18th February | 2019 | Monday | 3:50:36 PM

फास्ट ट्र्याक संविधान र ओली सरकार

राजन कार्की   POSTED ON : Thursday, 07 February, 2019 (1:43:41 PM)

फास्ट ट्र्याक संविधान र ओली सरकार

जनताले आफ्नो राष्ट्रको सम्पत्ति सम्झेका केपी ओली, जनमतकै बलमा पाँच वर्षका लागि प्रधानमन्त्री त बने, सार्वजनिक सम्पत्ति बन्न सकेनन् । वर्ष दिनमै अर्काको नासो गलपासो पो बन्नपुगे । ठूलै क्षति रोक्नुपर्ने आपातकालको जस्तो हा हु गरेर फास्ट ट्र्याकबाट संविधान जारी गरियो र चुनाव गराइयो । स्थिति कस्तो थियो भने टीकापुरको नरसंहार, मधेस आन्दोलन, भारतको नाकाबन्दी, हिंसा र अराजकता जारी थियो, राष्ट्रवादको नारा लगाएर ओलीलाई हिरो बनाइयो । 

त्यतिबेलाका हिरो ओलीको खुट्टा माटोमा रहेनछ, यो एकवर्षको उनको दोस्रो कार्यकालले प्रष्ट पा¥यो । सरकार ५ वर्ष अभेद्य किल्लाजस्तो छ, कसैले छुन हल्लाउन नसक्ने तर भ्रष्टाचार व्याप्त छ, कानुन व्यवस्था केही पनि छैन, छ भने मानसिक आतंक छ, असुरक्षाको चिसो सिरेटो प्रत्येक नागरिकको मनमा हु“डलो बन्दो छ । हाहाकार त्यही संविधानले सिर्जना गरेको थियो । तैपनि जनताले ओलीको अडानलाई देशभक्तको रूपमा बुझे र आमचुनावमा दुई तिहाइ दिए ।

दुई तिहाइको सरकारको नेतृत्व केपी ओलीले गरेको वर्षदिन भयो । पाँच वर्षलाई कसैको लक्का न धक्काको रूपमा सरकारको नेतृत्व गरेको नेकपा र प्रधानमन्त्री ओली कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रामा राखे पनि बाङ्गाको बाङ्गै चरित्रमा देखिए । व्यवस्था बदलियो, बानी बदलिएन । व्यक्ति बदलिए, व्यवहार बदलिएन । मुलुक भ्रष्टाचार र अनीति, नैतिकहीनताको पोखरी बन्न पुग्यो । एमनेष्टी र विश्व बैंकको रिपोर्ट यसै भन्छ ।

नेपालीमा उखान छ– बा“दरको हातमा नरिवल । ओलीको हातमा सत्ता के गयो, वर्ष दिनमा बा“दरे चरित्रबाहेक केही देखिएन । संविधान कार्यान्वयन गर्न र संघीय लोकतन्त्र स्थापित गर्न बनेको दुई तिहाइको सरकार, समाजवाद समाजवादको रट लगाएर म नै राज्य हु“ भन्नेजस्तो अभिमानमा पो देखिए ओली ।

ओलीमा यति धेरै अहंकार आउनुको कारण अति महŒवाकांक्षाबाट सिर्जित अधिनायकी सोच हो । सिंहदरबारको सरकार गाउ“सम्म भ्रष्टाचार पुगेको देखेर सर्वसाधारण निराश हुनथालेका छन् । जनतालाई भर दिनुपर्ने, कर दियो यो सरकारले । विश्वास दिनुपर्ने, अतास दियो । नेपालको इतिहासमै कि त राणा शासनमा भयो होला त्यस्तो भ्रष्टाचार, कि ओलीराजमा । केपी ओली श्री ६ बन्न खोजेकै हुन् त ?

प्रचण्ड एमालेमा विलय भए, वैद्य विप्लव कराइरहेका छन् । बाबुराम पाखा लागे । विवेकशील साझाले चुनावमा केही चुरीफुरी गरेको थियो, आपसमै दा“त झाराझार गरेका छन् । राप्रपा नामका तीन पार्टी जुट्ने र फुट्ने क्रम जारी छ । प्रतिपक्षीमा नेपाली कांग्रेस छ, उसले अझै बीपीको धार पक्रिन सकेको छैन । उल्टो आन्दोलनको नाममा आगजनी गरेर बा“की बक्यौता आकर्षण पनि कमजोर पार्दैछ । नेकपा राजनीतिक जंगलको एक्लो सिंह भन्दा हुन्छ । यही कारणले गर्दा संसदको सर्वोच्चताका नाममा नागरिक सर्वोच्चतालाई अर्थात् आमरण अनशनसमेत कुल्चेर अघि बढेको दृश्य देखियो ।

