27th March | 2019 | Wednesday | 7:07:52 AM

प्रधानमन्त्रीको अराजक शैली

राजन कार्की   POSTED ON : पुष २६, २०७५ (६:५८ AM)

प्रधानमन्त्रीको अराजक शैली

प्रधानमन्त्री केपी ओली सबैभन्दा आलोच्य पात्र भएका छन् । उनले भ्रष्टाचारलाई सदाचार, अपराधीलाई उन्मुक्ति र सम्मानमात्र दिएनन्, सांसद र मन्त्रीले गरेको नैतिक भ्रष्टाचारको बचाउ गर्दै लोकतन्त्रमाथि हमलासमेत भनेका छन् । जनाधिकारको रक्षा र सुरक्षामा पटक्कै चासो राख्न नसकेका प्रधानमन्त्री ओली राष्ट्रपतिलाई बिलासी बनाएर लोकतन्त्रका लोकको अपमानसमेत गर्न अग्रसर भएको देखियो ।

देशका ७७ जिल्ला बलात्कार र हत्याविरुद्ध विद्रोह गरिरहेका छन्, ‘सरकार भेटियो, न्याय भेटिएन’ भनेर बालुवाटारको ढोकैमा प्रदर्शन गर्दासमेत प्रधानमन्त्री यो विद्रोहलाई अराजक भीड भनिरहेका छन् । लोकमतले वरण भएर सिंहदरबारको शिरपति बनेका केपी ओली भष्मासुरको संस्करणमा पो देखिए । उनको अहम्, उनमा भएको संवेदनहीनता, उनमा बढेको दम्भ देख्दा लाग्छ यो गणतन्त्रका उनी नै अन्तिम बादशाह हुन् ।

किनकि, लोक एकपटक झुक्किन्छ, दुई पटक झुक्किन्छ, सधैँ झुक्किँदैन । लोकलाई सधैँ भ्रमित पारेर राख्न सकिँदैन । लोक लोकतन्त्रको अन्तिम फैसला दिने सार्वभौम अधिकारसम्पन्न लोकाधिकारी हो । लोकाधिकारी न त पाटनका उतिबेलाका मल्ल राजा हुन्, न त केपी ओली, ओली त त्यतिबेलाका अत्याचारी ६ प्रधानका नाइके समान बनेका छन् ।

प्रधानमन्त्री केपी ओली त संसद्मा सवाल जवाफसमेत गर्नुपर्दैन भन्न थालेका छन् । सभामुखलाई कारिन्दा बनाइसकेका प्रधानमन्त्रीको चरित्र देखेर संसद्मा प्रश्न उठ्यो, ‘त्यसो भए संसद् भवन नै बालुवाटारलाई बनाए भइहाल्यो नि ¤’यस कारण सन्देह उत्पन्न हुन्छ प्रधानमन्त्रीको स्वास्थ्य अवस्था कस्तो छ । हुन त राज्यले जनताले तिरेको करको १८ करोडभन्दा बढी राजस्व खर्च गरेर केपी ओलीको उपचार गरिसकेको छ र अझै गरिरहेको छ । बेलाबेलामा प्रधानमन्त्रीलाई आइसियुमा पनि राखिन्छ र उनको स्वास्थ्य जा“च नियमित हुन्छ । ओलीको स्वास्थ्य जा“चका लागि चौबीसै घण्टा स्टेण्डबाई अवस्थामा रहेका डाक्टरसमेत उनको स्वास्थ्य देखेर चकित पर्छन् । यसकारण पनि देशका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्वतन्त्र मेडिकल टिमले परीक्षण गरेर सार्वजनिक हुन जरुरी छ । 

अर्को आश्चर्य के पनि छ भने निर्मला पन्तको बलात्कार र हत्या, वाइडबडी भ्रष्टाचार, जेलमा रहेका रेशम चौधरीलाई संसद्मा ल्याएर सभामुखमार्फत् शपथ गराएको, विभिन्न नियुक्ति र भर्ती, करछलीमा मौनता र एकता दिवसमा बिदा नदिएका सम्बन्धमा नेकपाभित्रै ठूलै रडाको छ, असन्तुष्टि छन् । तर, आफ्ना नेताको स्वास्थ्यका बारेमा कोही बोल्दैनन् । न त प्रतिपक्षीले नै प्रश्न उठाएको छ ।

