22nd July | 2019 | Monday | 6:02:24 PM

कांग्रेस : नीति, नेतृत्व र दिशा

चूडामणि कोइराला   POSTED ON : पुष २२, २०७५ (१०:३१ AM)

कांग्रेस : नीति, नेतृत्व र दिशा

देशको मूल मार्ग भनेकै लोकतान्त्रिक पद्धति र परिपाटीको इतिहास नेपाली कांग्रेससँग थियो । यही लोकतान्त्रिक नाराले कांग्रेसले आपूmलाई देश–विदेशमा शिर ठाडो गरेर हिँड्ने र आँखा चिम्लेर विश्वास गर्नसक्ने अन्तर्राष्ट्रिय शक्तिको पहिचानका दिएको थियो । कांग्रेसले यसैगरी आपूmलाई स्थापित गरेको थियो । त्यही पाटी आज नेतृत्वको क्षमतामाथिको प्रश्न र आन्तरिक कलहले निकै शिथिल र इतिहासमै सबैभन्दा बढी कमजोर भएको छ । लोकतन्त्र भनेको पद्धतिमात्र होइन, योसँग प्रक्रिया जोडिएको हुन्छ र प्रक्रिया सँगसँगै प्रवृत्ति पनि जोडिएको हुन्छ । ‘लोकतन्त्रवादी’ भनेर सुनाउने होइन, बनेर देखाउने रूप हो, व्यवहार हो । हालको नेतृत्वसँग क्षणभर पनि आफ्नो क्षमता, धर्य र सहनशीलता नभएर कमजोर भएको आभास कांग्रेसमा आस्था राख्ने नेता कार्यकर्तामा छ ।

नेतृत्व पंक्तिले लोकतान्त्रिक प्रक्रिया र प्रवृत्तिलाई एकीकृत गर्दै पार्टीमा आन्तरिक लोकतन्त्र संस्थागत ढंगले विकसित गरी नेतृत्व लिन योग्य र सक्षम बन्नुपर्ने थियो । पार्टीका सबै संरचना आधुनिक, विकसित र वैज्ञानिक ढंगबाट सञ्चालन हुनुपर्ने थियो । कांगे्रस पार्टीमा आफू माथि पुगियो भने सबै समस्या सुल्झिन्छ भन्ने भ्रम नेताहरुमा छ तर व्यवहार कार्यकाल सकिँदा पनि पूर्णता हुँदैन । अनि पार्टीको अंग पनि अपूर्ण नै बनिरहन्छ । 

नेतृत्व गर्न घिनलाग्दो होडबाजी, गुटबाजी र दिशाहीन प्रवृत्ति कांग्रसले बोकेको बोकै छ । यदि नेतृत्वले आफ्नो भारवहन गर्न नसकेकाले संकल्पित लक्ष्य हासिल हुन नसकेको हो । नीति जतिसुकै राम्रो भए पनि मुहान धमिलो भयो भने चुहान त्यसै सधैँ धमिलो भइरहन्छ । नीति निर्माण भए पनि कार्यान्वयन गर्ने नेताको नियत सफा भएन भने नीति कहिल्यै परिणाममुखी नतिजा आउँँदैन । विगत निर्वाचनमा कांग्रेसको पराजय यही आन्तरिक परिपाटीभित्र दुर्गन्धितरूपमा रूप लिएको हो ।

लोकतान्त्रिक पार्टीभित्र निर्वाचन र प्रतिस्पर्धा हुनु नै मूल आधार हो र उसको मूल संस्कृति हो । कांग्रेस पार्टी आज दिशाहीन मानिसहरूको गुट, उपगुट, गिरोह र निहीत स्वार्थमा सीमित हुँदै गएको छ । कांग्रेस पार्टीमा कांग्रेसी आस्थावानहरूको भाव र सिद्धानतभन्दा व्यक्ति पदमुखी बनेको छ । गुट र उपगुट छुट्याउन नेताहरूले नेतृत्व पंक्तिका कार्यकर्ता नै प्रयोग गरेका छन् । कोही शेरबहादु, कोही रामचन्द्र त कोही सिटौला, कोही प्रकाशमान गुटका भएका छन् । अब बाँकी नेता कता ? कार्यकर्ता कसका बन्ने ? व्यक्तिको गुटमा छिर्दैमा पार्टीको मन्छे हुने र आजीव कांग्रेस बन्नेहरू कसका बन्ने ? पार्टीका कि व्यक्तिका गुटका ? 

