18th February | 2019 | Monday | 4:38:26 PM

नेपालमा पर्यटकको दैनिक खर्च

निनाम कुलुङ ‘मंगले’   POSTED ON : Sunday, 03 February, 2019 (5:48:01 PM)

नेपालमा पर्यटकको दैनिक खर्च


  नेपालमा विश्वका विभिन्न देशका नागरिकहरू पर्यटक भएर घुम्न आउने क्रम बढ्दो रहेको देखिन्छ । तर, विगत केही वर्षदेखि विदेशी पर्यटकको संख्या जसरी उत्साहजनक ढंगले बढ्दो क्रममा रहेको छ, त्यसरी नै उनीहरूले नेपालमा रहँदा–बस्दा गर्ने दैनिक खर्च भने बढ्न सकेको छैन । गत वर्ष, सन् २०१७ मा नेपाल घुम्न आएका विदेशी पर्यटककले औसतमा एक जना बराबर एक दिनमा ५४ अमेरिकी डलर बराबर खर्च गरेका थिए । त्यसो भए तापनि सन् २०१६ को तुलनामा सन् २०१७ मा औसतमा विदेशी पर्यटकबाट राष्ट्रले लिएको वार्षिक आम्दानी भने लगभग १७ प्रतिशतले बढी रहेको थियो । स्मरण रहोस्, अघिल्लो वर्ष, सन् २०१६ मा नेपाल घुम्न आएका विदेशी पर्यटकले औसतमा एक जना बराबर एक दिनमा ५३ अमेरिकी डलर बराबर खर्च गरेका थिए । 

यसरी हेर्दा विदेशी पर्यटकहरूले नेपाल बसाइको क्रममा आपूmले गर्ने दैनिक खर्चको दर भने बढाउन सकेको देखिँदैन । हुन पनि नेपाल विश्वका विभिन्न देशका सस्तो पर्यटक हब बन्दै गएको देखिन्छ । यसो भनिरहँदा पंक्तिकारलाई के याद आयो भने, केही वर्ष अघिसम्म नेपालको पोखरा खासगरी अन्नपूर्ण राउन्ड पदमार्गमा इजरायली पर्यटकहरूको हुलम हुल नै हुन्थ्यो । हाल ती सबै सस्ता इजरायली पर्यटकहरू नेपालको भिसा चार्ज महँगो भयो भनी भारततर्पm मोडिएका छन् । किनभने, भारतले हाल लगभग शून्य भिसा चार्जमा इजरायली पर्यटकहरूलाई घुम्न प्रोत्साहन गरेको छ । 

जे भए तापनि विश्व भ्रमण गर्न निक्लने पर्यटकको संख्या बढ्दो क्रममा रहेकोले हामी निराश भइहाल्नुपर्ने देखिँदैन । भलै हामीले अब हाम्रो देश नेपाल घुम्न आउने विदेशी पर्यटकहरूलाई ए बाबा ! कम्तिमा एक दिनमा एक जनाले एक सय अमेरिकी डलर त खर्च गर भन्ने दिन पनि आउने हो कि ¤ हुन त हामीले विश्व पर्यटनबाट शून्य दशमलव एक प्रतिशत पनि फाइदा लिन सकेका छैनौँ क्यार । जेजस्तो भए तापनि सन् २०१० मा सयुक्त राष्ट्र संघको मातहतको युनाइटेड नेसन्स् वल्र्ड टुरिज्म अर्गनाइजेसन (युएन–डब्लुटिओ) ले सन् २०२० सम्ममा विश्वका विभिन्न देशका एक अर्ब ४० करोड मानिसहरू विश्वका विभिन्न देशमा पर्यटक भई घुम्ने प्रक्षेपण गरेको थियो । यो प्रक्षेपण दुई वर्षअघि नै पूरा भएको छ । अर्थात् सन् २०१८ मै विश्वका विभिन्न देशका एक अर्ब ४० करोड मानिहरू पर्यटक भई विश्वका विभिन्न देशहरू घुमे । निश्चय नै नेपाली पर्यटन व्यसायीहरूका लागि मात्रै नभएर विश्वकै पर्यटन व्यसायीहरूका लागि यो सुखद समाचार हो ।