राष्ट्रिय मुद्दाहरू अनेक छन् । सबैभन्दा ठूलो मुद्दा प्रधानमन्त्रीको नारा ‘समृद्ध नेपाल, सुखी नेपाली,’ प्रगति र सुशासनका विषयको छ । किनकि, शासन र प्रशासन, विधि र पद्धति सबैतिर भ्रष्टाचार, अनियमितता र पदीय दुरुपयोगमात्र छ । सपना रेलदेखि पानीजहाजसम्म, हावाबाट बिजुलीदेखि भान्सामा ग्यास पाइपसम्मको देखाउने, मेलम्ची आयोजनामा किन भ्रष्टाचार बढ्यो, मेलम्ची किन आउन सकेन, वास्तै नगर्ने । 

प्रधानमन्त्री, मन्त्री उक्साउने, कर्मचारी भ्रष्टाचार गर्ने, अहिलेको ओली शासनको मूल जरो यही हो ।

जनतालाई सत्तासीन पार्टी र नेताहरूले कमैया नै बनाए । जनता तिम्रा कमारा होइनन् भन्नसक्ने एकजना पनि नेता छैनन् । जनताको सेवक बन्छु भनेर जनतालाई हलीजस्तो व्यवहार गर्ने नेकपाको सरकार त नेपालका लागि सरापसिद्ध नै भयो ।

शासन कम्युनिस्टको । जता हेरे पनि आफूलाई कम्युनिस्ट भन्नेहरूको जगजगी नै छ । जनजीविकाका लागि काम गर्छु भन्ने नेपालका कम्युनिस्टहरू कुन कोटीका परे कुन्नि, प्रधानमन्त्री अधिनायकवाद चलाइरहेका छन्, मानौं श्री ८ सरकार उनै हुन् । राष्ट्रपति पनि कम्युनिस्ट, उनको त ढोकैमा हेलिकोप्टर छ । यो देशलाई कम्युनिस्टले कंगाल बनाएर गर्न खोजेको के ? कम्युनिस्टको परिभाषा बदल्नुपर्ने भयो अब ‘नवसामन्त’ भनेर । कम्युनिस्ट सरकार अहंकारले ग्रस्त छ, सबैलाई पेलेरै अघि बढ्ने सन्देश दिइरहेको छ । बलात्कार होस् कि हत्या, सुन पक्राउ परोस् कि अपराधी, ज्यानमारा, आफूलाई लाभ हुन्छ भने सबैलाई पञ्चखत माफी दिन कत्तिबेर मान्दैन । वाइडबडी दुई जहाज किन्दा ४ अर्ब ३५ करोडको पान खाएको सरकारको मुख त रातै छ, तर ऊ भन्छ, विरोध नगर लोकतन्त्र धरापमा पर्छ ।

कम्युनिस्ट सरकार भेटिकनको इसारामा कोरियाको युनिभर्सल चर्चका इसाई मातालाई बोलाएर होली वाइन खान्छ । मानौं, धान्याञ्चल महायज्ञ लगाएको होस्, यज्ञको पवित्र जल अभिषेक गरेको होस् ।

नेकपाको सरकारले संघीयताका नाममा सिंहदरबार त गाउ“सम्मै पु¥यायो तर सिंहदरबारको सबै भ्रष्टाचारको बाढी पनि गाउ“सम्मै लगेको छ । जता हेरे पनि दण्डहीनता र भ्रष्टाचारमात्र छ । कम्युनिस्ट शासनको विशेषता भनेको सकेजति भ्रष्टाचार हो । यसैलाई भनिन्छ, लखनौं लूट । नेपाल कम्युनिस्टको लखनौं लूटको थलो बनिसक्यो । समानता र समभाव शून्य ।

पार्टीका र पैसा दिने सबैलाई कतै न कतै नियुक्ति दिइरहेको छ यो सरकार । मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिका र अन्य संघ संस्थाहरूका सल्लाहकारमा नेकपाका फौजलाई नै जागिर दिएको छ । सपना बा“डेर र जनताको आ“खामा छारो हालेर कम्युनिस्टले अधिनायकी यसरी चलाइरहेको छ कि मानौं नेकपाको शासन र प्रधानमन्त्री ओली, उनी नै संविधान, उनी नै पद्धति, उनी नै नेपाल हुन् ।

