27th March | 2019 | Wednesday | 6:01:51 AM

चिन्ता प्रकृतिको

अच्युतप्रसाद पौडेल ‘चिन्तन’   POSTED ON : पुष २८, २०७५ (१०:४५ AM)

चिन्ता प्रकृतिको

वातावरणीय क्षेत्रमा जनचेतनाको वृद्धि, संस्थागत दरिलो प्रबन्ध, विषादीहरूको सुरक्षित विसर्जन, राष्ट्रिय महŒवका सम्पदाको संरक्षण, ध्वनि, वायु र जल प्रदूषणमा कमी, शहरी क्षेत्रका नदीको प्रदूषण न्यूनीकरण र वातावरणसम्बन्धी महासन्धिको कार्यान्वयन हुने पूर्ण उपलब्धि हासिल हुने गरी तय भएका हाम्रा योजना निष्प्रभावी भएका छन् । विगतको तुलनामा वातावरणीय समस्या भने झन्झन् जटिल बन्दै गएको र काठमाडौं उपत्यकामा बढ्दै गएको प्रदूषण, विश्व सम्पदा सूचीमा रहेको बागमती नदीमा विगत तीस वर्षयतादेखि जलचर नपाइने स्थिति देखापरेको र अन्य सहायक नदी विष्णुमती, टुकुचा, धोवीखोला, मनहरा, बल्खु, नख्खु, गोदावरी, हनुमन्ते, साङ्ला, कोड्कु खोलासमेत प्रदूषणले आक्रान्त बन्दै गएका छन् । यस परिप्रेक्ष्यमा नेपालको विगतदेखि वर्तमानसम्ममा लिएको जल, जंगल, जमिन, जलवायु परिवर्तन एवं जैविक प्रतिबद्धता र जैविक विविधताको अपार भण्डार नेपालमा देखा परेका समस्या एवं चुनौतीहरूको हामीले सामना गरिरहनु परेको छ । 

प्राकृतिक वातावरणको संरक्षण, पुनस्र्थापन र बुद्धिमतापूर्ण उपयोगमा जोड दिने, शहरी प्रदूषणलाई रोकथाम गर्ने र ग्रामीण क्षेत्रलाई स्वच्छ, सफा, हराभरा सुन्दर पारी स्वच्छ वातावरणमा मानिसलाई बाच्न पाउने हकको सुनिश्चितता प्रदान गर्दै वातावरण व्यवस्थापन सम्बन्धमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्ने मूल उद्देश्य लिएर विगतका योजना हाम्रा सामु प्रस्तुत भएका थिए ।

त्यसो त छैटौं पञ्चवर्षीय योजना अवधिदेखि नै हाम्रो मुलुक वातावरणप्रति सचेत हुँदै आएको हो । हाम्रो मुलुकले दर्शाएको अन्तर्राष्ट्रिय प्रतिबद्धता, वातावरणसम्बन्धी सन्धि, महासन्धिलाई अनुमोदन र दिगो विकासको अवधारणा आत्मसात् गर्दै आएको हो ।

सहश्राब्दी विकास लक्ष्य र नेपालको दिगो विकासको एजेण्डामा वातावरणीय पक्षलाई उच्च प्राथमिकता दिइएको हो । स्थानीयस्तरमा वातावरण सुधार कार्यक्रम, जनचेतना अभिवृद्धिका कार्यक्रम, जिल्ला विकास समितिले योजना तर्जुमा गर्दा वातावरणीय पक्षलाई समावेश गर्ने कार्य, वातावरण शिक्षातर्पm प्राथमिक तहदेखि विश्व विद्यालयस्तरसम्म शिक्षाको पठनपाठन चालु भएर राष्ट्रियस्तरका उच्चस्तरीय जनशक्ति उत्पादनका कार्यसम्म यस क्षेत्रबाट भएका छन् ।

वातावरणसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूको कार्यान्वयन गर्ने क्रममा जलवायु परिवर्तनसम्बन्धी महासन्धिअनुरूप राष्ट्रिय सूचना तय गर्ने, मरुभूमीकरणसम्बन्धी महासन्धि कार्यान्वयन स्थितिको राष्ट्रिय प्रतिवेदन तयार गर्ने कार्यदेखि ओजोन तह संरक्षणसम्बन्धी महासन्धि कार्यान्वयनका सन्दर्भमा ओजोन तहलाई विनाश गर्ने वस्तुहरूको पैठारीमा रोक र यस्ता पदार्थको उपयोग नियन्त्रण नियमावली २०५७ समेत कार्यान्वयन हुँदै आएको हो ।

