21st November | 2018 | Wednesday | 10:36:46 AM

कालोसूचीको नेपाली आकाश

निनाम कुलुङ ‘मंगले’   POSTED ON : Wednesday, 31 October, 2018 (2:03:32 PM)

कालोसूचीको नेपाली आकाश

युरोपका विभिन्न देशको साझा संगठन युरोपियन युनियनअन्तर्गत रहेको युरोपियन उड्डयन आयोगले सन् २०१३ देखि नेपाली वायुसेवा कम्पनीलाई युरोपियन युनियन सम्बद्ध देशहरूमा उडान गर्न प्रतिबन्ध लगाएको छ । अर्थात् नेपाली वायुसेवा कम्पनीलाई उडान गर्न प्रतिबन्ध लगाएर उसले कालोसूचीमा राखेको छ । तर, अब युरोपियन युनियन सम्बद्ध देशहरूको उड्डयन आयोगले नेपाली वायुसेवाहरूमाथि उनीहरूको आकाश उड्न नपाउने गरी लगाउँदै आएको उड्डयन प्रतिबन्ध चाँडै हट्ने आशा गर्न सकिन्छ । 

हुन त सन् २०१३ देखि नेपाली आकाशमाथि लाग्दै आएको युरोपियन युनियन सम्बद्ध युरोपियन उड्डययन आयोगले नेपाली वायु सेवा कम्पनीहरूलाई युरोपियन युनियन सम्बद्ध देशमा उडान गर्न लगाएको प्रतिबन्ध कायमै राख्ने निर्णय सन् २०१७ मा भएको थियो । यस वर्षको नोभेम्बर १३–१५ मा बेल्जियमको राजधानी ब्रसेलसमा भएको युरोपियन युनियन मातहतका देश र युरोपियन आयोगअन्तर्गत एक शाखाका रूपमा रहेको ‘एयर सेप्mटी कमिटी’ ले यस्तो निर्णय गरेको थियो । 

त्यसअघि जुलाई ४–११ मा क्यानडाको मन्ट्रियल शहरमा मुख्यालय रहेको ‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)’ को प्राविधिक टोली नेपाल आएर विस्तृतरूपमा अध्ययन गरी अबदेखि नेपाललाई ‘गम्भीर सुरक्षा चासो (एसएससी)’ बाट हटाउँदा हुन्छ भनी आप्mनो मुख्यालयलाई प्रतिवेदन बुझाएको थियो । 

जे होस्, युरोपियन आयोगअन्तर्गत रहेको, एयर सेप्mटी कमिटीले त्योबेला युरोपियन आकाशमाथि हवाई उडान गर्न नपाउने गरी प्रतिबन्ध कायमै राखेका देश र ती देश सम्बद्ध हवार्ई कम्पनीहरूमा ग्रेनाडा, जिम्बाबे, नेपाल, नाइजेरिया, भेनेजुएला, सेन्ट भिसेन्टलगायत १७८ वटा देशका विभिन्न हवाई कम्पनीहरू कालोसूचीमा परेका थिए । त्यसरी युरोपियन युनियनअन्तर्गत रहेको एयर सेप्mटी कमिटीले तयार पारेको हवाई प्रतिबन्धको सूचीलाई युरोपियन युनियनअन्तर्गत रहेको संसद्को यातायात समितिले अन्तिम सहमति दिएपछि यस्तो सार्वजनिक भएको थियो । समय सधँै एकैनासको रहिरहँदैन । युरोपियन आयोगअन्तर्गत रहेको, एयर सेप्mटी कमिटीको प्राविधिक टोली पुनः नेपाली आकाशबारे अध्ययन गर्न आउने जानकारी केही महिनाअघि  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गराएको थियो ।  

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) विश्वका प्रायः सबै नागरिक उड्डयन क्षेत्र (हवाई यातायात) को रेखदेख गर्दै आएको संगठन हो । त्यसैले उक्त संगठनले विस्तृतरूपमा अध्ययन र अुनसन्धान गरेर बुझाएको हवाई उडान सुरक्षासम्बन्धी प्रतिवेदनलाई बलियो आधार मान्नुपर्ने हुन्छ । अझ हाम्रोजस्तो मैदानी भूमि कम, पहाड र हिमालले ढाकेको भूगोल बढी भएको र छिनछिनमा मौसम परिवर्तन भइरहने देशमा त हवाई यात्रुको सुरक्षालाई विशेष ध्यान दिनुपर्ने हुन्छ । 

यसरी नेपालको हवाई सुरक्षासम्बन्धी अन्तर्राष्ट्रियरूपमा चासो बढेको इतिहास हेर्ने हो भने सन् १९९९ सम्म पुग्नुपर्ने हुन्छ । किनभने, सर्वप्रथम सन् १९९९ मा सर्वप्रथम अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले नेपालको नागरिक उड्डयन क्षेत्रमा हवाई सुरक्षासम्बन्धी सुरुवाती र अनौपचारिक अध्ययन सुरु गरेको थियो । त्यसपछि सन् २००१ मा आइकाओले नेपालको समग्र हवाई सेवा सुरक्षासम्बन्धी औपचारिकरूपमा अडिटिङ र मनिटरिङ गरेर प्रतिवेदन प्रकाशित गरेको थियो ।