प्रधानमन्त्री केपी ओली हुन् कि उनका मन्त्री, सबैलाई तिनको आरति भजनमात्र मन पर्छ । प्रधानमन्त्री स्वस्थ आलोचनासमेत मन पराउ“दैनन् । मन्त्री, सचिवले, सांंसदले सहयोगीको तलब, गाडी, पेट्रोल सुविधा, घर भए पनि घरभाडा खाइरहेको कुरा बाहिर आउ“दा त्यसको विरोध जरुरी नभएको बताउ“छन् । न नीति छ, न विधि, नेकपाको हाइकमाण्डले जे भन्यो त्यही राष्ट्रको निर्णय हुने हो भने यो व्यवस्थालाई कम्युनिस्ट अधिनायकवाद भनिदिए भइहाल्यो नि किन लोकतन्त्र भनिरहनु ?

प्रधानमन्त्रीले बेलायततिर हेरे हुने हो । बेलायतमा गैरकानुनीरूपमा मन्त्री, सांसदले सुविधा लिएको कुरा उठेपछि तत्कालीन प्रधानमन्त्री गोर्डन ब्राउन जो २००७ देखि २०१०सम्म प्रधानमन्त्री बनेका थिए, उनले के हो भनेर प्रश्नमात्र गरेका थिए, गैरकानुनी सुविधा लिने सांसद, मन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएका थिए । नैतिक आचरण लोकतन्त्रको विशेषता हुनुपर्छ । जति भ्रष्टाचार गर्नसक्यो, उति योग्य देख्ने प्रधानमन्त्री ओलीमा पक्का दृष्टिदोष छ । दृष्टिदोष भएकाहरू अ“ध्यारामा हिँड्छन्, यतिबेला हाम्रा प्रधानमन्त्री अ“ध्यारोमा छामछामछुमछुम गरेर हिँडिरहेका छन् ।

यसकारण त ओली सरकार विकास गरेको मजाक गर्छ । सरकार आफैँ भन्छ– बजेटको १० प्रतिशत पनि खर्च भएन । खर्चै नगरी हुने विकास कस्तो विकास हो । नेकपाका कार्यकर्ताले जागिर पाउनु र देशमा अनैतिकता र भ्रष्टाचार बढ्नु विकास हो र ?

यहा“नेर राप्रपा प्रजातान्त्रिकका नेता केशरबहादुर विष्टको कथन सम्झनुपर्ने हुन्छ । उनी भन्छन्– ‘सबै नक्कली छन्, डाक्टर, इन्जिनियर, मास्टर, पिउने पानी पनि नक्कली छ । तथानाम बुद्धिजीवी छन् । राजा महेन्द्र, वीरेन्द्रको नाम सुन्नासाथ टाउको बटार्नेहरूले राम्रो काम गरेर देखाउनुप¥यो नि । भ्रष्टाचारबाहेक के गरेका छन् ?’

यो कम्युनिस्ट सरकार भनेको बोकालाई हात्तीको भारी बोकाएजस्तो भएको छ । जनताले पत्याएकै हुन्, खोई विकास, शान्ति, समानता, सुरक्षा ? केही पनि त छैन ।

कम्युनिस्टहरूले भ्रमजाल फिँजाएर र भ्रम छरेर यो देशलाई नया“ पागलखाना बनाउ“दै छन् । ज्यानमाराको धाकले यो मुलुक नरहने भयो । यो मुलुक बचाउन, बनाउन एउटा जंगबहादुर त जन्म नै प¥यो ।

हो, बेनिभोलेन्ट नेता माटोको माग हो । यस्तो नेताबिना अब देश बन्दैन, देश बच्दैन । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर दिएका थिए, सन्ततिले त्यो नेपाललाई कित्ता कित्तामा भागबण्डा गरेर सिध्याउने भए । त्यसकारण पनि नेपाली एकता र राष्ट्रियता जगेर्ना गर्नका लागि एउटा जंगे त चाहियो चाहियो ।

Views: 97