18th February | 2019 | Monday | 4:07:27 PM

समृद्धिको आधार पर्या–पर्यटन

राजेशमान के.सी.   POSTED ON : Tuesday, 05 February, 2019 (12:29:38 PM)

समृद्धिको आधार पर्या–पर्यटन

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाई एक वर्षमा २० लाख पर्यटक भिœयाउने लक्ष्य राखेको छ । उक्त लक्ष्य प्राप्तिको लागि सरकारले कृषि पर्यटन प्रवद्र्धन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७४ समेत कार्यान्वयनमा ल्याएको छ । 

नेपालमा पर्यटन विकासका सम्भावनाहरू प्रशस्त छन् । हिमालयको काखमा अवस्थित रमणीय स्थलहरू, मनोरम तालहरू, हिमालयबाट अविरल बगिरहने नदीनाला र झरना, तराईका हरिया फाँटहरूले स्वदेशी तथा विदेशीको मन नलोभ्याउने कुरै छैन । देशको उत्तरी सीमाना विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत अग्ला–अग्ला र मध्यम उचाइका आकर्षक हिम शिखरहरूबाट ढाकिएको छ । प्राकृतिक सौन्दर्य, अनुकूल हावापानी, विविध सांस्कृतिक सम्पदा, पवित्र धार्मिक तीर्थस्थलहरू छन् । अझ महŒवपूर्ण कुरा नेपालीहरूको मिलनसार स्वभाव र मैत्रीपूर्ण व्यवहार पर्यटन विकासका दृष्टिकोणले महŒवपूर्ण पक्ष बन्न सक्छन् । त्यसमाथि नेपालका तीन प्रमुख शहरहरू काठमाडौं, ललितपुर र भक्तपुरस्थित दरबार स्क्वायर, चाँगुनारायण, बौद्धनाथ र पशुपति क्षेत्र विश्व सम्पदा सूचीमा रहेकाले नेपालमा पर्यटन विकासको सम्भावना यथेष्ट छ । 

अर्कोतर्फ नेपालजस्तो भूपरिवेष्ठित मुलुक जहाँ सामुद्रिक बन्दरगाहको सुविधा छैन, प्रचुरमात्रामा प्राकृतिक खनिज साधन छैनन्, जहाँ ठूलठूला उद्योगधन्दा र कलकारखानाको अझै पनि अभाव छ र जहाँ विदेशी मुद्रा आर्जनको अर्को कुनै विकल्प छैन । नेपालका लागि पर्यटन उद्योग अत्यन्तै महŒवपूर्ण छ । विदेशी मुद्रा आर्जनको प्रमुख स्रोतका रूपमा रहेको पर्यटन उद्योगको विकासबाट एकातिर विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सकिन्छ भने अर्कोतिर रोजगारको अवसर, घरेलु उद्योग धन्दामा विकास र सांस्कृतिक आदान प्रदानमा पनि उत्तिकै टेवा पुग्न जाने कुरा स्पष्ट छ । 

पर्यावरणीय पर्यटनले पर्यटनको त्यस्तो स्वरूपलाई जनाउँछ जसअन्तर्गत प्राकृतिक वातावरण र जैविक विविधताको संरक्षण गर्दै दिगो पर्यटन विकासद्वारा स्थानीय बासिन्दाको सामाजिक र आर्थिक हितमा विशेष जोड दिइन्छ । अर्को अर्थमा भौतिक विकासका गतिविधिहरूबाट हुने वातावरणीय क्षतिलाई न्यूनीकरण गर्दै प्रकृतिमा आधारित पर्यटकीय गतिविधिहरूको सञ्चालन गरी दिगो पर्यटनको विकास गर्नु नै वास्तवमा ‘पर्यावरणीय पर्यटन’ हो । 

