19th November | 2018 | Monday | 2:07:28 AM

राजा महेन्द्र र आजका नेता

राजन कार्की   POSTED ON : Thursday, 01 November, 2018 (2:03:05 PM)

राजा महेन्द्र र आजका नेता

प्रचण्डले कहिल्यै दौरा सुरुवाल, कोटमाथि टोपी लगाएनन् । उनी सुटेड बुटेड कम्युनिस्ट हुन्, टाइमाथि टोपी लगाउ“छन् । उनको लवाइ,खवाइ, हिँडाइ र बोलाइ देख्ने आमनागरिक अचम्म मान्छन् । उनलाई कुम हल्लाउनै पर्ने, ‘मने मने’ भन्नैपर्ने, खान्की राजसी नै चाहिने, लवाइ टाइसुटमाथि टोपी । ऐतिहासिक नेता प्रचण्ड, दुईपल्ट प्रधानमन्त्री भइसके, तेस्रोपल्ट हुने कसरतमा जुटेका छन् ।

प्रश्न को कतिपटक प्रधानमन्त्री भयो भन्ने रहेन । प्रश्न जनआन्दोलनले ठूलो परिवर्तन ल्यायो, राजसंस्था र हिन्दूधर्म फाल्यो भन्ने पनि रहेन । प्रश्न नेतामा नैतिकता बा“की छ कि छैन, देशभक्ति कति छ, जनताप्रतिको जिम्मेवारी बोध र निर्वहन गरेको छ कि छैन भन्ने हो । देशमाथि आन्तरिक र बाहृयरूपमा जतिसुकै घात र हस्तक्षेप भए पनि पटक्कै जिब्रो नचलाउने नेताका कारण राजनीति व्यापार हुनपुगेको छ । राजनीति व्यापार भएपछि जो सत्ताधारी भए के, नभए के ? आखिर देश र जनता दुईधारे तरवारकै सिकार हुने न हो ।

राष्ट्रिय परिवेश बुझ्न, राष्ट्रको भेषमा गर्व गर्न, राष्ट्रियतामा तलमाथि हुन नदिन र लोकतान्त्रिक गरिमा र महिमामा अविचल हुन सक्नुपथ्र्यो । प्रचण्ड, ओली अथवा देउवा यी तीन तŒव छन्, तिनै तŒव विचलित, विशृंखलित र विचारहीन छन् । रहृयो मधेसवादी दलहरूको सवाल । उनीहरू त जसरी पनि मधेस टुक्र्याउने एकसूत्रीय अभियनमा लागेकै छन् । 

त्यसैले संविधानअनुसार शासन गर्छन्, सांसद भएका छन्, संविधानमा आगो झोस्छन्, नेपाल बहुल राष्ट्रवादी मुलुक हो भन्छन्, सिके राउतजस्ता मधेस अलग देश भन्नेस“ग सहकार्य गर्छन् । भारत त्यही चाहिरहेको छ, यता त्यही भइरहेको छ र संविधानको रक्षक, संरक्षक भनिने मुख्य दल, तिनका माउतेहरू घाइते अवस्थामा मौन बसिरहेका छन् । तैपनि यिनीहरू लोकतान्त्रिक गणतन्त्रको झ्याली पिट्न छाड्दैनन् । लोक कहा“ छ, गण कहा“ छ, तन्त्र भारतको जन्तरमन्तरमा छ कि भारतीय दूतावासभित्र बन्दी छ, छुट्याउन सकिन्न । यसकारण राष्ट्रियतामाथिको, जनजीविकामाथिको बढ्दो हमलाको प्रतिवाद शून्य छ ।

फिदिमको दीपज्योति स्कुलमा दौरा सुरुवाल र टोपी, गुन्यूचोलो स्कुल ड्रेस बनेको छ । स्कुल डे«सकै कारण त्यो स्कुल नेपालभरि आकर्षणको केन्द्र रहेको छ । राजनीतिमा राष्ट्रप्रतिको सोचमा, लवाइ खवाइमा, रहनसहनमा, विधि व्यवहारमा त्यस्तो कहिले देख्न पाइएला ? नेपालीत्वमा खिया लाग्नुमा नेपाली नेताहरूको ख्यालठट्टा जिम्मेवार छ । अन्यथा नेपालको संस्कृति र परम्परा धनी छ कि विश्व समुदाय लालायित हुनेगरेका अनेक उदाहरण छन् । यता राजनीति बाइफाला बन्दै गएको छ ।