वास्तवमा आइकाओले त्यो बेलादेखि नै नेपालको हवाई आकाश असुरक्षित रहेको र यसका लागि सुधार गर्नुपर्ने भनी नेपालको सम्बन्धित निकायलाई सुझाव दिएको हो । आइकाओले सन् २००४ र २००८ मा फेरि नेपाली वायुसेवा कम्पनीले उडाइरहेका हवाइजहाज, उनीहरूले अपनाउने सुरक्षासम्बन्धी नीति, समग्र नेपाली आकाश आदिबारे अडिटिङ र मनिटरिङ गरेको थियो । त्यस बेलासम्म समग्र नेपाली आकाश, सुरक्षा चासोलगायतका विषयमा खासै चासो नलिएको युरोपियन युनियन सम्बद्घ देशले सन् २०१२÷२०१३ मा नेपालमा धेरै विमान दुर्घटना भएको र सो क्रममा जाँजबुझ हुँदा एओसी दिँदाको स्टाटस, दुर्घटनाको प्रतिवेदन आदिलाई आधार मानेर नेपाली हवाई आकाशलाई ‘कालोसूची’ (ब्ल्याक लिस्ट) मा राख्न थालेको थियो । 

सन् २०१३ मा आएको आइकाओको एक टोलीले नेपाली वायु सेवा कम्पनीहरूले उडाइरहेका हवाइजहाज, उनीहरूले अपनाउने सुरक्षासम्बन्धी नीति, समग्र नेपाली आकाश आदिबारे अडिटिङ र मनिटरिङ गर्दा नेपालको नागरिक उड्डयन क्षेत्रले आइकाओले तोकेअनुसार न्यूनतम मापदण्ड पूरा गर्न नसकेको, नेपाली हवार्ई सेवा र नेपालको हवाई आकाश अभैm पनि असुरक्षित रहेको भन्दै प्रतिवेदन सार्वजनिक ग¥यो । 

लगभग १३÷१४ वर्षदेखि आइकाओको टोलीले विभिन्न समयमा पटकपटक नेपाल आएर समग्र नेपाली वायुसेवा कम्पनीले उडाइरहेका हवाइजहाज, उनीहरूले अपनाउने सुरक्षासम्बन्धी नीति, समग्र नेपाली आकाश आदिबारे अडिटिङ र मनिटरिङ गरेको थियो । त्यत्रो समय बितिसक्दा पनि नेपाली निकायले भने हवाई सुरक्षासम्बन्धी नीतिगतरूपमा सुधारको कुनै काम गरेन । यसपछि भने युरोपियन युनियनअन्तर्गत रहेको युरोपियन उड्डयन आयोगले नेपाली वायुसेवाहरूमाथि कुनै पनि युरोपियन देशको आकाशमा उड्न नपाउने गरी प्रतिबन्ध लगायो । त्यसयता न त नेपाली आकाशमा युरोपियन युनियनअन्तर्गत रहेका देशका वायुसेवा कम्पनीका हवाइजहाज उडेका छन्, न त नेपाली कम्पनीका कुनै हवाइजहाज युरोपियन देशका आकाशमाथि नै उडेका छन् । आपूmलाई युरोपियन देश ठान्ने टर्कीको टर्किस् एयरले भने अपवादका रूपमा नेपालमा सिधा हवाई उडान गर्दै आएको छ ।

 २०७४ असारमा नेपाल आएको आइकाओ प्राविधिक अध्ययन टोलीले आइकाओले तोकेको आठवटा मापदण्डमा आधारित रहेर अध्ययन गरेको थियो । सोअनुसार नेपालले तीनवटा आधारमा धेरै राम्रो प्रगति गरेको थियोे । जस्तै, विमानस्थल सम्बन्धमा ल्याउनुपर्ने अंक ५७.६ रहेकामा ६९.५७, उडान योग्यता सम्बन्धमा ल्याउनुपर्ने अंक ७३.५ रहेकोमा ७७.२७ त्यस्तै, कानुनी अवस्थाको सम्बन्धमा ल्याउनुपर्ने अंक ६५.७ रहेकामा ६९.५७ ल्याएको थियो भने एयर नेभिगेसन सम्बन्धमा ल्याउनुपर्ने अंक ५६.९ रहेकामा ५५.९६, पर्सनल लाइसेन्सिङ÷तालिम सम्बन्धमा ल्याउनुपर्ने अंक ७३.३ रहेकामा ६९.०५, सञ्चालन सम्बन्धमा ल्याउनुपर्ने अंक ६५.४ रहेकामा ५४.७, संगठन सम्बन्धमा ल्याउनुपर्ने अंक ६३.८ रहेकामा ४५.४५ र दुर्घघटना जाँच सम्बन्धमा ल्यउनुपर्ने अंक ५४.५ रहेकामा २०.४ अंक ल्याएको थियो ।

त्यसैले अब के आशा गर्न सकिन्छ भने, नेपाली आकाशको सुरक्षालगायत समग्र पक्षबारे विस्तृतरूपमा अध्ययन गर्न यही सेप्टेम्बरमा आउन लागेको युरोपियन युनियन देश सम्बद्ध  युरोपियन उड्डयन आयोगअन्तर्गत रहेको एक शाखाका रूपमा रहेको ‘एयर सेप्mटी कमिटी’ को प्राविधिक टोलीले सन् २०१३ देखि युरोपियन देशको आकाशमाथि नेपाली हवाई कम्पनीले उडान गर्न नपाउने गरी लाग्दै आएको अस्थाई प्रतिबन्ध जतिसक्दो चाँडै हटाउने गरी आप्mनो विस्तृत अध्ययन प्रतिवेदनसहितको सुझाव आप्ूm सम्बद्ध देशको युरोपियन उड्डयन आयोगलाई सिफारिस गर्नेछ । 

यसमा नेपालले राम्रो गरेको देखाउन सके नेपालका वायुसेवा कम्पनीहरूले पनि युरोपेली मुलुकहरूमा उडान भर्न पाउनेछन् । यसका लागि नेपालले उनीहरूले तोकेका मापदण्ड पूरा गर्न सक्नुपर्ने हुन्छ । 

 


Views: 61