19th December | 2018 | Wednesday | 1:28:26 AM

झुटको खेतीमा रमाएको पुस्ता

स्वयम्भुनाथ कार्की   POSTED ON : Monday, 03 December, 2018 (2:37:50 PM)

झुटको खेतीमा रमाएको पुस्ता

उखानै छ– बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्तैन । आजको युगको यथार्थ यही नै हो जस्तो देखिँदैछ कि चर्को बोलीले पिठो, अझ त्यो पनि सडेकै किन नहोस्, हातहातै बिक्री हुन्छ । ‘कुरो र कुलो जता लगाए पनि हुन्छ’ भने भैm बोलीको झुट खुल्न लाग्यो भने विषयसँग असम्बन्धित कुनै कुरो उठाएर कुरो बटार्न पनि झुटका खेती गर्नेहरू दक्ष भइसकेका छन् । एउटा गौशालाको गोबर ग्यास वितरणको उद्घाटनलाई फलाना नेताको ‘सपना’ पूरा भएको भनेर सावित गर्न कुनकुन स्तरका नेता÷व्यक्ति लागे त्यो विस्मृत भइसकेको छैन । तैपनि त्यत्रो तामझाम गरेर उद्घाटन गरिएको गोबर ग्यास कति दिन चल्यो भन्नेबारे ती गोलामा झुम्मिएका अरिंगालहरू चुप छन्, यात जानकार नै छैनन् । त्यसैगरी हाल बिजुली बसहरूका कुरा पनि भएका छन् । उद्घाटन गरिएका ती बसहरूले कता र कस्तो सेवा दिइराखेका छन् भनेर जनताले जान्नु पर्दैन र ? 

कुनै कुरालाई राम्रो वा नराम्रो भन्न त्यसको गुण दोष केलाउने होइन, आफ्नाले जेलाई राम्रो भनेका छन् त्यसलाई राम्रो र जेलाई नराम्रो भनेका छन् त्यसलाई नराम्रो भन्नु पर्छ भन्ने मानसिकतामा साधारणमात्र होइन समाजका अग्रणी बुद्धिजीवीहरू पनि लागिपरेका छन् । उहिले रजौटाहरूको दरबारमा ‘भाट’ भन्ने एउटा पद हुन्थ्यो । त्यसको काम राजाको प्रशंसा गरेर उनलार्ई प्रफुल्ल राख्नु हुन्थ्यो । यस्तो भाटत्व बोकेकालाई भनिने हनुमानगिरीले नया“ र सार्थक नाम पाएको छ ‘अरिंगालगिरी’ । कागले तिम्रो कान लग्यो भन्दा आफ्नो कान नछामी त्यो काल्पनिक कान खोस्न कागको पछाडि दगुर्नु अग्रगमन र प्रगति हो भनेर अरिंगालगिरी देखाउनेहरूको कमी छैन । कसैले कान त आफ्नै ठाउँमा छ भनिदियो भने बरु त्यसलाई प्रतिगामी भनिन्छ यो अरिंगालगिरी समयमा ।

प्रजातन्त्र खोसिएको भनिएको पञ्चायतको १९ साले संविधानको प्रस्तावनामा छ, ‘नेपाल अधिराज्य र नेपाली जनताको सर्वोत्तम हित र समुन्नतिका निमित्त लोकसम्मतिअनुकुल शासन व्यवस्था चलाउनु वाञ्छनीय भएको≤ र त्यस्तो व्यवस्था जनजीवनमा आधारित, राष्ट्रिय प्रतिभा र परम्परा सुहाउँदो, तलैदेखि उठी सम्पूर्ण जनताको क्रियाशील सहयोग पाउने र विकेन्द्रीकरणको सिद्धान्तलाई अंगाल्ने दलविहीन प्रजातान्त्रिक पञ्चायत प्रणालीद्वारा मात्र सम्भव छ ।’ यसको विवेचन आजका मितिमा गर्नु आवश्यक नहोला तर प्रजातन्त्र वा लोकतन्त्रमा सहभागितामूलक, समावेशिता किन खोजिँदैछ त ? यसको उत्तर सम्पूर्ण जनताको क्रियाशील सहयोग वा सहभागिता भन्ने नै हो । यो कुरा पच्न गाह्रो हुन्छ किनभने जुन रूपले तीन दशक पहिले पञ्चायत समाप्त पारियो आज उनै सहभागितामूलक लोकतन्त्रको खोजीमा भौँतारिँदैछन् ।

