19th November | 2018 | Monday | 3:17:06 AM

विखण्डनको स्वर : आगोको झिल्को

स्वयम्भुनाथ कार्की   POSTED ON : Monday, 29 October, 2018 (1:56:20 PM)

विखण्डनको स्वर : आगोको झिल्को

आफ्नो प्रशसकीय खर्च धान्न पनि विदेशी ऋण वा अनुदानको आशा गर्नुपर्ने अवस्थामा पुगेको वर्तमान नेपाल अरूसामु आफ्नो कुनै अडान राख्नसक्ने स्थितिमा छैन । सानोभन्दा सानो घरेलु कुरामा पनि बाहिरियाको अर्ती उपदेश मान्नुपर्ने अवस्थामा छ । यो कुरा पचाउन असाध्यै मुस्किल पर्ने तीतो र टर्रो भए पनि सत्य हो । केही वर्र्षयता यो अप्रिय सत्य ‘खुला गोप्य’ को रूपमा नेपाली जनमानससामु प्रष्ट भइसकेको छ । आफ्नो मुलुकमा कौडीको हैसियत भएकाहरू पनि नेपालको विषयमा उच्च नेतृत्वलाई चेतावनीपूर्वक अह्राउने गर्छन् । बेलाबेलामा आफूले भाउ नपाएको झोँकमा यस्ता कुरा कुनैकुनै नेताद्वारा खोलिँदै आएका छन् । जब फेरि उनीहरूले यिनलाई धाप मार्छन् अनि त्वं शरणं भएको देख्न पाइन्छ ।

यसै शृंखलाका कडीको रूपमा ‘.... नत्र भने मेरो हिस्सा स्वतन्त्र राष्ट्र बनाउ“छु’ भन्ने अभिव्यक्ति बेलाबेलामा बाक्लै आउने गरेका छन् । यस्ता अभिव्यक्ति दिनेहरूका समर्थनमा विदेशमा प्रदर्शन भएका कुरा पनि नौला होइनन् । आजको ‘साइबर युगमा’ समाचारमा परम्परागत सञ्चारमाध्यमहरूको मात्र पहु“च छैन । निर्वाधरूपमा अप्रतिबन्धित खबर बिजुलीको गतिले मान्छेको हातहातमा पुग्छ । मुलुक टुक्र्याउने अभिव्यक्ति र त्यस्ता अभिव्यक्तिमा सरकार, राजनीतिक नेता, सामाजिक अगुवा, बुद्धिजीवी आदि कसले कस्तो प्रतिक्रिया दिएका छन् त्यो नियालिरहेका छन् जनता । 

जबसम्म बाहृय सहयोग हु“दैन यस्ता कुराको कुनै महŒव हु“दैन । यदि नेता, अगुवा आदिमा अरूलाई दुत्कार्ने मानसिकता रहृयो भने यस्ता अभिव्यक्ति सुन्नुपर्ने नै हु“दैन । तर, जब कोही आफूले मानेको अगुवा यस्ता कुरामा मौन रहन्छ वा उनीहरूको चित्त दुखाइ के हो पहिले त्यो सुन्नुपर्छ भन्न थाल्छ र ऊ पनि शायद यो कुरा उचित पो हो कि भनेर सोच्न थाल्छ । यो यस्ता विखण्डनका कुरा फस्टाउने अवसर हो । देशलाई यसरी अस्वीकार गर्ने अभिव्यक्तिहरू संसारका कुनै पनि मुलुकमा मान्य हु“दैनन्, उसको कुरै सुन्न पनि पहिले निःशर्त आफ्नो यस्तो अभिव्यक्तिको निमित्त पश्चाताप गरेको हुनुपर्छ र त्यो पश्चाताप जनताले पत्याएको हुनुपर्छ । मुलुक विखण्डन गर्छु भन्नेहरूसँगको वार्ता भनेकै उसको माग उचित छ भन्ने प्रारम्भिक स्वीकारोक्ति हो ।

जब यस्ता विखण्डनका कुराप्रति राज्य आ“खा चिम्लन वा पचाउन थाल्छ भने बुझे हुन्छ राज्यसत्ता कुनै बाहिरियाको प्रभावमा छ । त्यो रिसाउला र आफ्नो हातबाट सत्ता जाला भनेर यो तीतो घुट्को पिउन सत्ताधारी चुप रहन बाध्य छन् । हस्तक्षेपका सानासाना कुरामा, अझ हस्तक्षेपको आशंकामा पनि विरोधमा निक्लने संगठन मुलुकै टुक्र्याउने यस्ता अभिव्यक्ति सुनेको नसुन्यै गर्छन् भने विषय अझ गम्भीर हुन जान्छ । त्यसमाथि कालान्तरमा हस्तक्षेप वा विरोध गर्ने अभियानका अभियान्ता यस्ता अलग स्वतन्त्र राष्ट्रको धम्की दिनेहरूसँगै देखिन थाल्छन्, त्यो जनताको निमित्त असहृय पीडाको क्षण हुन जान्छ ।

