22nd January | 2019 | Tuesday | 10:07:56 AM

कथा–लत्रेको अख्तियार

कृष्णप्रसाद सुवेदी   POSTED ON : Sunday, 06 January, 2019 (9:41:59 AM)

कथा–लत्रेको अख्तियार

अख्तियार प्रमुख सोचमग्न थिए । जताततै अख्तियारलै अरबौं घुस खानेलाई केही गर्न नसकेको आरोप थियो । सय र हजार घुस खाने साना कर्मचारी समातेर मिडियाबाजी गरेको चर्चा थियो । त्यो आरोपबाट छुट्करा पाउन ठूलो माछा समात्ने निधो गरे । दलबल सहित अख्तियार प्रमुख नेताको निवासमा पुगे । यत्रो सुन्दर बंगला, गाडी, दौलत कहाँबाट आयो ? पेशा के हो ? भन्दै नेता सामु उनी कड्किए । नेताले भने पेसा ’राजनीति’ हो । राजनीति भनेको देश र जनताको सेवा होइन प्रमुखले सोधे ? नेताले भने ’हो’ । यत्रो सम्पक्ति कहाँबाट आयो त, प्रमुखले पुनः सोधे । नेताले भने मेरो अर्को पनि पेशा छ । के पेशा प्रमुखले सोधे । नेताले भने ’बाजी मार्ने’। हो, यो सारा सम्पक्ति मैले बाजी जितेर कमाएको । बाजी मार्दा म सँधै जित्छु, नेताले भने । प्रमुखले ओठ लेप्प्रायाए ! पत्याएनन् ।

 नेता के कम ! ल बाजी मार्ने हो त,  नेताले भने । केमा बाजी मार्ने, प्रमुखले सोधे । मेरो दाँतले मेरो आँखा टोकेर देखाउँ?  नेताले भने । प्रमुखले मनमनै गमे यो त हुनै सक्दैन । ‘नेता समात्ने र पैसा कमाउने बेला’ यही हो । प्रफुल्ल हुँदै प्रमुखले ५ लाखको बाजी राखौं भने । नेताले टाउको हल्लाउँदै हुन्छ भने । बाजी राखे । नेताको पालो आफ्नो दुईवटा नक्कली दाँत झिके र आँखालाई च्यापे । बाजी जिते ।

प्रमुख चकित ! लामो सुस्केरा हाल्दै सोचे र भने । तपाईको आँखालाई मुख भित्र हालेर देखाउनुहोस् । नेता पनि के कम ! बाजी मार्ने हो भने । प्रमुखले सोचे बेला यही हो अघि हारेको ५ लाख उठाउने र कमाउने । ल १० लाखको बाजी मारौं, प्रमुखले भने । दुबै राजी भए । दश लाखको बाजी मारे । नेताको पालो आफ्नो नक्कली आँखा निकाल्दै मुखमा हाले । नेता बन्नुभन्दा पहिलो शिक्षण पेशामा हुँदा विद्यार्थीले कलेजमा फुकालेको दाँत र फुटाएको आँखाले पनि बाजी जित्यो  । १५ लाख कमायो । गद्गद् हुँदै, नेताले भने ।

प्रमुख अक्क न बक्क ! रन्थनिएका प्रमुखले नेतालाई पनि नछोड्ने र पैसा असुल्ने उपाय सुझाउन थाले । मनमनै भने ‘हिम्मत नहार आयुक्त’, बल प्रयोग गरेस् । बाजी जितेर सम्पक्ति कमाउनु पनि गैह्र कानुनी हो भन्दै आफ्ना दलबललाई नेता पक्रन आदेश दिए । नेता पनि के कम ! प्रमुखलाई कानेखुशी गर्दै भने । मेरो एउटा गोप्य व्यवसाय पनि छ । के व्यवसाय ? प्रमुखले सोधे । नेताले भने तपाईले जिउमा घसेको महँगो अत्तर छ नी त्यो म बनाउँछु । कसरी बनाउछस् ? कहाँ छ फ्याक्ट्री भन्दै प्रमुखले देखाउन भने । नेताले यहीँ घरमा छ भने । आयुक्तलाई लिएर बाथरुममा गए र फ्याक्ट्री यही हो भने । मेरो मुत्र अत्तर जस्तै बासना आउँछ । यसैलाई  प्याकजिङ गरेर बेच्दछु । पैसा कमाउँछु नेताले भने । 

