23rd August | 2019 | Friday | 4:06:46 PM

आधारविहीन विद्रोहको धम्की

स्वयम्भुनाथ कार्की   POSTED ON : माघ २८, २०७५ (११:५६ AM)

आधारविहीन विद्रोहको धम्की

हजारौं नेपालीको रगत बगेपछि मात्र यो राज्यसत्ता प्राप्त भएको हो । यो सत्ताको बागडोर लिएर पनि फेरि विद्रोह र रक्तपातको कुरा गर्नु नेपाली जनताका लागि सैहृय हुनेछैन । राजनीतिक वृत्तमा बोलीको प्रभाव जमाउन चाहने, महान सर्वहारा नायक भनाइन रुचाउने प्रचण्डले फेरि रक्तपातको धम्की दिएका छन् । अब यो उनको बसको कुरा हो वा होइन त्यो विप्लव समूहलाई सोध्नुपर्ने हुन्छ । विप्लव समूह अभैmपनि त्यो विद्रोहको धङ्धङी बोकेर बेलाबेलामा उपस्थिति देखाउँदैछ आएको छ । उसका बन्द हडताल सम्पूर्ण बेअसर छैनन, बेलाबेलामा जनसरकार, कब्जा आदिका फाट्टफुट्ट खबर सुनिँदैछन् ।
गिरिजाप्रसाद कोइराला एक जमानामा दुई खाले बन्दुके भनेर राष्ट्रको सेना र विद्रोही लडाकालाई एकै घानमा हाल्थे । उनले त्यो घानमा हालेका विद्रोही बन्दुकेसँग लड्न गठन गरिएको राज्यको बन्दुके उनकै सोचको उपज थियो । आत्मवृत्तान्तमा विपीले आफूलाई नेहरूले राणाले सेनाको नियन्त्रण छोड्दैनन् त्यसैले गृहमन्त्रीको हैसियतले पुलिस बलियो बनाउनू भनेर सल्लाह दिएको उल्लेख गरेका छन ।
संविधानअनुसार प्रधानमन्त्री, रक्षामन्त्री र प्रधानसेनापति रहने सुरक्षा परिषद्को सल्लाहमा सञ्चालन हुने सेना दरबारको सेना भनेर सरकार प्रमुखले मात्र अराउखटाउ गर्ने सशस्त्र प्रहरी बल गठन भएको थियो । यसको मुख्य काम नै माओवादी विद्रोह समन गर्नु थियो । यसरी उनले दशकौंपछि दाजुलाई नेहरूले दिएको सल्लाह प्रयोगमा ल्याएका थिए । उनले भनेको दुईखाले बन्दुकेमध्ये एकमा त्यो सशस्त्र प्रहरी पनि पथ्यो ।
जुन माओवादीसँग यो स्तरमा लडाइँ गरेर हजारौं नेपालीको ज्यान गयो त्यसैसँग मिलेर आपैmँले बनाएको २०४७ को संविधान धुल्याउ“दै गर्दा बालुवाटारबाटै प्रचण्डले नेपाली सेनाका निमित्त जेजस्तो धारणा व्यक्त गरे त्यो उद्धृत गर्दा सम्भवतः अश्लील हुन सक्छ । यसमा गिरिजाको मौन सहमति रहृयो र सेना आपैmँले त्यसको खण्डन गर्नु प¥यो । यो नेपाली राजनीतिकर्मीहरूको पिपलपाते स्वभावको उदाहरण हो । माओवादीले नै हत्या गरेका प्रथम सशस्त्र प्रहरी महानिरीक्षक र उनकी पत्नीको सालिकमा तत्कालीन माओवादी कमाण्डर बादलले सलामी दिंँदै गरेको रोचक दृष्य पनि नेपालीले देखे ।
स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले माओवादी उम्मेदवार जिताएर खसी काटी भोज पनि गरे । लगत्तैपछि संघीय निर्वाचनमा त्यही माओवादीलाई जिताएर हिजो कांग्रेस माओवादी गठबन्धनले आफूलाई झेली गरेर हरायो भन्ने खुशीले नाचेको पनि देखियो । नेपाली राजनीतिकर्मीहरूको झगडा र मेलको कुनै कारण वा सिद्धान्त छैन । एकमात्र सिद्धान्त छ कुर्सी कसै गरेर नछुटोस् ।
द्वन्द्वका नाममा मारिएका आफूले मात्र नमारेको राज्य पक्षले मारेको भन्ने माओवादीले एक महŒवपूर्ण कुरा भने भुलेको छ । अहिले राज्यपक्ष र विद्रोही दुवै उही नै हो, विप्लवले कायम राखेको नामबाहेक । नत्र आपैmँ कमाण्डर भएको बेला ‘सफाया’ गरिएकाको सालिकलाई रामबहादुर थापा ‘बादल’ ले सलामी दिने थिएनन् ।