विश्वमा अहिले कतिपय वैज्ञानिक एवं वातावरणविद्हरू भौतिक निर्माण र विकासको नाममा गरिने लापरबाहीपूर्ण गतिविधिहरूबाट उत्पन्न हुन पुगेको बढ्दो वातावरणीय विनासप्रति चिन्तित हुन थालेका छन् । खासगरी विश्वव्यापी बढ्दो तापक्रम र जलवायु परिवर्तनबाट उत्पन्न असरका कारण सिंगो विश्व आज पर्यावरणीय समस्याबाट ग्रसित बन्न पुगेको छ । फलस्वरूप प्राकृतिक स्रोत र सम्पदाहरूको संरक्षण एवं सम्बद्र्धन नै वातावरणविद्हरूको लागि अहिले प्रमुख समस्या र चुनौती बन्न पुगेका छन् । यस अर्थमा विश्वमा अहिले बढ्दो तापक्रम र जलवायु परिवर्तनको असरबाट देखापरेको वातावरणीय विनासको चुनौती तथा प्रकृति, कला, संस्कृति एवंं जैविक विविधताको संरक्षण सम्बद्र्धनप्रति बढ्दो चासो र अभिरुचिलाई पर्यावरणीय पर्यटनप्रतिको झुकावकै रूपमा लिन सकिन्छ । 

पर्यावरणीय पर्यटनमा पैदलयात्रा, साहसिक यात्रा, विभिन्न जीवजन्तु एवं चराचुरुंगीहरूको अवलोकन, पर्वतारोहण, जलचरण आदिलगायत विभिन्न जातजातिका संस्कृति, वनस्पतिहरूको वैज्ञानिक अध्ययन अनुसन्धानसम्बन्धी महŒवपूर्ण कार्यहरूसमेत यसमा पर्छन् । यी सबै कुराहरूको सम्भावना नेपालमा प्रचुर मात्रामा रहेको छ । यसैले विश्वका ठूलो संख्याका पर्यावरणीय पर्यटकहरूले नेपाललाई एक किसिमबाट स्वप्नभूमिकै रूपमा हेर्ने र लिने गरेका छन् । 

यहाँ विद्यमान जैविक विविधता, सांस्कृतिक सम्पदाको प्रचुरता, प्राकृतिक स्रोतसाधनहरूको व्यापकताले गर्दा हाम्रो मुलुकलाई प्राकृतिकरूपमै अत्यन्त सम्पन्न र वैभवशाली तुल्याइदिएको छ । उदाहरणका लागि, हाम्रो मुलुकका विभिन्न वनजंगल एवं संरक्षित क्षेत्रहरूमा पाइने जीवजन्तुहरू, चराचुरुंगी, पुतली, विभिन्न जातजातिका बोटविरुवाहरू, सेता र कन्चन हिमाल, नदीनाला, तालतलैया, झरना आदि विदेशी पर्यटकहरूका लागि अत्यन्त आकर्षक प्राकृतिक स्रोतका रूपमा स्थापित हुन पुगेका छन् । 

यसका साथै हाम्रो मुलुक धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक दृष्टिकोणले समेत महŒवपूर्ण स्थलको रूपमा विशवभरि नै प्रसिद्धि पाएको हुँदा नेपालप्रति विश्वका धेरैभन्दा धेरै पर्यटक आकर्षित हुने गरेका छन् । 

त्यसो त राजधानी काठमाडौं मन्दिरै मन्दिरको शहरको रूपमा पनि विश्वमाझ परिचित छ । नेपाल एक यस्तो मुलुक हो जहाँ १०० भन्दा बढी जनजाति छन् । तिनका जातीय एवं उपजातीय भाषाभाषी छन् । जुन वैज्ञानिक अनुसन्धानकर्ता, समाजशास्त्री, मानवशास्त्री एवं धार्मिक पर्यटकहरूका लागि पनि अध्ययन र आकर्षणको विषय बन्न पुगेको छ । यी सम्पूर्ण कुरालाई ध्यानमा राखेर नेपाललाई पर्यावरणीय पर्यटनको दृष्टिले विश्वको एउटा प्रमुख गन्तव्यस्थलकै रूपमा विकास गर्न सकिने सम्भावना यथेष्ट छ । 