आफ्नो दलले आफूलाई मौका दिएन भनेर युवा पुस्तामा नेतृत्व हस्तान्तरणको माग गर्नेहरू आफैँ अधबैँशे हुन लागेका छन् । लिंगीय, जातीय, क्षेत्रीय प्रतिनिधित्वको खोजी गरिँदैछ, उनीहरूलाई नेतृत्वदायी स्थानमा लान अभियान चलाइँदैछ । आखिर उनीहरूलाई रोकेको केले छ त ? दलको अनुशासन अनि संरचनाले होइन र ? योग्यता क्षमता अनि अफ्नो अस्तित्वको कारणले पाउनपर्ने हक आरक्षणको नामको भिक्षामार्पmत् दिइँदैछ । त्यसैले वर्तमानमा आफ्नो हक खोज्न भूगोल, सम्प्रदाय आदि तात्दैछन् । पूरा नेपालमा बराबरी हक पाउनुपर्नेहरूलाई आफ्नो गाउँ वा भूगोलको मात्र हकदाबी गर्न भ्रमित गरिँदैछ । यसको निहितार्थ प्रष्ट छ, ससाना जिमिनदारीका रजौटा भएर त्यहाँका जनतामाथि शासन गर्ने । आज हरेक नेपालीले सम्पूर्ण नेपालमाथि हकदाबी गर्नुपर्ने आवश्यक छ । केहीले कुनै भूगोलमा मात्र हकदाबी गर्नु भनेको बा“की क्षेत्रको हक छोड्नु हो ।

मान्छे स्वभावले नै असन्तोषी प्राणी हो, यो उसको कमजोरी होइन खुबी नै हो । यो असन्तोष नभएको भए यत्रा आविष्कार हुने थिएनन् । कुनै बिन्दुमा अब प्राप्त हुने सबै पाइयो थप केही बा“की छैन भन्ने लागेमा त्यस बिन्दुपछिको प्रगति नै रोकिनेछ । यदि घोडा गाडीमा नै सन्तोष गरेको भए सुपर सोनिक विमान आउने थिएन । टेलिग्राफमै सन्तोष गरेको भए आज सेकेण्डभरमै संसारका कुनै पनि कुनामा संवाद कायम गर्नसक्ने सामाजिक सञ्जाल हुने नै थिएन । त्यसैले यो असन्तोष राम्रो कुरा हो तर यो असन्तोषको भावना भड्काएर आफ्ना विगतलाई आस्विकार गराउने अनि आफूले आज चाहेको कुरामात्र शाश्वत हो भन्ने छनक दिएर ठूलो हुन खोज्ने राजनीतिक चरित्रमा यदि समयमै विराम लागेन भने मानव फेरि ढुंगे युगतिर फर्कन बेर लाग्ने छैन । 

संयुक्त राज्य अमेरिका जो आज विश्वका प्रायः सबै स्थानका बासिन्दाको निमित्त सपनाको देश बनेको छ, त्यो कोलम्बसको समयमा कस्तो थियो भन्ने कुरा आज कसैले सोच्दैन । अर्थात् कोलम्बसको जमानाको अमेरिका सपनाको प्रदेश होइन । उन्नत सभ्यताको खानी भएको पूर्वीय भूभागको प्रतिनिधि भारत आवतजावत गर्नका निमित्त समुद्री मार्ग खोज्नेक्रममा कोलम्बस बाटो अलमलिएर अमेरिका पुगेको इतिहास सबैलाई थाहा छ । अमेरिका यो खोजबाट आफ्नो सभ्यता परिमार्जन गरेर वर्तमानमा विश्वको अग्रणी भूमिकामा पुग्यो भने भास्को डि गामाले भारतको बाटो खोजेपछि यस भूभागले आफ्नो नाम पनि गुमायो । आज यो देश भारतभन्दा पनि इण्डियाको नामले विश्वमा चिनिन्छ । यहाँको रीतिस्थिति परम्परा केवल आजको वा भारतीय संघको मात्र नभएर यस उपमहाद्वीपकै थियो । त्यो वर्तमानमा मृत्यु कुरेर बसेको छ । इतिहासमा कुनै समयमा चरम उत्कर्षमा पुगेका सभ्यतामा रोमन सभ्यता त अब केवल इतिहासमा सीमित छ भने पूर्वीय सभ्यता पनि आफ्नो घिड्घिडो गन्दैछ । शायद यो सभ्यताको चुलीपछि आउने ठाडो ढलान हो ।