वीरका गाथा इतिहासमा सिमित रहे । जनयुद्ध, जनआन्दोलनका घटना रोमाञ्चक कथामात्र रहे । इतिहासका घटनाक्रमलाई घोडा चढेर केही प्रभावशाली नेताहरू सत्ता र शक्तिको कमोत गर्न चाहनु भनेको सेक्सपियरको नाटकमा ब्रुटालिटी हुनुजस्तै हो । हाम्रो लोकतान्त्रिक राजनीतिक फा“टमा राजनेता बन्नुपर्ने व्यक्तिहरू जनचाहना, जनइच्छा, राष्ट्र र राष्ट्रिय एकताका लागि ब्रुटसको ब्रुटालिटी बनिरहेका छन् । नेता फालाफाल हुनु तर एकजना पनि राजनेता जन्मननसक्नु भनेको राजनीतिकै दुर्भाग्य हो ।

राजनीतिले इमान र नैतिक पाठ पढाउन सकेको भए राजनेता जन्मने थिए । सिकाएको पाठ भनेको दूराचार, विभेद, भ्रष्टाचार, अनैतिकतामात्र छ अनि कसरी राजनेता जन्मन्छन् ? बिउ अर्थात् सिस्नाको घारी रोपेर दुबो उमिँ्रदैन ।

देउवा गएर के भयो ? प्रचण्ड आएर के भयो ? ओलीले भाषणको गोली छाडेरै के भयो ? देउवाको उदयकालमा समाजवाद तिखारिएन । गाईको पूजा गर्ने राप्रपाको प्रभावपूर्ण विरोध नहु“दा गाई काटेर खान पाउनुपर्छ भन्ने पद्मरत्न तुलाधरहरूका आवाज ठूला हु“दै गएका छन् । संसद्बाट जनतन्त्र स्थापित गर्ने माओवादी र एमालेको नया“ रसायनको उत्पादन सुरुमा अचम्मको थियो, अहिले आएर पानीपानी देखिन्छ । राजनीतिशास्त्रमा यस्तै अनपेक्षित रसायनशास्त्रको शृंखला जारी छ । अर्को शृंखलाले जन्म लियो भने आश्चर्य नमाने हुन्छ । 

राजनीति निरन्तर चलिरहेको छ । जो जेल जानुपथ्र्यो, ऊ सत्तामा पुग्छ, जो सत्तामा पुग्नुपथ्र्यो, ऊ धुलिसात भइरहेको देखिन्छ । यिनले नया“ नेपाल कसरी बनाउलान् ? जनताले समृद्धि र सुशासनका लागि बहुमत दिए, बहुमत बौलाएर छुट्टी छ । सच्चा बोल्ने चित्रबहादुर र कच्चा बोल्ने महन्थ ठाकुर जब एउटै डालोमा अटाउ“छन् र एउटा नेपालमा मधेस गन्छ र अर्को मधेस अलग देश भन्छ, एउटा संघीयता चल्दैन भन्छ, अर्को संघीयता नभई हुँदैन भन्छ, यिनीहरू न विधिमा बस्छन् न राष्ट्रमा विधिको शासन चलाउ“छन् ।

हाम्रा ठूला राजनीतिक दललाई सडकदेखि संसद्सम्म, सिंहदरबारदेखि सर्वोच्च अदालतसम्म जताततै राजनीति फलाउनु फुलाउनु छ । राजनीतीकरण गर्नसके महारथ प्राप्त हुने यिनको धारणा कति गलत छ भने नेपालबाट समानता, समानुपातिक, न्याय र कानुनी व्यवस्थासमेत ध्वस्त नष्ट हुन थालेको छ । जता हे¥यो उतै राजनीति, राजनीतिक भ्रष्टाचार । अनियमितताको हा“गो समातेपछि जेपनि सम्भव हुने तन्त्र लोकतन्त्र बनेको छ । विकृतिले हद नाघ्यो । सुकीर्ति देख्न पाइएन ।

आज पनि ठूला दल दिग्भ्रमित छन् अथवा राजनीतिक स्वार्थप्रेरित भएर थाहा नभएजस्तो गर्छन् । उनीहरू जात, गुट, क्षेत्र, भाषाको वकालत गरिरहेका छन् । अहिले एकाएक नेपाललाई अल्पमतमा पार्ने गरी विदेशीलाई नागरिकता खुला गर्ने संशोधन विधेयक संसद् पुगेको छ । आमजनता, विज्ञहरू सडकमा छन्, हुँदैन भनिरहेका छन्, ओली झन् शक्तिशाली हुनका लागि नागरिकता विधेयकमा आत्महत्या गर्न तयार भएको खबर सार्वजनिक भइरहेको छ । यो कस्तो लोकतन्त्र हो ? एक त अखण्ड नेपाललाई खण्डखण्ड पारिँदैछ, त्यसमाथि नेपालित्वको विखण्डीकरणको जग खनिँदैछ । अब त खुलेआम मधेस देश भन्न थालिएको छ । नागरिकता विधेयक पारित भएपछि के मात्र नहोला ¤