पार्टी भनेको जनताले आस्था राख्ने संस्था हो । जनताको इच्छा, लक्ष्य र कार्यकर्ताको निष्ठा र त्यागलाई लत्याएर कसैले एकलौटी चलाउन सक्दैन । त्यसकारण जनताले पार्टीबाट के चाहेका छन् भन्ने वस्तुस्थिति नेतृत्व पंक्तिले बुभ्mनु अरिहार्य छ । आन्तरिक लोकतन्त्र, जनउत्तरदायित्व, पारदर्शिता, सामाजिक न्याय र सामाजिक समावेशिता, लोकतान्त्रिक पार्टीका अनिवार्य आधारस्तम्भ हुन् । 

नेपाली कांग्रेस परिणाममुखी र सफल बन्न सकेको छैन । त्यसको हेक्का उसले राख्नु आवश्यक भएको छ । नेतृत्व पंक्तिले आफ्नो पार्टीको सम्पूर्ण मूल्यांकन गर्न सकेन भने नेतृत्व लिएर बसिरहनु अझ पार्टी झन् कमजोर हुनु हो । कसैले यसको गलत फाइदा उठाउन सक्छ । तसर्थ २०७४ को निर्वाचनको परिणम पनि त्यही सेरोफेरोमा भएको कांगे्रसको निर्लज्ज हारको परिणाम हो । त्यो तथ्य नेतृत्वले स्वीकार गर्न नसकेको आजको दिन पनि उही सेरोफेरोमा घुमिरहेको छ । यसको मूल्यांकनको जिम्मेवारी पार्टीको सर्वाेच्च निकायले लिनैपर्छ 

नेपाली कांग्रेसको आन्तरिक कलह नै घातक छ । पार्टीको आन्तरिक पतनले बर्बादी निम्त्याएको हो । कांग्रेसजस्तो पार्टी संस्थामुखीभन्दा व्यक्तिमुखी, नीतिमुखीभन्दा नेतामुखी र अझ बढेर नातमुखी हुनथाल्यो । अनि लोकतन्त्रको के हविगत ? जसले गर्दा पार्टीका उसका हरेक शुभेछुक भ्रातृ संस्था जननी पार्टीप्रति हिनताबोधमा छन् । ‘लोक’ एकातिर ‘तन्त्र’ अर्कैतिर, ‘राज’ एकातिर ‘नीति’ अर्कैतिर भएको अनुभूति हुन थालेको छ । कार्यकर्तालाई ‘चाकरीकर्ता’ को जमात बनाएपछि यो रोगले नेपाली कांग्रेसमात्र नभई सबै राजनीतिक पार्टीमा जरो गाडेर मौलाएको विद्यमान अवस्था जगजाहेर छ । 

पार्टी भनेको विचार, चिन्तन र बहसको अनुशासित समूहहरूको संस्था हो । पार्टीमा मत विभाजन हुनसक्छ । मन विभाजन हुन नदिनु नेतृत्वको खुबी हो । पार्टीभित्र स्वार्थ–समूहका रूपमा अनेकौँ गुट र उपगुट बनेका छन् ती गुटलाई चिर्न कुनै खेमाको कांग्रेस होइनौं, नेपाली कांग्रेस हौं भन्ने भावनाको निर्माण पहिलो आवश्यकता हो । निश्चित विधि र प्रणालीभित्र सबैलाई आबद्ध गरेर नेतृत्व दिने र प्रणालीका आधारमा पार्टी चलाउने पद्धतिको विकास र प्रयास हुनै सकेन । नेतृत्वको अभाव जनाउने यो नै कांग्रेसको गम्भीर परिस्थिति हो ।