स्थितिको गम्भीरता त्यसबेला महसुस हुन्छ जब राष्ट्रिय सेनाको नेतृत्वबाट आफू विखण्डनकारी उन्मूलन गर्न तयार र सक्षम रहेको वक्तव्य आउन थाल्छ । यस्ता कुरा एकपटक होइन लगातार आउन थाल्छन् । सेना र सरकार अलग निकाय होइनन्, सेना देशको रक्षाको निमित्त सरकारले प्रयोग गर्ने औजार हो । सेनाको नेतृत्व राजनीतिक होइन, देशवासीसमक्ष विखण्डन रोक्न आफू तयार रहेको दर्शाउनुपर्ने पनि होइन । देश रक्षाको निमित्त सरकारले परिचालन गरेको बेलामा तुरन्त परिचालित हुने अवस्थामा रहनु नै सेनाको जिम्मेवारी हो ।

नेपालले भोगिरहेको पीडा यही हो । यसैले अदृश्य प्रभु वा प्रभुहरूको इच्छाबेगर नेपालमा पात पनि हल्लिन सक्दैन भन्ने हल्लालाई बढावा दिन्छ । त्यसैले विखण्डनवादी कुरा र सोच अनि क्रियाकलापहरू न नेपालीका मौलिक हुन् न यसको नियन्त्रण गर्ने क्षमता देशको राज्यशक्तिले राख्छ भन्ने मान्नुपर्ने हुन्छ । स्वाभिमानी नेपालीको अन्तर्आत्मा नजागुन्जेल यो मान्नैपर्ने हुन्छ कि नेपाल कि अझै कमजोर हुन्छ कि योभन्दा बलियो हुन्छ भन्ने कुरा बाहिरका यस्तै महाप्रभुहरूको हातमा छ । 

नेपाली भएर र नेपाली नै रहन चाहेर कुनै पनि अधिकारका निमित्त संघर्ष गर्नेहरूलाई विखण्डनवादी भनिएको होइन । यस्ता व्यक्ति विखण्डनवादी हुनै सक्दैनन्, बरु देशको अखण्डताको रक्षक हुन् । जसले सार्वजनिकरूपमै देश विखण्डन गर्ने कुरा गरेको छ त्यसलाई विखण्डनवादी भनिएको हो । अधिकारको संघर्ष गर्नेहरूका मागसँग सहमत वा असहमत जेभए पनि उनीहरूको सोचको सम्मान गर्नुपर्छ । सञ्चारमा नियन्त्रणको युगमा भारतले बंगलादेश बनाउन गरेको मद्दत र त्यसको केही वर्षपछि सिक्किम आफूमा मिलाएको कुरा सहजै पच्यो । तर, अहिले टाउको उठाउन लागेको विखण्डनको सोचले नेपालमा जेसुकै गरोस् यो आगोको झिल्को हो र दुवै छिमेकीहरू यो झिल्को आकर्षण गर्ने बारुदको थुप्रोमा छन् ।

चीनको बन्द समाजमा यसले कस्तो असर गर्दैछ भन्ने कुरा अज्ञात छ तर भारतमा नेपाल अस्थिर भएको यो कालखण्डमा थुप्रै नकारात्मक असर परेका छन् । मुलुक बन्ने प्रक्रियामा ससाना सरदारी समाज र तिनीहरूले चर्चेको सम्पूर्ण भौतिक वस्तुहरू आपसमा विलय भएर बनेका हुन् । त्यो विलय हुने प्रक्रिया विभिन्न थियो । यो कुराको अपवाद कुनै पनि मुलुक छैन । अंग्रेजले भारत छोडेर गइसकेपछि ६ सयभन्दा ज्यादा रियासत (राज्य) गाभेर वर्तमान भारत देश बनाएका कारणले सरदार पटेल भरतको एकीकरणकर्ता मानिन्छन् ।

सत्तरी वर्ष पुग्न लागेको यो एकीकरण दुई शताब्दीभन्दा ज्यादा समय खाएको नेपालको एकीकरणभन्दा धेरै कान्छो हो । बेलाबेलामा विखण्डनवादी सोच भएका कयांै समूहको सामना भारतले गरिराखेको छ । त्यसको विपरीत नेपालमा यो विखण्डनवादी सोचको बिउ उम्रिएको चौथाइ शताब्दी पनि भएको छैन । चाहे जसरी होस् वा जे गरेर होस् नेपाल मुलकमात्र बहुजातीय होइन नेपालका हरेक गाउँ नै बहुजातीय छन् र सहअस्तित्व स्वीकारेर बसेका छन् । 