आदर्श बगार्ने धेरै छन् । नाकाबन्दीका बेलामा, मधेश आन्दोलनका बेलामा, जनआन्दोलनको सफलतापछिको १३ वर्षसम्म नेताहरूले आदर्शमात्रै बगारे नतिजा के निस्कियो ? दही मथेको भए न घिउ निस्कन्छ, पानी मथेर के निस्कनु ? १३ वर्ष पकाएको लोकतन्त्र र जति पकाए पनि बाक्लो भएन । 

राजनीति यस्तै हो अर्को चार वर्ष । जति पनि घोटाला र जति पनि युवा निकासी भइरहनेछन् । अर्थविद्हरू ढुकुटी रित्तिएको र आर्थिक अराजकता बढेको संकेत दिइरहेछन्, सरकार जनताले दूधभात पनि खान पाएका छैनन् र भन्ने शैलीमा सिंहदरबारमा गजधम्म बसेर बार्दलीबाट जनताको रुन्चे मुहार हेरिरहेको छ । लोकतन्त्रमा विश्वास गर्ने जनताको यो हदसम्मको अपमान ? यस्तो अपमानको विष पिएर गणतान्त्रिक लोकतन्त्र कति दिन बाच्न सक्छ ।

लोकतन्त्र लोकतन्त्र भन्नेहरूले हेरून्– पूर्वराजा जता जान्छन् उतै जनताको लु“डो देखिन्छ । जयजयकार भइरहेको छ । जनताले लोकतन्त्रका रथि महारथिहरूको आपराधिक दुशासन, दुर्योधन चरित्रप्रतिको मौन घृणा देख्न सकेका छैनन् । जनताभित्र आगो सल्किदै गएको छ, राजनीतिमा डढेलो सल्कियो भने राजा फालेर बादशाह बनेका, धर्म फालेर परधर्मप्रति आशक्त हुनेहरूको कुन गति होला ? भारतमा हिजो मोदीको कुन चकचकी थियो, आज तिनै मोदीको पतन किन हेर्दैनन् नेकपाका पदाधिकारीहरू । नेकपाको नाक छैन कि कसो ¤ नेकपा महानगरको फोहरको कन्टेनर नै भइसक्यो त ¤ जनताको मन नपढ्ने, जनताको भाव र भेउ थाहा नपाउने अस्थायी राजनीति हो यो ।

हावामा नाच्ने राजनीतिले परिणाम केही पनि दिँदैन । सपना देखाउ“छ र आफू र सबैलाई शोम शर्माको कथाजस्तो मात्र बनाउ“छ । एउटा नाटक ओलीले मञ्चन गरे, उनको सफलताले उनलाई स्थिर सरकारको नाइके बनायो । अर्को नाटकीय परिवर्तन हुने सम्भावना छैन । ओली वर्तमान नेपालका बास्सा हुन् । धृतराष्ट्रजस्ता बास्सा । यो सरकार भ्रष्टाचारलाई संरक्षण गर्छ, अपराधीलाई काखी च्याप्छ, बलात्कारी र हत्यारालाई छोपछाप पार्छ । आज जनतामा खिन्नता छ ।

यस्तो गनाउने दुर्गन्ध फैलिदा पनि न अधिकारकर्मी एक छन्, न नागरिक समाज । बुद्धिजीवी अथवा संचेतन वर्ग त पार्टी पार्टीका कित्ता कित्तामा विभक्त छन् । बुझ्ने, दबाब र प्रभाव दिनसक्नेहरू पार्टीका कार्यकर्ता बनेपछि, स्वार्थको लक्ष्मण रेखामा बा“धिएपछि छरिएका सर्वसाधारणको पीडा बुभ्mने को, तिनको अवाज उठाइदिने र न्याय दिलाइदिने कसले ¤

यो अवस्थाले मुलुकलाई सुकुलगुण्डाहरूले बन्दी बनाउनु स्वाभाविक हो । देश सुकुलगुण्डामय बनेको छ । सर्वसाधारणलाई स्वर्ग दिन्छु भनेर वचन दिनेहरूले तिनको जीवनलाई नर्कमय बनाइदिएपछि लोकतन्त्र लोकका लागि अ“ध्यारोतन्त्र बनेको छ । बेलाबेलामा उखान टुक्का हालेर प्रधानमन्त्री ओलीले चा“दीका घेरा देखाउ“छन्, जुन आजको भोलि नै विलुप्त हुन्छन् । सत्ता रमाइलो मेलाको चटकेको चटक जो बनेको छ ।

