27th March | 2019 | Wednesday | 6:32:34 AM

कब्जाको लोभ दलको संस्कृति

स्वयम्भुनाथ कार्की   POSTED ON : पुष २३, २०७५ (७:२३ AM)

कब्जाको लोभ दलको संस्कृति

तीन कार्यकाल विराटनगरको एलिट क्लबको अध्यक्ष रहेका नेपालकै राम्रा अर्थशास्त्री डा. भेषप्रसाद धमला प्रायः औपचारिक वा अनौपचारिक संभाषणमा सोध्ने गर्नुहुन्छ कसकोे नागरिक समाज ? अर्थात् नागरिक समाज भनिने दबाब समूह वा व्यक्ति कुनै न कुनै राजनीतिक आस्थाका बन्दी छन् । यो कुरा उनीहरूको व्यक्तिगत व्यवहारमा मात्र होइन उनीहरूले सहृमालेको नागरिक समाजको कार्यमा पनि पर्नेगर्छ । अझ कुनै समूह संगठन आदि छ भने त त्यो कि त फलाना वा ढिस्काना दलको अघोषित भ्रातृ संगठन हुन्छ कि त्यसभित्र आफ्नो दलको वर्चस्व बढाउन संघर्ष भइरहेको हुन्छ ।

डा. देवेन्द्रराज पाण्डे, डा. सुन्दरमणि दीक्षित अनि कृष्ण पहाडी पछिल्लो आन्दोलन जसलाई आफैँले दोस्रो जनआन्दोलन भने त्यसले प्रख्याति दिएका नागरिक समाजका अगुवा हुन् । नेताहरूको आपसी कुर्सी दौडबाट आजित भएका जनता दलहरूलाई साथ दिन चाहँदैन थिए । अनेकौं देशी विदेशी प्रयत्नको पनि कुनै परिणाम निस्केको थिएन । यो कुराको सत्यपन गर्न कुनै सञ्चारमाध्यमको अभिलेखाकार (यदि कसैले राखेका भए) गएर त्यसबेलाका समाचार हेरे हुन्छ । त्यो बेलामा यी तीनजनाको तिकडीले दलहरू अब त्यसो गर्दैनन् भन्ने जिम्मा लिएपछि मात्र जनसहभागिता बढेको थियो । यी तीनजनालाई त्यसबेला जनताले एक समूह ठानेका थिए, एक संगठन होला अनि यी तीनजना त्यसका अगुवा होलान् भन्ने ठानेका थिए । 

उनीहरूको कुनै दल विषेशप्रति झुकाव पनि देखिएको थिएन र नै उनीहरू दलप्रति जनताको पुनः विश्वास जगाउन जमानी बसेको मानेका थिए । तर, त्यसबेला उनीहरूको त्यस्तो समूह रहेनछ, तीनैजना अलगअलग गतिविधि गर्दारहेछन् भन्ने कुरा अहिले उनीहरू नै भनिरहेका छन् । कुनै दलका कार्यकर्ता नभएका कारणले न कुनै दल वा नेताले कुरो खाए न अहिले उनीहरूको त्यो प्रसिद्धि छ । यो कुरा सम्भवतः ती अगुवाहरूले बुझेका छैनन् । त्यसैले वर्तमानको बेथितिका बारेमा उनीहरूले उठाएका आवाज असर र प्रचारविहीन छन् । आन्दोलनमा दलहरूले उनीहरूलाई आफ्नो मुकुण्डोको रूपमा पो प्रयोग गरेका थिए कि ¤ 

अहिले उनीहरूले जे भने पनि राष्ट्रमाथि नै दल र त्यसका नेता हाबी हुने व्यवस्था ल्याउन सघाउने उनीहरू नै हुन् । विभिन्न मञ्च चाहार्दै आफ्नो कुरा फलाक्दै हिँड्दा पनि त्यस्तो योग्यस्थान समाचारमा बनाउन सकेका छैनन् । भन्ने हो भने त्यसबेला हरेक सञ्चारमाध्यममा एकलौटीजस्तो रजगज गरेका यी अगुवा आफ्नो समाचार खोज्नुपर्ने स्थितिमा छन् । यो उनीहरूको दल निरपेक्षताको परिणाम हो । अब हरेक समूह र संगठन नै यो कुन दलको भनेर सोध्नुपर्ने अवस्था छ जो काम डा. धमला गर्दैछन् ।