विडम्बनाको कुरा के छ भने नेपाल सरकार एवं सम्बद्ध निकायले अझै पनि पर्यावरणीय पर्यटनको दृष्टिले उपयोगी स्थलहरूको खोजी गरी यथोचित विकास गर्न सकेको छैन । यस्ता पर्यटकीय स्थलहरूको खोजी गर्नुका साथै ती पर्यटकीय स्थल वातावरणीय दृष्टिकोणले पनि स्वच्छ र व्यवस्थितरूपमा विकास हुन आवश्यक छ । नेपालमा अहिले कतिपय सांस्कृतिक स्थल र सम्पदा यथोचित संरक्षण हुन नसकी उपेक्षित अवस्थामा छन् । त्यसैले यस्ता उपेक्षित अवस्थामा रहेका क्षेत्रको संरक्षण सम्बद्र्धन गर्नु पनि उत्तिकै आवश्यक छ ।

वास्तवमा पर्यावरणीय पर्यटनको विकासले नै हाम्रो प्राकृतिक वातावरण र जैविक विविधताको संरक्षणमा टेवा पुग्ने भएकोले यसबाट दुर्लभ जीवजन्तु, वनस्पति एवं सिमसार क्षेत्रको संरक्षण सम्बद्र्धनमा समेत महŒवपूर्ण योगदान पुग्नेछ । स्मरण रहोस् हाल नेपालमा ९ वटा राष्ट्रिय निकुञ्ज, ३ वटा वन्यजन्तु आरक्ष केन्द्र, चार वटा संरक्षित क्षेत्र र एउटा शिकार आरक्ष गरी कुल क्षेत्रफलको करिब १९ प्रतिशत भूभाग ओगटिएको छ । 

समग्रमा भन्नुपर्दा देशमा पर्यटन क्षेत्रको समुचित विकास र व्यवस्थापनका लागि साझा राष्ट्रिय नीति र कार्यक्रमहरूको तर्जुमा गर्नु अति नै आवश्यक देखिन्छ । यसका लागि देशमा भित्रिने पर्यटकका लागि शान्ति सुरक्षाको प्रत्याभूति पहिलो आवश्यकता हुन्छ । देशमा शान्ति सुरक्षाको स्थिति भरपर्दो छैन भने विभिन्न भ्रमण वर्षको नाममा लाखौं पर्यटक भिœयाउने महŒवाकांक्षी नारा घन्काउनुको पनि कुनै अर्थ रहँदैन । 

अर्को महŒवपूर्ण कुरा भनेको जिम्मेवार दलले विभिन्न राजनीतिक दल वा तिनका भ्रातृ संगठनद्वारा यो वा त्यो बहानामा जनताको दुहाइ दिँदै जनताकै दैनिक जीवनलाई अत्यन्त कष्टकर तुल्याउन गरिने बन्द, हड्ताल र चक्काजामजस्ता क्रियाकलाप सदाका लागि अन्त्य गर्न सामूहिक प्रतिबद्धता जाहेर गर्नु पर्छ । वास्तवमा तिनका यस्ता गतिविधिले गर्दा देशमा पर्यटनमात्र होइन अन्य कतिपय उद्योग धन्दासमेत धराशायी भई समग्र अर्थतन्त्र नै डावाडोल स्थितिमा पुगेको छ ।

देशमा विदेशी लगानी भिœयाउने कुरा उडन्ते गफजस्तो हुन पुगेको छ । स्वदेशमा भएको पुँजी नै पलायन हुने अवस्थामा छ भने विदेशी लगानी ल्याउने कुरा परको विषय हो । त्यसैले जिम्मेवार राजनीतिक दलले देशमा कुनै पनि बहानामा बन्द हड्ताल नगर्ने आप्mनो प्रतिबद्धतालाई दलगत स्वार्थभन्दा माथि उठेर दृढतापूर्वक कार्यान्वयन गर्न सक्नुपर्छ । यसो हुन सकेको खण्डमा मात्र नेपालमा पर्यटन क्षेत्रको समुचित विकास हुन गई देशको अर्थतन्त्रले नयाँ गति लिन सक्छ । 

वास्तवमा पर्यटन उद्योग नै नेपालको आर्थिक समृद्धि र जनताको जीवनस्तर उकास्ने प्रमुख माध्यम भएको हुँदा यसको विकास र प्रबद्र्धनका लागि सत्तापक्ष र प्रतिपक्ष दुवै एकजुट भएर अग्रसर हुनु आवश्यक तथा अपरिहार्य छ ।


Views: 71