समकालीन पार्टी नेतृत्वमा यस्तो संयोजनकारी भूमिकाको सर्वथा अभाव छ । कुशल नेतृत्वले बाघ र बाख्रालाई एउटै मूलको पानी पिउने सुरक्षित स्थिति दिनुपर्छ । कतिपय विमतिहरूका बाबजुद सहमति खोज्नु, जुनसुकै विचारको भए पनि उसको योग्यता र क्षमता पार्टी हितमा परिचालित गर्नु नेतृत्वको धर्म हो । तर त्यस्तो क्षमता भएको नेतृत्व कांगे्रसमा नदेखिनु पार्टीको गम्भीर समस्या भएको छ । ‘गाई मारेर गधा पोस्ने’ नेताको विशेषता हुनु हुँदैन । हैसियतअनुसार योगदान गर्न सकून् र एकसाथ बाँच्न पाऊन् भन्ने समतावादी व्यवहार नै सफल नेताको खुबी हो । नेतृत्व कार्यकर्ताको न्यायाधीश पनि हो । तर, विभाजनकारी र भागबन्डाको कुसंस्कार पार्टी र सत्तामा यति नराम्रोसँग हावी भएको छ कि, यसले गर्दा योग्य, जनप्रिय, परिश्रमी र पराक्रमी कार्यकर्तालाई लत्याएर आसेपासेलाई अवसर दिने प्रवृत्ति अनियन्त्रितरूपमा हावी बनेको छ । यसले गर्दा पार्टीका ऊर्जावान् तथा नयाँ पुस्ताका होनहार कार्यकर्ताको आस्था र निष्ठा डग्मगाउने, टिक्नै नसक्ने वा पलायन हुने विवश वातावरण पैदा हुँदैछ ।

भित्तामा झुण्ड्याइएको क्यालेन्डर एक्काइसौँ शताब्दीको भएर के हुन्छ जब कि मानसिकता र प्रविधि १९औँ शताब्दीकोे छ भने । पक्षपाती र अराजनीतिक मनोवृत्तिले नेपाली कांग्रेसमा जरा गाडेको छ हाल यही परिपटीले पार्टी चल्न सक्दैन । पार्टीमा कोही पनि जन्मजात वरिष्ठ वा कनिष्ठ हुँदैन, कार्यकर्ताबाट पाउने समर्थन, सम्मान र जनप्रियताबाट हुन्छ । कार्यकर्ताहरूले आआफ्ना स्थानबाट पार्टी हितमा पु¥याएका योगदानको निष्पक्ष र न्यायोचित मूल्यांकन गर्ने परिपाटी कांग्रेसले कहिले गर्ला ? मुख हेरेर होइन योगदान र कार्यकर्ताबीचको जनप्रियता हेरेर पुरस्कृत गर्ने र अवसर दिने परिपाटी केहीले बस्ला ? पार्टी अनुशासनहीनताले कमजोर बनाउँदै लगेको छ । नेपाली कांग्रेस आज अवसर र चुनौतीको दोसाँधको मूल संघारमा आइपुगेको छ । कांग्रेस पार्टीभित्र कालो बादल लागेको छ न यो बादाल वायुको वेगले फटाउन सक्छ न त पानीको वर्षा हुँदैमा फाट्छ । यो फाट्न सीमित समयाअवधि लाग्छ । नीति नियमबाटै इच्छा शक्ति देखायो भने नेपाली कांग्रेस २१औँ शताब्दी अनुकूलको पार्टी बन्ने आश नेपाली जनमानसमा अझै जीवितै छ । 


Views: 264

सम्बन्धित सामग्री:

धानखेती र प्रविधि

सरोज दाहाल : श्रावण ५, २०७६ (१२:५६ PM)