हाम्रो मुलुकमा भएको जथाभावी वन फँडानी, अव्यवस्थित बसाइँसराइ, अवैज्ञानिक एवं परम्परागत पद्धतिमा आधारित कृषि प्रणाली, अव्यवस्थित र अवैज्ञानिक शहरीकरण, शहरकेन्द्रित जनघनत्व, बाढी, पहिरो र आगजनीको समस्यादेखि आधुनिक प्रविधिको अभाव, प्रकोपको सम्भावित क्षेत्रको नक्सांकन गर्न नसकिएको, आवासीय उच्च भवन निर्माण गर्दा न्यूनतम आवश्यक मापदण्ड तय हुन नसकेकोजस्ता विकराल समस्याले गर्दा वातावरणीय समस्याले हाम्रै लागि ठूला चुनौती प्रस्तुत गरिरहेका छन् । 

विकिरणयुक्त धुवाँ पैmलाउने काठमाडौंका इँटाभट्टा कम भए पनि ढुंगा खानी एवं क्रसर उद्योगबाट पर्ने वातावरणीय समस्या ज्यूँका त्यूँ रहेका छन् । बिहानैदेखि क्रसर उद्योगमा सुरु हुने धुलो र यातायातको चापले जीवन कष्टकर बनेको छ । 

ढुंगाखानीका कारण पानीको मुहान सुकेको, वन क्षेत्र अतिक्रमण भएको र धुवाँ धुलोका कारण दम र छातीको रोग बढ्दै गएको छ । उपत्यका वरिपरिका गाउँमा पानीको मुहान सुक्नाले ग्रामीण भेगका जनताको जीवन पीडाग्रस्त भएको छ । शहरी क्षेत्रमा सञ्चालनमा रहेका पुराना गाडी र तिनले फाल्ने विषाक्त धुवाँका कारण जीवन थप कष्टकर बनेको छ ।

पूर्वीय दर्शनले प्रकृति संरक्षणमा जोड दिएको छ । अथर्ववेदले पर्यावरणको रक्षा, प्राकृतिक सुन्दरता, हराभरा संसार, जीवन्त जीवन, पर्यटकीय विकास, पानी र जीवन, वायु र जीवन, माटो र जीवन, ध्वनि र जीवन, सौर्य ऊर्जा र जीवनलाई एक अर्काको परिपूरक मानेको छ । वैदिकभूमि र पूर्वीय संस्कार, संस्कृति र सम्पदाको स्रोतकेन्द्र सगरमाथा बोकेको नेपाली भूमि र नेपालको ओजोन तहमा देखा परेको वातावरणीय समस्याले दिन प्रतिदिन नराम्रो रूप लिँदैछ । 

काठमाडौंमा भएको अव्यवस्थित शहरीकरणका कारण ठूलाठूला भवन बनेका छन् । ती भवनमा बस्ने मानिसका कारण काठमाडौं प्रदूषित बनेको छ । काठमाडौं उपत्यकाका नदीमा अब जीवन छैन । यहाँका नदीमा कुनै जलचर भेटिँदैनन् । पशुपतिदेखि सुन्दरीजलसम्मको बागमतीको मुहान क्षेत्र विषाक्त हुने क्रममा छ । यहाँका नदीमा अक्सिजन नहुँदा बाच्ने काइरोनोमिड र ओलिजोकेड जीवमात्र बाँकी रहेका छन् । सडक, सिमेन्ट, ढलआदिका कारण आकाशबाट परेको पानी जमिनले सोस्नसक्ने अवस्था नहुँदा जमिनमुनिको पानी विषाक्त बनिसकेको छ । जलचर, वनस्पति र अक्सिजन नपाइने पानी प्रयोगयोग्य हुँदैन । दूषित पानीका कारणले महामारी रोगको समस्या अझै थपिन गएको छ । 