कुनै संस्थाको उद्देश्य र कार्यक्षेत्रसमेत थाहा नपाउने तर कार्यसमिति निर्वाचन हुने अवस्थामा जसरी पनि आउने सदस्यहरूको बाहुल्य हरेक समूहमा छ । वर्तमानमा आफ्नो मेरुदण्ड भएको संस्था भेटिनु कठिन छ । यस्तामा कार्यसमिति त्यही सफल मानिन्छ जसले ज्यादाभन्दा ज्यादा सांसदसँग उसको संसदीय विकास कोषको रकम झार्न सक्छ । जसले सरकारी सहायता संस्थालाई जुटाउनसक्छ, अनि सञ्चारमाध्यममा असर पु¥याएर आफ्नो गतिविधि प्रचार गराउनसक्छ । यसका निमित्त कुनै न कुनै मेयर, मन्त्री, मुख्यमन्त्री आदिजस्ता पदधारकलाई १० मिनेट नै भए पनि उपस्थिति गराउन लालयित हुन्छन् ।

वर्तमानका कोही बुद्धिजीवी, पेशाकर्मी वा समाजसेवी भनाइनेहरू आफूलाई वाम, दक्षिण आदि जोडिएर गरिने सम्बोधनमा गर्व गर्छन् । गर्वमात्र गर्ने होइन आफ्नो त्यो ‘धार’ शक्तिमा भएका बेला त्यसको मोल पनि दाबी गर्छन् । दलहरूले भिœयाएको पहिलो संस्कार नै हो ‘राम्रोमाथि हाम्रोको वर्चस्व’ । यही वर्चस्वमा आफ्नो नेताको नजरमा पार्न कार्यकर्ताहरूलाई म यतिवटा समूह र संगठनको अध्यक्ष छु वा कार्यसमितिमा छु भनेर देखाउनुछ । यसका निमित्त अरू सामाजिक, आर्थिक, धार्मिक आदि समूह त हुने नै भए तर विषेशीकरण भएका समूहहरूमा पनि भरसक एकलौटी नभए पनि दलीय भागवण्डा हुनेगर्छ । 

कुल या वंशको उत्थानका निमित्त संगठितहरूमा वाम र काङको वर्चस्वको लडाइँ हुन्छ । कुनै एल्मुनाई संगठनहरूको यही हाल छ । यस्ता समूह वा संगठनहरूमा सदस्य बन्न पूरा गर्नुपर्ने शर्त हुन्छन् तर त्यसमा पनि आफ्ना आऊन् अरूका छेकिऊन् भन्ने चाल चालिन्छ । दलहरूको यो कब्जाको संस्कृतिले मुलुकलाई पछौटेपनतिर लैजाँदैछ । स्वतः सदस्य हुने प्रकृतिका समूहहरूमा दलीय वर्चस्वको संघर्ष हुन्छ भन्दा अनौठो लाग्ला तर नियाल्ने हो भने यस्तो परिपाटी मौलाउँदै गएको प्रष्ट देख्न सकिन्छ । अनेकौं फलाना चिलाना सम्पर्क मञ्चले कति आस्थाका आधारमा आफ्नालाई समेटेका छन् भने कति आफ्ना भएकाहरूलाई समेटेका छन् त्यो प्रष्ट देखिन्छ ।

आफ्नो र पराई छुट्याउने अन्य कसीहरू त्यतिसारो प्रचलनमा छैनन् तर दलीय आस्था भने सबैतिर हाबी हु“दै गएको छ । आफ्नो घर खेत सबै जाकटी राखेर वैदेशिक रोजगारी नामको कुल्ली भएर जा“दा पनि यो कायम छ । तातो बालुवामा रगत सुकाएर कमाएको पैसाले पहिले परिवार खर्च, जाकटी निखन्ने कामभन्दा दलको लेभी तिर्न छुट्याउनेहरू छँदैछन् । त्यस रकमले आफ्नो दलको फलाना वा चिलाना नेतालाई बोलाएर भाषण सुन्ने लत लागेकाहरू नभएका होइनन् । कर्मीमौरीसरह आफ्नो र आफ्नो परिवारको भन्दा दल अनि नेता पोस्नेहरू दलका वास्तविक कमाइ हुन् । नेताहरूलाई थाहा छ यी कर्र्मीहरूले पोस्नेमात्र होइन आफूलाई केही भन्नेहरूलाई चिल्ने काम पनि गर्छन् ।