राष्ट्रसंघका १९२ सदस्यमध्ये २८ राष्ट्रमा संघीयता छ, तिनमा कति सफल, कति असफल त्यसको पनि लेखाजोखा गरिएन र नेपाललाई संघीयतामा लगियो । सानो देश, १२६ जातिको देशमा संघीयताले जुन तिक्तता बढाएको छ, यसबाट नेपालको सबैभन्दा बलियो शक्ति नेपाली एकता खण्डित हुन पुगेको छ । राजनीतिक दलहरूलाई अझै हेक्का छैन, असफल भइसकेपछि पनि पन्चर भएको गाडी घिसारेझैँ यही संघीयता संविधान कार्यान्वयनका नाममा घिसारिरहेका छन् । राष्ट्रलाई स्वावलम्बी, सक्षम र आत्मनिर्भर बनाउन छाडेर परावलम्बी, परजीवी बनाइरहेका छन् । नेताको, व्यक्तिको, तिनका परिवारको सम्पन्नतामात्र देशको विकास होइन भन्ने चेत फिर्ने कहिले ? आफूलाई लाभ भयो भन्दैमा त्यही लाभमा भुलिरहने ?

एउटा प्रसंग छ– २०२८ सालको । राजा महेन्द्र मस्को भ्रमणमा गएका थिए । सोभियत राष्ट्रपति निकोलाई भी. पोदगोर्नीले रात्रिभोजमा रमाइलो गर्दै राजा महेन्द्रलाई सोधेछन्– नेपालको उत्तर र दक्षिणमा चीन–भारतजस्ता मोटामोटा छन् । सरकार त पातलो हुनुहुन्छ । राजा महेन्द्रले पनि हा“स्दै जवाफ दिएछन्– पातलो माहुतेले मोटामोटा हात्तीलाई तह लगाउ“छ । होइन र महामहिम ? तर, आज उत्तर दक्षिणले नेपालको राजनीतिलाई तान्त्रिकले तह लगाएझैँ उठबस गराइरहेका छन् र हाम्रा नेताहरू लम्पसारवादमा छन् । भारत उत्तरी सुरक्षाकेन्द्र हिमाल भन्दै थियो, अब भारतले नेपाललाई छाता ओढाइदिएको छ । उत्तरले लिपुलेकबाट भारतस“ग व्यापार गर्ने भनेर सम्झौता ग¥यो, तीन वर्ष भयो तर नेपाल चु“ बोल्न पनि सकेको छैन । लोकतान्त्रिक नेपाल यसरी खुम्चियो ।

राजा महेन्द्र र वीरेन्द्रको कालखण्ड थियो, जतिबेला नेपालले के बोल्छ भनेर राष्ट्रसंघका सदस्यहरू कान ठाडो पारेर सुन्थे । राजतन्त्र किनारा लगाएको भारतले नेपाललाई सुन्नै नपर्ने मुलुकमा सा“घु¥याइदियो । नागरिक सर्वोच्चताको भाषण गरेर नथाक्नेहरू राष्ट्रको सर्वोच्चता यसरी विदेशमा बन्दकी राखेर आउ“छन् र तिनै राजाहरूलाई गाली गरेर राजनीतिक स्वार्थसिद्ध गरिरहेछन् । लोकतन्त्रमा लोकको सम्मान आर्जन गर्न नसक्ने कायरहरूको राज लोकले कहिलेसम्म सहिरहने ? 

हुन त कुनै बेला भद्रकाली मिश्र थिए जसले नेपालमा भारतीय सेना भिœयाए । क्याबिनेटमा राजदूत बस्थे, क्याबिनेट सचिव भारतीय प्रतिनिधि हुन्थ्यो । ती दिन छिमोल्दै स्वतन्त्रताको महल बनाएको राजतन्त्रको निरंकूशता फाल्ने आवरणमा राजतन्त्र नै फाल्नेहरूले अब मुलुकै फाल्छन् कि भन्ने त्रासदी फैलिन थाल्यो । 

नेपाली जनताको कथन छ– राणा शासन र लोकशासनमा के भिन्नता आयो र खोई ? नेता र तिनका आसेपासेलाई रमाइलो, अरूलाई दुःख पीडा, डाहा छटपटी । विकारै विकार भरिएको गिदी भएकाहरू शासनमा पुग्ने रहेछन्, बा“की जनताको शोषणमा जुट्ने रहेछन् । यस्तो बेहाल, बेथिति त राणाशासनमा पनि थिएन, जो अहिले सर्वत्र व्याप्त भएको छ । यति हु“दा पनि नेताहरू लोकतन्त्रको गीत गाएर थाक्दैनन् । जनता त्यही गीत सुनिरहेका छन् ।

Views: 669