ब्राजिल पछिको विद्युतीय ऊर्जा स्रोत पानीमा दोस्रो स्थान ओगटेको नेपालमा असंख्य नदीनाला छन् । तर पनि लोडसेडिङ तथा पिउने पानीको संकट यहीँ धेरै छ । पानीमा झैँ तरकारी एवं फलपूmलमा पनि विषादी मिसाइएको छ । खाद्य संकट पनि चरम सीमामा पुग्ने सम्भावना देखिइसकेको छ । 

वैशाख जेठमा फुल्ने लालिगुराँस माघ–फागुनमा फुल्न थालेको छ । ऐँसेलु, काफल आदि एक महिनाअघि नै फल्न थालेका छन् । वसन्तमा पात झर्ने वृक्षका पात शिशिरतिरै झर्न थालेका छन् । अति चिसो मिनपचास भनिने पचास दिनको समय अब पच्चीस दिनको हुन गएको छ । मुस्ताङको स्याउमा अधिक तापक्रममा देखिने किरा देखिन थालेका छन् । स्याउ फल्ने कीर्तिपुरको वागवानीमा सुन्तला बढी फल्न थालेको छ । तराईमा फल्ने बेल, बयर, जामुन हाल १ महिना अघि नै फुल्न फल्न थालेको छ । होचो ठाउँमा हुने वनस्पति अग्ला ठाउँतिर पाइन थालेका छन् । तामक्रम वृद्धि हुन जानाले हिमालमा हिउँ कम भएको र समग्र नेपालमा हिमाली तथा अन्य क्षेत्रका गतिविधिमा असर पर्न गएको छ ।

नेपालमा रहेका असंख्य खोलानाला, नदी, तलाउ, हरियाली डाँडा, पाखा, थुम्का, भीर, पहाड, समथर भूभाग, हिमाल, गल्छी, उपत्यका आदिका कारण विविध वातावरणीय प्रणालीका बहुसंख्यक जीवजन्तुको संगमस्थल भन्दा हुन्छ नेपाललाई । त्यतिमात्रै होइन विश्वकै दुर्लभ एकसिङे गैंडा, लोपोन्मुख अवस्थाका पाटेबाघ, शुद्ध अर्ना र हिमचितुवादेखि हाब्रेसम्मका जीवजन्तु पनि यहीँ छन् । विश्वकै दुर्लभ चरा, माछा, सर्प र मुसा, पुतली पनि यहीँ पाइन्छन् ।

हाम्रो मुलुकले वनस्पति विकासमा मात्रै होइन् पर्यटकीय विकासमा ठूलो महŒव राख्छ । विश्वमा पूmल फुल्ने प्रजातिका झण्डै ६ हजार र पूmल नफुल्ने झण्डै ४ हजार प्रजातिका वनस्पति छन् । वनस्पति विभागका अनुसार प्राकृतिक प्रणालीका ३५ किसिमका वन हामीकहाँ छन् । विभागका अनुसार २ सय ५० प्रजातिका मौलिक वनस्पति नेपालमा पाइन्छ । त्यस्तै पाँच सय ७१ थरिका औषधीय गुण भएका वनस्पति पनि यहीँ छन् । विश्व वनस्पति भण्डारको रूपमा रहेको नेपालको जैविक विविधतामा आँच आउनु भनेको सबैका लागि कष्टपूर्ण स्थिति पैदा हुनु हो । प्रजाति सम्भाव्यताका दृष्टिले विश्वमै पच्चीसौं स्थानमा र महाद्वीपीय दृष्टिले एघारौं स्थानमा पर्ने नेपाल आपैmँमा समृद्ध हुनुपर्ने हो । बढी वर्षा हुने स्थल पोखराको लुम्ले र कम वर्षा हुने स्थल मनाङ, मुस्ताङ र डोल्पा यहींँ पर्छन् । सबैभन्दा अग्लो १५ मि.सम्मको गुराँसको बोट यहीँ पाइन्छन् । जुन विश्वमा पाइने ८ सय ५० थरिका गुराँसमध्ये सबैभन्दा अग्लो हो । 