कुनै संस्था या समूहमा आफ्नाले वा दलले भनेकालाई कार्य समितिमा जिताउनमात्र सदस्य हुनेहरू समाजमा उच्चस्थान राख्नेहरू नै धेरै हुन्छन् । त“लाई फलाना संस्थाको समितिमा पु¥याए“, मलाई ढिस्कानामा पु¥याए भन्ने सापटी होस् वा फलाना समूहमा हाम्रा आउनुप¥यो सदस्य बन्नून् भन्ने आदेश पालन गर्ने हुन् सबैलाई लाज लाग्नुपर्ने हो । तर, यसमा उल्टो गौरव गर्ने चलन दलीय व्यवस्थाको देन हो । पहिले ज्ञान हासिल गर्नुपर्ने विद्यार्थीमा त कलिलैदेखि आफूप्रति आस्था भर्न दलहरूले भ्रातृ संगठन बनाएका छन् । शिक्षकहरूलाई दलको भित्री बस्त्र पहि¥याएर पठाएको पञ्चायतदेखि नै हो । कर्मचारीहरूलाई कार्यसम्पादनले भन्दा राजनीतिले तान्ने बनाउन संगठन गरिएकै हो । 

हुन त अहिले शिक्षक, कर्मचारी आदिले राजनीति गरेको सरकारलाई घा“डो भएको छ । पहिले त्यसैमा दीक्षित गरेर अहिले घा“डो मानेर हुन्छ ? भन्ने प्रश्नमा निर्लज्ज उत्तर छ पहिले खुला राजनीति थिएन अहिले छ । त्यसैले अब काम छैन । यसको सिधा अर्थ त्यो भ¥याङबाट हामी चढ्यौँ र अर्कालाई ढाल्यौँ । अब तिमीहरूलाई हामीलाई ढाल्ने बाटो किन दिने भनेको हो । यसमा पनि बिमती जनाउनुपर्ने अवस्था नहोला । तर, प्रत्यक्ष राजनीति बाहेकका समूह, संघ, संस्थामा गरिएको दलीय कब्जाको लोभले भविष्यमा कहा“ पु¥याउँछ ? भोलि यही घा“डो होला कि नहोला ? 

दलीय प्रभावले अस्पताल सञ्चालक समिति बन्ने परिपाटीमा ‘क’ दलको अस्पतालमा ‘ख’ दलको बिमारीले के महसुस गर्ला ? ‘ग’ दलको कब्जामा रहेको मन्दिरमा ‘क’ दलको दर्शन फलिफाप होला कि नहोला । फलानाको कब्जामा रहेको सामुदायिक विद्यालयमा चिलनाका विद्यार्थीको के हाल होला ? यी प्रश्न मूर्खतापूर्ण लाग्छन् तर होइनन् । जो केवल दलको मान्छे भएका कारणले यस्ता जिम्मेवारी बोक्ने मूर्खता गर्नसक्छ त्यसले जे पनि गर्नसक्छ । यदि फलाना दलको भक्त वकिललाई चिलाना दलको कार्यकर्ताले आफ्नो मुद्दा दियो भने वकिलले दलको आदेश मान्ला भन्नु अस्वाभाविक हुन्छ । तर, मुद्दाको गुरुता हेरेर कपट गर्नसक्नेहरू वकिल नै छैनन् भन्ने दाबी कसैले गर्न सक्छ र ? 

यदि कब्जाको लोभले यही गति लिने हो भने भोलि रगतको ग्रुपसँगै रगतदाताको र रगत पाउनेको राजनीतिक आस्था पनि मिलान गर्नुपर्ने अवस्था आउला । हरेक क्षेत्रमा दलको वर्चस्व नै खोजेर हिँड्ने हो भने समाज पछाडि पर्नेछ । किनभने, काम राजनीतिक दल र त्यसका नेताहरूले गर्ने होइन भन्ने नेपालमा साबित हु“दैछ । राजनीति गर्नु भनेको उडन्ता भाषण गर्नुमात्र हो जस्तो भएको छ । न भनेको मितिमा पानीजहाज आयो, न मेलम्ची, तर थप नया“ घोषणाहरू भने आएका आयै छन् । काम गर्नुपर्ने अन्य क्षेत्रमा पनि राजनीतिले जस्तै काम भनेको भाषण र घोषणामात्र हो भन्ने संस्कार आयो भने देश चलाउन ठेक्का नै दिनुपर्ने हुन्छ । नेपाल नशामा लठ्ठ परेर बर्बराउनेको देश हुन्छ । उसैपनि मूर्खतापूर्ण सनक देखाउन कोहीभन्दा कोही कम देखिँदैनन् । (कार्की विराटनगरबाट लेख्छन् ।)


Views: 71