प्रमुखले बदला लिने अन्तिम अवसर यहि हो भन्ने ठाने । मौका यही हो बाजी मार्ने, उनलाई जच्यो ? नेताले पनि बाजी मार्ने हो भने ? प्रमुखले २० लाख बाजी मारौं भने । दुबै राजी भए । 

नेताले आफ्नो मुत्र ले बनाएको अत्तर भन्दै देखाए। तर प्रमुखले पत्याएनन् । सु गरेरे देखाउन भने ।

नेताले प्रमुखलाई टोपी थाप्न भने । प्रमुखले आफ्नो टोपी थापे । नेताले प्रमुखको टोपीमा मुत्र विसर्जन गरे । खोई त अत्तरको बासना आएको ? प्रमुखले भने । प्रमुख टोपी बोकेर बाहिर आए। दलबललाई जाँच्न भने । मुत्रमा अत्तरको बासना नभएको ठोकुवा गरे । नेताले बाजी हारे । वीस लाख प्रमुखलाई बुझाए ।

गुमेको पैसामात्र होइन नाफा पनि हात परेकोमा आयुक्त दंग ! नेतालाई गिरफ्तार गर्ने र ठेगान लाउने मौका यही हो भन्ने उनलाई लाग्यो । कस्तो लाग्यो ? नेताज्यू ! बाजी कहिल्यै हारेकै छैन भनेको हो की होइन ? तपाईले सम्पक्तिको स्रोत खुलाउन नसकेकोमा तपाईलाई किन गिरफ्तार नगर्ने ?  भन्दै हत्कडी लगाउन आदेश दिए ।

एक्छिन् ! भन्दै नेता बोल्न थाले । उ त्यो घरको छतबाट एउटा मान्छे यता हेर्दै छ नी त्यो मारवाडी हो । ठूलो व्यपारी । त्यो सँग अकूत सम्पक्ति छ । अहिले राजनीति गर्छ । सांसद भएको छ । अख्तियार प्रमुख मेरो मान्छे हो भन्थ्यो उसले । सँधै मलाई अख्तयारमा उजूरी हाल्दिउँ भन्दै दम्स्याउँथ्यो । जहिले निउँ खोज्थ्यो । थर्काउँथ्यो । आयुक्त आएर तलाई हत्कडी लगाएर लान्छ अनि थाहा पाउलास् भन्दै धम्काउँथ्यो । हैरान पार्यो मलाई । एक दिन, दुई दिन हैन सँधै तङ् गर्दा मलाई पनि झोक चल्यो । त्यो प्रमुख मेरो घरमा मलाई समात्न आए त्यस्को टोपीमा सु गरेर पठाईदिन्छु भनेको थिए । त्यसले पत्याएन । हामीले ५० लाखको बाजी मारेका छौं । तपाईसँग जम्मा ५ लाख त बाजीमा हारेँ ! अहिल्यनै ४५ लाखको बाजी जितेँ । नेताले मुस्कुराउँदै भने । प्रमुख तीन छक्क !

नेता हौसिए । उनले थपे, होस गरेस् । तिमिलाई प्रमुख मैले नै हो बनाएको । ठूला माछाको पछि नलाग । साना माछाहरु समात मिडियाबाजी गर । यसैमा तिम्रो र मेरो हित छ भन्दा मानेनऊ । यसको परिणाम के हुन्छ थाहा छ ? महाअभियोग !

विहानी पखको समय । चरीको चिरविर आवाज सँगै म बिउँझिएँ । सबैलाई शुभ विहानी !


Views: 648