्न जुन  तथ्य र तर्क दिइयो त्यो विश्वसनीय छैन । त्यसले पानी जहाज र नाउमा फरक नै नजानेको देखिएको छ । त्यसै पनि  बाराहक्षेत्रभन्दा माथि पहाडमा बन्ने उच्च बा“धले जलमार्ग कसरी सम्भव छ भन्ने तथ्य कतैबाट आएको छैन । उच्च बा“धको विरोध गरेर जलमार्गको सम्भाव्यता समाप्त पार्ने षड्यन्त्र गरेको आरोप भने प्रसस्त लगाइएको छ । भारतमा ५२ वर्ग किलोमिटरको टिहरी जलाशयको लाभमा जलमार्ग कतै भनिएको छैन । यसगरी, ३७५ दशमलव ३३ वर्ग किलोमिटरको सरदार सरोवरको फाइदामा जलमार्ग छैन । प्रस्तावित कोशी उच्च बा“धले बनाउने जलाशयले कसरी जलमार्गको ढोका खोल्छ त्यो उत्तर दिने आवश्यकता ठानिएको छैन । बरु नागरिकको प्रश्न प्राकृतिक च्छे रोल्पा ताल फुट्ने खतराले सम्पूर्ण पूर्वी नेपालको निद्रा हराउँछ भने मानवनिर्मित कोशी उच्चबा“ध फुटेको अवस्थामा के होला भन्ने हो । 

कुनै बेला नेपालको धन हरियो वन भन्ने लोकोक्ति थियो । अब यो लोकोक्ति कसैले सम्झिदैन । वन हुनु र नहुनुको नाफा नोक्सानमा सामन्यतया नेपाली जनता सोच्दैनन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमास्थलको कुराको विरोध केवल त्यहा“ काटिन सक्ने रुखको कारणले भन्ने सोच व्याप्त छ । यसैकारणले विरोध भएको होला भन्ने ठानेर त्यो विरोधको जवाफ दिन अहिले धेरै तम्सेका छन् । यसै क्रममा अनौठा अनुमानहरू अगाडि सारिएका छन् । यस्ता गैरजिम्मेवार अनुमान तथा तर्कहरूले नागरिकले त्यहा“ ठूलो चलखेलको सम्भावना देखेका छन् । वक्तव्यवाजी, प्रतिरक्षामा आएका तर्कहरूले त्यो सम्भावनाको आशंका घटाएको छैन, बरु बढाएको छ । 

कोरियन कम्पनीले २०६७ मा गरेको सम्भाव्यता अध्ययनलाई ठोसभन्दा त्यसमा कस्तो किसिमको सम्भाव्यता देखाइएको थियो प्रष्ट हुनु पर्दछ । हचुवाको भरमा त्यो उल्लेखनीय हो भन्दैमा उल्लेखनीय हँुदैन । त्यसमाथि कम्प्युटरको शब्द खोजेर बदल्ने सहुलियत प्रयोग गरेर बनाइको भनेर आरोपित वातावरण अध्ययन प्रतिवेदनलाई उल्लेखनीय भन्नु दुर्भाग्यपूर्ण हो । जसले यस्ता प्रतिवेदनहरूलाई उपलब्धिको रूपमा पेश गर्छ, त्यसका बा“की तथ्य र अनुमान कस्ता होलान् त्यो जान्नु रोचक हुन्छ । 

निजगढ विमानस्थलमा वार्षिक ४ लाख जहाजको आवागमन हुने र ६ करोड यात्रुलाई सेवा सुविधा पु¥याउन सक्ने अनुमान नै हावाको महल हो । वर्षमा केवल ८ हजार ७६० घण्टा हुन्छ । हरेक चार वर्षमा एक दिन थपिँदा थप २४ घण्टा । अब सपना देखाइएको वार्षिक ४ लाख उडान प्रतिघण्टा ४६ आवागमन हुन्छन् । त्यो पनि २४ सै घण्टा समान आवागमन भएमा । वार्षिक ६ करोड यात्रीलाई सेवा सुविधा पु¥याउनु भनेको घण्टामा ६ हजार ८५० जनालाई सेवा दिनु हो । २४ सै घण्टा एकनास काम गर्दा पनि प्रतिसेकेन्ड २ यात्रुलाई सेवा सुविधा दिनु हो । विश्वमा अन्य कुन कुन विमानस्थलले यस मात्रामा हवाई आवागमन र यात्रु चाप भोगेका छन् जान्नु रोचकै होला ।

यस्ता कुरा गरेर कुनै परियोजना स्थापित गर्न लागीपर्नुले त्यहा“ केही न केही अदृश्य कारण छ भनेर जनताले सोचे भने त्यो विकासको विरोध गरेको हुँदैन, त्यो सम्भावित विनासमा चिन्ता गरेको हो । त्यसै पनि ठूलो मात्रामा काठ बिक्री अहिलेकै मूल्य र शर्तमा हुन्छ भनेर मान्नु पनि भदौमा आ“खा फुटेको गोरुले सधैँ हरियो देख्नु सरह हो । यस्ता काठको मोलको आशामा धेरैले हावा महल बनाएका छन्, हजारांै बिगाहा सिसौ रोपणको कुन हाल भयो ? अति उपयोगी भनेर नेपालीमा भनिएको मसला अर्थात युकलप्टसको के हालत छ, त्यो सामुन्ने छ । 

विभिन्न निकायहरूमा नबिकेर थुप्रिएर कुहुन लागेका काठ भएको जानकारी सबैलाई नभए पनि लुकेको तथ्य होइन । ती प्रयोजनविहीन हुने सम्भावना जति पनि छ । त्यसैले विकासको नाममा कतै विनास पो निम्त्याइँदैछ कि भन्ने जनताको चासोलाई विकास विरोधी भनेर बेवास्ता गर्नु दुःखद छ । 

(कार्की विराटनगरबाट लेख्छन्)



Views: 217