यस्तो अवस्थामा प्रचण्डको फेरि रक्तपातको धम्की कसलाई हो ¤ फेरि विद्रोहको परिस्थिति पैदा हुने अवस्था छ भने विप्लव पक्षलाई गल्तीमा छौ भन्ने आधार के ¤ सयौंपल्ट अब द्वन्द्वको चरण समाप्त भएको र विकासको चरण सुरु भएको भनेर गरिएका भाषणको अस्तित्व केके हुने ¤ अनि एमालेमा विलय भएर नेकपाको अध्यक्षले आपैmँ सत्तामा भएर विद्रोहको धम्की दिनु कति उचित हुन्छ ? यो सब कुरा प्रचण्डबाट सोचिएला भन्ने ठान्नु नै मूर्खता हो ।
तर, सरकारको मूली भएका सोही पार्टीका अर्का अध्यक्ष केपी ओलीको यस सम्बन्धमा के धारणा छ ¤ कि विद्रोह र त्यसलाई नियन्त्रणमा लिने कार्यनीति रणनीति आदि दुवै अध्यक्षले एउटै टेबलमा बसेर लिने हुन ¤ यी प्रश्नका उत्तर पार्टीका सदस्यले नखोजे पनि जनताले पक्कै खोज्नेछन् किनभने प्रचण्डले भनेझैँ फेरि द्वन्द्व हुने हो भने त्यसको मारमा फेरि पनि नेपाली जनता नै पर्ने हुन अरू होइन ।
संसार माओवादीले विद्रोह सुरु गर्दाको अवस्थामा छैन । सात दल र माओवादीबीच १२ बु“दे सम्झौता गर्दाको अवस्थामा पनि छैन । हिजो माओवादीलाई र दलहरूलाई धाप मारेर नेपालको परम्परा, गौरव इतिहास मेटाउन खटिने मार्टिन, मोरियार्टी, शुक्लाहरूको मुलुकको प्राथमिकता बदलिइसकेको छ । नेपालको कुराले विश्व तरंगित हुने युगको अन्त्य भइसकेको कुरा अमेरिकी राष्ट्रपतिको नेपालको अस्तित्वप्रतिको अनभिज्ञताले देखाएको छ ।
राम्रो काम गरेको भनेर आपैmँले आफ्नो पिठ्यूमा धाप मार्दामार्दै नेपालको वैदेशिक कूटनीति यति जर्जर भएको छ कि अमेरिकी राष्ट्रपतिसमेत नेपालको अस्तित्वसँग अनभिज्ञ छन् । यो नेपाल त त्यो नेपालको निरन्तरता हो हो जहाँका राजा महेन्द्रको स्वागतको निमित्त बिरामी अवस्थामा पनि अमेरिकी राष्ट्रपति विमास्थलमा खडा थिए ।
यो सबै अर्जुनदृष्टि सत्तामा हालीमुहाली भएको परिणाम हो । साथमा तिनका भजनेहरूले त अचाक्ली नै गरेका छन् । अब त नेताले खाना खाएको, नुहाएको कुरा पनि तिनको प्रशंसाको विषयमा थपिन जाने एउटा खुराक बन्न बेर छैन । त्यसैको मोहजालमा परेर नेता आफूलाई सर्वशक्तिमान ठान्न लागेका छन् । त्यसैले जे पायो त्यही बोल्न तिनीहरू तयार हुन्छन् । त्यसैको असर हुनसक्छ प्रचण्डको यो ताजा धम्की तर उनको यो धम्कीअनुसार भयो भने त्यसको पहिलो तारो प्रचण्ड नै हुन्छन् । किनभने, उनले जवाफ दिन नसक्ने कयांै प्रश्न छन् । यी प्रश्नको जवाफ नपाउँदा अब उनले भविष्यमा देखाउने भनेको सामन्ती आपैmँ हुनसक्ने खतरा टड्कारो छ ।
उसै पनि मानवताविरुद्धको अपराधको आजको विश्वमा क्षेत्राधिकारको सीमामा छैन । नेपालीले नेपालमा गरेको भनेर लगाइएको आरोपमा बेलायतमा कारबाहीमा पर्नु परेको पनि छ । सत्ताको छत्र छायाबाहिर पर्नेबित्तिकै संसारका धेरै मुलुकमा कारबाही हुनसक्ने खतरामा निकै नेता हुनसक्छन् । यस्तो अवस्थामा नेपालमा भएको शान्ति सम्झौताले त्यहा“ पनि मान्यता पाउला भन्ने कुरामा शंकै छ । छोटो समय गद्दीमा रहँदा र केवल १९ महिनामात्र प्रत्यक्ष शासन गर्दा एक राजाले सबै दोष थाप्लोमा थापेर कुना लाग्नु परेको छ भने विगतका १२ वर्षभन्दा धेरै समय आफ्नो मनोमानी गरेका नेता कञ्चन हुन पाउछन भन्ने सोच नै नराखे हुन्छ ।