हुन पनि सन् २००९ मा भने विश्वका विभिन्न देशहरू (खासगरी विकशित देशहरू) मा आएको आर्थिक मन्दीका कारण सन् विश्वमा घुम्न निक्लने विदेशी पर्यटकको संख्या सन् २००८ मा भन्दा केही कम भएको थियो । तर, त्यसपछि सन् २०१० देखि लगातार रूपमा विश्वका विभिन्न देशका मानिसहरू पर्यटक भएर घुम्न निक्लनेहरूको संख्या औसतमा लगभग चार प्रतिशतले बढिरहेको छ । अझ सन् २०१८ मा त विश्वको विभिन्न देशका मानिसहरू पर्यटक भई निक्लनेहरूको संख्या औसतमा ६ प्रतिशत रहेको थियो । स्मरण रहोस्, यो संख्या सन् २०१५ मा एक अर्ब १८ करोड ४० लाख (४.४ प्रतिशतले बृद्धि) थियो । यसरी विश्व भ्रमण गर्न निक्लने पर्यटकको संख्या लगातार बढोत्तरी भइरहेकाले नेपालले पनि यसबाट सक्दो फाइदा लिन सक्नुपर्ने देखिन्छ । यसले नेपाली पर्यटनमा उत्साह र आशाको किरण जगाएको छ । फलतः नेपाल भ्रमणमा आउने विददेशी पर्यटकहरूको संख्या सन् २०१८ मा लगभग १२ लाखको हाराहारी भएको छ । यो संख्यालाई हामीले चानचुने मान्नु हुँदैन । 

वास्तवमा नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्यस्थल हो । यो कुरा कुरो बेलाबेला विदेशी सञ्चारमाध्यम र विश्वका विभिन्न क्षेत्रमा यात्रा गर्ने÷गराउने विभिन्न संघ÷संस्थाले गर्ने गरेको सर्वेक्षण र उनीहरूले हाम्रो देश नेपाललाई पनि कहिले एक, कहिले दुुई, कहिले तीन, कहिले चार, कहिले पाँच नम्बरमा वा २० वा २५ औं स्थानभित्र पार्ने गरेकोले पनि देखाउँछ 

हुन त नेपलमा खर्चिलो पर्यटक बढाउने विभिन्न उपायमध्ये साहसिक पर्यटनलाई जोड दिनु पनि एक हुन सक्छ । विश्वका साहसिक पर्यटकहरूका लागि नेपाल एक अनुपम नमुना हुन सक्छ । वास्तवमा नेपाल साहसिक पर्यटनका लगि विश्वको एक नम्बरमा नै पर्न आउँछ भन्दा फरक पर्दैन । तर, यस मामिलामा सर्भेक्षण नै भने भएको छैन । निश्चय नै पर्यटन सम्बन्धी कुनै पनि संघसंस्थाले साहसिक पर्यटनका सम्बन्धमा सर्वेक्षण गरेमा नेपाल साहसिक पर्यटनका लागि पनि विश्वकै नम्बर एक गन्तव्यमा पर्दो हो, किनभने हाम्रो देश नेपालमा साहसिक पर्यटनका लागि शेर्पेनी कोल, आमा लाप्चा पास, टाशी लाप्चा पास, मिङमाला पास, सेलेले पास (कञ्चनजंघा), थोरोङ पास, लार्के पास, नार÷फु, चोला पास, रिञ्जोला पास, कागमारा पास, धम्पुस पास, थापा पास, नुमला–बगाला, छार्काभोट पास (माथिल्लो डोल्पाबाट मुस्ताङ निक्लने), गोसाइँकुण्ड पास, गाञ्जाला पास लगायत कयौं घाँटी÷पास÷कोलहरू रहेका छन् । 

नेपालमा खर्चालु विदेशी पर्यटक बढाउने अरू उपाय भनेको माउन्टेन प्mलाइट, हट एयर बालुनिङ, छहराबाट झर्ने, रक क्लाइम्बिङ, ‘माइसि टुरिज्म’ भनिने विदेशीहरूले नेपालमा आएर गर्ने (कुनै पनि देशको कम्पनी वा उद्योग, कलकारखाना, अस्पताल, कलेज, अन्य प्राइभेट कम्पनी आदिले गर्ने) सभा, सम्मेलन, अधिवेशन, महाधिवेशन, वार्षिकोत्सव, धार्मिक सम्मेलन आदि पनि प्रमुखरूपमा रहेको देखिन्छ । भनिन्छ हालै नेपालमा सम्पन्न भएको एसिया प्यासिफिक सम्मेलनमा मात्रै लगभग ४५ सय विदेशीहरू सहभागी भएका थिए भनी विभिन्न सञ्चनरमाध्यमा पढ्न पाइएको थियो । भलै उक्त सम्मेलन विवादरहित भने हुन सकेन । त्यस्तै रक क्लाइम्बिङको कुरो गर्दा नेपालमा आर्टिफिसियल र नेचुरल दुवैमा सम्भावना प्रचुर रहेको छ । 




Views: 60