वातावरण संरक्षणका लागि सामुदायिक संघ संस्था, निजी क्षेत्र, गैरसरकारी संस्था एवं स्थानीय सरकारी निकायसमेत सक्रिय रहेको देखिए पनि वातावरण व्यवस्थापन गर्ने व्यवस्थित नीतिलाई विषयगत निकायको महŒव र प्राथमिकतामा नराखेको अनुभूति हुन गएको देखिन्छ । क्षेत्रगत नीति एवं कार्यक्रममा वातावरण नीति तथा कार्यक्रमको तालमेल हुन नसक्नु, अन्तर नियकाबीच समन्वय हुन नसक्नु, लक्षित समुदायसम्म वातावरण सचेतना कार्यक्रम पुग्न नसक्नु र दातृ निकायबाट भएका कार्यक्रम समन्वय हुन नसक्नुजस्ता समस्या हाम्रासामु छन् । 

वातावरणसम्बन्धी स्वीकृत मापदण्ड प्रभावकारीरूपमा कार्यान्वयन हुन नसकेको र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन केवल पुस्तकालय अध्ययनका विषयमात्र बन्नाले पनि जीव र जन्तुदेखि मानिससम्मको बाच्न पाउने हक सुनिश्चित भएको पाइँदैन । वैदेशिक क्षेत्रबाट द्विपक्षीय सम्बन्धी जनशक्ति उत्पादन भइरहेको परिप्रेक्ष्य र अन्तर्राष्ट्रिय सन्धि सम्झौताप्रति मुलुकको प्रतिबद्धता वृद्धि हुँदै आएको सुनौलोे अवसर हामीले गुमाएनौं भने भविष्यमा अझै आशावादी हुने स्थान अझै देखिन्छ । 

प्राकृतिक वातावरणको संरक्षण र बुद्धिमतापूर्ण उपयोगमा जोड दिँदै शहरी प्रदूषणलाई छिट्टैै रोकथाम गर्ने र ग्रामीण क्षेत्रका अधिकांश भूभागलाई स्वच्छ, सफा र सुन्दर पार्ने दीर्घकालीन सोचलाई मूर्त रूप दिनसके थप आशावादी हुनसक्ने देखिन्छ । हावा, पानी माटो तथा ध्वनि प्रदूषणका थप मापदण्ड तयार गरी कार्यान्वयन गर्ने, वातावरणीय स्रोतहरूको संरक्षण गर्दै जाने, नेपाल पक्षधर वातावरण सन्धि सम्झौतालाई व्यवहारतः कार्यान्वयन गर्ने, क्योटो प्रोटोकलअन्र्तगतको स्वच्छ विकास संयन्त्रबाट लाभ लिन कार्बन व्यापारलाई प्रवद्र्धन गर्नेजस्ता कार्य व्यवहारमा उतार्न सके हाम्रो भविष्य हाम्रै पक्षमा रहेको देखिन्छ । काठमाडौं उपत्यका र शहरी क्षेत्रका नदीहरूको सफाइ कार्यक्रम, विषादीको सुरक्षित विर्सजन, काठमाडौं उपत्यकाभित्रका उच्च ध्वनि प्रदूषण हुने संवेदनशील ठाउँको ध्वनि तह मापन, वायु गुणस्तर मापदण्डको अनुगमन, घरभित्रको प्रदूषण नियन्त्रणमा कानुनी व्यवस्था, सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रण मापदण्ड कडाइका साथ कार्यान्वयन हुनसके हाम्रो भविष्य सुरक्षित हुने देखिन्छ । 

विश्वले वातावरण बचाउ अभियान सुरु गर्नुपूर्व हजारौं वर्ष पहिलेदेखि नै नेपालको पूर्वीय वैदिक वाङमयले हावा पानी माटो, शुद्ध हुनुपर्ने अवधारणा आत्मसात गरेको हो । हामीले धेरै पहिले त्रासदीय सुनामीहरू देखे सुनेका छौँ । विश्वका सबै राष्ट्र यस्ता सम्भाव्यताप्रति सचेत नहुने हो भने कुनै पनि भूभागमा महाप्रलय आउनसक्ने कुरा हाम्रासामु जगजाहेर विषय हो ।