कुमालेको चक्र बनेको छ नेपालको राजनीति । माओ, माक्र्सवाद एकातिर छ, समाजवाद अर्कोतिर । अन्तमा समाजवाद नै हो र माओवादी पनि समाजवाद भनिरहेका छन् । कुनै वादीस“ग पनि देश कसरी बनाउने भन्ने स्पष्ट नक्सा छैन । अवसर छोपीछोपी, मौका हेरीहेरी बोल्छन्, गर्छन् र चल्छन् । लोकतन्त्रको योभन्दा अर्को उपहास हुनैसक्दैन । २०६३ सालको राजनीतिक परिवर्तन, २०६५ सालको गणतन्त्र र २०७२ सालको फास्ट ट्र्याकबाट घोषणा गरिएको संविधानको लास्ट ट्र्याकमा छ केपी ओलीको शासन ।

ज्ञानेन्द्र शाहलाई जतिसुकै गाली गरे पनि अन्ततः उनीभन्दा देशभक्त त अरू देखिएनन् । उनी हिजो जहा“ थिए, आज पनि त्यही“ छन् । हाम्रा नेताहरू सडकबाट महल, पजेरो, स्वीस बैंकसम्म पुगिसके । दुई थान जहाज किन्दा वा जलस्रोतको ठेक्का दिँदासमेत अरबौं हिनामिना गर्ने नेताहरूले ज्ञानेन्द्र शाहको जयजयकार किन भयो ? यत्ति विश्लेषण गर्ने हिम्मत देखाए र आफ्नो अनुहार जनताको नजरको ऐनामा हेरे भने ज्ञानेन्द्र शाहका सामु यिनीहरू होचा पुड्का देखिनेछन् ।

नेकपाले साम्यवाद ल्याउनेछ, जनजीविकाको रक्षा गर्नेछ भन्ने कुरा ओली र प्रचण्डका अर्का दिउ“सै देखिएका सपना हुन् । किनकि, पार्टी नेताहरू देशलाई १३ वर्षमै चाणक्यको बेइज्जत गर्ने धनानन्दजस्ता अत्याचारी, अनैतिक बनेका छन् भने जनताले खोजेको चन्द्रगुप्त मौर्यजस्ता वास्तविक लोकशासक कहिल्यै नपाउने अवस्था सिर्जना हुनपुगेको छ ।

यस्ता नेताहरूकै व्यक्तिगत स्वार्थका कारणले नेपाल विदेशीको चलखेल मैदान बन्न पुगेको हो । नेपालको परराष्ट्रनीतिमा समेत विचलन आएको छ । पार्टीपिच्छेका विदेश नीतिका अभिव्यक्तिले नेपालको असंलग्न परराष्ट्रनीति क्षतविक्षत पारिएको छ । यद्यपि गुलियो दलेको पञ्चशीलका कुरा गर्छ सरकार । सरकार हा“क्ने पार्टी बोल्नैपर्ने अन्तर्राष्ट्रिय मुद्दामा मौन बस्छ र बोल्न आवश्यक नै नभएको भेनेजुएलाजस्ता मुद्दामा अमेरिकास“ग टक्कर लिन अघि सर्छ । यही हो कम्युनिस्टको कम्युन्यालिष्टतन्त्र भनेको ¤ यिनलाई देशको स्वाभिमान र सम्मानको मूल्य नै थाहा छैन, यिनलाई आफ्नो भविष्यको चिन्ताले सताइरहेको छ । यसको नतिजाका रूपमा जनतामा समस्याहरू दिनदिनै थपिँदैछन् ।

नेपाल पनि देश हो र भनेर अमेरिकी राष्ट्रपतिले नजानेर सोधेको होइन । नेपालले अपनाएको गलत नीतिको व्यङ्ग हो त्यो । यिनै केपी ओलीले तिनै ट्रम्पस“ग फोटो खिचाएर आएका थिए । ट्रम्प अमेरिकी राष्ट्रपति हुन्, अमेरिकी राष्ट्रपति उनका क्रियाकलापमा, उनले दिएका चुनावी प्रतिवद्धतामा असफल भए होलान्, विश्वशक्ति हावामा उड्दैनन् । अमेरिकी राजदूतले नेपालका परराष्ट्र र प्रधानमन्त्रीको ब्रिफिङ त्यसै बहिष्कार गरेनन् ।

सबै पार्टीले मान्ने र बोल्ने नेपालको परराष्ट्रनीति एउटै हुनुपर्छ । परराष्ट्रनीति निर्माताहरू, सल्लाहकारहरू विदेशीले नियुक्त गरेका व्यक्ति हुनु नै नेपालको अर्को दुर्भाग्य हो । स्थिर सरकारको असफलता हो । यसकारण पनि फास्ट ट्र्याकको संविधानको कार्यान्वयन गर्न ओली लास्ट ट्र्याकमा पुग्दैछन् ।


Views: 105