भारतीय संविधानको धारा ३७० अनुसार गाभिएको जम्मु एण्ड कस्मिर होस् वा धारा ३७१ अनुसारका सात बहिनी भनिने पूर्वोत्तरका प्रान्तलगायतका अन्य प्रान्त हुन् ती सुस्त गतिले मूलधारमा समाहित हु“दैछन् । निर्माणको समयदेखि नै यदाकदा सुनिने विखण्डनका स्वर निमिट्यान्न नभएको अवस्थामा नेपालका विखण्डनका स्वरले हानी गर्छन् । 

यो प्रभाव केवल छिमेकीमा मात्र पर्ने होइन । ढिलो सार्वजनिक सञ्चार प्रणाली भएको अवस्थामा सेलाएर पुग्ने कुरा अहिलेको ‘साइबर सञ्चारले’ बिजुलीको चालमा संसारभर छर्छन् । इतिहास सबैको छ, त्यसको प्रभाव कहा“ कस्तो पर्छ भनेर अहिले नै आकलन गर्न कठिन हुन्छ । मुलुक निर्माणको इतिहास केलाउन हो भने नेपालभन्दा जेठा मुलुकभन्दा कान्छा मुलुक संसारमा धेरै छन् ।

भनिने गरेको अंग्रेजहरूको अचुक नीति ‘फुटाऊ र राज गर’ उनीहरूको आफ्नै महादेशमा लागू हुन सकेन । अन्य महादेशमा भने सफलतापूर्वक कार्यान्वयन भयो । कहिल्यै घाम नअस्ताउने भनी उपनाम पाएको बेलाइती सम्राज्यले लिएको नीति उसकै महादेशमा जब थाहा भयो तब पुर्तगालीहरू भारतीय उपमहाद्वीपमा उपनिवेश बनाउन आइपुगे । ‘वीर भोग्या वसुन्धरा’ चरितार्थ भएको त्यो युगमा यो घटनाको समाचारले यस्तो प्रभाव पा¥यो भने आजको युगमा त्यसले के प्रभाव पार्ला भनेर अनुमान गरिरहनु पर्ने आवश्यकता छैन ।

राष्ट्रघात गरेको अपराधमा भारतमा निकै फा“सीका सजाय भए । त्यतिखेर ती मृत्युदण्ड कुनै पनि बहसबाट बाहिर रहे । हालै मुम्बई बम काण्डमा अभियुक्त ठह¥याएर दिइएको मृत्युदण्डको प्रभाव भारतीय समाजमा पहिलेजस्तो परेन । पहिलेपहिले एक मुख एक मन भएर राष्ट्रप्रति अपराध गरेको ठहर गरेको अदालती पैmसलाप्रति देखाइने मतैक्य यसपटक देखिएन । कारण जे पनि हुनसक्छ तर यसै कालमा नेपालमा आइरहेका राष्ट्र विखण्डनका धम्की र त्यसप्रतिको उदासीनताको प्रभाव अन्त बिल्कुलै छैन भनेर अस्वीकार गर्नसक्ने अवस्था शायद छैन ।

नेपालमा भन्दा संख्या, अनुपात र घातकता ज्यादा भएका हमला भारतमा हुने गरेका छन् । जोसुकै सत्तामा पुगे पनि राष्ट्रिय सुरक्षा र विदेश नीतिमा भारतमा कुनै फेरबदल हु“दैन भन्ने सोचमा अब पहिलेजस्तो दृढ भएर रहने अवस्था छैन । यही कालखण्डमा नेपालमा उथलपुथल हुनु र भारतमा पहिलोपल्ट राष्ट्र सुरक्षाको नाममा गरिएको काममा मतान्तर हुनु संयोगमात्र नहुन सक्छ ।

जुन आधारमा नेपालमा अर्को स्वतन्त्र राष्ट्रको अस्तित्वको कुरा उठेको छ त्योभन्दा कयौं गुणा बलियो आधार भारतका विखण्डनवादीहरूसँग हुनसक्छ वा सक्दैन त्यो त भविष्यमा देखिने कुरा हो । विपी कोइरालाले जम्मा गरेको हतियार भारतीय नेताहरूको दबाबमा बंगलादेशको स्वतन्त्रता आन्दोलनमा पुगेको कुरा आत्मवृत्तान्तमा छ । यस्ता अप्रत्यक्ष मद्दतले मात्र अपुग भएर भारतले आफ्ना सेनै पठाएर त्यहाँ सहयोग गरेको कुरा पनि त्यही किताबमा उल्लेख भएको छ । नेपालमा उठेका विखण्डनका झिना स्वरको प्रभावले नेपाल त प्रताडित हुन्छ नै तर यसको झिल्काले बारुदको थुप्रोमा बसेकालाई पनि हानी गर्ने खतरा हुनसक्छ ।

(कार्की विराटनगरबाट लेख्छन्)


Views: 41