नेपालका नाम कमाएका बुद्धिजीवीहरू भजनेमा परिणत भएर आफ्नो अन्तर्राष्ट्रिय असर समाप्त पारिसकेका छन् । नेपाली कांग्रेसमा अन्तर्राष्ट्रिय प्रभाव राख्ने अन्तिम नेता गिरिजाप्रसाद नै थिए । आफ्नो त्यो स्थितिको दुरुपयोग गरेर अमेरिका तथा पश्चिमी मुलुकहरूलाई नेपाललाई भारतको आ“खाबाट हेर्ने बनाए । जुन कारणले त्यसो गरे पनि त्यो अनुचित नै थियो । तैपनि एक छिनलाई सही मान्ने हो भने पनि नेपाललाई विश्वमञ्चमा पुनस्र्थापित गर्न तिनले सकेनन् । अरूको अन्तर्राष्ट्रिय असर र मान कति छ भन्ने कुरा त परको भयो नजिक भारतमै पनि कति छ भन्ने कुरा त सुष्मा स्वराजको भाषणले प्रष्ट गर्छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भारतीय संसदमा दिएको त्यो स्पष्टीकरण युट्युवमा हेर्न र सुन्न सबैले सक्छन् ।
अमेरिकी राष्ट्र प्रमुखलाई नेपालको बारेमा जानकारी हुनुपर्ने थियो, भएन । यसमा दलभक्तिले हुने राजदूतहरूको कति योगदान छ ¤ स्वयं सरकारको कति योगदान छ ¤ अनि अमेरिकी अधिकारीहरूको कति योगदान छ ¤ यो खोजी हु“दै गर्ला तर केही समय पहिले आफूले किम र ट्रम्पको वार्तामा भूमिका खेलेको भन्ने माधवकुमार नेपालको भनाइमा कति सत्यता रहेछ त ¤ ट्रम्प त नेपालै चिन्दारहेनछन् अनि कसरी माधव नेपालले भूमिका खेले भनेर सोध्ने जिम्मेवारी कसैले पूरा गरेको छैन ।
त्यस्तै अमेरिका हल्लाएको भन्ने हल्ला मच्चाइएको प्रचण्डको भेनेजुयला मामिलाको वक्तव्यको कुन असर रहेछ भन्ने प्रश्न पनि गरिएको छैन । जुन राष्ट्रको अस्तित्वसँग नै अपरिचित छ त्यसको कुनै दलको वक्तव्यको के अर्थ होला ¤ तर प्रचण्डका समर्थक र विरोधी यसले पारेको असरबारे बहस गर्दैछन् ।
आफ्ना भजनेहरूको यो भक्ति र विरोधीमाझ परेको खैलाबैलाले प्रचण्डलाई अभैm आफू महŒवपूर्ण व्यक्ति लागेको हुनसक्छ । त्यसैले फेरि नेपाली थर्काउन उनले रक्तपात, विद्रोह आदिको पासा फालेको हुनसक्छन् तर यो पासा भने उल्टो प¥यो । यो पासाले प्रचण्डलाई नै सिध्याउन सक्छ । उनलाई थाम्ने प्रयत्न ग¥यो भने नेकपा पनि संकटमा पर्नसक्छ । किनभने नेपाली जनता आफ्नो परम्परा, राजसंस्था, संस्कृति आदि कुना लगाएको टुलुटुलु हेरेर बसेको यही रक्तपातपूर्ण विद्रोह रोक्न हो ।
यदि यस अवस्थामा पनि रक्तपातपूर्ण विद्रोह हुन्छ भने नेपालीको सहनशक्ति पनि समाप्त हुनसक्छ । त्यसैले अब यस्ता धक्मीको कुनै अर्थ रहँदैन र जथाभावी रूपमा आउने यस्ता धम्की बन्द हुनुपर्छ । जनताले नत्र....¤ भनेर जवाफ फर्काउने अवस्था आउनुभन्दा पहिले नै नेताहरूले सोच्नु पर्नेहुन्छ ।
(कार्की विराटनगरबाट लेख्छन् ।)


Views: 109

सम्बन्धित सामग्री:

बाढी र हामी

श्रीमन्नारायण : भदौ ६, २०७६ (८:४७ AM)