विषादीको प्रयोग गरी माछा मार्ने र नदीलाई थप विशाक्त बनाउने चलन हामीकहांँ बढेको छ । यसै क्रममा जलचरको अस्तित्व मेटिनुको साथै विषाक्त माछाको सेवनले मानव जीवन रोगग्रस्त भएका खबर पनि नौला होइनन् । शहर केन्द्रितमात्रै होइन काठमाडौं उपत्यका बाहिरका नदीनाला प्रदूषित हुँदै गएका छन् । विषादीसम्बन्धी ऐन धेरैअघि नै बने पनि व्यवहारमा लागू हुन सकेका छैनन् । 

व्यापकरूपमा वन फँडानी पनि हाम्रो प्राकृतिक विपत्तिको अर्को कारक हो । प्राकृतिक विपत्तिबाट सिर्जना हुने जोखिमतर्फ हामी बढी सचेत रहनुपर्ने हुन्छ । 

वस्तु उत्पादनका उद्योगमा प्रयोग हुने विषाक्त रसायनका कारण जमिनमा रहने जीवजन्तुदेखि बालीनाली र मानिसलाई आक्रान्त बनाएको छ । आधुनिक सरसुविधाले ल्याएको कृत्रिम विधि व्यवहारले हिजोआज निकै छिटोछिटो तपक्रम वृद्धि भएको छ । विश्वव्यापी तापमान वृद्धिका कारण हिमनदी सर्न लागेका छन् । प्राकृतिक असन्तुलनका कारण पृथ्वीमा जति विनाश भएका छन् तीमध्ये ७० प्रतिशत जलवायुकै कारण हुने गरेका छन् । 

प्रस्तुत पृष्ठभूमिमा पृथ्वीका प्राणाी खतरामा छन्, पूरै पृथ्वी खतरामा छ । यसतर्फ सजग नहुने हो भने घातक रोगबाट बच्ने सम्भावना छैन ।

जलवायु परिवर्तनका कारण मानिसका सहयात्री जीवहरूको उपस्थिति न्यून हुन्छ, सन्तान उत्पादन प्रक्रियामा सिधै असर पार्छ, वंशाणुगत बनावटमा फरक पार्छ, बसाइँसराइको तीव्र वृद्धि गराउँछ, शारीरिक आकार प्रकारमा फेरबदल गराउँछ । जनसंख्याको तथ्यांकमा भारी असर पार्छ र हानिकारक जीव, परजीवीहरूको वृद्धिले त्रासदीय वातावरणको निमन्त्रणादेखि कडा रोगको चापमा समेत वृद्धि गराउँछ ।

हावा, पानीविना कुनै जीवात्माको कल्पना गर्न सकिँदैन । वातावरण भन्नाले जैविक र अजैविक वस्तु एवं तŒवलाई बुझाउँछ । हिजोआज वातावरणमा देखिएका समस्या जलवायु परिवर्तनका कारण भएको हो । यसको प्रत्यक्ष असर पृथ्वीका जीव लोपोन्मुख हुने क्रममा भारी वृद्धि भएको छ । भूक्षय र माटोमा अम्लीयपन बढेको छ । जनसंख्या वृद्धि र बसाइँसराइको कारण जमिनको अति प्रयोग भएको छ । विकास र निर्माणको भौतिक सुख सुविधाको नाममा प्रकृति दोहनमा भारी वृद्धि भएको छ । अति कृषिकरणदेखि बढ्दो कीटनाशकको प्रयोगले वातावरण विषाक्त बनेको छ भने वन क्षेत्र र सिमसार क्षेत्र घटेका छन् । वैज्ञानिकका अनुसार पृथ्वीमा झण्डै एक करोडसम्म जीवजन्तु रहेकामा हाल केवल १४ लाखजति नामांकन हुन सकेका छन् । यसरी जैविक विविधतामा थप संकट देखिएको छ ।

हावाको गुणस्तर, जलवायुको अशुद्धता, परागसेचनमा परेको प्रभाव, समग्र प्राकृतिक पर्यावरणीय प्रक्रिया सुविधामा अब मानिसले ध्यान नदिने हो भने सम्पूर्ण प्राणी, मानवलगायत यो पृथ्वी सबैको विनास निश्चित छ । ठूलाठूला आणविक भट्टीको प्रभाव, हातहतियारको होडबाजीदेखि ओजोन तहसम्मको क्षतिले यिनै कुराको संकेत गर्दैछन् ।





Views: 41