आर्यवर्त मुगलहरूको आगमनपूर्वका सभ्यता तथा परम्पराहरू यस भेकका सम्पत्ति थिए । यस कुराको उदाहरणका निमित्त महाभारत ग्रन्थमा अनेकौं दृष्टान्त छन् । छोरीको खुट्टा ढोग्ने र छोरीको साष्टंग दण्डवत लिने दुवै परम्परा यहाँ साझा थिए । आआफ्नो कुल परम्पराको चलन मान्ने र अर्काको नमाने पनि त्यसलाई सम्मान गर्ने समाजमा वर्तमानमा यति साह्रो विचलन पैदा गराइएको छ कि एक आपसमै म तेरो हिस्सा होइन भन्ने कलह बढ्दो छ । पूर्वीय सभ्यता नै बहुआयामिक र विविधताको संगम हो जुनबेला यो तथ्य अस्वीकार गरिन्छ त्यसैबेला पूर्वीय सभ्यता विनासतिर लम्कन्छ । आजको झुटको खेती गर्नेहरू सबैले यही नै गर्दैछन् ।

डमरु बजाएर त्रिशूल हातमा लिएर रमाउने, आफ्ना ग्रन्थमा किरातेश्वर भनेर भनिएकाको उपसना गर्नेहरूले किरातले हामी अलग हौँ भन्नेबित्तिकै अलग मान्ने हो भने के तिनलाई किरातेश्वरको अर्चना गर्ने वैधानिकता छ ? विष्णुको नवौं अवतारको रूपमा बुद्धको पूजा गर्नेहरूले के बुद्धमार्गी हाम्रा होइनन् भन्न हुन्छ ? सोच्ने फुर्सद कसैलाई छैन । आफ्नै अंग भएका यी सभ्यता तथा परम्पराहरूलाई ओमकार परिवारका भनेर साथ लिने प्रयत्न हुनु ठीकजस्तो लाग्ला तर ठीक होइन । सबै हामीमध्येकै हाँै भन्ने सत्य मनन गर्ने कहिले ? एकले अर्कालाई विखण्डनकारी देख्ने अनि धम्काउने कुराले अपनत्व होइन वैमनश्य बढाउँछ । 

पूर्वीय दर्शनले कसैको पनि उपासनास्थल देखेमा त्यसलाई नमन गर्न सिकाउँछ । बाटोमा शव यात्रा भेट्दा पनि त्यसको सम्मानमा शिर निहु¥याउन भन्छ, त्यो शव जो कसैको होस्, त्यो गौण कुरा हो । महŒवको कुरा के हो भने एक मानवले देह त्यागेको छ, केही मानवलाई दुःख परेको छ । त्यसैले आफूले सकेजतिको सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्नु पर्छ, यो नै सनातन सभ्यता हो । त्यसैले विगतको तितोलाई महŒव नदिई त्यसको मिठो केही छ भने त्यसलाई आत्मसात गरेर भविष्यको सुन्दर योजना गर्नुपर्ने हो । भएकोमा थपेर परिमार्जन गर्दै गएमा प्रगति हुन्छ, हमेसा नया“मात्र बनाउन खोज्ने हो भने बन्दै गरेको पनि भत्कने हुन्छ । 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आयोजन गरेको समारोहमा सरकारीस्तरकै देखिने गरेर सहभागिता जनाएर नेपाले के पायो ? यो सम्मेलन नेपालको संविधानको धारा २६(३) ले मनाही गरेको धर्मपरिवर्तन प्रबद्र्धन गर्छ भनेर विरोध गर्नेहरूलाई दिनभर थुनियो । 

त्यो सम्मेलनले केके पारित ग¥यो । सरकार प्रमुख नै सहभागी भएको सम्मेलनले संविधनाले मनाही गरेको कुरा ग¥यो कि गरेन ? भन्ने खुलाउने यो सरकारको दायित्व हुनआउँछ । अरिंगालहरूले पक्कै अरिंगालगिरी देखाउने नै छन् । तैपनि ओलीको उद्घाटन भाषणमा भनिएको कुरो र आयोजक संस्थाकी प्रमुख हाक जा हानले भनेको कुरामा कसरी तादम्यता छ त्यसको जवाफ आउनैपर्छ । 

(कार्की विराटनगरबाट लेख्छन् ।)


Views: 71